येशू हामीलाई प्रेम गर्नुहुन्छ, किनकि हामी उहाँको कामको प्रतिफल र परमेश्वरको उपहार हौं । उहाँले हामीलाई उहाँका छोराछोरीहरूका रूपमा प्रेम गर्नुहुन्छ । पाठकवृन्द, उहाँले तपाईंलाई प्रेम गर्नुहुन्छ । स्वर्गले पनि त्यो भन्दा महान्, त्योभन्दा असल कुरा दिन सक्दैन । तसर्थ विश्वास गर्नुहोस् । PHs 21.2
येशूले खराब गोठालाले संसारका मानिसहरूलाई अर्कै बाटोतिर लगिएका आत्माको बारेमा विचार गर्नुहुन्थ्यो । जसलाई उहाँले आफ्नो खर्कका भेडा बनाउन चाहनुहुन्थ्यो, जो ब्वाँसाहरूका हातमा परेका छन् तिनीहरूका बारेमा उहाँ भन्नुहुन्छ, “मेरा अरू भेडा पनि छन्, जो यस गोठका होइनन् । तिनीहरूलाई पनि मैले ल्याउनु परेको छ, तिनीहरूले मेरो स्वर सुन्नेछन्, र तिनीहरू एउटै बगाल हुनेछन्, र एउटै गोठालो हुनेछ” (यून्ना १०:१६) । PHs 22.1
“पिताले मलाई यसैकारण प्रेम गर्नुहुन्छ, किनकि म आफ्नो प्राण फेरि फिर्ता लिने हेतुले अर्पण गर्छु ।” यसको अर्थ मेरा पिताले तिमीलाई यति प्रेम गर्नुभयो, कि तिमीहरूलाई उद्धार गर्ने हेतु मेरो जीवन तिमीहरूलाई अर्पण गरेकोमा उहाँले मलाई अझ बढ्ता प्रेम गर्नुहुन्छ । तिमीहरूका प्रतिस्थापन र धितो बनेर, मेरा आफ्नो जीवनलाई त्यागेर, तिमीहरूको उत्तरदायित्वहरू र अपराधहरूलाई बहन गरेर म आफ्नो पिताको प्रिय पुत्र बन्न पुगेको छु । PHs 22.2
“म मेरा आफ्नो प्राण फेरि फिर्ता लिने हेतुले अर्पण गर्छु । कसैले मबाट मेरो प्राण लिन सक्दैन, तर म आफ्नै इच्छाले आफ्नो प्राण अर्पण गर्दछु । आफ्नो प्राण अर्पण गर्ने अधिकार मसित छ ।” जब उहाँ मानव परिवारको एक सदस्यको रूपमा हुनुहुन्थ्यो तब उहाँ मरणशील हुनुहुन्थ्यो, परमेश्वरको रूपमा उहाँ संसारको निम्ति जीवनको मुहान हुनुहुन्थ्यो । उहाँले मृत्युलाई सामना गर्न सक्नुहुनेथियो, र यसको अधिकारको वशमा पर्नलाई अस्वीकार गर्न सक्नुहुनेथियो; तर स्वेच्छाले उहाँले आफ्नो जीवन अर्पण गर्नुभयो, ताकि उहाँले संसारलाई जीवन र ज्योतिका निम्ति अमरत्व ल्याउनसक्नुहुनेछ । उहाँले संसारको पापलाई बहन गर्नुभयो, यसको श्रापलाई भोग्नुभयो र आफ्नो जीवन एक बलिदानको रूपमा सुम्पनुभयो, जसले गर्दा मानिस सधैँको लागि नाश हुन नपरोस् । “निश्चय नै उसले हाम्रा निर्बलताहरू बोक्यो, र हाम्रा दुःख भोग्यो । तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेडियो । हाम्रा अर्धका निम्ति ऊ पेलियो । हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पऱ्यो, र उसको कोर्राको चोटले हामी निको भयौं । हामी सबै भेडाझैं बरालिएका छौं । हामी हरेक आफ्नै बाटोतिर लागेका छौं, र परमप्रभुले उसमाथि हामी सबैको अर्धम हालिदिनुभएको छ” (यशैया ५३:४-६) । PHs 22.3