Loading...
Larger font
Smaller font
Copy
Print
Contents
परमेश्‍‍वर हामीहरूसँग - Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First

    कहिलयै असफल नहुने सहायक

    हाम्रा सबै परिक्षा र सतावटको समयमा एक कहिल्यै असफल नहुने सहायक हामीसँग हुनुहुन्छ । उहाँले हामीलाई परिक्षा विरुद्ध संघर्ष गर्नको लागि खराबीसँग लड्‍नको लागि र अन्त्यमा दुःख र पीरमा पिल्सिनलाई कहिल्यै एक्‍लै छोड्‍नुहुन्न । अहिले हाम्रो मरणशील दृष्‍टिबाट उहाँ ओझेल भए तापनि विश्‍‍वासिलो कानले उहाँले भन्नुभएको यस्तो आवाज सुन्न सक्‍नेछ, “र जीवित चाहिँ मै हुँ । म मरेको थिएँ । हेर, म सदासर्वदाको निम्ति जीवित छु” (प्रकाश १:१८) । मैले तिमीहरूका दुःख भोगेको छु, तिमीहरूका कठिनाइहरू महशुस गरेको छु, तिमीहरूका परीक्षाहरूका सामना गरेको छु । मलाई तिमीहरूका आँशुका बारेमा थाहा छ; म पनि रोएको छु । मानिसका कानले सुन्ने दुःखभन्दा ठूलो दुःख मैले भोगेको छु । तिमीहरू एकलो अथवा त्यागिएका छौ भनी नसोच । तिमीहरूका दुःखले संसारका मानिसको मनलाई नछोए तापनि, मलाई हेर र बाँच । “पर्वतहरू हल्‍लाइए र डाँडाहरू हटाइए तापनि तेरो निम्ति मेरो अटुट प्रेम हटाइनेछैन, नता मेरो शान्तिको करार भङ्ग हुनेछ, तँलाई कृपा गर्नुहुने परमप्रभु भन्नुहुन्छ” (यशैया ५४:१०) ।PHs 20.3

    गोठालाले भेडालाई जति नै माया गरे तापनि त्यो भन्दा बढी माया उसले आफ्‍ना छोराछोरीलाई गर्दछ । येशू हाम्रो असल गोठाला मात्र होइन, उहाँ हाम्रो “अनन्त पिता” पनि हुनुहुन्छ । अनि उहाँ भन्नुहुन्छ, “म आफ्‍ना भेडाहरूलाई चिन्छु, अनि मेरा भेडाहरूले मलाई चिन्छन् । जसरी पिताले मलाई चिन्नुहुन्छ, म पितालाई चिन्छु” (यूहन्ना १०:१४, १५) । यो कति असल कथन हो ! एक मात्र पुत्र, जो परमेश्‍‍वरको हृदयको एक मात्र पुत्र, जसलाई परमेश्‍‍वरले यसरी घोषणा गर्नुभएको छ, “जो मेरो सङ्गी हो” (जकरीया १३:७), परमेश्‍‍वरको र येशूको सङ्गतिले यस संसारमा येशू र उहाँका जनहरूको सङ्गतिलाई प्रतिनिधित्‍व गर्दछ ।PHs 21.1