ख्रीष्टको शीघ्र आगमनको घोषणा अवधिमा एक महान् धार्मिक जागृतिचाहिँ प्रकाश १४को पहिलो स्वर्गदूतको सन्देशको अगमवाणीमा पूर्ववाणी गरिएको थियो। एउटा स्वर्गदूत “मध्य आकाशमा उड़िरहेका” देखिएको छ। “पृथ्वीमा रहने हरेक जाति, कुल, भाषा र मानिसलाई घोषणा गर्ने अनन्त सुसमाचार तिनीसँग थियो।” तिनले “चर्को सोरमा” सन्देश घोषणा गर्छन्, “परमेश्वरसँग डराओ, र उहाँलाई महिमा देओ। किनकि उहाँका इन्साफको घड़ी आएको छ। स्वर्ग, पृथ्वी, समुद्र र पानीका मूलहरू बनाउनुहुनेलाई दण्डवत् गर।” प्रकाश १४:६, ७। MBND 87.1
एउटा स्वर्गदूत यो चेतवानीको समाचार लिएर आएको तथ्यचाहिँ महत्वपूर्ण छ। स्वर्गीय समाचारवाहकको शुद्धता, महिमा र शक्तिले सन्देशद्वारा सम्पन्न गरिने यो कार्यको उच्च स्वभाव र यसमा समावेश हुनुपर्ने शक्ति र महिमा प्रकट गर्न दैवीय बुद्धि खुशी हुनुभएको छ। अनि “मध्य आकाशमा” स्वर्गदूतको उड़ाइ, चेतावनी उच्चारण गरिएको “चर्को सोर” र त्यसको घोषणाले पृथ्वीमा बास गर्ने सबैलाई अर्थात् हरेक जाति, कुल, भाषा र मानिसहरूको समझ त्यो हलचलको वेगवान्ता र विश्वव्यापी प्रसारणको प्रमाण दिन्छ। MBND 87.2
सन्देश आफैले यो घटना कहिले घट्नुपर्नेथियो भन्ने विषयमा ज्योति छर्दछ। यो “अनन्त सुसमाचार”-को एक अंशको रूपमा घोषणा गरिएको छ, र यसले न्यायको आरम्भलाई घोषणा गर्दछ। मुक्तिको सन्देश समस्त युगहरूमा प्रचार भएको छ; तर यो सन्देश सुसमाचारको एक भाग हो जुन अन्तिमको समयमा मात्र घोषणा गर्न सकिन्छ, किनकि त्यति बेला मात्र न्यायको घड़ी आएको थियो भन्दा सत्य हुन्छ। अगमवाणीहरूले न्यायको आरम्भतर्फ लैजाने घटनाहरूको शृङ्खला प्रकट गर्दछ। यो विशेष गरेर दानिएलको पुस्तकको विषयमा साँचो ठहरिएको छ। तर तिनको अगमवाणीको जुन भागचाहिँ अन्तिम दिनको विषयमा थियो, दानिएललाई “अन्तको समयसम्म” मोहर लगाएर बन्द गर्ने आदेश दिइयो। हामी यो समयमा नआइपुगेसम्म यी अगमवाणीहरूको पूर्णतामा आधारित न्यायको विषयमा दिइएको सन्देश घोषणा गर्न सकिँदैनथ्यो। अगमवक्ता भन्छन्, तर अन्तको समयमा “धेरैजना यताउता दगुर्नेछन्, अनि ज्ञानको वृद्धि हुनेछ।” दानिएल १२:४ (KJV)। MBND 87.3
प्रेरित पावलले चर्चलाई ख्रीष्टको आगमन तिनको समयमा आशा नगर्न चेतावनी दिए। तिनी भन्छन्, “पहिले विद्रोह नभएसम्म पापको मानिस, अर्थात् सर्वनाशको छोरो प्रकट नभएसम्म त्यो दिन आउनेछैन।” २ थेसलोनिकी २:३। महान् पतन, र “पापको मानिस”-ले लामो अवधिसम्म शासन नगरुञ्जेल हाम्रो प्रभुको आगमनलाई आशा गर्न सक्दैनौं। “पापको मानिस,” जसलाई “अधर्मको रहस्य,” “सर्वनाशको छोरो” र “त्यो अधर्मी”-को उपाधि पनि दिइएको छ त्यसले पोपतन्त्रलाई प्रतिनिधित्व गर्दछ, जुन अगमवाणीमा पूर्ववाणी गरेअनुसार १२६० वर्षसम्म त्यसले सर्वोच्चता कायम राख्नुपर्नेथियो। यो अवधि १७९८मा अन्त भयो। ख्रीष्टको आगमन त्यो समयभन्दा अगाड़ि हुन सक्दैनथियो। पावलले तिनको चेतावनीमा इसाईको सम्पूर्ण समयावधि १७९८सम्मको कुरा गरेका छन्। त्यो समयदेखि यतातिर दोस्रो आगमनको सन्देशलाई घोषणा गर्नुपर्नेथियो। MBND 88.1
विगतका युगहरूमा यस्ता सन्देश कहिल्यै दिइएको छैन। जसरी हामी देख्छौं पावलले त्यस्तो प्रचार गरेनन्; तिनले आफ्ना भाइहरूलाई भविष्यमा हुने उति बेला परमप्रभुको आगमन देखाए। सुधारकहरूले यसको प्रचार गरेनन्। मार्टिन लुथरले तिनको समयदेखि न्यायचाहिँ तीन सय वर्षपछि भविष्यमा हुने कुरा बताए। तर १७९८देखि दानिएलको पुस्तक खोलिएको छ, अगमवाणीहरूको ज्ञानको विकास भइरहेको छ, र धेरैले न्याय नजिक भएको गम्भीर सन्देश घोषणा गरेका छन्। MBND 88.2
सोह्रौँ शताब्दीको महान् सुधार-कार्यझैँ येशूको आगमनको हलचल एउटै समयमा विभिन्न इसाईजगत्का देशहरूमा देखा पऱ्यो। युरोप र अमेरिका दुवै ठाउँमा विश्वास र प्रार्थनाका मानिसहरू अगमवाणीहरू अध्ययन गर्न लागे, र प्रेरणा भएको अभिलेख पहिल्याउँदै तिनीहरूले चित्त बुझ्दो प्रमाण देखे कि सबै थोकको अन्त्य नजिकै थियो। विभिन्न देशहरूमा एक्ला इसाईहरूका समूहहरू थिए, जो धर्मशास्त्रको अध्ययनले मात्रै मुक्तिदाताको आगमन नजिक थियो भन्ने विश्वासमा पुगेका थिए। MBND 88.3
मिलरले न्यायको समयलाई देखाउने अगमवाणीहरूमा तिनको व्याख्याको निष्कर्षमा पुगेको तीन वर्षपछि अर्थात् १८२१मा “संसारको सुसमाचार प्रचारक” डा. जोसेफ वोल्फले परमप्रभुको शीघ्र आगमनको घोषणा गर्न आरम्भ गरे। वोल्फ हिब्रू बुवा-आमाबाट जर्मनीमा जन्मेका थिए, तिनको पिता एक यहूदी रब्बी थिए। सानै उमेरमा तिनी इसाई धर्मको सत्यतामा विश्वस्त भएका थिए। एक क्रियाशील र अनुसन्धानयुक्त दिमाग भएकोले तिनले कुराकानीहरू उत्सुकतासाथ सुनेका थिए जुन तिनको पिताको घरमा दैनिक हुने गर्दथ्यो, जसमा भक्त हिब्रूहरू तिनीहरूका मानिसहरूका आशाहरू र आश्वासनहरू, आउने मसीहको महिमा र इस्राएलको पुनर्स्थापना सम्झना गराउन भेला हुन्थे। एक दिन नासरतको येशूको विषयमा सुन्दा त्यो केटोले तिनी को थिए भन्दै प्रश्न गरे। जवाफमा यसो भनियो, “एक महान् प्रतिभाशाली यहूदी थिए, तर तिनले मसीह हुने बहाना गरेको कारणले यहूदीहरूको न्यायालयले तिनलाई मृत्युदण्ड दियो।” प्रश्नकर्ताले अझै सोध्छन्, “त्यसो भए किन यरूशलेमको विनाश भयो? अनि हामी किन बन्दीमा छौं?” तिनको पिताले जवाफ दिए, “हाय, हाय! किनकि यहूदीहरूले अगमवक्ताहरूको हत्या गरेका थिए।” तुरुन्तै बालकमा यो विचार आयो, “शायद येशू पनि अगमवक्ता थिए होलान्, र तिनी निर्दोष हुँदाहुँदै पनि यहूदीहरूले तिनलाई मारे होलान्।” —Travels and Adventures of the Rev. Joseph Wolff, vol. 1, p. 6. तिनमा यो भावना यति प्रबल बन्यो कि इसाई चर्चमा प्रवेश गर्न निषेध भए पनि तिनी प्रायः बाहिर बसेर प्रवचन सुन्दै बस्थे। MBND 88.4
जब सात वर्ष मात्र पुगेको अवस्थामा वृद्ध इसाई छिमेकीसँग भविष्यमा मसीहको आगमनमा इस्राएलको विजयमा अभिमान गर्दथ्यो, तब वृद्ध मानिसले दयालु भएर भने, “प्रिय भाइ, साँचो मसीह को हुनुहुन्थ्यो म तिमीलाई भन्नेछु; उहाँ नासरतको येशू हुनुहुन्थ्यो ... जसलाई तिम्रा पुर्खाहरूले प्राचीन समयका अगमवक्ताहरूलाई झैँ क्रूसमा चढाए। घर जाऊ र यशैया ५३ अध्याय पढ, अनि तिमीले प्रमाण पाउनेछौ कि येशू ख्रीष्ट नै परमेश्वरको पुत्र हुनुहुन्छ।” —Travels and Adventures of the Rev. Joseph Wolff, vol. 1, p. 7. त्यो भरोसाले तिनलाई तुरुन्तै आकर्षित पाऱ्यो। त्यो कुरा नासरतको येशूमा कति पूर्णतासाथ पूरा भएको रहेछ भन्ने कुरा सोच्दै तिनी घर गए र धर्मशास्त्र पढे। के ती इसाईका वचनहरू साँचो हुन् त? त्यो केटोले पितालाई एक अगमवाणीको वर्णन गर्न अनुरोध गरे, तर तिनी यति कठोर शान्तसँग सामना गरिए कि तिनले फेरि कहिल्यै पनि यस विषयमा बोल्ने आँट गरेनन्। जे भए पनि यसले तिनलाई इसाई धर्मको विषयमा अझै जान्ने इच्छा जगायो। MBND 89.1
तिनले खोजेको ज्ञानचाहिँ यहूदी घरमा यत्नसाथ तिनीबाट लुकाएर राखिएको थियो; तर जब एघार वर्ष पुगे तब तिनले पिताको घर छोडे, र तिनी आफ्नै लागि शिक्षा हासिल गर्न, तिनको धर्म र जीवन-कार्य चुन्न संसारमा गए। केही समयसम्म त तिनका आफन्तहरूसित बस्ने मौका पाए, तर चाँडै नै त्यहाँबाट तिनलाई पतितको रूपमा निकालिदिए, र एक्लो र खर्चविहीन भएर तिनले परदेशीहरूसँगै यात्रा गर्नुपरेको थियो। तिनले मेहनतसाथ अध्ययन गर्दै, र हिब्रू भाषा सिकाउनेद्वारा आफ्नो जीविका चलाउँदै ठाउँ-ठाउँमा गए। एक क्याथोलिक शिक्षकको प्रभावद्वारा तिनले रोमीको विश्वास स्वीकार गरे, र आफ्नै मानिसहरूको लागि एक सुसमाचार प्रचारक बन्ने उद्देश्य बनाए। यो उद्देश्य बोकेर केही वर्षपछि रोममा भएको प्रोपगान्डाको कलेजमा अध्ययन गर्न गए। त्यहाँ तिनको स्वतन्त्र विचार र स्पष्ट बोलीले गर्दा तिनलाई धर्म विरोधीको आरोप लगाइयो। तिनले प्रत्यक्षरूपमा चर्चका अत्याचारहरूलाई आक्रमण गरे, र सुधारको आवश्यकतालाई अग्रह गरे। पोपतन्त्रका अधिकारीहरूले पहिले दयालु व्यवहार गरे पनि केही समयपछि तिनलाई रोमबाट हटाइदिए। तिनलाई रोमवादको बन्धनमा पार्न नसक्ने प्रमाण नभएसम्म चर्चको निगरानीमा रहेर तिनी ठाउँ-ठाउँमा गए। तिनलाई सुधार्न नसकिने भनी घोषणा गरियो र तिनको इच्छाअनुसार तिनलाई स्वतन्त्र छोडियो। तब तिनी बेलायततिर लागे, अनि प्रोटेस्टेन्ट विश्वासलाई धारण गरी अङ्ग्रेज चर्चमा सामेल भए। दुई वर्षको अध्ययनपछि तिनी १८२१मा आफ्नो काममा लागे। MBND 89.2
जब वोल्फले ख्रीष्टको पहिलो आगमनको महान् सत्यतालाई “अफसोसमा परेको मानिस” र कष्टसँग परिचित मानिस सरह स्वीकार गरे, तब तिनले देखे कि अगमवाणीले उहाँको दोस्रो आगमनसँग शक्ति र महिमालाई समानरूप स्पष्टताका साथ प्रकट गरिएको थियो। अनि जब तिनले आफ्ना मानिसहरूलाई प्रतिज्ञाको जनको रूपमा नासरतको येशूतर्फ केन्द्रित गर्ने प्रयास गरे, अनि तिनीहरूलाई मानिसहरूको पापको लागि बलिदानको रूपमा दीनतामा हुने उहाँको पहिलो आगमनतर्फ केन्द्रित गर्ने प्रयास गरे, तब तिनले तिनीहरूलाई उहाँ राजा र उद्धारकर्ताको रूपमा आउनुहुने दोस्रो आगमनको विषयमा पनि सिकाए। MBND 90.1
तिनले भने, “नासरतका येशू साँचो मसीह हुनुहुन्छ, जसका हातहरू र गोड़ाहरू छेड़िएका थिए, जसलाई मारिनलाई लगिएको थुमा जस्तै ल्याइयो, जो अफसोसमा परेको मानिस र कष्टसित परिचित हुनुहुन्थ्यो, जो यहूदाबाट राजदण्ड र त्यसका गोड़ाहरूमाझबाट व्यवस्थापिका शक्ति खोसेपछि पहिलो पल्ट आउनुभयो; उहाँ दोस्रो पल्ट आकाशका बादलहरूमा आउनुहुनेछ, र प्रधान स्वर्गदूतको तुरहीसाथ,” (Joseph Wolff, Researches and Missionary Labors, page 62) र “जैतुनको पहाड़मा उभिनुहुनेछ। अनि सृष्टिमाथि आदमलाई दिइएको र तिनले गुमाएको अधिकार येशूलाई दिइनेछ। उहाँ पूरै पृथ्वीमाथिको राजा हुनुहुनेछ। सृष्टिको अफसोस र विलाप अन्त्य हुनेछ, तर प्रशंसा आभारको भजनहरू सुनिनेछ। ... जब येशू आफ्ना पिताको पवित्र स्वर्गदूतहरूसित महिमामा आउनुहुनेछ, ... तब मरेका विश्वासीहरू पहिले उठ्नेछन्। उत्पत्ति १:२६; ३:१७; १ थेसलोनिकी ४:१६; १ कोरिन्थी १५:२३। यसैलाई हामी इसाईहरूले पहिलो पुनरुत्थान भन्छौं। त्यसपछि सजिवहरूको समूदायको स्वभावमा परिवर्तन हुनेछ, (यशैया ११:६-९) र येशूको अधीनमा रहनेछ। भजनसंग्रह ८। विश्वव्यापी शान्ति हुनेछ।” —Journal of the Rev. Joseph Wolff, pages 378, 379. “परमप्रभुले फेरि पृथ्वीमाथि हेर्नुहुनेछ, र भन्नुहुनेछ, ‘हेर, यो अति असल छ।’” —Journal of the Rev. Joseph Wolff, page 294. MBND 90.2
वोल्फले विश्वास गरे कि प्रभुको आगमन नजिक छ, तिनले अगमवाणीको अवधिलाई अनुवाद गर्दा मिलरले केन्द्रित गरेको समयको त्यही केही वर्षहरूभित्र नै महान् अन्त्य सम्पन्न हुने कुरा बताएका थिए। जसले धर्मशास्त्रबाट प्रोत्साहित गऱ्यो, “त्यो दिन र घड़ी कसैलाई थाहा छैन,” कि मानिसहरूलाई दोस्रो आगमनको निकटताको विषयमा केही थाहा हुँदैन, वोल्फले तिनीहरूलाई जवाफ दिए: “के हाम्रा परमप्रभुले ती दिन र घड़ी कहिल्यै थाहा हुनुहुँदैन भन्नुभयो र? जसरी एक व्यक्तिले अञ्जीरको पात देखेर ग्रिष्म ऋतु नजिक छ भनी थाहा भएझैँ के उहाँको आगमनको निकटता थाहा हुनको लागि उहाँले समयहरूका चिन्हहरू दिनुभएको छैन? मत्ती २४:३२। जब उहाँ आफैले दानिएल अगमवक्ताको पुस्तक पढ्ने मात्र होइन तर बुझ्ने पनि अनुरोध गर्नुहुन्छ तब के हामीले कहिल्यै पनि त्यो अवधि जान्नुहुँदैन र? अनि त्यहीँ दानिएलमै यसो भनिएको छ कि वचनहरू अन्तको समयसम्म बन्द गरेर राख (जुन उसको समयको अवस्था थियो), र ‘धेरैजना यताउता दगुर्नेछन्’ (समयको विषयमा ध्यान दिने र सोच्ने एक हिब्रू भनाइ), र ‘ज्ञान [त्यो समयको विषयमा]-को वृद्धि हुनेछ।’ दानिएल १२:४ (KJV)। यसर्थ यसद्वारा हाम्रा परमप्रभुले भन्न खोज्नुभएको होइन कि समयको निकटता थाहा हुनेछैन, तर ठ्याक्कै ‘दिन र घड़ी कसैलाई थाहा छैन।’ उहाँले यो भन्नुभएको छ कि जसरी नोआले जहाज तयारी गरे त्यसरी नै उहाँको आगमनको लागि तयारी गराउन समयका चिन्हहरूद्वारा पर्याप्त ज्ञान हुनेछ।” —Wolff, Researches and Missionary Labors, pages 404, 405. MBND 91.1
धर्मशास्त्रलाई अर्थ लगाउने वा कुव्याख्या लगाउने प्रचलित विधिको विषयमा वोल्फले लेखे: “इसाई चर्चका धेरै जना धर्मशास्त्रको स्पष्ट समझबाट बाङ्गिएका छन्, र तिनीहरू बौद्ध धर्मावलम्बीहरूको भूत-प्रेतमा आस्था राख्ने विधितिर लागेका छन्, जसले यो विश्वास गर्छन् कि मानवको भविष्य खुशीपन हावामा उडिरहनेबाट पाइनेछ, अनि यस्तो अनुमान गर्छन् कि तिनीहरूले यहूदीलाई पाठ गराइरहँदा अन्यजातिहरू भनी बुझ्नुपर्छ; जब तिनीहरूले यरूशलेम भनेर पढ्दछ, तिनीहरूले चर्च भनेर बुझ्नुपर्दछ; र यसले पृथ्वी भनेको भए त्यसको अर्थ आकाश हुन्छ; र परमप्रभुको आगमन भनेको चाहिँ तिनीहरूले सुसमाचारिय समाजको वृद्धि भनी बुझ्नुपर्दछ; र परमप्रभुको घरको पहाड़मा चढ्नु भन्नाले मेथोडिस्टहरूको एक विशाल सङ्गतिलाई देखाउँछ।” —Journal of the Rev. Joseph Wolff, page 96. MBND 91.2
१८२१देखि १८४५सम्मको चौबीस वर्षको समय अवधिमा वोल्फले असाध्यै यात्रा गरे; तिनले अफ्रिकामा, मिश्र र अबिसेनियामा पस्दै; एसिया, पलिस्ती, आराम, फारस, बोखरा र भारतसम्म पनि यात्रा गरे। तिनी संयुक्त राज्य पनि गए, अझै त्यतैतिर यात्रा गर्ने क्रममा सन्त हेलेनाको टापुतिर प्रचार गर्दै गए। तिनी १८३७को अगस्टमा न्यु योर्क पुगे, अनि त्यो सहरमा प्रवचन दिइसकेपछि तिनले फिलाडेल्फिया र बल्टिमरमा प्रचार गरे, र अन्तमा वासिङ्गटनतिर गए। त्यहाँ तिनले भने, “पूर्व राष्ट्रपति जोन कोइन्सी आदम्सद्वारा आएको प्रस्तावमा कंग्रेसका [महासभा] घरहरूमध्ये एउटामा मलाई प्रवचन दिन सर्वसम्मतले सुम्पिदिए जुन मैले शनिबारको दिनमा प्रस्तुत गरेको थिएँ र कंग्रेसका सबै सदस्यको उपस्थिति, भर्जिनियाको विशप, वासिङ्गटनको धार्मिक अधिकारीहरू र नागरिकहरूको उपस्थितिद्वारा सम्मानित भएको थिएँ। न्यु जर्सी र पेन्सिलभेनीयाका राज्यका सदस्यहरूले त्यस्तै सम्मान प्रदान गरेका थिए, जसको उपस्थितिमा मैले एसियामा हुँदा अनुसन्धान गरेका कुराहरू, र येशू ख्रीष्टको व्यक्तिगत शासनको विषयमा बताएँ।” —Journal of the Rev. Joseph Wolff, pages 398, 399. MBND 92.1
डाक्टर वोल्फले युरोपको शक्तिको सुरक्षाविना नै सबभन्दा असभ्य देशहरूमा कडा परिश्रम गर्दै, र वरिपरि अनेकन् जोखिमहरू उठाउँदै यात्रा गरे। तिनी लौरोले पिटिए र भोकै बसे, दासत्वको रूपमा बेचिए, र तिनलाई तीन पल्ट मृत्युदण्ड दिइयो। तिनलाई डाँकूहरूले घेरेका थिए, र केही चोटी त तिर्खाले झण्डै मरे। एक पल्ट तिनी आफूसँग भएको सबै कुराबाट लुटिए, र सयौँ किलोमिटरसम्म खाली खुट्टाले पहाड़हरू भएर यात्रा गर्नुपऱ्यो, तिनको अनुहारमा हिउँहरूले हिर्काउँदथे, र तिनको खाली खुट्टा हिउँ जमिएको भुइँमा टेकेर अचेत हुन्थ्यो। MBND 92.2
असभ्य र विरोधी जातिहरूको माझ हतियारविना नजान चेतावनी दिइरहेको बेलामा, तिनले घोषणा गरे कि आफैले “हतियार जुटाइएको थियो”—“प्रार्थना, ख्रीष्टको लागि साहस, उहाँको सहायतामा भरोसा” भनेर तिनले भने, “मलाई परमेश्वरको प्रेम र मेरो हृदयमा छिमेकी पनि दिनुभएको छ, र बाइबलचाहिँ मेरो हातमा छ।” —W. H. D. Adams, In Perils Oft, page 192. तिनी जहाँ गए पनि हिब्रू र अङ्ग्रेजी भाषाको बाइबल सधैँ बोकेर हिँड्ने गर्दथे। तिनका पछिल्ला यात्राहरूमध्ये एउटाको विषयमा तिनी भन्छन्, “मैले बाइबल मेरो हातमा खोलेर राखें। मेरो शक्ति किताबमा भएजस्तो मलाई लाग्यो, कि त्यसको सामर्थ्यले मलाई कायम राख्नेथियो।” —W. H. D. Adams, In Perils Oft, page 201. MBND 92.3
यसरी न्यायको सन्देश संसारको निवासयोग्य धेरै जसो भागहरूमा नपुगेसम्म तिनले परिश्रमहरू कयम राखे। यहूदीहरू, टर्कहरू, पर्सीहरू, हिन्दुहरू र धेरै जातित्व र वंशहरूको माझमा तिनले परमेश्वरको वचन यी विभिन्न भाषाहरूमा बाँडे, र मसीहको शासन निकट रहेको कुरा व्यापक रूपमा प्रचार भयो। MBND 93.1
बोखरामा यात्रा गर्दा परमप्रभुको आगमनको सिद्धान्त दुर्गम र एक्लो मानिसहरूले विश्वास गरेको कुरा थाहा पाए। तिनले भने, एमानको अरबीहरूसँग “एउटा सिरा भनिने किताब छ, जसले ख्रीष्टको दोस्रो आगमन, र उहाँको महिमित शासनको सुचना दिन्छ, र तिनीहरूले १८४०को महान् घटनाको आशा गर्दछन्।” —Journal of the Rev. Joseph Wolff, page 377. “एमानमा ... मैले रेकाबीहरूसँग छ दिन बिताएँ। तिनीहरू केही पनि दाखमद्य सेवन गर्दैनन्, दाखबारी लगाउँदैनन्, तिनीहरू कुनै बीऊ छर्दैनन्, पालहरूमा बस्छन्, र रेकाबको छोरो प्रिय योनादाबका वचनहरू स्मरण गर्दछन्। तिनीहरूसँग दान कुलको इस्राएलको सन्तान थिए, ... जसले साधारणतया रेकाबका सन्तानहरूसितै आकाशका बादलहरूमा मसीहको शीघ्र आगमनको आशा गर्दथे।” —Journal of the Rev. Joseph Wolff, page 389. MBND 93.2
एक उस्तै विश्वास अर्को प्रचारकद्वारा तारतरीमा फेला पाऱ्यो। सुसमाचार प्रचारकलाई तारतरीको पूजाहारीले ख्रीष्टको आगमन दोस्रो पल्ट कहिले हुन्छ भन्ने प्रश्न सोध्यो। जब सुसमाचार प्रचारकले त्यसको जवाफ दिए कि तिनलाई त्यसको विषयमा केही थाहा थिएन, तब त्यो पूजाहारी एक बाइबल शिक्षक दाबी गर्ने व्यक्तिमा समेत यस्तो अज्ञानता थाहा पाएर छक्क परे, र अगमवाणीमा आधारित तिनको आफ्नै विश्वास व्यक्त गरे कि ख्रीष्ट १८४४तिर आउनुहुनेछ। MBND 93.3
१८२६तिर दोस्रो आगमनको सन्देश बेलायतमा प्रचारिन आरम्भ भयो। त्यहाँको कार्यले अमेरिकामा झैँ निश्चित आकार लिन सकेन; आगमनको ठीक समयका विषयमा त्यति व्यापकरूपमा सिकाइएको थिएन, तर शक्ति र महिमासाथ हुने ख्रीष्टको दोस्रो आगमनको महान् सत्यतालाई व्यापकरूपले घोषणा गरिएको थियो। यो अन्य धर्म मान्नेहरू र प्रोटेस्टेन्टहरूको माझमा मात्र थिएन। एक अङ्ग्रेजका लेखक मौरान्ट ब्रोक भन्छन् कि बेलायतको चर्चको सात सय प्रचारकहरू यो “राज्यको सुसमाचार” प्रचार गर्नमा लागी परेका थिए। १८४४मा परमप्रभुको दोस्रो आगमनतर्फ देखाउने सन्देश महान् बेलायतमा पनि प्रचार भएको थियो। संयुक्त राज्यबाट प्रकाशित दोस्रो आगमनका प्रकाशनहरू पूरा फैलाइएका थिए। बेलायतमा किताबहरू र पत्रिकाहरू पुनः प्रकाशन भए। रोबर्ट विन्टर बेलायतमा जन्मेर अमेरिकामा दोस्रो आगमनको विश्वास स्वीकार गरे, र १८४२मा तिनको जन्मस्थलमा परमप्रभुको आगमनको प्रचार गर्न फर्के। धेरै जना तिनीसँग काममा सामेल भए, र न्यायको सन्देश बेलायतको विभिन्न क्षेत्रहरूमा घोषणा गरियो। MBND 94.1
दक्षिण अमेरिकामा असभ्यता र पूजाहारीको छलको बीचमा लाकुन्जा, एक स्पेनको मानिस र एक जेजुइट, तिनको ध्यान धर्मशास्त्रतर्फ लगाए, र यसरी ख्रीष्टको शीघ्र आगमनको सत्यतालाई प्राप्त गरे। चेतावनी दिन बाध्य थियो तापनि रोमको घृणाबाट उम्कने इच्छा गरेर, तिनले आफूलाई एक यहूदीबाट परिवर्तन भएको व्यक्तिको रूपमा प्रस्तुत गर्दै तिनको नाम “रब्बी बेन एज्रा” दिई आफ्नो विश्वासहरू प्रकाशित गरे। लाकुन्जा अठारौँ शताब्दीमा बाँचेका थिए, तर लगभग १८२५तिर तिनका किताब लन्डनमा पुगेपछि अङ्ग्रेजी भाषामा अनुवाद भयो। यसको प्रकाशनले दोस्रो आगमनको विषयमा पहिले नै पैदा भएको इच्छालाई गहिरो रूपमा जागृति ल्याउने काम गऱ्यो। MBND 95.1
जर्मनीमा यो सिद्धान्त अठारौँ शताब्दीमा एक लुथ्रेन चर्चको प्रचारक बेन्जलद्वारा सिकाइएको थियो, र तिनी बाइबल विज्ञ र समालोचकको रूपमा प्रख्यात थिए। तिनको अध्ययन समापनपछि बेन्जल “बाइबलशास्त्रको अध्ययनमा लागेका थिए, जसमा तिनको अघिल्लो तालिम र अनुशासनले गर्दा तिनको दिमागको गम्भीर र धर्मतर्फ लागेको अवस्था अझै गहिरो र बलियो हुँदै गएकोले स्वभाविकरूपमा तिनी अग्रसर भए। त्योभन्दा अगाड़ि र त्यो बेलादेखिका अरू विचारशील चरित्रयुक्त जवान मानिसहरूझैँ तिनले धार्मिक स्वभावको शङ्का र कठिनाइहरूमा सङ्घर्ष गर्नुपरेको थियो, धेरै भावनाका साथ तिनले ‘धेरै तीरहरूको प्रहार भएको सङ्केत गरे जसले तिनको दरिद्र मुटुलाई छेड्यो, र तिनको जवान अवस्थालाई असहनीय बनायो।’” वार्टमवर्गको धार्मिक अदालतको एक सदस्य भएर तिनले धार्मिक स्वतन्त्रताको कामलाई लिए। “तिनले चर्चको अधिकारहरू र अवसरहरू कायम राख्दै पनि जसले विवेकको क्षेत्रमा आफै स्थापित चर्चबाट निस्कन बाध्यताको महसुस गरे तिनीहरूलाई उचित स्वतन्त्रताको प्रबन्ध गरिन्छ भनी जोड़ दिए।” —Encyclopaedia Britannica, 9th ed., art. “Bengel.” यो अभिप्रायका असल प्रभावहरू तिनी जन्मेको प्रदेशमा अझै पनि महसुस गरिन्छ। MBND 95.2
जब प्रकाश २१बाट आगमन-आइतबारको [येशूको पहिलो आगमनको प्रचारको लागि नियुक्त गरिएको आइतबार] लागि प्रवचन तयार गर्दा बेन्जलको दिमागमा ख्रीष्टको दोस्रो आगमनको विषयमा ज्योति फुटेर आयो। प्रकाशका अगमवाणीहरू तिनको समझमा यसरी कहिल्यै पनि खोलिएको थिएन। अगमवक्ताद्वारा प्रस्तुत गरिएका दृश्यहरूको अतुलनीय महिमा र असाध्यै महत्वको चेतनासाथ आश्चर्य चकित भई, तिनले केही समयको लागि त्यो विषयमा स्मरण गर्ने काम स्थगित राख्न बाध्य भए। तिनलाई पुल्पिटमा हुँदा पनि फेरि त्यो आफै त्यसको स्पष्टता र शक्तिसाथ प्रकट भएको थियो। त्यो समयदेखि तिनी आफै अगमवाणीहरूको अध्ययनमा लागी परे, विशेष गरी प्रकाशका अगमवाणीहरू, र चाँडै नै यो विश्वास गरे कि तिनीहरूले ख्रीष्टको आगमनको निकटतालाई देखाए। तिनले जुन मिति दोस्रो आगमनको रूपमा निर्धारण गरेका थिए, मिलरले पछि त्यसको केही वर्षभित्रको मिति नै अपनाए। MBND 96.1
बेन्जलका लेखहरू पूरै इसाईजगत्भरि फैलियो। तिनको अगमवणीको विचार तिनको आफ्नो राज्य वेर्टिमवर्गमा साधारणरूपले स्वीकार गरियो, र जर्मनीका अर्को भागहरूमा केही मात्रमा फैलियो। तिनको मृत्युपछि पनि उक्त कार्य निरन्तर भई नै रह्यो, र अरू भूमिहरूमा त्यसले ध्यानाकर्षण गरेको बेलामै जर्मनीमा पनि दोस्रो आगमनको सन्देश सुनिएको थियो। सुरुतिरै केही विश्वासीहरू रूसमा गए, र तिनीहरूले त्यहाँ बस्तीहरू बसाए, र ख्रीष्टको दोस्रो आगमनको विश्वास अझैसम्म पनि त्यो देशका जर्मन चर्चहरूले अपनाएका छन्। MBND 96.2
फ्रान्स र स्वीजरल्याण्डमा पनि ज्योति चम्क्यो। जेनेभामा जहाँ फेरल र क्याल्भिनले सुधार-कार्यका सत्यताहरू प्रचार गरेका थिए, गसेनले दोस्रो आगमनको सन्देश प्रचार गरे। जब स्कुलमा एक विद्यार्थी हुँदै गसेनले युक्तिवादको आत्मासँग सामना गर्नुपरेको थियो जसले अठारौँ शताब्दीको अन्तिम भाग र उनाइसौँ शताब्दीको आरम्भमा सबै युरोपलाई प्रभावित पारेको थियो; जब तिनी प्रचारको कार्यमा प्रवेश गरे तब तिनी साँचो विश्वासमा मात्र अनविज्ञ थिएनन्, तर समालोचनात्मक कुराहरूमा ध्यान दिँदथे। तिनी युवावस्थामा अगमवाणीको अध्ययनमा इच्छुक थिए। रेलिनको प्राचीन इतिहास पढेपछि, तिनको ध्यान दानिएल दुई अध्यायले आकर्षण गऱ्यो, र इतिहासको अभिलेखमा देखिएअनुसार त्यही अगमवाणीको अचम्मको पूर्णताको यथार्थतालाई देखेर तिनी आश्चर्यचकित भए। यहाँ धर्मशास्त्रको प्रेरणालाई गवाही दिइयो, जसले तिनको पछिल्लो वर्षहरूको जोखिमहरूमा तिनलाई एक लङ्गरको रूपमा काम गऱ्यो। तिनी युक्तिवादी शिक्षामा सन्तुष्ट हुन सक्दैनथे, र बाइबल अध्ययन र स्पष्ट ज्योतिको लागि अनुसन्धानले गर्दा केही समयपछि तिनी निश्चित विश्वासतर्फ लागे। MBND 96.3
जब तिनले आफ्नो अगमवाणीहरूको छानबिनमा लागी परे, परमप्रभुको आगमन नजिकै थियो भन्ने विश्वासको निष्कर्षमा तिनी पुगे। यो महान् सत्यताको गम्भीरता र महत्वले प्रभावित भएर तिनले मानिसहरूको सामुन्ने प्रस्तुत गर्ने इच्छा गरे, तर दानिएलका अगमवाणीहरू रहस्यमय र दुर्बोध थिए भन्ने प्रचलित विश्वासले तिनलाई ठूलो बाधा दिएको थियो। जेनेभालाई सुसमाचार प्रचार गर्न तिनीभन्दा अगाड़ि फेरलले जस्तै गरेका थिए त्यसरी नै अन्तमा तिनले नानीहरूसँग आरम्भ गर्ने सङ्कल्प गरे, जसद्वारा तिनले अभिभावकहरूलाई जित्ने आशा राखेका थिए। MBND 97.1
यो अभिभारामा तिनको उद्देश्यको विषयमा बोल्दै पछाड़ि तिनले भने, “यसको बोध होस् भन्ने म इच्छा गर्दछु, यो कम महत्व भएको कारणले होइन, तर त्यसको विपरीत त्यसको अति महत्वको कारणले हो, कि मैले नानीहरूलाई बताएजस्तै सजिलो तरिकाले प्रस्तुत गर्न चाहन्थें। म चाहन्थें कि त्यो सुनिएको होस्, र यदि मैले पहिले नै युवाहरूलाई बताएँ भने तिनीहरूले सुन्दैन होलान् भन्ने मलाई डर लाग्यो।” “त्यसकारण मैले सानाहरूबाट सुरु गर्ने निर्णय गरें। मैले नानीहरूको स्रोता जम्मा गरें; यदि समूहको विकास हुन्छ, यदि तिनीहरूले ध्यान दिएर सुन्छन्, खुशी हुन्छन्, इच्छुक हुन्छन्, तिनीहरूले त्यो विषयलाई बुझेर वर्णन गर्छन् भने चाँडै नै दोस्रो पटक हुन्छ भन्ने म निश्चित हुन्छु, र तिनीहरूको पालोमा तिनीहरूको केही समय बसेर अध्ययन गर्न उपयुक्त छ भनी युवाहरूले देख्नेछन्। जब यो हुन्छ, तब उद्देश्य प्राप्ति भएको हुन्छ।” —L. Gaussen, Daniel the Prophet, vol. 2, Preface. MBND 97.2
त्यो प्रयासले सफलता हासिल गऱ्यो। जब तिनले नानीहरूलाई सम्बोधन गरे, तब त्यहाँ वयस्क मानिसहरू पनि सुन्न आए। तिनको चर्चका बरण्डाहरू एकाग्रतायुक्त स्रोताले भरियो। तिनीहरूको माझमा पदाधिकारी र शिक्षित मानिसहरू, परदेशीहरू र जेनेभा घुम्न आउने विदेशीहरू थिए, र यसरी सन्देश अरू क्षेत्रहरूमा पनि लिएर गए। MBND 97.3
यो सफलताद्वारा प्रोत्साहित भई गसेनले फ्रेन्च भाषा बोल्ने चर्चमा अगमवाणीको अध्ययन विस्तार गराउने आशाले तिनका पाठहरू प्रकाशित गरे। गसेन भन्छन्, “बालकहरूलाई दिइएको शिक्षा प्रकाशन गर्नुचाहिँ प्रायः ती अस्पष्ट छन् भन्ने झूटो बहाना गरेर यस्ता किताबहरूलाई बेवास्ता गर्ने वयस्कहरूलाई यस्तो भनेको जस्तै हो, ‘ती कसरी अस्पष्ट हुन सक्छन् जबकि तपाईंहरूका बच्चाहरूले ती कुराहरू बुझ्छन्?’” तिनी यसरी थप्छन्, “सम्भव भएसम्म हाम्रो झुण्डमा अगमवाणीहरूको ज्ञान प्रचलित बनाउने मेरो ठूलो इच्छा थियो।” “मेरो विचारमा समयको आवश्यकतालाई अझै राम्ररी जवाफ दिने कुनै अध्ययन छैन।” “यसैद्वारा नै हामीले नजिकै भएको सङ्कष्टको लागि तयारी गर्नुपर्छ, र येशू ख्रीष्टलाई हेर्नुपर्छ र प्रतीक्षा गर्नुपर्छ।” MBND 97.4
फ्रान्सेली भाषामा एक प्रतिष्ठित र लोकप्रिय प्रचारक भए तापनि गसेन केही समयमा प्रचारबाट बहिष्कारमा परे, चर्चको क्याटेकिजम, निर्जिव र युक्तिवादी र झण्डै विश्वासरहित किताबको सट्टामा तिनले युवाहरूलाई शिक्षा दिन बाइबल प्रयोग गरेको कुराचाहिँ तिनको मुख्य अपराध थियो। पछि गएर तिनी एक बाइबलशास्त्रीय स्कुलमा एक शिक्षक भए, जबकि आइतबारचाहिँ तिनले बालकहरूलाई सम्बोधन गर्दै धर्मशास्त्रको विषयमा शिक्षा दिएर आफ्नो धार्मिक शिक्षकको कामलाई निरन्तरता दिए। अगमवाणीको बारेमा तिनका लेखहरूले पनि धेरै चासो जगाएको थियो। आध्यापकको कुर्सीबाट, छापाखानाद्वारा र बालकहरूको शिक्षकको रूपमा तिनलाई मनपर्ने पेशाबाट तिनले धेरै वर्षसम्म ठूलो प्रभाव पार्ने चेष्टा गरी नै रहे, र परमप्रभुको आगमनको निकटतालाई देखाउने अगमवाणीहरूको अध्ययनमा धेरैलाई ध्यानाकर्षित गर्ने एक औजार भयो। MBND 98.1
स्क्यान्डिनेभियामा पनि दोस्रो आगमनको सन्देश घोषणा गरियो, र त्यहाँ व्यापक इच्छा जाग्यो। धेरै जना तिनीहरूको असावधानपूर्ण सुरक्षाबाट तिनीहरूका पापहरूलाई स्वीकार गरी त्याग्न र ख्रीष्टको नाममा क्षमा खोज्न जागे। तर राज्यको चर्चको धार्मिक अधिकारीहरूले त्यो कार्यलाई विरोध गऱ्यो, र तिनीहरूको प्रभावद्वारा कति जना प्रचारकहरू जेलमा हालिए। धेरै ठाउँहरूमा परमप्रभुको दोस्रो आगमनका प्रचारकहरूलाई यसरी शान्त पारियो, परमेश्वरले अचम्मलाग्दो तरिकाले साना बालकहरूद्वारा उहाँको सन्देश पठाउन खुशी हुनुहुन्थ्यो। तिनीहरू सानै उमेरका भएको कारणले राज्यको ऐनले तिनीहरूलाई रोकावट गर्न सक्दैनथ्यो, र तिनीहरूलाई कुनै हानिविना नै बोल्ने अनुमति प्रदान गरियो। MBND 98.2
त्यो कार्यचाहिँ विशेष गरेर निम्न वर्गहरूको लागि थियो, र नम्र परिश्रमीहरूको निवासमा मानिसहरू चेतावनी सुन्नको लागि भेला भए। बालक प्रचारकहरू आफै पनि प्रायः झुप्रोमा बस्ने गरिबहरू थिए। तिनीहरू कति जना प्रायः छ वा आठ वर्षका थिए; र तिनीहरूका जीवनहरूले गवाही दिए कि तिनीहरूले आफ्ना मुक्तिदातालाई माया गरे, र तिनीहरूले परमेश्वरका पवित्र नियमहरूअनुसार जिउने प्रयास गरिरहेका भए पनि, तिनीहरूमा साधारणतया त्यो उमेरमा हुने ज्ञान र योग्यता मात्रै देखिन्थ्यो। जब तिनीहरू मानिसहरूको सामुन्ने खडा हुन्थे जे भए पनि तिनीहरू आफ्ना स्वभाविक वरदानहरूभन्दा पनि उच्च प्रभावद्वारा चलेको प्रमाणित हुन्थे। सुर र ढाँचा परिवर्तन हुन्थ्यो, र धर्मशास्त्रकै वचनहरू प्रयोग गरेर गम्भीर शक्तिसाथ तिनीहरूले न्यायको चेतावनी दिए। “परमेश्वरसँग डराओ, र उहाँलाई महिमा देओ। किनकि उहाँका इन्साफको घड़ी आएको छ।” तिनीहरूले मानिसहरूका पापहरूलाई देखाए, अनैतिकता र दुष्टताहरूलाई मात्र दोष दिन होइन तर सांसारिकपन र भड्किने प्रवृतिलाई औँल्याइदिए, र तिनीहरूको स्रोतालाई आउने क्रोधबाट चाँडै भाग्ने चेतावनी दिए। MBND 98.3
मानिसहरूले कम्पसाथ सुने। परमेश्वरको प्रभावित पार्ने आत्मा तिनीहरूको हृदयहरूमा बोल्नुभयो। धेरै जनामा धर्मशास्त्रलाई नयाँ र गहिरो इच्छाका साथ अनुसन्धान गर्ने चाहना जगायो, असंयमी र अनैतिकहरू सुध्रिए, अरूले तिनीहरूको दुष्ट व्यवहारहरूलाई त्यागे, र त्यो कार्य यति अचम्मलाग्दो तरिकाले भयो कि राज्य चर्चका प्रचारकहरूले पनि त्यो कार्यमा परमेश्वरको हात थियो भनी स्वीकार गर्न बाध्य भए। MBND 99.1
स्क्यान्डिनेभियाका राज्यहरूमा पनि मुक्तिदाताको आगमनको समाचार दिनुपर्छ भन्ने परमेश्वरको इच्छा थियो; जब उहाँका दासहरूको आवाजहरू बन्द भए, उहाँले बालकहरूलाई उहाँको आत्मा दिनुभयो ताकि त्यो काम पूरा हन सकोस्। जब येशू हर्षित भीडहरूसित यरूशलेम नजिकै आइपुग्नुभयो जसले विजयको आवाज र खजुरका पातहरू हल्लाएर दाऊदको पुत्रको रूपमा घोषणा गरे, तब डाही फरिसीहरूले तिनीहरूलाई चूप पार्न उहाँलाई आह्वान गरे; तर येशूले जवाफ दिनुभयो, यी सबै अगमवाणीको पूर्णता थियो, र यदि तिनीहरू चूप लागे भने यी ढुङ्गाहरू कराउनेथिए। पूजाहारीहरू र शासकहरूको धम्किहरूद्वारा डराएर तिनीहरू यरूशलेमको ढोका प्रवेश गर्दा तिनीहरूको आनन्दमय घोषणालाई बन्द गर्छन् भन्ने मानिसहरूले आशा गरे; तर पछि मन्दिरमा भएका केटाकेटीहरूले तिनीहरूको खजुरका डालाहरू हल्लाउँदै कोरस गाउँदै चिच्याए, “दाऊदको पुत्रलाई होसन्ना!” मत्ती २१:८-१६। जब फरिसीहरू असाध्यै रिसाएर उहाँलाई भने, “सुन्दैछौ, यिनीहरूले के भनिरहेका छन्?” येशूले जवाफ दिनुभयो, “हो, सुन्दैछु। के तिमीहरूले पढ़ेका छैनौ, ‘शिशुहरू र दूधे-बालकहरूका ओठबाट तपाईंले पूर्ण प्रशंसा निकाल्नुभएको छ’?” जसरी परमेश्वरले ख्रीष्टको पहिलो आगमनमा बच्चाहरूद्वारा काम गर्नुभयो, त्यसरी नै उहाँले तिनीहरूलाई उहाँको दोस्रो आगमनको सन्देश दिन बालकहरूद्वारा काम गर्नुभयो। परमेश्वरको वचन पूरा हुनैपर्नेथियो, कि मुक्तिदाताको आगमनको घोषणा सबै मानिसहरू, भाषाहरू र जातिहरूलाई दिइनुपर्छ। MBND 99.2
अमेरिकामा विलियम मिलर र तिनका सहकर्मीहरूलाई चेतावनी प्रचार गर्न दिइएको थियो। यो देश महान् दोस्रो आगमनको कार्यको केन्द्र बिन्दु भयो। त्यहीँ नै पहिलो स्वर्गदूतको अगमवाणी प्रत्यक्षरूपमा पूरा भएको थियो। मिलर र तिनका सहकर्मीहरूका लेखहरू टाढ़ाका भूमिहरूमा पुगे। सारा संसारभरि जहाँ-जहाँ सुसमाचार प्रचारकहरू प्रवेश गरे, त्यहाँ तिनीहरूलाई ख्रीष्टको शीघ्र आगमनको खुशीको खबर दिइयो। अनन्त सुसमाचार टाढ़ा र फराकिलो हुँदै फैलियो। “परमेश्वरसँग डराओ, र उहाँलाई महिमा देओ। किनकि उहाँका इन्साफको घड़ी आएको छ।” MBND 100.1
अगमवाणीहरूको गवाही जुन १८४४को बसन्त ऋतुमा हुने ख्रीष्टको आगमनलाई केन्द्रित गरेको झैँ देखियो त्यो मानिसहरूको मनस्थितिमा गहिरो गरी गाडियो। जब सन्देश राज्यदेखि राज्यसम्म गयो, तब व्यापक चाख जागृत भयो। धेरै जनाले अगमवाणीका अवधिहरूबाट आएका विवादहरू सही थिए भनी विश्वास गरे, र तिनीहरूको विचारको घमण्ड बलिदान गरेर तिनीहरूले सत्यतालाई आनन्दसाथ स्वीकार गरे। कति प्रचारकहरूले तिनीहरूको सम्प्रदायका विचारहरू र भावनाहरूलाई पन्साए, तिनीहरूका तनखाहरू र तिनीहरूका चर्चहरू छोडेर येशूको आगमनलाई घोषणा गर्न समावेश भए। त्यहाँ तुलनात्मकरूपमा त्यो सन्देश स्वीकार गर्नेहरूमध्ये प्रचारकहरू थोरै थिए; त्यसकारण यो विशेष गरी नम्र साधारण मानिसहरूलाई सुम्पिइएको थियो। किसानीहरूले तिनीहरूका खेतहरू, यन्त्र शिल्पकारहरूले तिनीहरूका औजारहरू, व्यापारीहरूले तिनीहरूका व्यापार, पेशादारहरूले तिनीहरूका पदहरू छोडे; तापनि पूरा गर्नुपर्ने कामको तुलनामा कामदारहरूको सङ्ख्या थोरै नै थियो। एक भक्तिहीन चर्चको अवस्था र संसार दुष्टतामा रहेको कारणले साँचो पहरेदारहरूको आत्मा बोझले दबिएको थियो, र तिनीहरू मानिसहरूलाई पश्चात्तापबाट मुक्तिमा बोलाउनको लागि स्वेच्छाले परिश्रम, अभाव र कष्ट भोग्न तयार भए। शैतानको विरोध आए तापनि काम दृढतासाथ अगाड़ि बढ्दै गयो, र दोस्रो आगमनको सत्यता हजारौँले स्वीकार गरे। MBND 100.2
सबैतिर अनुसन्धानात्मक गवाही सुनिन्थ्यो, सांसारिकहरू र चर्च-सदस्यहरू दुवै पापीहरूलाई आउने क्रोधबाट भाग्ने चेतावनी दिइयो। ख्रीष्टको अग्रदूत बप्तिस्मा दिने यूहन्नाझैँ प्रचारकहरूले रूखको जरामा बञ्चरो हानेका थिए, र सबैलाई पश्चात्ताप सुहाउँदो फल फलाउन आग्रह गरेका थिए। तिनीहरूका जगाउने आह्वानहरू र प्रचलित पुल्पिटहरूबाट सुनिएको सुरक्षा, शान्तिका भरोसाहरू अति नै भिन्न थियो; जहाँ सन्देश दिइयो, त्यहाँ मानिसहरूको मन छोयो। धर्मशास्त्रको साधारण र सीधा गवाहीले पवित्र आत्माको शक्तिद्वारा गहिरो दोष प्रमाण गरायो जसलाई थोरैले मात्र पूर्णरूपले प्रतिकार गर्न सक्थे। धर्मधारण गर्नेहरू झूटो सुरक्षाबाट जागे। तिनीहरूले आफै भड्केको, तिनीहरूको सांसारिकपन र अविश्वास, तिनीहरूको घमण्ड र स्वार्थीपन देखे। धेरैले परमप्रभुलाई पश्चात्ताप र नम्रतासाथ खोजे। यति लामो समयसम्म संसारको थोकहरूमा लगाइएको माया अब स्वर्गतर्फ केन्द्रित भयो। तिनीहरूमाथि परमेश्वरको आत्मा बस्नुभयो, र हृदय नरम पारेर तथा वंशमा राखेर तिनीहरू कराइको आवाज दिन समावेश भए, “परमेश्वरसँग डराओ, र उहाँलाई महिमा देओ। किनकि उहाँका इन्साफको घड़ी आएको छ।” MBND 101.1
पापीहरूले रुँदै सोधे, “मैले उद्धार पाउनलाई के गर्नुपर्छ?” जसका जीवनहरूमा बेइमानी व्यवहार भएका थिए तिनीहरू क्षतिपूर्ति गर्न उत्सुक भए। जसले ख्रीष्टमा शान्ति पाए अरूसँग आशिष् बाँड्न चाह गर्थे। बुवा-आमाका मनहरू तिनीहरूका छोराछोरीहरूतिर र छोराछोरीहरूको मन बुवा-आमातिर फर्के। घमण्ड र थोरै बोल्ने पर्खालहरू अब नष्ट भए। हृदय स्पर्शी पाप स्वीकार गरियो, र जो नजिक थिए र प्रिय थिए तिनीहरूको मुक्तिको लागि घरका सदस्यहरूले परिश्रम गरे। प्रायः उत्सुक मध्यस्थताको आवाज सुनिन्थ्यो। सबैतिर गहिरो संतापमा प्राणहरू परमेश्वरसँग बिन्ती गरिरहेका थिए। धेरै जना प्रार्थनामा रातभरि आश्वासनको लागि लडन्त गरे कि तिनीहरूको पापहरू क्षमा होस् वा तिनीहरूका आफन्तहरू वा छिमेकीहरूको परिवर्तन होस्। MBND 101.2
समस्त वर्गकाहरू एड्भेन्टिष्ट सभाहरूमा ओइरिए। धनी र गरिब, उच्च र निम्न विभिन्न कारणहरूले गर्दा तिनीहरू आफै दोस्रो आगमनको विषयमा सुन्न उत्सुक थिए। जब उहाँका दासहरूले तिनीहरूको विश्वासको कारणहरू वर्णन गरे तब परमप्रभुले विरोधी आत्मालाई रोकिदिनुभयो। कहिलेकाहीँ औजार कमजोरी थियो; तर परमेश्वरको आत्माले उहाँको सत्यतामा शक्ति प्रदान गर्नुहुन्थ्यो। यी सभाहरूमा पवित्र स्वर्गदूतहरूको उपस्थिति अनुभव हुन्थ्यो, र दैनिकरूपमा विश्वासीहरू थपिए। जब ख्रीष्टको चाँडो आगमनका प्रमाणहरू दोहोरिन्थे, तब त्यो गम्भीर शब्दहरूलाई विशाल भीडले शान्तसाथ सास रोकेर सुन्थे। स्वर्ग र पृथ्वी एक-अर्कामा नजिक भएको जस्तो देखिन्थ्यो। परमेश्वरको शक्ति युवा र वृद्ध र अधबैँसेले महसुस गर्थे। मानिसहरूले तिनीहरूका घरहरू तिनीहरूको ओठमा प्रशंसा गाउँदै खोज्दथे, र हर्षको आवाज शान्त रातको हावामा गुञ्ज्यो। त्यो सभाहरूमा हाजिर भएकाहरूले कहिले पनि ती गहिरो उत्सुक दृश्यहरू बिर्सन सक्दैनन्। MBND 101.3
ख्रीष्टको आगमनको निश्चित समयको घोषणाले गर्दा सबै वर्गकाहरूबाट ठूलो विरोध उत्पन्न भयो, पुल्पिटबाट प्रचारकदेखि लिएर सबभन्दा लापरवाही स्वर्गलाई हाँका दिने पापीले सम्म विरोध गरे। अगमवाणीका वचनहरू पूरा भए: “पछिल्ला दिनहरूमा गिल्ला गर्नेहरू गिल्ला गर्दै, तिनीहरूका आफ्नै अभिलाषामा यसो भन्दै आउनेछन्, ‘उहाँका आगमनको प्रतिज्ञा कहाँ गयो? किनकि पिता-पुर्खाहरू सुतिसकेका दिनदेखि नै सबै कुरा सृष्टिको सुरुदेखि चलिआएजस्तै आज पनि छँदैछ।’” २ पत्रुस ३:३, ४। धेरै जना जसले मुक्तिदातालाई माया गर्छु भनी दाबी गर्थे तिनीहरूले घोषणा गरे कि तिनीहरूले दोस्रो आगमनको सिद्धान्तलाई विरोध गर्नु केही थिएन; तिनीहरूले निश्चित समयलाई मात्र इन्कार गरे। तर परमेश्वरको सर्वदर्शी आँखाले तिनीहरूका हृदयहरू पढ्नुभयो। संसारलाई धार्मिकतामा न्याय गर्न ख्रीष्टको आगमन हुँदै थियो भन्ने कुरा तिनीहरू सुन्न चाहँदैन थिए। तिनीहरू अविश्वासी दासहरू भएका थिए, तिनीहरूका कामहरूले हृदय अनुसन्धान गर्ने परमेश्वरको दर्शनलाई सहन सक्दैनथे, र तिनीहरू परमप्रभुलाई भेट्न डराए। ख्रीष्टको पहिलो आगमनमा भएका यहूदीहरूझैँ तिनीहरू येशूलाई स्वागत गर्न तयार थिएनन्। तिनीहरूले बाइबलको स्पष्ट विषयवस्तुलाई मात्र सुन्न इन्कार गरेनन्, तर ज-जसले परमप्रभुको प्रतीक्षा गरिरहेका थिए तिनीहरूलाई गिल्ला गरे। शैतान र उसका दूतहरू खुशी भए, र ख्रीष्ट र पवित्र स्वर्गदूतलाई गिल्ला गरे, कि उहाँको नाम लिने मानिसहरूसँग उहाँप्रतिको प्रेम यति थोरै थियो कि तिनीहरूले उहाँको आगमनको पनि चाहना गरेनन्। MBND 102.1
“कसैलाई दिन र घड़ी थाहा छैन” भन्ने विवाद धेरै पल्ट दोस्रो आगमनको प्रतिकारकहरूले अघि ल्याउने गर्दथे। धर्मशास्त्रमा यस्तो छ, “तर त्यस दिन र घड़ीको विषयमा पिताबाहेक कसैले जान्दैन, न त स्वर्गका दूतहरूले, न पुत्रले।” मत्ती २४:३६। यस पदको सबभन्दा मिल्ने र स्पष्ट वर्णन परमप्रभुको प्रतीक्षा गर्नेहरूले दिए, र तिनीहरूको विरोधीहरूले गरेको दुरुपयोग स्पष्ट गरी देखाइयो। उहाँ मन्दिरबाट अन्तिम पल्ट निस्कनुभएपछि जैतुनमाथि ख्रीष्टले उहाँका चेलाहरूसित गर्नुभएको स्मरणीय वार्तालापमा यी वचनहरू बोल्नुभएको थियो। चेलाहरूले प्रश्न सोधेका थिए, “तपाईंको आगमन र यस युगका अन्त्यको चिन्ह के हुनेछ?” मत्ती २४:३। येशूले तिनीहरूलाई चिन्ह दिँदै भन्नुभयो, “त्यसरी नै तिमीहरूले पनि जब यी सबै कुरा भएको देख्नेछौ, तब ऊ नजिकै, ढोकामै छ भनी जान।” मत्ती २४:३३। मुक्तिदाताको एक भनाइले अर्को भनाइलाई नष्ट पार्नुहुँदैनथ्यो। कसैले उहाँको आगमनको दिन र घड़ी थाहा नभए तापनि त्यो नजिकै आइपुगेको छ भनी जान्ने निर्देशन र आज्ञा हामीलाई दिइएको छ। हामीलाई अझ यसरी पनि सिकाइएको छ कि उहाँको चेतावनी बेवास्ता गर्नु, र उहाँको आगमन नजिकै भएको कुरा जान्न इन्कार वा हेलचेक्य्राइँ गर्नुचाहिँ नोआको समयमा जिउनेहरूले जलप्रलय हुने बेला नजानेझैँ हामीलाई पनि घातक हुनेछ। अनि त्यही अध्यायमा एउटा दृष्टान्तमा विश्वासी र अविश्वासी नोकरहरूको भिन्नता देखाइएको छ, र जसले आफ्नो हृदयमा “मेरो मालिक बियाँलो गर्छन्” भन्यो, त्यसलाई दिनुपर्ने सजाय दिइएको छ, त्यही दृष्टान्तले उहाँको प्रतीक्षा गरिरहेका, र उहाँको आगमनको विषयमा सिकाइरहेकाहरूलाई, र त्यो इन्कार गरिरहेकाहरूलाई ख्रीष्टले कुन दृष्टिले व्यवहार गर्नुहुन्छ र इनाम दिनुहुन्छ भन्ने देखाउँछ। उहाँ भन्नुभन्छ, “यसकारण जागा रहो,” “त्यो नोकर धन्य हो जसलाई मालिक आउँदा त्यसै गरिरहेको भेट्टाउनेछ।” मत्ती २४:४८, ४२, ४६। “यदि तिमी जागा रहेनौ भनेता म चोरजस्तै आउनेछु, र म कुन बेला आउनेछु, सो तिमीले थाहा पाउनेछैनौ।” प्रकाश ३:३। MBND 103.1
जसमा परमप्रभुको आगमनको होसियारी छैन त्यो वर्गको विषयमा पावल भन्छन्। “प्रभुको दिन त रातमा चोर आएझैँ आउनेछ। जब मानिसहरू ‘शान्ति र सुरक्षा’ भनिरहेका हुन्छन्, ... अचानक तिनीहरूमाथि विनाश आइलाग्छ, र तिनीहरू कुनै रीतिले उम्कनेछैनन्।” तर जसले मुक्तिदाताको चेतावनीलाई ध्यान दिएका छन्, तिनीहरूको लागि तिनी थप्छन्, “किनकि तिमीहरू सबै ज्योतिका सन्तान र दिनका सन्तान हौ। हामी रातका र अन्धकारका सन्तान होइनौं।” १ थेसलोनिकी ५:२-५। MBND 104.1
यसरी धर्मशास्त्रले ख्रीष्टको आगमनको निकटताको विषयमा अनविज्ञ रहन मानिसहरूलाई कुनै बहाना दिँदैन भनी प्रमाणित गरिएको थियो। तर जसले सत्यता इन्कार गर्न बहाना निकाल्न चाहे तिनीहरूले यो व्याख्याप्रति आँखा चिम्ले; र “दिन र घड़ी कसैलाई थाहा छैन,” भन्ने शब्दहरू साहसी गिल्ला गर्नेहरू र ख्रीष्टको प्रचारक दाबी गर्नेहरूद्वारा निरन्तर प्रतिध्वनि भइरह्यो। जब मानिसहरू जागे र मुक्तिको मार्ग खोजी गर्न थाले, तब धार्मिक शिक्षकहरू सत्यताको बाधा बने, र परमेश्वरको वचनलाई झूटो तरिकाले व्याख्या गरेर तिनीहरूको डरलाई शान्त पार्ने प्रयास गरिरहेका थिए। जब परमेश्वरले शान्ति घोषणा गर्नुभएको थिएन तब अविश्वासी पहरेदारहरू शान्ति, शान्ति भनी कराउँदै महान् ठगाहाको काममा एक भए। ख्रीष्टको पालाका फरिसीहरूझैँ धेरै जना आफैले स्वर्गको राज्यमा प्रवेश गर्न इन्कार गरे, र जो प्रवेश गरेका थिए तिनीहरूलाई पनि बाधा गरे। यी प्राणहरूको रगतको लेखा तिनीहरूले दिनुपर्नेछ। MBND 104.2
चर्चहरूमा भएका सबभन्दा नम्र र समर्पित मानिसहरूले नै प्रायः सन्देश पहिले स्वीकार गरे। जो आफैले बाइबल पढे़ तिनीहरूले अगमवाणीको प्रचलित विश्वास बाइबलअनुसार नभएको कुरा देखे, र जहाँ मानिसहरू धार्मिक अधिकारीहरूको प्रभावले नियन्त्रण गरेको थिएन, जहाँ-जहाँ तिनीहरू आफैले परमेश्वरको वचन खोज्ने गर्दथे, त्यहाँ त्यसको दैवीय अधिकार स्थापना गर्न दोस्रो आगमनको सिद्धान्त केवल धर्मशास्त्रसँग तुलना मात्र गर्नुपर्दथ्यो। MBND 104.3
धेरै जना तिनीहरूको अविश्वासी भाइहरूद्वारा अत्याचारमा परे। चर्चमा तिनीहरूको पद कायम राख्न कति जनाले तिनीहरूको आशाको विषयमा शान्त रहन सहमती जनाए; तर अरूले महसुस गरे कि परमेश्वरप्रति भएको बफादारिताले हाम्रो जिम्मामा दिइएका सत्यताहरू लुकाउन निषेध गऱ्यो। ख्रीष्टको आगमनमा विश्वासलाई व्यक्त गरेकै कारण मात्र चर्चको सङ्गतिबाट धेरै जना बहिष्कार गरियो। जसले तिनीहरूको विश्वासको यो कष्ट भोगे तिनीहरूका लागि अगमवक्ताको वचन अति नै बहुमूल्य थियो, “तिमीहरूका दाजुभाइहरू, जसले तिमीहरूलाई घृणा गर्छन्, जसले तिमीहरूलाई मेरो नाउँको खातिर बहिष्कार गर्छन्, तिनीहरूले यसो भनेका छन्, ‘परमप्रभुको महिमा होस्, ताकि हामी तिमीहरूको आनन्द हेरौं!’ तापनि तिनीहरू लज्जित हुनेछन्।” यशैया ६६:५। MBND 104.4
परमेवश्वरका दूतहरू चेतावनीको परिणामलाई गम्भीर चासोका साथ हेरिरहेका थिए। जब चर्चहरूले सन्देशलाई साधारणरूपमा इन्कार गरे तब स्वर्गदूतहरू दुःखित भएर फर्के। तापनि त्यहाँ धेरै थिए जसलाई दोस्रो आगमनको विश्वासमा जाँच गरिएका थिएनन्। धेरै जना श्रीमानहरू, श्रीमतीहरू, आमा-बाबाहरू, वा छोराछोरीहरूद्वारा भड्किए, र एड्भेन्टिष्टहरूले सिकाएका झूटहरूलाई सुन्न पनि पाप थियो भनी विश्वास दिलाए। यी प्राणीहरूलाई विश्वासयोग्यसाथ हेरचाह गर्न स्वर्गदूतहरूलाई आदेश दिइएको थियो; किनकि परमेश्वरको सिंहासनबाट अर्को ज्योति चम्किनुपर्नेथियो। MBND 105.1
जसले सन्देशलाई स्वीकार गरे, तिनीहरूले अवर्णनीय इच्छासाथ मुक्तिदाताको आगमनलाई प्रतीक्षा गरे। तिनीहरूले उहाँलाई भेट्ने आशा गरेको समय नजिकै थियो। यो घड़ीतिर तिनीहरू शान्त गम्भीरतासाथ नजिक आउँदैथिए। तिनीहरूले परमेश्वरसँग मीठो वार्तालापमा विश्राम गरे, जो उज्ज्वल भविष्यमा तिनीहरूको हुनुपर्ने शान्तिको प्रतिक थियो। जसले यो आशा र भरोसा अनुभव गरे कसैले पनि ती प्रतीक्षाको बहुमूल्य घड़ीहरू बिर्सन सक्दैनन्। केही हप्ताहरू अघिदेखि नै सांसारिक व्यापारहरू धेरै जसोले छोडे़। इमान्दारी विश्वासीहरूले होसियारीसाथ तिनीहरूका हृदयका सबै विचारहरू र भावहरू जाँचे, जस्तो कि तिनीहरू मृतसरि थिए, र सांसारिक दृश्यहरूबाट तिनीहरूको आँखा केही घण्टमा बन्द हुनै लागेको थियो। त्यहाँ “उँभो जाने पोशाक” बनाइएको थिएन, (एपेण्डिक्समा हेर्नुहोस्) तर सबैले आन्तरिक प्रमाणको अनुभव आवश्यक ठाने कि तिनीहरू मुक्तिदातालाई भेट्न तयार थिए; तिनीहरूको सेतो वस्त्र प्राणको शुद्धता थियो—ख्रीष्टको प्रायश्चित्त गर्ने रगतले चरित्रलाई पापबाट शुद्ध पाऱ्यो। यदि परमेश्वरका मानिसहरू दाबी गर्नेहरूको बीचमा अझै यस्तै हृदयको जाँच, उत्सुकता र निर्णायक विश्वास भए त कति असल हुनेथियो। यदि तिनीहरूले यसरी नै परमप्रभुको सामु आफूलाई नम्र पारेको भए, र तिनीहरूको बिन्ती कृपा आसनमा लगेको भए, तिनीहरूले अहिले भएको भन्दा पनि अझै प्रशस्त अनुभव प्राप्त गर्नेथिए। त्यहाँ अति नै थोरै प्रार्थना छ, पापको साँचो प्रमाण अति नै थोरै छ र जिउँदो विश्वासको अभाव छ, त्यसैले धेरैलाई हाम्रो मुक्तिदाताले यति प्रशस्त मात्रामा प्रबन्ध गर्नुभएको अनुग्रहको अभावमा पर्छन्। MBND 105.2
परमेश्वरले उहाँका मानिसहरूलाई जाँच गर्ने योजना गर्नुभयो। अगमवाणीको अवधिको हिसाबमा उहाँको हातले गल्तीलाई ढाकिदिनुभयो। एड्भेन्टिष्टहरूले गल्ती पत्ता लगाएनन्, नता तिनीहरूको सबभन्दा शिक्षित विरोधीहरूले नै पत्ता लगाए। पछिल्लोले यसो भने: “तपाईंहरूको अगमवाणी सम्बन्धी अवधिको हिसाब ठीक हो। कुनै महान् घट्ना घट्नै लागेको छ; तर त्यो श्रीमान् मिलरले निर्धारण गरेको चाहिँ होइन; यो संसारको परिवर्तन हो, र ख्रीष्टको दोस्रो आगमन होइन।” (एपेण्डिक्समा हेर्नुहोस्)। MBND 106.1
प्रतीक्षारत घड़ी समाप्त भयो, र ख्रीष्ट उहाँका मानिसहरूलाई बचाउनको लागि आउनुभएन। जसले तिनीहरूको मुक्तिदातालाई स्वच्छ विश्वास र प्रेमले प्रतीक्षा गरेका थिए, तिनीहरू तीतो निराशमा परे। तापनि परमेश्वरको उद्देश्य पूरा भएको थियो, ज-जसले उहाँको आगमनलाई प्रतीक्षा गरेको दाबी गरे तिनीहरूका हृदयहरूलाई जाँच्नुभएको थियो। तिनीहरूमध्ये धेरै जना डरले मात्र समावेश भएका थिए। तिनीहरूको विश्वासको स्वीकारले तिनीहरूको हृदय वा जीवनलाई प्रभाव पारेको थिएन। जब प्रतीक्षा गरिएको घटना सफल भएन, यी मानिसहरूले घोषणा गरे कि तिनीहरू निराश भएनन्; तिनीहरूले कहिल्यै पनि ख्रीष्ट आउनुहुनेछ भनी विश्वास गरेनन्। तिनीहरू साँचो विश्वासीहरूको शोकप्रति गिल्ला गर्नेहरूमध्ये पहिलो बने। MBND 106.2
तर येशू र सबै स्वर्गीय दलहरूले खारिएका र विश्वासयोग्य भए पनि निराश भएका जनहरूमाथि माया र सहानुभूतिको नजर लगाउनुभयो। यदि दृश्य र अदृश्य संसारलाई छुट्याउने पर्दा पछाड़ि सरेको भए, यी दृढ प्राणहरूका नजिक आइरहेका र तिनीहरूलाई शैतानको काँडबाट बचाउँदै गरेका स्वर्गदूतहरू देखिनेथिए। MBND 106.3