यसरी ख्रीष्टले सत्यताका सिद्धान्तहरू, सुुुसमाचार मार्फत प्रस्तुत गर्नुभयो । उहाँका शिक्षाबाट हामी शुद्ध झरनाको जस्तो पानी पिउँछौं, जुन परमेश्वरको सिंहासनबाट बग्दछ । ख्रीष्टले मानिसहरूलाई यस्तो ज्ञान दिन सक्नुहुन्थ्यो, जसले पहिला गरेका सबै खोजहरूलाई पछाडि पारी जित्न सक्दथ्यो । र उहाँले अचम्मका कुराहरू एक-एक गरी खोल्न सक्नुहुन्थ्यो, र यस्ता सिक्न सक्ने, चाहने सफल पुस्ताका मनहरू यिनै अचम्म प्रकारका प्रकाशित कुराहरू समयको अन्तसम्म नै केन्द्रित राख्न सक्नुहुन्थ्यो । तर उहाँले मुक्तिको विज्ञानको शिक्षा दिने क्रममा एक पल पनि गुमाउन सक्नुभएन । उहाँको समय, उहाँका कार्यकारी योग्यताहरू र उहाँको जीवनको राम्रो प्रशंसा गरिएको थियो र ती सबै मानिसहरूको मुक्तिको लागि माध्यमका रूपमा मात्र प्रयोग गरिएको थियो । उहाँ जो जति हराएका थिए, तिनीहरूलाई खोज्न र बचाउन आउनुभयो, र उहाँ आफ्नो उद्देश्यदेखि बिमुख हुनुभएन । उहाँले कुनै कुराहरूद्वारा पनि आफ्नो मन बरालिन दिनुभएन । PHs 68.2
ख्रीष्टले प्रयोगमा ल्याउन सकिने ज्ञान मात्र दिनुभयो । मानिसहरूलाई दिनुभएको उहाँको शिक्षा उनीहरूका व्यक्तिगत व्यवहारिक जीवनमा प्रयोग गरिने प्रकारका थिए । जुन उत्सुकताले तिनीहरूलाई उहाँकहाँ सुक्ष्म प्रकारका प्रश्नहरू लिई आउन अगुवाइ गदर्थ्यो उहाँँले तिनीहरूलाई जवाफ दिएर खुशी तुल्याउनु भएन । यस्ता प्रश्नहरूलाई गम्भीर, उत्सुक र महत्वपूर्ण पुर्नविचारको अवसर बनाउनुहुन्थ्यो । जो जति ज्ञानको रूखबाट फल टिप्न उत्सुक थिए, तिनीहरूलाई उहाँले जीवनको रूखबाट फल दिनुभयो । तिनीहरूले परमेश्वरतर्फ अगुवाइ गर्ने मार्गबाहेक अन्य सबै ढोकाहरू बन्द भएको भेट्टाए । अनन्त जीवनको मुहानबाहेक अरू सबै मुहानहरू बन्द गरिएका थिए । PHs 69.1
हाम्रो मुक्तिदाताले उहाँको समयका कसैलाई पनि धर्म-गुरुहरूका स्कूलमा यसकारण उपस्थित हुने प्रोत्साहन गर्नुभएन किनकि तिनीहरूका मस्तिष्क “तिनीहरू भन्छन्” वा “यसो भनिएको छ” भनी निरन्तर रूपमा बोलिने कुराद्वारा दूषित हुन सक्नेथियो । त्यसकारण किन हामी मानिसहरूका अस्थीर वचनहरूलाई उत्तम बुद्धिमानी भनी स्वीकार गरौं, जब कि महान् र निश्चित बुद्धि हाम्रो अधीनमा छ । PHs 69.2
मैले देखेका अनन्तका कुराहरू र मानव-जातिको कमजोरीपनले, मेरो मनभित्र गहिरो छाप लगाएको र मेरो जीवनको कार्यलाई गहिरो रूपमा प्रभावित पारेको छ । म यस्तो कुनै कुरा पनि देख्दिन जसद्वारा मानिसको प्रशंसा गरिनु वा महिमा गरिनुपर्छ । संसारिक-बुद्धिमान र महान् कहलाइएका व्यक्तिहरूका विचार धाराहरू माथि भरोसा गरिनुपर्छ र उच्च पारिनुपर्छ भन्ने म त्यहाँ कुनै कारण नै देख्दिन । जो जति ईश्वरीय शिक्षाबाट बञ्चित छन् तिनीहरूले परमेश्वरका योजना र उपायहरूका बारेमा ठीक विचार कसरी प्राप्त गर्न सक्छन् त ? तिनीहरूले उहाँलाई कि त पूर्ण रूपमा इन्कार गर्दछन् र उहाँको अस्तित्वलाई अस्वीकार गर्दछन् वा तिनीहरूले स्वयम् आफ्नै सीमित विचार धाराहरूद्वारा उहाँको शक्तिलाई घेर्दछन् । PHs 69.3
जसले आकाश र पृथ्वीको सृष्टि गर्नुभयो, उहाँद्वारा नै हामी सिकौं, उहाँद्वारा सिकौं, जसले ताराहरूलाई आकाशमा उनीहरूको क्रममा राख्नुभयो, तथा सूर्य र चन्द्रमालाई उनीहरूको कार्यका लागि खटाउनुभयो । PHs 70.1
युवाहरूले यो सोचाइ राख्नु ठीक हो कि तिनीहरू आफ्नो मानसिक शक्तिको पूर्ण विकासमा पुग्नुपर्छ । जुन शिक्षामा परमेश्वरले सीमा नै तोक्नुभएको छैन त्यसमा हामीले बन्देज लगाउनुहुँदैन । तर यदि यसलाई परमेश्वरको महिमा गर्न र मानव-जातिको भलाइको लागि लगाएनौं भने यसको प्राप्ति उपयोगी सिद्ध हुनेछैन । PHs 70.2
हामीले हाम्रो मस्तिष्कलाई कड़ा परिश्रम गर्नुपर्ने अध्ययनका विषयहरूद्वारा लाद्नु हुँदैन जुन कुरा व्यवहारिक जीवनमा उपयोग नै गरिदैनन् । यस्ता शिक्षा, विद्यार्थीका लागि व्यर्थैका हुन्छन् । किनकि यस्ता पढाइले ती विषयका अध्ययनप्रतिको उसका इच्छा र झुकावलाई कम तुल्याइदिनेछ जसले उसलाई उपयोगिताप्रति योग्य तुल्याउने थियो र उसका उत्तरदायित्वहरू परिपूर्ण पार्नका निम्ति सक्षम तुल्याउने थियो । व्यहारिक तालिम केवल सैद्धान्तिक शिक्षाभन्दा धेरै गुणा असल छ । केवल ज्ञान प्राप्त गर्नु पर्याप्त छैन । हामीहरूसँग त्यस ज्ञानको सदुपयोग गर्ने क्षमता पनि हुनुपर्छ । PHs 70.3
धेरै जनाले व्यर्थमा उपयोग गरिरहेका समय, पैसा र अध्ययन, कुनै एक यस्तो शिक्षा हासिल गरिनका निम्ति लगानी गरिनुपर्छ जसले तिनीहरूलाई जीवनका उत्तरदायित्वहरू बहन गर्न सक्ने व्यवहारिक पुरुष र स्त्री बनाउन सक्नेछ । यस प्रकारमा शिक्षा सबैभन्दा उच्च महत्वको हुनेछ । PHs 70.4
हाम्रो निम्ति एक यस्तो ज्ञानको आवश्वकता छ, जसले हाम्रो मष्तिस्क र आत्मालाई दह्रिलो बनाउने छ । जसले हामीहरूलाई अझ असल मानिस बनाउँनेछ । केवल किताबी शिक्षाभन्दा मनको शिक्षा धेरै महत्वपूर्ण हुन्छ । हामीले हाम्रो वरिपरिको संसारको बारे ज्ञान हासिल गर्नु जरूरी हुन्छ, तर यदि हामीले अनन्तका कुरालाई हाम्रो विचारबाटै त्याग्यौं भने हामीहरू एक यस्तो रूपमा असफल हुनेछौं जसद्वारा हामी पुनः पहिलेकै अवस्थामा कदापि आउन सक्नेछैनौ । PHs 71.1
एउटा विद्यार्थीले ज्ञान प्राप्त गर्न आफ्नो सम्पूर्ण शक्ति लगाएको हुन सक्छ, तर यदि ऊसँग परमेश्वरको ज्ञान छैन भने, उसले आफ्नै शरीर सञ्चालन गर्ने नियम पालना गर्दैन भने, उसले स्वयम् आफैलाई नष्ट गर्नेछ । गलत बानीहरूद्वारा उसले आत्म-प्रशंसाको शक्ति गुमाउँछ, उसले आत्म-संयमलाई पनि गुमाउँदछ । जुन कुराहरू ऊ सित गहिरो रूपमा सम्बन्धित छन् त्यही कुराहरूका बारेमा उसले राम्रोसँग सोच विचार गर्न सक्दैन । आफ्नो मन र शरीरप्रतिको व्यवहारमा असावधान र बुद्धिहीन बन्दछ । असल आचारणहरू विकास गर्न उसले वेवास्ता गरेको हुनाले ऊ यस संसार र आउँदो संसार दुबैको निम्ति नाश भएको छ । PHs 71.2
यदि युवाहरूले आफ्नो कमजोरी बुझ्न सकेका भए, उनीहरूले परमेश्वरमा आफ्नो शक्ति भेट्टाउने थिए । यदि उनीहले उहाँद्वारा ज्ञान हासिल गर्ने इच्छा राख्दछन् भने तिनीहरू उहाँको बुद्धिद्वारा बुद्धिमान बन्नेछन् र उनीहरूको जीवन संसारलाई आशिष प्रदान गर्नका निम्ति फलदाय बन्नेछ । तर यदि उनीहरूले आफ्नो मन केवल संसारिक र काल्पनिक अध्ययनतर्फ सुम्पन्छन्, र यसरी परमेश्वरबाट अलग्गिन्छन् भने, उनीहरूले ती सबै कुराहरू गुमाउनेछन् जसले जीवनलाई सुशोभित पार्न सक्छ । PHs 71.3