अध्याय - १७ठूलो धर्म-त्याग
-
- मैले भन्न पर्ने कुरा
- To the Readers of The Great Controversy in Nepali
-
- अध्याय - १शैतानको पतन
- अध्याय - २मानिसको पतन
- अध्याय - ३उद्धारको प्रबन्ध
- अध्याय - ४ख्रीष्टको पहिलो आगमन
- अध्याय - ५ख्रीष्टको सेवाकार्यको आरम्भ
- अध्याय - ६येशूको रूप परिवर्तन
- अध्याय - ७येशू पक्राइनुभएको
- अध्याय - ८ख्रीष्टमाथि लगाइएको मुद्दा
- अध्याय - ९येशू क्रूसमा टाँगिनुभएको
- अध्याय - १०ख्रीष्टको पुनरूत्थान
- अध्याय - ११ख्रीष्टको स्वर्गारोहण
- अध्याय - १२ख्रीष्टका चेलाहरू
- अध्याय - १३स्तिफनसको मृत्यु
- अध्याय - १४शावलको जीवन-परिवर्तन
- अध्याय - १५यहूदीहरूले पाउललाई मार्ने मतो गरे
- अध्याय - १६पावलको यरुशलेम भ्रमण
- अध्याय - १७ठूलो धर्म-त्याग
- अध्याय - १८अधर्मको रहस्य
- अध्याय - १९मृत्यु मृत्यु नै हो; कष्ट भोग्नुपर्ने अनन्त जीवन होइन
- अध्याय - २०धर्म-सुधार अभियान
- अध्याय - २१मण्डलीमा संसार सम्मिलित
- अध्याय - २२विलियम मिलर
- अध्याय - २३पहिलो दूतबाट सन्देश
- अध्याय - २४दोस्रो दूतबाट सन्देश
- अध्याय - २५आगमन (एड्भेन्ट) अभियानको दृष्टान्त
- अध्याय - २६अर्को दृष्टान्त
- अध्याय - २७पवित्र निवास
- अध्याय - २८तेस्रो दूतको सन्देश
- अध्याय - २९बलियो मञ्च
- अध्याय - ३०आत्मावाद
- अध्याय - ३१लोभ (लालच)
- अध्याय - ३२हलचल
- अध्याय - ३३बेबिलोनका पापहरू
- अध्याय - ३४बुलन्द आवाज
- अध्याय - ३५तेस्रो दूतको सन्देश बन्द भएको
- अध्याय - ३६याकूबको संकष्टकाल
- अध्याय - ३७सन्तहरूको उद्धार
- अध्याय - ३८सन्तहरूका लागि इनाम
- अध्याय - ३९पृथ्वी उजाड़ पारिएको
- अध्याय - ४०दोस्रो पुनरूत्थान
- अध्याय - ४१दोस्रो मृत्यु
Search Results
- Results
- Related
- Featured
- Weighted Relevancy
- Content Sequence
- Relevancy
- Earliest First
- Latest First
- Exact Match First, Root Words Second
- Exact word match
- Root word match
- EGW Collections
- All collections
- Lifetime Works (1845-1917)
- Compilations (1918-present)
- Adventist Pioneer Library
- My Bible
- Dictionary
- Reference
- Short
- Long
- Paragraph
No results.
EGW Extras
Directory
अध्याय - १७
ठूलो धर्म-त्याग
त्यसपछि म त्यस समयको दर्शनमा आइपुगें, जुन समयमा मूर्तिपूजक अन्यजातिहरूले ख्रीष्टियानहरूलाई सताई सताई मारिरहेका थिए । रगतको भल बगिरहेको थियो । भद्र मानिसहरू, विद्वान्हरू र साधारण मानिसहरू सबलाई त्यसैगरी निर्मम हत्या गरिरहेका थिए । ती अन्यजातिहरूको धर्ममतको अनुसरण नगरेको खण्डमा धनवान् ख्रीष्टियानहरू पनि कङ्गाल हुनुपऱ्यो । त्यति भयानक खेदो र सतावट सहन परे तापनि ती ख्रीष्टियानहरू किञ्चित् पनि ढलपल नभई विश्वासमा स्थिर रहे । मैले देखें - ती परमेश्वरका जनहरूले शास्ति पाएका देखेर शैतान खूबै रमाएको थियो । तर अर्कोपट्टि परमेश्वरले त्यस डरलाग्दो समयमा शहीद भएका र सतावटमा परेका आफ्ना लोकहरूप्रति कृपादृष्टि राख्नुभयो, कारण उनीहरूले उहाँका निम्ति तत्परतासाथ सतावट खपे । उनीहरूले जति सतावट सहे, त्यति नै धेरै स्वर्गमा इनाम पनि पाए । ती पवित्र जनहरूले सहेका सतावट देखेर शैतान क्षणिक तौरले खुशी भए तापनि अझै ऊ सन्तुष्ट थिएन । ती ख्रीष्टियानहरूले जति सतावट र दुःख सहे, त्यति नै उनीहरू परमेश्वरका नजिक-नजिक हुँदै गए अनि आपसमा अझै बेसी प्रेम राख्नथाले र अझ धेर परमेश्वरको भय मान्न थाले । शैतानले ता उनीहरूले परमेश्वरलाई दुःखित तुल्याएर उनीहरू कमजोर, अधीर र अस्थिर होऊन् भन्ने चाहना राखेको थियो । हजारौं सन्तहरू मारिए तापनि सट्टामा अरु-अरु निस्किहाले । तसर्थ जब शैतानले आफ्नो योजना विफल हुने र ख्रीष्ट-विश्वासीहरूलाई सताउँदा र मार्दा उनीहरू झन् ख्रीष्टका नजिक गएर उहाँको राज्यका भागीदार हुने देख्यो, तब उसले झन् चतुरतापूर्वक र सफलतापूर्वक परमेश्वरको राज्यविरुद्ध अर्कै उपायद्वारा उहाँको मण्डलीलाई परास्त गर्ने षड्यन्त्र रच्यो । उसले ती मूर्तिपूजक अन्यजातिहरूलाई केही मात्रामा ख्रीष्टियान धर्म अँगाल्न लगायो । तिनीहरूले ख्रीष्ट क्रूसमा मर्नुभएको र बौरी उठ्नुभएको सत्यलाई विश्वास गर्छौं भने, र ख्रीष्टका विश्वासीहरूसित सङ्गति पनि राखिटोपले, तर तिनीहरूको हृदय भने परिवर्तन भएकै थिएन । बड़ो दुःख र खेदको कुरो ! कतिले सम्झेका थिए - ती ख्रीष्टियान विश्वासलाई आंशिक रूपले स्वीकार गर्ने मूर्तिपूजकहरूसित मिल्यौं भने पछिबाट तिनीहरूको जीवन आफै परिवर्तन भइहाल्छ भनेर । वास्तवमा त्यो बाइबलको शिक्षालाई बिगार्ने शैतानको षड्यन्त्र मात्रै थियो । साँच्चै आखिरमा ख्रीष्टियानहरूको आत्मिक स्तर घटेर जानथाल्यो अनि मूर्तिपूजकहरू ख्रीष्टियानहरूसित सालेमाले हुनथाले । तिनीहरू तादिदेखि मूर्ति पुज्दै आइरहेकाहरूले ख्रीष्टियान भइटोपले पनि मूर्तिपूजालाई चाहिँ छोड्दै छोड़ेनन्। केवल पुजिने वस्तु बदली गरेर त्यसको सट्टामा सन्तहरू अनि ख्रीष्ट र येशूकी आमा मरियमका मूर्तिहरूलाई पुज्नथाले । शनैः शनैः सच्चा ख्रीष्टियानहरू तिनीहरूसित मिले, ख्रीष्टिय शिक्षा अनि मण्डली पनि भ्रष्ट भएर गयो । ख्रीष्टियानहरूमध्ये कतिजनाले चाहिँ ती मूर्तिपूजकहरूसित संसर्ग राख्न अस्वीकार गरे, र उनीहरू परमेश्वरलाई बाहेक माथि स्वर्गमा अथवा पृथ्वीतलमा भएको कुनै कुराको पनि प्रतिमालाई दण्डवत् नगर्ने भए ।1BP 106.1
त्यति धेरै विश्वासीहरू पतित भएका देखी शैतान रमायो, अनि उसले आफ्नो कब्जामा ल्याएको मण्डलीलाई सुऱ्याईकन विश्वासमा निष्ठावान् रहेका विश्वासीहरूलाई तिनीहरूसित मिलेर तिनीहरूले बनाएका रीतिविधि तथा प्रतिमाको पूजन गर्ने वा मारिमाग्ने भन्ने प्रश्नसाथ धम्की दिन पठायो । त्यसरी ख्रीष्टको सच्चा मण्डलीमाथि फेरि सतावटको डढ़ेलो सल्क्यो र लाखौं विश्वासीहरूको निर्मम हत्या भयो । तिनीहरूले सच्चा विश्वासीहरूको कुन प्रकारले निर्मम हत्या गरे, उक्त घटनाको दृश्य मलाई यसरी देखाइएको थियो: -1BP 107.1
एकतिरबाट मूर्तिपूजकहरूको एउटा ठूलो दल झण्डा लिएर आयो, जसमा सूर्य, चन्द्र र ताराहरू चिन्ह थिए । त्यस दलका मानिसहरू पनि हेर्दै क्रूर र हिंस्रक देखिए । त्यसपछि मैले अर्को एक दल मानिसहरू देखें, जसले ‘प्रभुका निम्ति स्वच्छता एवम् पवित्रता’ लेखिएको निखुर सेतो झण्डा बोकेका थिए । उनीहरूको चेहरामा असाधारण धैर्य र उत्सर्गको लक्षण देखिँदै थियो । हेर्दाहेर्दै ती मूर्तिपूजकहरू उनीहरूमाथि जाइलागे र हजारौं-लाखौंलाई काटी मारे । ख्रीष्टका जनहरू मारिएर निमिठ्यान्न हुन आँट्दा पनि उनीहरूले तिनीहरूका सामु आत्मसमर्पण गरेनन्, बरु आफ्नो झण्डालाई झन् जोरले अँगाल्दै एकत्रित भए ।1BP 108.1
फेरि मैले के देखें भने - ती मूर्तिपूजकहरूले त्यति विध्वंश गरेर पनि ख्रीष्टका लोकहरूलाई आत्मसमर्पण गराउन नसक्दा तिनीहरूले आपसमा सल्लाह गरेर अर्को उपाय रचे । त्यसपछि तिनीहरूले आफ्नो झण्डा उचाल्न छाड़े, र उनीहरूसित केही प्रस्ताव र शर्त राखेर छोड़िदिने निर्णय गरे । त्यतिखेरै ता उनीहरूले अस्वीकार गरे । तर त्यसपछि मैले ख्रीष्टिय दलकाहरू आपसमा विचार-विमर्श गरिरहेका देखें । तीमध्ये कतिले भन्दै थिए, “अहिलेलाई हामी झण्डा राखौं, र तिनीहरूको प्रस्ताव स्वीकार गरेर ज्यानचाहिँ बचाऔं, र फेरि शक्ति (बल) प्राप्त गरेपछि हामी आफ्नो झण्डा उचालौं ।” तर तीमध्ये पनि कतिजनाले यो प्रस्तावलाई समर्थन गर्न मानेनन्, र आफ्नो झण्डालाई तल झार्नुभन्दा बरु झण्डा उँचा राखेरै मर्छौं भनी दृढ़ निश्चय गरे । तर धेरै ख्रीष्टियानहरूले आफ्नो झण्डालाई तल झारे र ती मूर्तिपूजकहरूसित सामिल भएका मैले देखें, अनि थोरैले मात्र अडिग र स्थिर रहेर आफ्नो झण्डालाई बलियो गरी पक्रेर उँचा राखिरहे । त्यसरी नै एक-एकजना गर्दै मानिसहरूले त्यस पवित्र झण्डालाई त्यागेर कालो झण्डामनि आईकन मूर्तिपूजकहरूसित पवित्र स्वेत झण्डाधारी विश्वासीहरूलाई सताउने काममा सामेल हुँदै गए । धेरैभन्दा धेरै स्वेत झण्डा-प्रेमीहरू शहीद भए, तर पनि स्वेत झण्डा कहिल्यै झुकेन ।1BP 108.2
ती यहूदीहरू जसले शुरुमै येशूको विरुद्धमा अन्यजातिहरूको हृदयमा विरोधात्मक भावना जगाइदिएका थिए, उनीहरू पनि परमेश्वरको न्यायदेखि उम्केनन् । न्यायालयमा पिलातसले येशूलाई निर्दोष ठहऱ्याउन खोज्दा पनि उनीहरूले यसो भन्दै चिच्च्याई- चिच्च्याई आवाज उठाएका थिए, “त्यसलाई क्रूसमा टाँगिदेऊ ! ... बरु त्यसको रगत हामीमाथि र हाम्रो सन्तानमाथि परोस् ।” त्यसैले गर्दा त्यो भयानक श्राप यहूदीहरूमाथि पऱ्यो, जुनचाहिँ उनीहरू आफैले आफैमाथि ल्याएका हुन् । अन्यजातिहरू र तथाकथित ख्रीष्टियानहरूका दृष्टिमा उनीहरू शत्रु नै ठहरिए । उनीहरूले ख्रीष्टलाई क्रूसमा टाँगेका थिए, त्यही क्रूसको कारणले गर्दा यहूदीहरूलाई जत्ति सास्ती दिन सक्यो त्यत्तिनै परमेश्वरलाई खुशी तुल्याउन सकिन्छ भनेर तथाकथित ख्रीष्टियानहरूले सम्झे । त्यसो हुँदा धेरै यहूदीहरू मारिए पनि, अनि अरु-अरु एक ठाउँदेखि अर्को ठाउँ भागिहिँड्न र प्रायः सब किसिमका सास्ती भोग्नपऱ्यो । ख्रीष्टको र उहाँका शहीद चेलाहरूको रगतको दोष उनीहरूमाथि परेको हुनाले त्यो डरलाग्दो न्याय उनीहरूले भोग्नुपरेको थियो । परमेश्वरकै श्रापले गर्दा उनीहरू अन्यजातिहरू र ख्रीष्टियानहरूका हाँसोका पात्र भए । सबैले उनीहरूलाई घृणा र तिरस्कार गरे, मानौं कैनले गरेको हत्याको कलङ्क पनि उनीहरूमाथि परेको थियो । तथापी परमेश्वरले त्यस जातिलाई सम्पूर्णतया नाश हुन नदिई उनीहरूले केवल परमेश्वरको श्राप भोग्नुपरेको हो भनी जानून् भनेर परमेश्वरले नै उनीहरूलाई संसारभरि तितरबितर पार्नुभएको मैले देखें । परमेश्वरले यहूदी जातिलाई त्याग्नुभए तापनि उनीहरूमध्ये कतिपय यस्ता पनि देखें, जसले आफ्ना हृदयका पर्दा च्यातेर आफ्ना विषयमा भएको भविष्यवाणी पूरा भएको देख्नेछन् अनि आफ्ना सजाति भाइहरूले येशूलाई तिरस्कार गरेर, र उहाँलाई क्रूसमा टाँगेर कति ठूलो पाप गरेका रहेछन्, सो बुझ्नेछन्, र उहाँलाई साँच्चै नै संसारका मुक्तिदाता हुनुहुँदो रहेछ भनी स्वीकार गर्नेछन् । परमेश्वरले यहूदीहरूलाई जातिगत दृष्टिकोणले सधैँको लागि त्याग्नुभए तापनि व्यक्तिगत तवरले चाहिँ कसै कसैले उद्धार पाउनेछन् ।1BP 109.1