Loading...
Larger font
Smaller font
Copy
Print
Contents
परमेश्‍‍वर हामीहरूसँग - Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    मन र आत्माको भोजन

    युवाहरूले परमेश्‍‍वरको वचनलाई मन र आत्माको भोजन बनाऊन् । ख्रीष्‍टको क्रूसलाई सबै शिक्षाको विज्ञान र सबै अध्ययनको केन्द्र बनाइयोस् । यसलाई दैनिक जीवनको उपयोगिताको अनुभवमा ल्याइयोस् । यसरी मुक्तिदाता युवाहरूको लागि एउटा सङ्गी र साथी बन्नुहुनेछ । प्रत्येक विचारलाई ख्रीष्‍टको आज्ञाकारिताको सीमाभित्र ल्याइनेछ । अनि प्रेरित पावलजस्तै उनीहरू पनि भन्न सक्‍नेछन्, “हाम्रा प्रभु येशू ख्रीष्‍टको क्रूसबाहेक अरू कुनै पनि कुरामाथि घमण्ड गर्ने कुरा मदेखि दूर रहोस्, जसद्वारा मचाहिँ संसारको लेखि र संसार मेरो लेखि क्रूसमा झुण्डयाइएको छ” (गलाती ६:१४) ।PHs 81.5

    यसरी उनीहरू विश्‍‍वासद्वारा र प्रयोगात्मक ज्ञानद्वारा परमेश्‍‍वरलाई चिन्दछन् । उनीहरू आफैले परमेश्‍‍वरको वचनको तथ्यतालाई र उहाँको प्रतिज्ञाको सत्यतालाई प्रमाणित गरेका छन् । उनीहरूले चाखेका छन् र उनीहरूलाई थाहा छ कि परमेश्‍‍वर असल हुनुहुन्छ । यूहन्नालाई आफ्‍नै अनुभवद्वारा प्राप्‍त यो ज्ञान थियो, उनले गवाही दिन सके: “जीवनको त्यस वचनको विषयमा, जो शुरुदेखि थियो, जो हामीले सुनेका छौं, जो हाम्रै आँखाले हामीले देखेका छौं, जो हामीले हेर्ऱ्यौं र हाम्रा हातले छोयौं, त्यो जीवन प्रकट भयो, र हामीले देख्यौं, र हामी गवाही दिन्छौं, र तिमीहरूलाई त्यस अनन्त जीवनको सन्देश सुनाउँछौं, जो पितासँग थियो, र हामीकहाँ प्रकट भयो । हामीले जे देखेका र सुनेका छौं, सो हामी तिमीहरूलाई सुनाउँछौं, ताकि हामीहरूसँग तिमीहरूको सङ्गति होस्” (१ यूहन्ना १:१-३) ।PHs 82.1

    त्यसकारण सबैले आ-आफ्‍नै अनुभवद्वारा “परमेश्‍‍वर सत्य हुनुहुन्छ भन्ने कुराको प्रमाण पाउन सकून्” (यूहन्ना ३:३३) । उसले ख्रीष्‍टको शक्तिको बारेमा जे आफूले सुनेको छ, देखेको छ र अनुभव गरेको छ त्यही विषयमा मात्र गवाही दिन सक्छ । उसले भन्न सक्छ: “मलाई सहायता चाहिएको थियो, त्यो मैले येशूमा पाएँ । सबै चाहनाहरू पूर्ण गरिए, मेरो मनको भोक पूर्ण गरियो, मेरो लागि बाइबल ख्रीष्‍टको प्रकाश हो । म येशूलाई विश्‍‍वास गर्छु, किनकि उहाँ मेरो निम्ति ईश्‍‍वरीय मुक्तिदाता हुनुहुन्छ । म बाइबललाई विश्‍‍वास गर्छु, किनकि मैले यसलाई मेरो आत्माको निम्ति परमेश्‍‍वरको वाणीको रूपमा फेला पारेको छु ।”PHs 82.2

    Larger font
    Smaller font
    Copy
    Print
    Contents