अङ्ग्रेजका सुधारकहरूले रोमी धर्मका सिद्धान्तहरू इन्कार गर्दागर्दै पनि यसका धेरै ढाँचाहरूचाहिँ अपनाएका थिए। यसरी रोमको अधिकार र धार्मिक विश्वासलाई अस्वीकार गरे तापनि बेलायती चर्चका सेवामा धेरै चलनहरू र धार्मिक संस्कारहरू समावेश भएका थिए। तिनीहरू यी कुराहरू विवेकका विषयहरू होइनन् भनी दाबी गर्दथे; यो कुरा धर्मशास्त्रमा आज्ञा गरिएको छैन, त्यसकारण यो नभई नहुने कुरा होइन, तापनि यसलाई निषेध नगरेर, ती वास्तवमा दुष्ट थिएनन् भनी दाबी गर्दथे। त्यसको पालनले धाँदोलाई साँघुरो पारेको थियो जुन रोमबाट सुध्रिएका चर्चहरू छुट्टिएका थिए, र यो कुरामा दाबी गरियो कि रोमीहरूद्वारा पनि प्रोटेस्टेन्ट विश्वास स्वीकारमा प्रोत्साहन गराउनेथियो। MBND 7.1
परिवर्तन हुन नचाहने र सम्झौता गर्नेहरूका लागि यी विवादहरू निर्णायक जस्तै देखिन्थे। तर त्यहाँ अर्को वर्गका मानिसहरू पनि थिए जसले त्यसरी सोचेनन्। वास्तवमा यी संस्कारहरू “रोम र सुधार-कार्यको बीचमा भएको गहिरो खाल्डोमा पुल लगाउने उद्देश्य”-का साथ तिनीहरूको दृष्टिकोणमा तिनीहरूलाई समावेश गर्ने निर्णायक विषयवस्तु थियो। (Martyn, volume 5, page 22)। तिनीहरूले यो दासत्वको चिन्ह ठानेका थिए जसद्वारा तिनीहरूले छुटकारा पाएका थिए। त्यसतर्फ फर्केर जाने तिनीहरूको कुनै विचार थिएन। तिनीहरूले यो बुझे कि परमेश्वरले उहाँका वचनमा उहाँको सेवालाई शासन गर्ने विधानहरू स्थापना गर्नुभएको छ, र मानिसहरूलाई यसमा थप्ने वा घटाउने अनुमति छैन। महान् पतनको आरम्भ नै परमेश्वरको अधिकारको स्थानमा चर्चको अधिकार राख्ने प्रयासद्वारा भएको थियो। सुरुमा जुन कुरा परमेश्वरले निषेध गर्नुभएको थिएन, त्यही कुरा रोमले निषेध गर्न थाल्यो, अन्तमा जुन उहाँले पूर्णरूपले समावेश गर्नुभएको थियो त्यसले त्यही कुरा निषेध गर्न थाल्यो। MBND 7.2
धेरै जना उत्सुकतासाथ शुद्धता र साधारणतामा फर्कन खोजे जसले मौलिक चर्चको चरित्र झल्काउँथ्यो। तिनीहरूले अङ्ग्रेज चर्चका स्थापित चलनहरूलाई मूर्तिपूजक स्मारकहरू ठाने, र तिनीहरूको विवेकअनुसार त्यसको सेवामा एकता हुन सक्दैनथे। तर चर्चलाई सरकारी अधिकारले सहयोग गरेको कारण त्यसको ढाँचाबाट अलग हुने अनुमति दिइएन। व्यवस्थाद्वारा नै त्यसका सेवाहरूमा उपस्थितिको अनिवार्यता थियो, र गैर-अधिकारयुक्त धार्मिक सेवाका भेलाहरूमा समावेश भएमा जेलमा हाल्ने, देशनिकाला गर्ने र मृत्यदण्डको सजाय हुने गरी ती निषेध गरिएको थियो। MBND 8.1
सत्रऔँ शताब्दीको आरम्भमा बेलायतका राजाले हालै सिंहासन प्राप्त गरेका थिए र तिनले प्युरिटनहरूलाई “परिवर्तन गराउने, वा ... देशबाट खेदाउने वा अझै नराम्रो दुर्व्यवहार गर्ने” निर्णयको घोषणा गरे। —George Bancroft, History of the United States of America, pt. 1, ch. 12, par. 6. तिनीहरू शिकार खेलिए, सताइए र जेलमा हालिए र तिनीहरूको भविष्यमा कुनै असल दिनको प्रतिज्ञा देखिँदैनथ्यो, यसरी जसले परमेश्वरलाई विवेकको आदेशअनुसार सेवा गरे, तिनीहरूका खातिर “बेलायत सदाका लागि निवासको अयोग्य स्थान ठहरिएको थियो” भनी धेरैले चित्त बुझाए। —J. G. Palfrey, History of New England, ch. 3, par. 43. अन्तमा कति जनाले होल्याण्डमा शरणस्थान खोज्ने निर्णय गरे। कठिनाइहरू, हानिहरू र कैदहरूको सामना गर्नुपरेको थियो। तिनीहरूका उद्देश्य निष्फल भए, र तिनीहरूलाई शत्रुहरूको हातमा विश्वासघात् गरिए। तर दृढ अथक प्रयास अन्तमा विजय भयो, र तिनीहरूले डच रिपब्लिकको मिलनसार किनारहरूमा शरण पाए। MBND 8.2
तिनीहरू भाग्दाखेरि तिनीहरूले आफ्ना घरहरू, सामानहरू र जिविकोपार्जन गर्ने माध्यमहरू पनि छोडेका थिए। तिनीहरू फरक भाषा र चलन भएका मानिसहरूको बीचमा विदेशी भूमिमा परदेशी भए। तिनीहरूले खानाको लागि नयाँ र कहिल्यै नगरेको पेशा अपनाउन बाध्य भए। अधबैँसे मानिसहरू जसले तिनीहरूको जीवन माटो खन्ने काममा बिताएका थिए, त्यसबेला कलपुर्जा सम्बन्धी सीप सिक्नुपरेको थियो। तर तिनीहरूले हर्षसाथ अवस्थालाई स्वीकार गरे र गनगन गरेर तिनीहरूले समय फालेनन्। प्रायः गरिबीपनले दबाए तापनि तिनीहरू आशिष्हरूका लागि परमेश्वरलाई धन्यवाद दिन्थे जुन तिनीहरूलाई अझै पनि दिइएको थियो र कष्टहीन आत्मिकी वार्तालापमा तिनीहरूले आनन्द पाएका थिए। “तिनीहरू तीर्थयात्री हुन् भनी तिनीहरूलाई थाहा थियो, र त्यस्ता कुराहरूमा साह्रै केन्द्रित थिएनन्, तर तिनीहरूका आँखा तिनीहरूको सबभन्दा प्रिय देश, स्वर्गतर्फ उचालिएका थिए, र यसरी तिनीहरूले आफ्नो आत्मालाई शान्त पारेका थिए।” —Bancroft, pt. 1, ch. 12, par. 15. MBND 8.3
निर्वासित अवस्था र कडा परिश्रमको बीचमा पनि तिनीहरूको प्रेम र विश्वास झन् बलियो भएको थियो। तिनीहरूले प्रभुको प्रतिज्ञामा भरोसा राखे, र खाँचो परेको समयमा उहाँले तिनीहरूलाई धोका दिनुभएन। उहाँका स्वर्गदूतहरू तिनीहरूको छेउ-छेउमा तिनीहरूलाई साहस दिन र सहायता गर्न आएका थिए। अनि जब परमेश्वरको हातले तिनीहरूलाई समुद्र पारीको यस्तो भूमितिर केन्द्रित गरेको जस्तो देख्यो जसमा तिनीहरूका लागि एउटा राज्य स्थापना गर्न सक्ने सम्भाव थियो, र तिनीहरूका छोराछोरीहरूलाई धार्मिक स्वतन्त्रताको बहुमूल्य अंश छोड्न सक्थ्यो तब ईश्वरले अगुवाइ गर्नुभएको मार्गमा शङ्काविना विश्वाससाथ तिनीहरू अगाड़ि बढे। MBND 9.1
उहाँले तिनीहरूमा राख्नुभएको अनुग्रहकारी उद्देश्य पूरा गर्न तयारीका लागि परमेश्वरले उहाँका मानिसहरूमाथि परीक्षाहरू आउने अनुमति दिनुभएको थियो। चर्च तल खसालिएको थियो, ताकि त्यसलाई उच्च पार्न सकून्। ज-जसले उहाँमा भरोसा राख्छन् उहाँले तिनीहरूलाई त्याग्नुहुन्न भन्ने अर्को प्रमाण संसारलाई दिन परमेश्वरले त्यसका खातिर उहाँको शक्ति प्रर्दशन गर्नै आँट्नुभएको थियो। उहाँले शैतानको क्रोध र दुष्ट मानिसका षड्यन्त्रहरूले उहाँको महिमालाई बढाउन र उहाँका मानिसहरूलाई सुरक्षित स्थानमा ल्याउनका निम्ति घटनाहरूद्वारा अगुवाइ गर्नुभएको थियो। सतावट र देश निकालाले स्वतन्त्रताको मार्ग खुलाउँदैथियो। MBND 9.2
जब तिनीहरू बेलायतको चर्चबाट प्रथम पटक विच्छेद हुन विवश भएका थिए तब प्युरिटनहरू परमेश्वरका स्वतन्त्र मानिसहरू भएर “तिनीहरूलाई प्रकट भएका र प्रकट हुन बाँकी रहेका उहाँका सम्पूर्ण मार्गहरूमा संयुक्त भई हिँड्ने” आफैलाई गम्भीर करारमा बाँधेका थिए। —J. Brown, The Pilgrim Fathers, page 74. त्यहाँ सुधारको साँचो आत्मा र प्रोटेस्टेन्ट धर्मको जीवित सिद्धान्त थियो। यही उद्देश्यका साथ तीर्थयात्रीहरू होल्याण्डबाट नयाँ संसार [अमेरिका] घर खोज्नका लागि प्रस्थान भए। तिनीहरूका पास्टर, जोन रभिन्सन, जसले ईश्वरको अगुवाइद्वारा नै तिनीहरूसँग यात्रा गर्न पाएनन्, तिनले देश निकाला गरिएकाहरूलाई तिनको बिदाइ मन्तव्यमा भने: “भाइ हो, अब हामी चाँडै नै छुट्टिदैछौं, र म तपाईंहरूको अनुहार हेर्न अब जीवित रहन्छु कि रहदिनँ प्रभुलाई नै थाहा छ। तर प्रभुले त्यो नियुक्त गर्नुभएको छ कि छैन तापनि म परमेश्वर र उहाँका आशिषित स्वर्गदूतहरूको सामुन्ने आदेश दिन्छु, मैले ख्रीष्टलाई पछ्याएको भन्दा धेरै तपाईंहरूले मलाई नपछ्याउनुहोस्। यदि परमेश्वरले उहाँको अरू कुनै माध्यमबाट केही कुराहरू प्रकट गर्नुहुन्छ भने तपाईंहरू मेरो सेवाबाट कुनै पनि सत्यता स्वीकार गर्न तयार हुनुभएझैँ त्यसलाई पनि स्वीकार गर्न तयारी बन्नुहोस्; किनकि म निश्चित छु कि प्रभुले उहाँको पवित्र वचनबाट अझै पनि सत्यता र ज्योति ल्याउनु नै हुनेछ।” —Martyn, vol. 5, p. 70. MBND 10.1
“मेरो तर्फबाट सुधार चर्चहरूका अवस्थादेखि म पर्याप्त बिलौना गर्न सक्दिनँ, जुन धर्म सीमित हुन्छ, र वर्तमानमा तिनीहरू आफ्ना सुधार-कार्यका माध्यमहरूभन्दा बढी विकसित हुँदैनन्। लुथरले सिकेको भन्दा धेरै लुथ्रेनहरूले सिक्न चाहेनन्; ... र क्याल्भिनका अनुयायीहरूलाई तपाईंहरू देख्नुहुन्छ, जहाँ परमेश्वरको महान् मानिसले छोडे़ त्यही नै झुण्डिरहेका छन्, जसले अझै पनि सबै कुराहरू बुझेका थिएनन्। यो यस्तो किसिमको कष्ट हो जसमा धेरै विलाप गर्नुपर्छ; तिनीहरूका समयमा बलिरहेको र चम्किरहेको ज्योति भए पनि तिनीहरू सम्पूर्ण परमेश्वरका सल्लाहहरूमा प्रवेश गरेनन्, तर यदि तिनीहरू अहिले जिउँदो भएका भए जसरी तिनीहरूले प्रथम ज्योति स्वीकार गरे त्यसरी नै अन्य ज्योति स्वीकार गर्न पनि तयार हुनेथिए।” —D. Neal, History of the Puritans, vol. 1, p. 269. MBND 10.2
“तपाईंहरूको चर्चको करार स्मरण गर्नुहोस्, जसमा तपाईंहरूले प्रभुबाट प्रकट भएका र प्रकट हुन बाँकी रहेका उहाँका सबै मार्गहरूमा हिँड्ने सहमति जनाउनुभएको थियो। उहाँका लेखिएका वचनबाट प्रकट भएको जुनसुकै ज्योति र सत्यता तपाईंहरूले स्वीकार गर्ने परमेश्वर र आपसमा गर्नुभएको प्रतिज्ञा र करारको स्मरण गर्नुहोस्; तरै पनि म तपाईंहरूलाई अनुरोध गर्दछु कि होसियार रहनुहोस्, जुन सत्यता तपाईंहरूले ग्रहण गर्नुहुन्छ त्यो पहिले धर्मशास्त्रको अरू सत्यतासँग तुलना गर्नुहोस् र जोख्नुहोस् अनि मात्र ग्रहण गर्नुहोस्; किनकि इसाईजगत् यस्तो इसाई विरोधी अन्धकारबाट हालसालै निस्केर आएको छ, र ज्ञानको पूर्णता एकै पल्टमा बाहिर आउन सम्भव छैन।” —Martyn, vol. 5, pp. 70, 71. MBND 10.3
विवेकको स्वतन्त्रताको चाहनाले नै समुद्रभरि लामो यात्राका जोखिमहरूमा साहसी हुने, उजाड़-स्थानका कडा परिश्रम र खतराहरू सहने र परमेश्वरको आशिष्ले अमेरिकाका किनारमा एक शक्तिशाली राज्यको जग बसाल्ने तीर्थयात्रीहरूलाई प्रेरणा दियो। तापनि तिनीहरू जस्तै इमान्दारी र परमेश्वरको भय मान्ने भए तापनि तीर्थयात्रीहरूले धार्मिक स्वतन्त्रताको महान् सिद्धान्त बुझेनन्। जुन स्वतन्त्रता प्राप्त गर्नका लागि तिनीहरूले यति धेरै बलिदान गरे, तिनीहरू समानरूपले अरूलाई प्रदान गर्न तयार थिएनन्। “सत्रऔँ शताब्दीका अग्रज दार्शनिकहरू र नीतिवादीहरूबाट पनि अति थोरै जनामा यो महान् सिद्धान्तका उचित बुझाइ देखिन्थ्यो, जो नयाँ नियमको विकास थियो जसले परमेश्वर नै मानव विश्वासको एक मात्रै न्यायाधीशको रूपमा स्वीकार गर्दछ।” —Martyn, vol. 5, p. 297. परमेश्वरले चर्चलाई विवेक नियन्त्रण गर्ने र झूटलाई वर्णन गर्ने र सजाय दिने अधिकार दिनुभएको छ भन्ने सिद्धान्त पोपतन्त्रका झूटहरूमध्ये एउटा गहिरो जरा गाडिएको झूट हो। सुधारकहरूले रोमको धर्म विश्वासलाई इन्कार गरे तापनि तिनीहरू त्यसको असहनशीलताको धारणाबाट पूर्ण मुक्त भएका थिएनन्। पोपतन्त्रले त्यसको शासनकालमा लामो युगहरूसम्म बाक्लो अन्धकारले सबै इसाईजगत्लाई ढाकेको थियो जसबाट पूर्णरूपमा छुटकारा भइसकेको थिएन। म्यासेचुसेट्स खाड़ीको नयाँ बस्तीका प्रमुख प्रचारकहरूमध्ये एक जनाले भने: “यही सहनशीलताले गर्दा संसारलाई इसाई विरोधी बनायो; र चर्चले सधैँ अपधर्मीहरूलाई सजाय दिँदा हानि भोग्नुपरेन।” —Martyn, vol. 5, p. 335. चर्चका सदस्यहरूले मात्र सरकारी शासनमा बोल्न पाउने नियमहरू नयाँ बस्तीका निवासीहरूले अपनाए। यस प्रकारको सरकारी चर्च स्थापना भयो कि सबै मानिसहरूले चर्च अधिकारीहरूलाई सहयोग गर्न अनिवार्य थियो, र अपधर्मीहरूलाई दबाउन न्यायाधीशहरूलाई अधिकार दिइएको थियो। यसरी सांसारिक शक्ति चर्चको हातमा थियो। यसको केही समयपछि नै टार्न नसकिने यी उल्लेखित कुराहरूको परिणाम स्वरूप सतावटमा डोऱ्याएको थियो। MBND 11.1
पहिलो नयाँ बस्ती बसालिएको एघार वर्षपछि रोजर विलियम्स नयाँ संसारमा आए। अघिल्ला तीर्थयात्रीहरूझैँ तिनी त्यहाँ धार्मिक स्वतन्त्र उपभोग गर्न आए; तर तिनले भिन्नै प्रकारका देखे—जुन कुरा तिनको समयमा थोरै मात्र देखेका थिए—कि तिनीहरू जेसुकै धर्म विश्वासका भए पनि यो स्वतन्त्रता सबैका लागि अभिन्न अधिकार थियो। तिनी सत्यताको जोसिला अनुसन्धानकर्ता थिए, परमेश्वरको वचनबाट अहिले नै सबै ज्योति प्राप्त गरिसकेको कुरा असम्भव छ भन्ने रबिन्सनको जस्तै तिनको यो विश्वास थियो। विलियम्स नै “पहिलो व्यक्ति थिए जसले आधुनिक इसाईजगत्मा सांसारिक सरकारलाई विवेकको स्वतन्त्रताको सिद्धान्तमा अर्थात् कानुनको सामु विचारहरू समान हुने कुरामा स्थापना गरे।” —Bancroft, pt. 1, ch. 15, par. 16. अपराधलाई नियन्त्रण गर्ने न्यायाधीशहरूको कर्तव्य हो, तर विवेकलाई कहिल्यै पनि नियन्त्रण गर्नुहुँदैन भनी तिनले घोषणा गरे। तिनले भने, “मानिसले मानिसलाई के दिनुपर्ने हो भनी जनता वा न्यायाधीशहरूले निर्णय गर्न सक्छ, तर जब परमेश्वरप्रति मानिसका कर्तव्यमा नियम बनाउने प्रयत्न गर्छन्, तिनीहरू स्थानदेखि बाहिर छन्, त्यहाँ सुरक्षा हुनै सक्दैन; किनकि यो स्पष्ट छ कि यदि न्यायाधीशको शक्ति छ भने उसले आज एक विचार वा विश्वासको आदेश निकाल्छ, भोलि अर्को; जसरी बेलायतमा विभिन्न राजाहरू र रानीहरू, र रोमी चर्चमा विभिन्न पोपहरू र परिषद्ले गरेका छन्; त्यसैले त्यो विश्वास गोलमोलको थुप्रो बन्नेछन्।” —Martyn, vol. 5, p. 340. MBND 12.1
स्थापित चर्चका सेवाहरूमा उपस्थिति हुनु अनिवार्य थियो त्यसो नभए जरिवाना वा कैदको सजाय हुन्थ्यो। “विलियम्सले कानुनलाई दोष लगाए; बेलायत ऐनको किताबमा भएको सबभन्दा खराब विधान नै स्थानीय चर्चमा उपस्थितिको अनिवार्यतालाई लागू गर्नु थियो। फरक विश्वास भएका मानिसहरूलाई एकत्र हुन बाध्य गर्नुचाहिँ तिनीहरूको स्वाभाविक अधिकारहरूप्रतिको प्रत्यक्ष अपराध झैँ तिनले ठाने; अधार्मिक र अनिच्छुकहरूलाई सार्वजनिक सेवाहरूमा तान्नुचाहिँ पाखण्डीपनलाई जोड़ दिएको जस्तो मात्रै लाग्यो। ... तिनले थपे, ‘कसैलाई उसको आफ्नै सहमतिविना कसैले पनि सेवा गर्न र सेवा गरिरहन विवश तुल्याउनुहुँदैन।’ ‘के रे!’ तिनको विश्वास देखेर छक्क पर्दै विरोधीहरू चिच्याए, ‘के कामदार ज्यालाको योग्य हुँदैन र?’ तिनले जवाफ दिए, ‘हजूर, उसलाई काम लगाउनेहरूबाट हुन्छ।’” —Bancroft, pt. 1, ch. 15, par. 2. MBND 13.1
रोजर विलियम्सलाई चाहिँ विश्वासयोग्य प्रचारक, अति उत्तम वरदान भएको व्यक्ति र नडग्ने ईमानदार र सत्य परोपकारी मानिसको रूपमा एक आदरणीय र प्रिय मान्दथे; तापनि सरकारी न्यायाधीशहरूले चर्चमाथि नियन्त्रण गर्ने अधिकारप्रति तिनको दृढ इन्कार र धार्मिक स्वतन्त्रताको माग जस्ता कुराहरू असहनीय भयो। अरूले जोड़ दिए कि यो नयाँ सिद्धान्त लागू गर्नु भनेको “यो देशको मौलिक राज्य र सरकारलाई पतन गराउनु हो।” —Bancroft, pt. 1, ch. 15, par. 10. तिनी नयाँ बस्तीहरूबाट बहिष्कार गरिए, र अन्तमा तिनी गिरफ्तार गरिन छाडिए, त्यसकारण त्यसबाट उम्कन जाड़ो र आँधी-बेहरी हिउँदको बीचमा घना जङ्गलमा तिनी भाग्न विवश भए। MBND 13.2
तिनले भने, “चौध हप्तासम्म अति छेड्ने ऋतुमा खाना र ओछ्यानको अर्थ थाहा नपाईकन दयनीय सङ्घर्ष मैले भोगें।” तर “मलाई उजाड़-स्थानमा कागहरूले खाना दिए,” र प्रायः तिनलाई खोक्रो रूखले शरणस्थान दियो। —Martyn, vol. 5, pp. 349, 350. तिनले सुसमाचारको सत्यता प्रचार गर्ने क्रममा इण्डियन वंशको माया र भरोसा जितेका थिए र यसरी जबसम्म तिनीहरूकहाँ पुगे र शरण पाएनन् तबसम्म हिउँ र गोरेटोहीन जङ्गलमा तिनको दर्दनाक भगाइलाई निरन्तरता दिइरहे। MBND 13.3
महिनौँको परिवर्तन र घुमफिरपछि तिनी नाराग्यान्सेट खाड़ीको किनारतर्फ बाटो लागे, त्यहाँ धार्मिक स्वतन्त्रताको पूर्ण मान्यतालाई तिनले आधुनिक समयको पहिलो राज्यको जग स्थापन गरे। रोजर विलियम्सको नयाँ बस्तीको मौलिक सिद्धान्तचाहिँ “प्रत्येक मानिसले उसको आफ्नै विवेकको ज्योतिअनुसार परमेश्वरलाई सेवा गर्ने स्वतन्त्रता हुनुपर्छ।” —Martyn, vol. 5, p. 354. तिनको सानो रोड आइल्यान्ड राज्य सतावटमा परेकाहरूलाई शरणस्थान भयो, र यसको मुख्य सिद्धान्तहरू—सरकार र धार्मिक स्वतन्त्रता—अमेरिकाको प्रजातन्त्रको कुने ढुङ्गा नभएसम्म विकसित र उन्नति हुँदै गयो। MBND 14.1
त्यो महान् प्राचीन लिखित पत्रमा जुन हाम्रा पिता-पुर्खाहरूले तिनीहरूका अधिकारको कानुनको रूपमा स्थापन गरेका थिए—स्वतन्त्रताको घोषणामा—तिनीहरूले यसरी घोषणा गरे: “हामी यी सत्यताहरूलाई आत्म-प्रमाणको रूपमा अपनाउँछौं, कि सबै मानिसहरू समानरूपले सृष्टि भएका छन्; तिनीहरूलाई सृष्टिकर्ताले निश्चित अभिन्न अधिकारहरू दिनुभएको छ; यसमा जीवन, स्वतन्त्रता र खुशीपनको मार्ग जस्ता कुराहरू पर्दछन्।” अति नै स्पष्टरूपले संविधानले निश्चित गर्दछ कि विवेकलाई भङ्ग गर्ने अनुमति छैन: “संयुक्त राज्यको अधीनमा रहेको सार्वजनिक अधिकारको कार्यालयमा योग्यता प्राप्त गर्न कुनै पनि धार्मिक जाँचको आवश्यकता पर्नेछैन।” “कंग्रेसले [महासभा] धर्मको स्थापनाको विषयमा वा त्यसको स्वतन्त्र पालना गर्न निषेधित कुनै पनि व्यवस्था बनाउनेछैन।” MBND 14.2
“संविधान बनाउनेहरूले अनन्त सिद्धान्तलाई चिने कि मानिस र परमेश्वरसँगको सम्बन्ध मानवीय ऐनहरूभन्दा उच्च छ, र त्यसको विवेकका अधिकारहरू अभिन्न छन्। यो सत्यता स्थापना गर्न सोचिरहनु आवश्यक थिएन; हामी यसको विषयमा हाम्रो मनदेखि नै सचेत छौं। यही सचेतनाले मानवीय नियमलाई चुनौती दिई यति धेरै जना सहिदहरूलाई यातना र आगोको ज्वालामा पनि शक्ति प्रदान गरेको छ। तिनीहरूले महसुस गरे कि परमेश्वरप्रति भएको कर्तव्य मानिसहरूका विधानहरू भन्दा पनि उच्च छन्, र मानिसले तिनीहरूका विवेकभन्दा माथि अरू कुनै अधिकार चलाउन सक्दैन। यो जन्मजात सिद्धान्तलाई कुनै कुराले पनि उन्मुलन गर्न सकिँदैन।” —Congressional documents (U.S.A.), serial No. 200, document No. 271. MBND 15.1
यस्तो भूमिको विषयमा जब युरोपका देशहरूभरि समाचारहरू फैलियो, जुन भूमिमा प्रत्येक मानिसले आ-आफ्नो परिश्रमको फललाई उपभोग गर्न सक्थे र उसको आफ्नै विवेकको भनाइअनुसार पालना गर्न पनि सक्थे, तब नयाँ संसारका किनारहरूमा हजारौँ थुप्रिए। बस्तीहरू छिट्टै वृद्धि हुँदै गए। “र कुनै पनि देशका इसाईहरू भए पनि तिनले एट्लान्टिक पारि भएका ‘लड़ाइँहरू वा अनिकाल अथवा तिनका अत्याचारीहरूको सतावटदेखि उम्कन’ भागेकाहरूलाई विशेष व्यवस्थाद्वारा म्यासेचुसेट्समा सार्वजनिक खर्चले स्वतन्त्रसाथ स्वागत र सहयोग गरे। यसरी भगुवाहरू र थिचोमिचोमा परेकाहरूलाई ऐन बमोजिम सर्वसाधारण जनताको पाहुना बनाइयो।” —Martyn, vol. 5, p. 417. पहिले प्लिमथमा आएदेखि यता बीस वर्षसम्ममा त्यति नै हजार तीर्थयात्रीहरू नयाँ इङ्गल्याण्डमा बसोबास गरेका थिए। MBND 15.2
तिनीहरूले खोजेको उद्देश्य प्राप्त गर्न “तिनीहरू फारोपन र कडा परिश्रमको जीवनद्वारा केवल जीविकोपार्जन गर्नुपर्दा पनि सन्तुष्ट नै थिए। तिनीहरूले माटोबाट परिश्रम गरेको उचित भागबाहेक केही पनि मागेनन्। तिनीहरूको बाटो भ्रमपूर्ण सुनौलो दर्शन थिएन। ... तिनीहरूका सामाजिक विधानको बिस्तारै तर दृढ विकासप्रति तिनीहरू सन्तुष्ट थिए। यस भूमिमा गहिरो जरा नलगाएसम्म स्वतन्त्रताको रूख तिनीहरूको आँसु र तिनीहरूको निधारको पसिनाले भिजाउँदै तिनीहरूले आफ्नो उजाड़-स्थानको दरिद्रतालाई धैर्यताका साथ सहे।” MBND 15.3
बाइबललाई विश्वासको जग, बुद्धिको स्रोत र स्वतन्त्रताको विधानको रूपमा अपनाएका थिए। त्यसका सिद्धान्तहरू मेहनतसाथ घर, स्कुल र चर्चमा सिकाइए, र यसका फलहरू आर्थिक व्यवस्थापन, बुद्धिमता, शुद्धता र संयमतामा प्रकट भयो। कुनै व्यक्ति प्युरिटन निवासमा केही वर्षहरू वास गरे पनि “जड्याँहा, वा गाली बोल्ने अथवा भीख माग्ने देखिँदैनथ्यो।” —Bancroft, pt. 1, ch. 19, par. 25. बाइबलका सिद्धान्तहरूचाहिँ राष्ट्रिय महानताको सबभन्दा निश्चित सुरक्षाहरू हुन् भन्ने कुराको प्रदर्शन भयो। कमजोरी र एकान्तमा भएका बस्तीहरू शक्तिशाली राज्यहरूको महासंघको रूपमा बढे, “पोपविनाको चर्च र राजाविनाको देश”-को शान्ति र उन्नतिले संसारलाई अचम्ममा पाऱ्यो। MBND 16.1
तर अमेरिकाको किनारतर्फ आकर्षित भएका मानिसहरूको सङ्ख्या बढ्दै गयो, जसमा पहिला तीर्थयात्रीहरूका भन्दा धेरै भिन्नै उद्देश्यहरू धारण गरेर आए। मौलिक विश्वास र शुद्धताले व्यापकरूपमा प्रभाव पारे पनि त्यसको प्रभाव कम हुँदै गयो किनकि सांसारिक लाभ प्राप्ति गर्न चाहनेहरूको सङ्ख्या बढ्दै गयो। MBND 16.2
अघिल्लो बस्ती बासिन्दाले अपनाएका नियम यो थियो कि चर्चका सदस्यहरूलाई मात्र सरकारी कार्यालयमा मतदान गर्ने र पद ग्रहण गर्ने अनुमति थियो र त्यसले विनाशकारी परिणामहरू ल्यायो। यो नियमलाई राज्यको शुद्धतालाई बचाउने माध्यमको रूपमा स्वीकार गरिएको थियो, तर यसले चर्चमा भ्रष्टता मात्र ल्यायो। धर्मधारण एक मताधिकार र कार्यकर्ता बन्ने शर्त भएर, सांसारिक अभिप्रायको अभिलाषाद्वारा मात्र प्रोत्साहित भएका धेरै जना हृदयको परिवर्तनविना चर्चसँग एक भएका थिए। यसरी चर्चहरू धेरै जसो परिवर्तन नभएका मानिसहरूले भरिन थाले; र प्रचार-कार्यमा पनि झूटो शिक्षा अपनाउनेहरू मात्र नभई पवित्र आत्माको पुनः नयाँ पार्ने शक्तिमा अनजान भएकाहरू पनि थिए। यसरी फेरि चर्चलाई राज्यको सहयोगद्वारा स्थापना गर्ने प्रयास गर्ने, उहाँको सुसमाचारको सहायतामा सांसारिक शक्तिलाई आह्वान गर्ने कुराको दुष्ट परिणामहरू प्रदर्शन भयो जुन कन्सट्यान्टिनको दिनदेखि वर्तमानसम्म चर्चको इतिहासमा प्रायः देख्न सकिन्छ, जसको त्यो सुसमाचार हो उहाँले घोषणा गर्नुभयो: “मेरो राज्य यस संसारको होइन।” यूहन्ना १८:३६। चर्च र राज्यको एकता जति नै थोरै भए पनि वा संसारलाई चर्चको नजिक ल्याएजस्तै देखिए पनि वास्तवमा चर्चलाई चाहिँ संसारको नजिक ल्याउँदछ। MBND 16.3
सत्यता विकसित हो, जसमा इसाईहरूले परमेश्वरका पवित्र वचनबाट चम्केको सबै ज्योति स्वीकार गर्न तयारी भई खडा हुनुपर्छ भनी रबिन्सन र रोजर विलियम्सले भद्रतासाथ सिकाएका महान् सिद्धान्त तिनीहरूका सन्तानहरूले बिर्से। अमेरिकाको प्रोटेस्टेन्ट चर्चहरू—ती युरोपका चर्चहरू पनि—सुधार-कार्यको आशिष् ग्रहण गर्न अति अनुकूल हुँदा पनि तिनीहरू सुधारको मार्गमा अगाड़ि बढ्न असफल भए। समय-समयमा केही विश्वासयोग्य मानिसहरू नयाँ सत्यता प्रस्तुत गर्न र लामो समयसम्म मनमा लुकाइराखेका झूटहरू देखाउन उठे, तर बहुसङ्ख्यामा ख्रीष्टको समयमा यहूदीहरू वा लुथरको समयमा पोपतन्त्रीहरू जस्तै तिनीहरूका पिताहरूले विश्वास गरेझैँ विश्वास गर्न र जीवन जिएझैँ जिउन सन्तुष्ट थिए। त्यसकारण धर्म फेरि देखावटीमा पतन भयो; र यदि चर्चहरू परमेश्वरको वचनको ज्योतिमा निरन्तर हिँडेका भए झूटहरू र अन्धविश्वासहरू बहिष्कार हुनेथिए, तर तिनीहरूले त्यसलाई अझै पक्रिराखे र आश्रय दिए। यसरी लुथरको समयमा रोमी चर्चमा झैँ प्रोटेस्टेन्ट चर्चहरूमा पनि सुधारको महान् आवश्यकता नभएसम्म सुधार-कार्यका प्रेरणात्मक आत्मा मन्द हुँदै गयो। त्यहाँ त्यस्तै सांसारिकपना र आत्मिकी अचेतनाको अवस्था थियो, र मानिसहरूका विचारहरूलाई त्यस्तै श्रद्धा गर्दथे, र परमेश्वरको वचनका शिक्षाहरूमा मानवीय सिद्धान्तहरू साटिएका थिए। MBND 17.1
उन्नाइसऔँ शताब्दीको आरम्भतिर बाइबल व्यापकरूपमा फैलियो, र त्यसरी महान् ज्योति संसारमा चम्क्यो, तर त्यो प्रकाशित सत्यताको ज्ञान वा व्यवहारिक धर्म समानरूपले अगि बढेन। शैतानले अघिल्लो युगहरूमा झैँ मानिसहरूबाट परमेश्वरको वचन रोक्न सक्दैनथ्यो; त्यो सबैका माझमा पुगिसकेको थियो; तर उसको उद्देश्य पूरा गर्नका लागि उसले धेरैलाई त्यो कम मूल्यको ठान्न लगायो। मानिसहरूले धर्मशास्त्र खोजी गर्न हेलचेक्य्राइँ गरे, र यसरी तिनीहरूले झूटो वर्णन ग्रहण गरिरहे, र बाइबलमा कुनै आधार नभएको सिद्धान्तहरू अपनाउँदै गए। MBND 17.2
सतावटद्वारा सत्यतालाई कुच्याउने प्रयास असफल भएको देखेर शैतानले फेरि सम्झौताको योजना प्रयोग गऱ्यो जसले महान् पतन ल्यायो र रोमी चर्चको सृजना गऱ्यो। उसले इसाईहरू आफै अहिले नै मूर्तिपूजकहरूसँग होइन, तर जो संसारका थोकहरूमा समर्पणद्वारा खोपिएका प्रतिमाहरूका सत्य आराधकहरू जस्तै तिनीहरू आफै हुन् भनी प्रमाणित गरेका थिए तिनीहरूसँग सन्धि गाँस्न प्रलोभन गरे। अनि यो एकताको परिणामहरू अहिले जस्तो विनाशकारी छन् अघिल्लो युगहरूमा पनि त्यस्तै थिए; घमण्ड, विलासीताहरू धर्मको भेषमा विकसित भए, र चर्चहरू भ्रष्ट भए। शैतानले बाइबलका सिद्धान्तहरूलाई निरन्तर बिगार्दैथियो, र लाखौँ मानिसहरूलाई विनाश गर्ने परम्पराहरूले नै गहिरो जरा गाड्यो। चर्चले “एक पटक सन्तहरूलाई सुम्पिएको विश्वास”-को लागि विवाद गर्नुको सट्टामा यी परम्पराहरूलाई उचाल्यो र प्रतिरक्षा गऱ्यो। जुन सिद्धान्तका लागि सुधारकहरूले यति धेरै परिश्रम गरे र कष्ट भोगे अब यसरी तल खसाल्यो। MBND 17.3