Loading...
Larger font
Smaller font
Copy
Print
Contents
परमेश्‍‍वर हामीहरूसँग - Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First

    चेलाहरूमार्फत प्रकट हुनुभएको

    ख्रीष्‍टले आफू क्रूसमा टाँगिनुभन्दा पहिलो रातमा माथिल्‍लो तलाको कोठामा भन्नुभएको वचनलाई अध्यय गरौं । उहाँ आफ्‍नो परीक्षाको अन्तिम समयमा आइपुग्‍नुभएको थियो, उहाँले आफ्‍ना चेलाहरूलाई आश्‍‍वासन दिने प्रयास गर्दै हुनुहुन्थ्यो, जो कठोर परीक्षामा पर्न र सतावटमा पर्न गइरहेका थिए ।PHs 35.3

    “‘तिमीहरूको हृदय व्याकुल नहोस् ।”” उहाँले भन्नुभयो, “‘तिमीहरू परमेश्‍‍वरमाथि विश्‍‍वास गर्दछौ, ममाथि पनि विश्‍‍वास गर । मेरा पिताको घरमा बस्‍ने ठाउँहरू धेरै छन् । त्यसो नभए, के म तिमीहरूलाई भन्नेथिएँ र, कि तिमीहरूका निम्ति ठाउँ तयार पार्न म गइरहेछु ? ...’PHs 35.4

    “थोमाले उहाँलाई भने, ‘हे प्रभु तपाईं कहाँ जाँदैहुनुहुन्छ, हामी जान्दैनौं, तब हामीले बाटो कसरी चिन्ने ?’ येशूले तिनलाई भन्नुभयो, ‘बाटो, सत्य र जीवन म नै हु, मद्वारा बाहेक अरू कोही पनि पिताकहाँ आउन सक्दैन । तिमीहरूले मलाई चिनेका भए, मेरा पितालाई पनि चिन्ने थियौ । अबदखि उसो उहाँलाई चिन्दछौ र उहाँलाई देखेका छौ ।‘PHs 35.5

    “फिलिपले उहाँलाई भने, ‘हे प्रभु, हामीलाई पिता देखाइदिनुहोस् । त्यति भए हामीलाई पुग्छ ।’ येशूले तिनलाई भन्नुभयो, ‘फिलिप, यतिको समयसम्म म तिनीहरूसँग छु, तैपनि तिमीले मलाई चिन्दैनौ ? जसले मलाई देखेको छ, त्यसले पितालाई देखेको छ । तिमी कसरी भन्न सक्छौ, हामीलाई पिता देखाउनुहोस् ? म पितामा छु र पिता ममा हुनुहुन्छ भनेर के तिमी विश्‍‍वास गर्दैनौ ? जुन वाणी म तिमीहरूलाई भन्दछु, त्यो मैले मेरो आफ्‍नै अधिकारमा बोलेको होइनँ, तर ममा वास गर्नुहुने पिताले आफ्‍नो काम गर्नुहुन्छ” (यूहन्ना १४:१-१०) । PHs 36.1

    चेलाहरूले ख्रीष्‍टका वचनद्वारा परमेश्‍‍वरप्रति उहाँको के सम्बन्ध छ भन्ने कुरा अझै बुझेनन् । प्रायःजसो उहाँका शिक्षा अझै उनीहरूको लागि अन्धकार नै थिए । ख्रीष्‍टले परमेश्‍‍वरतर्फ उनीहरूको ज्ञान अझ स्पष्‍ट र राम्रो होस् भन्ने चाहना राख्‍नुहुन्थ्यो ।PHs 36.2

    “यी कुरा मैले तिमीहरूलाई दृष्‍टान्तहरूमा भनेको छु ।” उहाँले भन्नुभयो, “तर समय आइरहेछ, जब म तिमीहरूसगँ फेरि दृष्‍टान्तमा बोल्‍नेछैनँ, तर पिताको विषयमा तिमीहरूलामई स्पष्‍ट बताउनेछु” (यूहन्ना १६:२५) ।PHs 36.3

    पेन्तिकोसका दिनमा जब चेलाहरूमा पवित्र-आत्मा आएको थियो, त्यस बेला ख्रीष्‍टले उखानमा भन्नुभएका कुराहरूलाई तिनीहरूले अझ पूर्णरूपमा बुझे । धेरैजसो उहाँका शिक्षा जो उनीहरूका लागि एक रहस्यमय कुरा थियो अब प्रष्‍ट पारियो । तर त्यस बखत पनि उनीहरूले ख्रीष्‍टको प्रतिज्ञाको पूर्ण सिद्धता प्राप्‍त गर्न सकेनन् । उनीहरू आफूले बुझ्‍न सक्‍ने क्षमता अनुरूपको परमेश्‍‍वरको ज्ञान पाए, तर परमेश्‍‍वरलाई प्रष्‍टसँग देखाउने भन्ने ख्रीष्‍टको प्रतिज्ञाको पूर्णताचाहिँ आउनै बाँकी थियो । आज पनि यस्तै छ । परमेश्‍‍वरप्रतिको हाम्रो ज्ञान आंशिक र अपूर्ण छ । तर जब लडाईको अन्त हुन्छ र पिताको सामुन्ने येशू ख्रीष्‍टले उहाँका विश्‍‍वासी कामदारहरूलाई स्‍वीकार गर्नुहुन्छ, जो पापपूर्ण संसारमा उहाँको गवाही बनेका छन्, तब तिनीहरूले जुन कुराहरू अहिले रहस्यमय छन् ती सबै स्पष्‍टसाथ बुझ्‍नेछन् ।PHs 36.4

    ख्रीष्‍टले आफूसँग आफ्‍नो महिमित मनुष्यत्‍व स्‍वर्गीय अदालतसम्म लिएर जानुभयो । जसले उहाँलाई ग्रहण गर्दछन्, उसलाई परमेश्‍‍वरको सन्तान बन्ने शक्ति दिनुहुन्छ, ताकि परमेश्‍‍वरले अन्तमा उसलाई उहाँसँगै अनन्तकालसम्म उहाँसँग बस्‍नका निम्ति तिनीहरूलाई ग्रहण गर्नुहुनेछ । यदि यस जीवनमा तिनीहरू परमेश्‍‍वरप्रति बफादार भए भने, अन्नतमा तिनीहरूले “उहाँको मुहार देख्‍नेछन्, र उहाँको नाउँ तिनीहरूको निधारमा हुनेछ” (प्रकाश २२:४) । स्‍वर्गमा परमेवरलाई देख्‍नुभन्दा बढी खुसी अरू केमा हुन्छ र ? प्रभु येशूको दयाले बचाइएका पापीको लागि परमेश्‍‍वरको अनुहारमा हेर्न र उहाँलाई पिता भनी जान्नुभन्दा बढी अरू खुसी हुन सक्छ र ?PHs 37.1

    पिता र ख्रीष्‍टको कस्तो सम्बन्ध छ भनेर धर्मशास्‍‍त्रले स्पष्‍टसँग बताएको छ, र एक-अर्काको व्यक्तित्‍व र अस्तित्‍वको बारेमा पनि तिनले उत्तिकै प्रष्‍ट दृष्‍टिकोण ल्याएका छन् ।PHs 37.2

    “प्राचीन कालमा हाम्रा पिता पुर्खाहरूसँग अगमवक्ताहरूद्वारा धेरै र विभिन्न किसिमले परमेश्‍‍वर बोल्‍नुभयो । तर यी आखिरी दिनहरूमा उहाँ हामीसँग बोल्‍नुभएको छ; उहाँ नै परमेश्‍‍वरका महिमाको प्रतिबिम्ब र परमेश्‍‍वरकै स्‍वभावको वास्तविक प्रतिरूप हुनुहुन्छ, र सम्पूर्ण विश्‍‍वलाई आफ्‍नो शक्तिको वचनले सम्हाल्‍नुहुन्छ । पापको शुद्धि गर्नुभएपछि महिमित परमेश्‍‍वरको दाहिने बाहुलपिट्टि उच्‍च स्थानमा उहाँ विराजमान हुनुभयो । जसरी उहाँले प्राप्‍त गर्नुभएको नाउँ स्‍वर्गदूतहरूका भन्दा उत्तम छ, त्यसरी नै उहाँ तिनीहरूभन्दा अझ उच्‍च ठहरिनुभएको छ ।PHs 37.3

    “‘तिमी मेरो पुत्र हौ,
    मैले नै आज तिमीलाई जन्माएको छु’
    PHs 37.4

    “भनी के कुनै स्‍वर्गदूतलाई परमेश्‍‍वरले कहिल्यै भन्नुभयो ? र फेरि,PHs 38.1

    “‘म तिनका पिता हुनेछु,
    र तिनी मेरा पुत्र हुनेछन् ?’”
    PHs 38.2

    (हिब्रू १:१-५) ।

    पिता र पुत्रको व्यक्तित्‍व, र साथै तिनीहरू बीचमा रहेको एकता ख्रीष्‍टले उहाँका चेलाहरूलाई गर्नुभएको प्रार्थना अंकित यूहन्ना पुुस्तकको सत्र अध्यायमा प्रस्तुत गरिएको छ:PHs 38.3

    “म तिनीहरूका निम्ति मात्र प्रार्थना गर्दिनँ, तर तिनीहरूका सन्देशद्वारा ममाथि विश्‍‍वास गर्नेहरूका निम्ति पनि प्रार्थना गर्छु, कि तिनीहरू सबै एकै होऊन्, जसरी, तपाईं ममा हुनुहुन्छ र म तपाईंमा, त्यसरी तिनीहरू पनि हामीमा होऊन्, र तपाईंले मलाई पठाउनुभयो भनी संसारले विश्‍‍वास गरोस्” (यूहन्ना १७:२०, २१) ।PHs 38.4

    ख्रीष्‍ट र उहाँका चेलाहरूमा भएको एकताले उनीहरू कसैको व्यक्तित्‍वलाई पनि नाश गर्दैन । तिनीहरू, उद्देश्‍‍य, मन र चरित्रमा एकै छन्, तर शरीरमा भिन्न छन् । यसै गरी ख्रीष्‍ट र परमेश्‍‍वर एकै हुनुहुन्छ ।PHs 38.5