Loading...
Larger font
Smaller font
Copy
Print
Contents
परमेश्‍‍वर हामीहरूसँग - Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    परमेश्‍‍वरको बारेमा अझ प्रष्‍ट प्रकाशन

    पमेश्‍‍वरको चरित्रको प्रकटतामा उच्‍च र अझ उच्‍च स्पष्‍टतामा पुग्‍नु हाम्रो शौभाग्य हो । जब मोशाले “अब मलाई तपाईंको महिमा देखाउनुहोस्” भनी बिन्ती गरे, तब परमेश्‍‍वरले उनलाई हप्काउनुभएन तर उनको प्रार्थना सुन्नभयो । परमेश्‍‍वरले आफ्‍नो दासलाई भन्नुभयो, “म तेरै सामुन्ने मेरो सारा वैभव देखाउनेछु, र तेरै सामुन्ने ‘परमप्रभु’ नाउँको घोषणा गर्नेछु” (प्रस्थान ३३:१८, १९) ।PHs 87.1

    पापले हाम्रो मस्तिष्कलाई अन्धकार बनाई दिन्छ र हाम्रो समझशक्तिलाई धमिलो तुल्यादिन्छ । जब हाम्रो मनबाट पाप हटाइन्छ, येशू खीष्‍टको अनुहारमा परमेश्‍‍वरको ज्ञानको महिमाको ज्योति उहाँको वचन र प्रकृतिमा अति प्रष्‍टसँग प्रतिबिम्बित हुँदै चम्किनेछ र उहाँको बारेमा यसरी भनिनेछ, “परमप्रभु टिठ्‍याउनमा भरिपूर्ण र दयालु परमेश्‍‍वर, जो क्रोध गर्नमा ढीलो, र प्रेम र विश्‍‍वस्ततामा प्रशस्त हुनुहुन्छ” (प्रस्थान ३४:६) ।PHs 87.2

    उहाँको ज्योतिमा हामी उज्यालो देख्‍नेछौं, अनि मन हृदय र आत्मा उहाँको पवित्रताको स्‍वरूपमा परिवर्तन हुनेछ ।PHs 87.3

    ज-जसले यसरी परमेश्‍‍वरको वचनका ईश्‍‍वरीय आत्मविश्‍‍वासलाई अँगाल्दछन् त्यहाँ तिनीहरूका निम्ति अदभूत सम्भावनाहरू हुनेछन् । उनीहरूको अगाडि सत्यताको ठूलो भूमि र शक्तिको भण्डार रहनेछ । महिमाका कुराहरूलाई प्रकट गरिनुपर्छ । उनीहरूले बाइबलमा छन् भनी सोच्‍न पनि नसकेका अवसर र कामहरू प्रकट गरिनेछन् । उहाँको उद्देश्‍‍य पूरा गर्दै जो नम्रताको बाटोमा हिँडेका छन्, उनीहरू सबैले परमेश्‍‍वरको महानवाणीका बारेमा अझ बढ्‍ता रूपमा बुझ्‍नेछन् ।PHs 87.4

    विद्यार्थीले बाइबललाई एउटा अगुवाइ गर्ने मार्ग-दर्शकको रूपमा लिऊन् र यसका सिद्धन्तहरूमा दृढ रहून् र उसले उच्‍च सफलता हासिल गर्नेछ । परमेश्‍‍वरलाई नलिईकन गरिएका यस्ता सबै कुराहरू अन्यौलपूर्ण एवम् लाजमर्दो प्रकारका हुन्छन् । तर परमेश्‍‍वरद्वारा प्रेरित बहुमुल्य विश्‍‍वासले शक्ति र असल चरित्र प्रदान गर्दछ । जब उहाँको दया र प्रेम तथा उहाँको भलाइको बारेमा चिन्तन गरिन्छ तब सच्‍चाइलाई प्रष्‍टसँग बुझ्‍न सकिन्छ, मनको शुद्धता र विचारको प्रष्‍टताको लागि उच्‍च र पवित्र इच्छा हुनेछ । परमेश्‍‍वरको वचनको अध्ययन र उहाँको साथले मानिसको अन्तर हृदयमा पवित्रताले जरो गाड्‍दछ । सत्यता यति ठूलो, अगम र फराकिलो छ, कि स्‍वार्थ यसको अगाडि टिक्‍न सक्दैन र हराउँछ । हृदयलाई नम्र तुल्याइन्छ र नम्रता, भलाइ र प्रेमको वशमा पारिन्छ ।PHs 87.5

    पवित्र आज्ञाकारिताको कारणले प्रकृतिक शक्तिहरू महान् बनाइएका छन् । जीवनका वचनहरूको अध्ययनले, विद्यार्थीहरूका मन फराकिलो पारिनेछन्, र उच्‍च राखिनेछन्, अनि प्रतिष्‍ठित बनाइनेछन् । यदि तिनीहरू दानिएलजस्तै वचन सुन्ने र त्यहीअनुसार गर्ने भए भने, उनीजस्तै तिनीहरू पनि सबै कुराहरूमा निपूर्णता प्राप्‍त गर्ने थिए । शुद्ध मनका भएका हुनाले तिनीहरू मजवुत मन भएका व्यक्ति बन्नेछन् । सबै विचारशील आन्तरिक शक्ति तीब्र पारिनेछन् । तिनीहरू आफैलाई यस्ता प्रकारबाट शिक्षित र अनुशासित बनाउन सक्छन् कि आफ्‍ना पहुँचमा रहेका सबैले परमेश्‍‍वरको वचनमा र बुद्धिमा र सम्मिलित रहेर अगाडि बढ्‍दाखेरि मानिस के बन्न सक्दछ र के गर्न सक्दछ भनी देख्‍नेछन् ।PHs 88.1

    Larger font
    Smaller font
    Copy
    Print
    Contents