Loading...
Larger font
Smaller font
Copy
Print
Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    १. दुष्‍टताको आरम्भ

    (अंग्रेजी पुस्तक अध्याय २९ पृष्‍ठ ४९२)

    धेरै दिमागहरूमा पापको आरम्भ र त्यसको अस्तित्‍वको कारण नै अत्याधिक पीड़ाको स्रोत भएको छ । तिनीहरू दुष्‍टको काम र शोक तथा उजाड़ अवस्थासहित त्यसको भयङ्कर परिणाम हेर्छन्, र कसरी असीम बुद्धि, शक्ति र प्रेमपूर्ण जनको शासनमा पनि यी सब हुन सक्छन् भनी तिनीहरू प्रश्‍न गर्छन् । यहाँ एउटा रहस्य छ जसको वर्णन तिनीहरूले पाउन सक्दैनन् । अनि तिनीहरूको अनिश्‍चितता र शंकाले गर्दा मुक्तिका खातिर आवश्‍‍यकीय परमेश्‍‍वरको वचनमा भएका स्पष्‍ट प्रकाशित सत्यताहरूप्रति तिनीहरू अन्धो भएका छन् । त्यहाँ यस्ता मानिसहरू पनि छन्, जसले पापको अस्तित्‍वको विषयमा तिनीहरूभित्र उठेका प्रश्‍नहरूको कारणले त्यसको अनुसन्धान गर्ने प्रयास गर्दछन् जुन परमेश्‍‍वरले कहिले पनि प्रकट गर्नुभएको छैन; अब उप्रान्त तिनीहरूले तिनीहरूको कठिनाइहरूको कुनै समाधान पाउन सक्दैनन्; यसरी यस्ता शंका र झूटो दोष लगाउने बानी भएकाहरूले पवित्र लेखका शब्दहरूलाई अस्‍वीकार गर्ने बहाना गर्दछन् । जे भएपनि अरूले चाहिँ दुष्‍टताको महान् समस्यामा सन्तोषजनक समझ पाउँदैनन्, किनकि परम्पराहरू र कुव्याख्याहरूद्वारा बाइबलका शिक्षाहरू—परमेश्‍‍वरको चरित्र, उहाँको सरकारको स्‍वभाव र पाप समाधानका सिद्धान्तहरू—लाई अस्पष्‍ट पारेका छन् ।MBA 7.1

    पापको आरम्भलाई कुनै ठोस कारणसहित त्यसको अस्तित्‍वको व्याख्या गर्न असम्भव छ । तापनि पापको आरम्भ र त्यसको अन्तिम बन्दोबस्त दुवैको विषयमा पर्याप्‍त मात्रामा बुझ्‍न सकिन्छ जसले दुष्‍टताप्रति उहाँको सम्पूर्ण अन्तरक्रियामा परमेश्‍‍वरको परोपकार र न्याय खुल्‍लमखुल्‍ला प्रकट गर्दछ । पापको सुरुवातमा परमेश्‍‍वर एक रती पनि जिम्मेवारी हुनुहुन्न भन्ने शिक्षालाई धर्मशास्‍‍त्रले अरू कुनै पनि विषयभन्दा पनि स्पष्‍टरूपमा सिकाएको छ; कि त्यहाँ आफूखुसी दैवीय अनुग्रह निष्कासन गरिएको थिएन, दैवीय सरकारमा कुनै अभाव थिएन, जसले गर्दा विद्रोह उठ्‍ने अवसर दिन सक्थ्यो । पाप एक अनाधिकार प्रवेश गर्ने चीज हो, जसको उपस्थितिको कुनै कारण दिन सकिँदैन । यो रहस्यमय, अनुत्तरदायी हो; यसमा बहाना निकाल्‍नुचाहिँ यसको समर्थन जनाउनु हो । यदि बहाना वा कारणद्वारा यसको अस्तित्‍व पत्ता लगाउन सक्‍ने भए, यो अब उप्रान्त पाप नै हुने थिएन । हाम्रो एक मात्र पापको परिभाषाचाहिँ हामीलाई परमेश्‍‍वरको वचनमा दिएको छ; योचाहिँ “व्यवस्था भङ्ग हो;” त्यही एक सिद्धान्तको पूर्ण परिणामले प्रेमको महान् व्यवस्थासँग लड़ाइँ गरेको छ जुन व्यवस्थाचाहिँ दैवीय सरकारको जग हो ।MBA 7.2

    दुष्‍टता सुरुवात हुनुभन्दा पहिले ब्रमाण्डभरि शान्ति र आनन्द थियो । सबै कुरा सृष्‍टिकर्ताको पूर्ण इच्छाअनुसार चलेको थियो । परमेश्‍‍वरप्रति प्रेम नै सर्वोच्‍च थियो र एक आपसी प्रेम पक्षपातरहित थियो । ख्रीष्‍ट वचन, परमेश्‍‍वरको एकलौटी पुत्र अनन्त पितासित एक हुनुहुन्थ्यो—स्‍वभाव, चरित्र, लक्ष्यमा—समस्त ब्रमाण्डबाट परमेश्‍‍वरका सम्पूर्ण सल्‍लाहहरू र उद्देश्‍‍यहरूमा सामेल हुन सक्‍ने प्राणी उहाँ मात्रै हुनुहुन्थ्यो । ख्रीष्‍टद्वारा नै पिताले समस्त स्‍वर्गीय प्राणीहरू सृष्‍टि गर्नुभयो । “उहाँमा नै सबै थोक सृष्‍टि भएका थिए । स्‍वर्गमा ... चाहे सिंहासनहरू, चाहे प्रभुत्‍वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू” (कलस्सी १:१६); सम्पूर्ण स्‍वर्ग पिताप्रति झैँ ख्रीष्‍टप्रति पनि बफादारी थिए ।MBA 8.1

    प्रेमको व्यवस्था नै परमेश्‍‍वरको सरकारको जग भएको कारणले सम्पूर्ण सृष्‍टिएका प्राणीहरूको खुशीयालीपन त्यसको धार्मिकताका महान् सिद्धान्तहरूसित पूर्ण मिलापमा निर्भर रहेको थियो । परमेश्‍‍वरले उहाँका सम्पूर्ण प्राणीहरूबाट प्रेमको सेवा चाह गर्नुहुन्छ—जुन भक्तिले उहाँको चरित्रप्रति विवेकशील सराहना उत्पादन गर्दछ । उहाँ जबरजस्ती निष्‍ठामा प्रसन्न हुनुहुन्न, र उहाँले सम्पूर्णलाई निर्णय गर्ने स्‍वतन्‍‍त्रता प्रदान गर्नुहुन्छ, ताकि तिनीहरूले स्‍वेच्छिक सेवा प्रदान गर्न सकोस् ।MBA 8.2

    तर त्यहाँ एक जनाले यो स्‍वतन्‍‍त्रतालाई पथभ्रष्‍ट पाऱ्यो । जो ख्रीष्‍टभन्दा दोस्रो दर्जामा थियो, र परमेश्‍‍वरको अति नै आदर्णीय प्राणी थियो र जो स्‍वर्गका बासिन्दाहरूमध्ये शक्ति र महिमामा सबभन्दा उच्‍चमा उचालिएको थियो, ऊभित्रबाट नै पाप सुरु भयो । लुसिफरको पतन हुनुभन्दा पहिले ऊ छोप्‍ने करूबहरूमध्ये प्रथम थियो साथै पवित्र र शुद्ध थियो । “परमप्रभु परमेश्‍‍वर यसो भन्नुहुन्छ: ‘तँ त सिद्धताको एक नमूना थिइस्, र बुद्धिले पूर्ण सर्वाङ्गसुन्दर । परमेश्‍‍वरको बगैंचा अदनमा तँ थिइस् । हरेक बहुमूल्य पत्थरले तँ सिँगारिएको थिइस् ... अभिभावक करूब हुनलाइ तँ अभिषेक गरिएको थिइस्, किनकि त्यसरी नै मैले तँलाई नियुक्त गरेको थिएँ । परमेश्‍‍वरको पवित्र पर्वतमा तँ थिइस् । अग्‍निमय पत्थरहरूका बीचमा तँ हिँड्‍थिस् । तँ सृजिएको दिनदेखि तँमा अधर्म फेला नपरेको दिनसम्म, तेरो चाल-ढङ्गमा तँ दोषरहित थिइस् ।’” इजकिएल २८:१२-१५ ।MBA 8.3

    लुसिफर परमेश्‍‍वरको अनुग्रहमा रहन सक्‍ने थियो, ऊ सम्पूर्ण स्‍वर्गीय दूतको आदर्णीय र प्रिय हुन सक्‍ने थियो, अरूलाई आशिष् दिन र उसको सृष्‍टिकर्ताको महिमाका खातिर उसको भद्र शक्ति प्रयोग गर्न सक्‍ने थियो । तर अगमवक्ता भन्दछन्, “तेरो सुन्दरताले गर्दा तेरो हृदय घमण्डले फुलियो, तैंले आफ्‍नो गौरवको कारण तेरो बुद्धिलाई भ्रष्‍ट पारिस् ।” इजकिएल २८:१७ । बिस्तारै-बिस्तार लुसिफरले आत्म-उच्‍चताको अभिलाषा गर्न थाल्यो । “‘तैंले आफूलाई एउटा देवताजत्तिकै बुद्धिमान् ठान्छस् ।’” “तैंले ... भनिस्, ‘... परमेश्‍‍वरका ताराहरूभन्दा माथि म मेरो सिंहासनलाई उच्‍च पार्नेछु । पवित्र पर्वतको सबैभन्दा उच्‍च टाकुरामा सभासद्‍को पर्वतमा म विराजमान हुनेछु । म बादलको टुप्पाभन्दा माथि उक्‍लनेछु, म आफूलाई सर्वोच्‍च परमेश्‍‍वर जत्तिकै बनाउँनेछु ।’” इजकिएल २८:६; यशैया १४:१३, १४ । उहाँका प्राणीहरूका स्‍नेहहरू र बफादारिताद्वारा परमेश्‍‍वरलाई सर्वोच्‍च पार्ने त होइन तर लुसिफर आफैले तिनीहरूको सेवा र सम्मानलाई जित्‍ने प्रयत्‍न गऱ्यो । अनि यो स्‍वर्गदूतहरूको प्रधानले अनन्त पिताले पुत्रलाई प्रदान गर्नुभएको आदरको लालच गरेर शक्तिको आकाङ्‍क्षा राख्यो जुन शक्ति प्रयोग गर्ने विशेषाधिकार ख्रीष्‍टको मात्र थियो ।MBA 9.1

    सम्पूर्ण स्‍वर्ग नै सृष्‍टिकर्ताको महिमा प्रतिबिम्ब गर्न र उहाँको प्रशंसा प्रकट गर्न हर्षित थिए । अनि जबसम्म परमेश्‍‍वरलाई यसरी आदर गर्दथे, तबसम्म सब कुरा शान्ति र खुशीयालीमा बितेका थियो । तर एउटा लयको अमेलले गर्दा अब स्‍वर्गीय मिलापलाई भताभुङ्ग पाऱ्यो । जसले परमेश्‍‍वरको महिमालाई नै सर्वोच्‍च स्थान दिएका थिए, अब सृष्‍टिकर्ताको योजना विपरीत आत्म-सेवा र उच्‍चपनको कारण तिनीहरूका दिमागहरूमा पनि दुष्‍ट आशंका उब्‍जियो । स्‍वर्गीय सभासद्‍हरूले लुसिफरसँग विन्ती गरे । परमेश्‍‍वरका पुत्रले उसको सामु सृष्‍टिकर्ताका महानता, भलाइ र न्याय, उहाँको व्यवस्थाको पवित्रता, तथा अपरिवर्तनीय स्‍वभाव प्रस्तुत गर्नुभयो । परमेश्‍‍वर आफैले स्‍वर्गको व्यवस्थापन स्थापना गर्नुभएको थियो; र लुसिफर यसबाट पथभ्रष्‍ट भएको खण्डमा उसका सृष्‍टिकर्तालाई अनादर गरेको हुन्थ्यो, र ऊ आफैमाथि विनाश ल्याउने थियो । तर असीम माया र अनुग्रहमा प्रदान गरिएको चेतावनीले त झन प्रतिकारको आत्मा मात्र उत्तेजित पाऱ्यो । लुसिफरले ख्रीष्‍टप्रति भएको डाहलाइ बढ्‍ने अनुमति दियो, र ऊ अझै निर्णायक हुन पुग्यो ।MBA 9.2

    उसको आफ्‍नै महिमाको घमण्डले गर्दा उसको सर्वोच्‍चताको अभिलाषा बढ्‍यो । लुसिफरमाथि प्रदान गरिएको उच्‍च आदरहरूप्रति उसले परमेश्‍‍वरको वरदान स्‍वरूप आभार व्यक्त गरेन र ती कुराहरूका लागि सृष्‍टिकर्ताप्रति कृतज्ञताको आवाज निकालेन । उसले आफ्‍नो उज्‍ज्‍वलता र उच्‍चतामा प्रशंसा गऱ्यो र परमेश्‍‍वरसँग बराबर हुने अभिलाषा गऱ्यो । ऊ स्‍वर्गीय दलको प्रिय र सम्माननीय थियो । स्‍वर्गदूतहरू उसका आदेशहरू मान्न अति हर्षित हुन्थे, र ऊ तिनीहरू सबैभन्दा धेरै बुद्धि र महिमाले आभूषित थियो । तापनि परमेश्‍‍वरका पुत्र स्‍वर्गको स्‍वीकार्य शासक हुनुहुन्थ्यो, जो शक्ति र अधिकारमा पितासँग एउटै हुनुहुन्थ्यो । परमेश्‍‍वरका सम्पूर्ण परिषद्‍हरूमा ख्रीष्‍ट एकजना सहभागी व्यक्तित्‍व हुनुहुन्थ्यो, जहाँ लुसिफरलाई चाहिँ दैवीय अभिप्रायहरूमा यसरी प्रवेश गर्ने अनुमति थिएन । यो शक्तिशाली स्‍वर्गदूतले यसरी प्रश्‍न गऱ्यो, “किन ख्रीष्‍टको सर्वोच्‍च अख्तियार हुनुपर्छ ? किन यसरी लुसिफरलाई भन्दा उच्‍च आदर उहाँलाई प्रदान गरियो ?”MBA 10.1

    परमेश्‍‍वरको प्रत्यक्ष उपस्थितिमा उसको स्थान छोडेर लुसिफर स्‍वर्गदूतहरूको माझमा असन्तुष्‍टिको आत्मा फैल्याउन निस्केर गयो । उसले रहस्यमय गुप्‍ततासाथ काम गरेर केही समयसम्म उसको वास्तविक उद्देश्‍‍य परमेश्‍‍वरप्रति श्रद्धाको देखावटीमा लुकायो, स्‍वर्गीय प्राणीहरूलाई शासन गर्ने व्यवस्थाको विषयमा उसले असन्तुष्‍ट उब्‍जाउने प्रयास गऱ्यो, उहाँहरूले अनावश्‍‍यक प्रतिबन्धता स्थापना गर्नुभएको थियो भनी सङ्केत गरिरहेको थियो । उसले जोड़ दियो कि तिनीहरूका स्‍वभावहरू पवित्र भएको कारण स्‍वर्गदूतहरू आफ्‍नै इच्छाको आदेशअनुसार चल्‍नुपर्छ । परमेश्‍‍वरले ख्रीष्‍टलाई सर्वोच्‍च आदर प्रदान गर्नुभएर ऊसँग चाहिँ अन्याय व्यवहार गर्नुभएको थियो भनी उसले व्याख्या गऱ्यो र यसरी उसले आफ्‍नै खातिर सहानुभूति सृजना गर्ने प्रयास गऱ्यो । अझै उच्‍च शक्ति र आदरको अभिलाषा गरेर उसले आत्म-उच्‍चताको लक्ष्य राखेको थिएन, तर सम्पूर्ण स्‍वर्गीय बासिन्दाहरूका लागि स्‍वाधीनता खोजिरहेको थियो, ताकि यसद्वारा तिनीहरू अस्तित्‍वको अझै उच्‍च स्थानतर्फ वृद्धि हुन सकोस् भन्ने उसको दाबी थियो ।MBA 10.2

    परमेश्‍‍वरले उहाँको महान् कृपामा लुसिफरसँग धेरै नै धैर्य गर्नुभयो । जब प्रथम पल्ट उसले असन्तुष्‍टिको आत्मालाई आश्रय दियो, अर्थात् उसले बफादारी दूतहरूको सामुन्ने उसका झूटा दाबीहरू प्रकट गर्न सुरु गऱ्यो त्यति नै खेर पनि उसलाई आफ्‍नो उच्‍च कार्यालयबाट तुरून्तै पदच्यूत गर्नुभएन । लामो समयसम्म उसलाई स्‍वर्गमै बस्‍ने मौका दिइयो । उसलाई पश्‍चात्ताप र समर्पणको शर्तमा पटक-पटक क्षमादान गरियो । उसको गलत देखाउनका लागि यस्ता प्रयत्‍नहरू प्रयोग गरियो जुन उपाय असीम प्रेम र बुद्धिले मात्र निकाल्‍न सक्थ्यो । स्‍वर्गमा कहिले पनि असन्तुष्‍टिको आत्मा उब्‍जेको थिएन । ऊ कहाँ गइरहेको थियो भनी सुरुमा त लुसिफर आफैलाई पनि थाहा थिएन; उसले आफ्‍ना भावनाहरूका वास्तविक स्‍वभाव बुझ्‍न सकेन । तर जब उसको असन्तुष्‍टता कारणहीन स्‍वरूपमा प्रमाणित हुन पुग्यो, तब ऊ आफै गलततर्फ भएको, र दैवीय दाबीहरू चाहिँ न्यायसङ्गत भएको कुरामा लुसिफरलाई चित्त बुझ्यो, र उति नै खेर ऊ आफैले ती कुराहरूलाई समस्त स्‍वर्गको सामु यसरी नै स्‍वीकार गर्नुपर्ने थियो । यदि उसले यसो गरेको भए, उसले आफैलाई साथै अन्य धेरै स्‍वर्गदूतहरूलाई पनि बचाउन सक्‍ने थियो । उसले यति बेलासम्म परमेश्‍‍वरको निष्‍ठालाई पूर्णरूपले हटाइसकेको थिएन । उसले आफ्‍नो छोप्‍ने करूबको पद त्यागेतापनि यदि सृष्‍टिकर्ताको बुद्धिलाई स्‍वीकार गरी अझै पनि परमेश्‍‍वरकहाँ फर्कन तयार भएको भए, र परमेश्‍‍वरको महान् योजनामा उसलाई नियुक्त गरिएको स्थानमा काम गर्न सन्तुष्‍ट भएको भए, उसलाई आफ्‍नो कार्य फिर्ता दिइने थियो । तर घमण्डले उसलाई झुक्‍न बाधा दियो । उसले खुरन्धाररूपमा उसकै काममा नै समर्थन जनायो, उसमा कुनै पश्‍चात्तापको आवश्‍‍यक छैन भन्ने कुरालाई कायम राख्यो र उसका सृष्‍टिकर्ताको विरूद्ध महान् विवादमा पूर्णरूपले आफै लागी पऱ्यो ।MBA 10.3

    उसको अधीनमा भएका स्‍वर्गदूतहरूबाट सहानुभूति प्राप्‍त गर्न उसको पोख्त दिमागका सम्पूर्ण शक्तिहरू अब उसले छली कामतर्फ लगायो । ख्रीष्‍टले उसलाई चेतावनी र सल्‍लाह दिनुभयो त्यही वास्तविकतालाई पनि उसले आफ्‍नै विश्‍‍वासघाती योजनाहरूमा प्रयोग गर्नका लागि कुव्याख्या गऱ्यो । जुन दूतहरू शैतानको मायालु भरोसाद्वारा ऊसँग अति नै घनिष्‍ठ सम्बन्ध गाँसेका थिए, तिनीहरूसँग उसले यसरी वर्णन गऱ्यो कि ऊप्रति गलत व्यवहार भयो र उसको पदको इज्‍जत नै भएन, तथा उसको स्‍वाधीनता पनि साँघुरो बनाइएको थियो । ख्रीष्‍टका वचनहरूलाई कुव्याख्या गरेर उसले झूटो कुरा गर्न र प्रत्यक्ष छल गर्न थाल्यो, त्यसरी परमेश्‍‍वरका पुत्रले उसलाई स्‍वर्गका बासिन्दाहरूका सामुन्ने लज्‍जित तुल्याउने योजना गरेको थियो भनी दोष लगायो । उसले आफ्‍नो र बफादारी स्‍वर्गदूतहरूको बीचमा झूटो प्रसङ्ग पनि ल्याउने प्रयास गऱ्यो । उसले ज-जसलाई बराल्‍न र पूर्णरूपमा उसको पक्षमा ल्याउन सक्दैनथ्यो तिनीहरू सबैलाई स्‍वर्गीय प्राणीहरूको भलाइमा हेलचेक्राइँ गर्नेहरू भन्ने दोष लगायो । जुन काम आफैले गरिरहेको थियो उसले त्यसको दोष परमेश्‍‍वरका बफादारी दूतहरूलाई लगायो । अनि ऊप्रति परमेश्‍‍वरले अन्याय गर्नुभयो भन्ने दोषलाई कायम राख्‍ने कुनै पनि प्रमाण थिएन, त्यसकारण उसले सृष्‍टिकर्ताका वचनहरू र कार्यहरूको कुव्याख्या गऱ्यो । उसले धूर्त विवादद्वारा स्‍वर्गदूतहरूलाई परमेश्‍‍वरका अभिप्रायहरूको विषयमा दोधार पार्न यो षड्‌यन्‍‍त्र गरेको थियो । जुन कुराहरू साधारण थिए उसले ती कुराहरूलाई रहस्यमय बनायो, र धूर्त भ्रष्‍टताद्वारा यहोवाको सबभन्दा स्पष्‍ट वाक्‍यहरूमा पनि शंका उत्पन्न गरिदियो । उसको उच्‍च पद र दैवीय शासनसँग घनिष्‍ठ सम्बन्धले उसका प्रस्तुतिहरूमा अझै सामर्थ्य प्रदान गऱ्यो, र धेरैजना स्‍वर्गीय अधिकारको विरूद्ध विद्रोह गर्न ऊसँगै सामेल हुन बहकिए ।MBA 11.1

    परमेश्‍‍वरले उहाँको बुद्धिमा शैतानलाई आफ्‍नो असन्तुष्‍टिको आत्मा क्रियाशील विद्रोहमा विकसित नभएसम्म उसको काम अगाड़ि बढ़ाउने अनुमति दिनुभयो । उसका योजनाहरू पूर्णरूपमा विकसित हुन आवश्‍‍यक थियो ताकि सबैले ती कुराहरूको सत्य स्‍वभाव र प्रवृत्ति देख्‍न सकोस् । लुसिफर अभिषिक्त करूबको रूपमा उच्‍च स्थानमा राखिएको थियो; उसले स्‍वर्गीय प्राणीहरूबाट धेरै माया प्राप्‍त गरेको थियो, र उसको प्रभाव तिनीहरूमाथि प्रबलरूपमा परेको थियो । परमेश्‍‍वरको सरकारमा केवल स्‍वर्गका बासिन्दाहरू समावेश थिएनन्, तर उहाँले सृष्‍टि गर्नुभएका सम्पूर्ण संसारहरूका बासिन्दाहरू पनि समावेश भएका थिए; अनि शैतानले यसरी सोच्यो, यदि उसले स्‍वर्गका दूतहरूलाई ऊसँगै विद्रोहमा पार्न सक्थ्यो भने, अरू संसारहरूलाई पनि त्यसमा पार्न सकिन्थ्यो । उसले आफ्‍ना उद्देश्‍‍यहरू पूरा गर्नका लागि धूर्ततासाथ कुतर्क र छल प्रयोग गरेर आफ्‍नो पक्षबाट यो प्रसङ्ग प्रस्तुत गऱ्यो । उसको बहकाउने शक्ति अति नै प्रभावकारी थियो, र आफै झूटोपनको भेष धारण गरेर उसले फाइदा उठाएको थियो । ती बफादारी दूतहरूले पनि उसको चरित्र पूर्णरूपले बुझ्‍न सक्दैनथे अर्थात् उसको कामले कहाँ लैजाँदैछ भनी देख्‍न सक्दैनथे ।MBA 12.1

    शैतान अति उच्‍चमा सम्माननीय भएको थियो, र उसका सम्पूर्ण कार्यहरू यस्तो रहस्यमा छोपिएका थिए, कि उसको कामको सत्य स्‍वभाव स्‍वर्गदूतहरूका सामु प्रकाश पार्न कठिन थियो । पाप पूर्णरूपले विकसित नभएसम्म त्यो दुष्‍ट देखिँदैनथ्यो । त्यतिबेलासम्म परमेश्‍‍वरको ब्रमाण्डमा त्यो प्रवेश भएको थिएन, र पवित्र प्राणीहरूलाई त्यसको स्‍वभाव र दुष्‍टताको विषयमा केही सोचाइ पनि थिएन । तिनीहरूले दैवीय व्यवस्था हटाउँदाखेरि आउने डरलाग्दा परिणामहरूलाई बुझ्‍न सक्दैनथे । सुरुमा शैतानले उसको कामलाई परमेश्‍‍वरप्रति बफादारिताको कपटी घोषणामा लुकाएको थियो । परमेश्‍‍वरको आदरलाई उत्थान गर्ने, उहाँको सरकारलाई सुदृढ पार्ने, र स्‍वर्गका सम्पूर्ण बासिन्दाहरूको भलाइका लागि उसले यसो गर्ने प्रयास गरिरहेको थियो भन्ने दाबी गऱ्यो । उसको अधीनमा रहेका स्‍वर्गदूतहरूका दिमागमा असन्तुष्‍ट हाल्दै पनि उसले चतुरतासाथ दुरुस्त पाऱ्यो कि उसले नै असन्तुष्‍टता हटाउने प्रयास गरिरहेको थियो । जब उसले परमेश्‍‍वरको राज्यका व्यवस्थाहरू र नियमहरू परिवर्तन हुनुपर्छ भनी दबाब दियो, तब स्‍वर्गको मिलाप कायम राख्‍नका लागि सो आवश्‍‍यक थियो भन्ने उसले एक बहाना मात्र निकाल्यो ।MBA 12.2

    परमेश्‍‍वरले पापको समाधानमा धार्मिकता र सत्यता मात्र प्रयोग गर्न सक्‍नुहुन्थ्यो । जुन परमेश्‍‍वरले प्रयोग गर्न सक्‍नुहुन्न थियो त्यो शैतानले प्रयोग गर्न सक्थ्यो—झूटो प्रशंसा र छल । उसले स्‍वर्गदूतहरूका सामुन्ने परमेश्‍‍वरको वचनलाई झूटो वर्णन गर्ने प्रयास गरेको थियो र उहाँको सरकारको योजनालाई कुव्याख्या गरेको थियो, उसले यसरी दाबी गरिरहेको थियो, जब परमेश्‍‍वरले स्‍वर्गका बासिन्दाहरूमाथि व्यवस्थाहरू र नियमहरू स्थापना गर्नुभयो तब उहाँले अन्याय गर्नुभएको थियो; किनकि उहाँले आफ्‍ना प्राणीहरूबाट आज्ञाकारी र समर्पणको अनिवार्यतामा केवल आफ्‍नै सर्वोच्‍चता खोजिरहनुभएको थियो । त्यसकारण परमेश्‍‍वरको सरकार न्यायसङ्गत नै थियो तथा उहाँको व्यवस्था पनि पूर्ण नै थियो भनी स्‍वर्गका बासिन्दाहरूसाथै समस्त संसारहरूका सामुन्ने प्रदर्शित हुनैपर्ने थियो । शैतानले आफैलाई ब्रमाण्डको भलाइको उत्थान गर्न खोजिरहेको जस्तै देखाएको थियो । त्यो जबरजस्ती व्यक्तिको सत्य चरित्र र वास्तविक उद्देश्‍‍य सम्पूर्णले बुझ्‍नु अति नै आवश्‍‍यक थियो । उसले आफ्‍नै दुष्‍ट कार्यहरूद्वारा आफैलाई प्रदर्शन गर्ने समय पाउनुपर्ने थियो ।MBA 13.1

    जुन अमेल स्‍वर्गमा उसको आफ्‍नै कारणले आएको थियो, शैतानले त्यसको दोष परमेश्‍‍वरको व्यवस्था र शासनप्रति लगायो । सम्पूर्ण दुष्‍टताचाहिँ दैवीय शासनका परिणामहरू हुन् भनी उसले घोषणा गऱ्यो । उसले दाबी गऱ्यो कि उसको आफ्‍नै उद्देश्‍‍य भन्नु नै यहोवाका विधानहरूलाई उत्थान गर्नु थियो । त्यसैकारण उसले आफ्‍ना दाबीहरूको अन्तर्निहित गुण प्रदर्शन गर्न र दैवीय व्यवस्थामा परिवर्तन गर्नुपर्ने उसको प्रस्तावको कार्यान्वय गरेर देखाउन अति आवश्‍‍यक थियो । उसको आफ्‍नै कामले उसलाई दोषी ठहऱ्याउनुपर्ने थियो । शैतानले पहिलेदेखि नै दाबी गरेको थियो कि उसले विद्रोह गरेको होइन । सम्पूर्ण ब्रमाण्डले त्यो ठगाहालाई खुल्‍लमखुल्‍ला रूपमा हेर्नुपर्ने थियो ।MBA 13.2

    अब उप्रान्त शैतान स्‍वर्गमा रहन सक्दैन भन्ने निर्णय भएतापनि असीम बुद्धिले उसलाई नष्‍ट गर्नुभएन । परमेश्‍‍वरमा प्रेमको सेवा मात्र ग्रहणयोग्य भएको कारणले उहाँका प्राणीहरूको बफादारिताचाहिँ न्याय र परोपकारिताको दृढ विश्‍‍वासमा निर्भर रहनैपर्छ । स्‍वर्ग तथा अन्य संसारहरूका बासिन्दाहरू, पापका स्‍वभाव र परिणामहरूको विषयमा बुझ्‍न तयारी थिएनन्, त्यसकारण तिनीहरूले शैतानको विनाशमा परमेश्‍‍वरको न्याय र कृपा देख्‍न सक्दैनथे । यदि ऊ अस्तित्‍वबाट तुरून्तै मेटिएको भए, तिनीहरूले परमेश्‍‍वरलाई प्रेमद्वारा होइन, तर डरद्वारा सेवा गर्नेथिए । त्यो ठगाहाको प्रभाव पूर्णरूपले नष्‍ट हुने थिएन, न ता विद्रोहको आत्मा पूर्णरूपमा उन्मुलन नै हुने थियो । दुष्‍टतालाई त्यसको पूर्णतासम्म बढ्‍ने अनुमति दिनुपर्ने थियो । निरन्तर युगहरूभरि सम्पूर्ण ब्रमाण्डको भलाइका खातिर शैतानले उसका सिद्धान्तहरू पूर्णतामा विकास गर्नुपर्ने थियो, ताकि दैवीय प्रशासनको विरूद्धमा उसले लगाएका दोषहरू तिनीहरूको सत्य प्रकाशमा समस्त सृष्‍टि भएका प्राणीहरूले देख्‍न सकोस्, र परमेश्‍‍वरको न्याय र कृपा र उहाँको व्यवस्थाको अपरिवर्तनीयताको विषयमा सबैको मनमा कुनै पनि शंका उत्पन्न नहोस् ।MBA 13.3

    सम्पूर्ण आगामी युगहरूभरि त्यो ब्रमाण्डका लागि शैतानको विद्रोहचाहिँ एक पाठ हुनुपर्ने थियो, र पापको स्‍वभाव र त्यसका डरलाग्दा परिणामहरूचाहिँ सदाकालका लागि गवाही हुनुपर्ने थियो । दैवीय अधिकार हटाउँदा कस्तो प्रतिफल आउँछ भन्ने कुरा शैतानको व्यवस्थाको कार्यान्वयनद्वारा मानिसहरू र स्‍वर्गदूतहरू दुवैमाथि पर्ने असरहरूले प्रकट गर्दथे । परमेश्‍‍वरको प्रशासन र उहाँले सृष्‍टि गर्नुभएका सम्पूर्ण प्राणीहरूको कल्याणचाहिँ उहाँको व्यवस्थाको अस्तित्‍वमा नै समावेश हुन्छ भनी त्यसले गवाही दिँदथ्यो । यसर्थ विद्रोहको यस डरलाग्दो अनुभवको इतिहास नै समस्त पवित्र विवेकशील प्राणीहरूका खातिर अनन्त रक्षक हुनुपर्ने थियो, तिनीहरूलाई अधर्मको स्‍वभावमा बहकिनदेखि रोक्‍नुपर्ने थियो, र पाप गरेर त्यसका सजायहरू भोग्‍नदेखि बचाउनुपर्ने थियो ।MBA 14.1

    स्‍वर्गमा भएको विवादको अन्तसम्म पनि त्यो प्रमुख अत्याचारीले आफैलाई निर्दोष ठहऱ्याइरहेको थियो । जब ऊ साथै उसका समस्त समर्थकहरू खुशीको निवासबाट बहिष्कार हुनुपर्छ भन्ने घोषणा भयो, तब विद्रोहको अगुवाले साहससाथ सृष्‍टिकर्ताको व्यवस्थाप्रति घृणा प्रकट गऱ्यो । उसले आफ्‍नो दाबी फेरि यसरी दोहोऱ्यायो कि स्‍वर्गदूतहरूलाई कुनै नियन्‍‍त्रणको आवश्‍‍यक नै थिएन, तर तिनीहरूका आफ्‍नै इच्छाअनुसार गर्न दिनुपर्ने थियो, त्यसले नै तिनीहरूलाई सदा असल मार्गतफ डोऱ्याउने थियो । उसले दैवीय विधानहरूलाई तिनीहरूको स्‍वाधीनताको प्रतिबन्धक स्‍वरूप निन्दा गऱ्यो र स्‍वर्गीय दलहरूले यस प्रतिबन्धबाट छुटकारा पाएर अझै उच्‍च र महिमित अवस्थाको अस्तित्‍वमा प्रवेश गर्न सकोस् भनेर नै उसले व्यवस्था उन्मुलन गर्ने योजना गरेको थियो भनी उसले घोषणा गऱ्यो ।MBA 14.2

    शैतान र उसको दल मिलेर तिनीहरूको विद्रोहको दोष पूर्णरूपले ख्रीष्‍टमाथि थुपारे, यदि तिनीहरूलाई हप्की नदिएको भए तिनीहरूले विद्रोह गर्ने नै थिएनन् भनी घोषणा गरे । यसरी तिनीहरूका अनाज्ञाकारितामा अटेरी र अहङ्कारी भएर तिनीहरूले व्यर्थँमा परमेश्‍‍वरको प्रशासनलाई पराजित गर्न खोजिरहेका थिए, तापनि तिनीहरूले आफैलाई अत्याचारी शक्तिको निर्दोष पीड़ित भन्ने ईश्‍‍वर निन्दात्मक दाबी गरे, यसरी प्रमुख विद्रोही र उसका समर्थकहरू अन्तमा स्‍वर्गबाट फ्‍याँकिए ।MBA 14.3

    जुन आत्माले स्‍वर्गमा विद्रोह उक्सायो त्यसैले अहिले यस संसारमा पनि विद्रोहतर्फ प्रेरित पार्दछ । शैतानले दूतहरूसँग प्रयोग गरेको त्यही षड्‌यन्‍‍त्र मानिससँग पनि निरन्तर प्रयोग गरेको छ । अब उसको आत्माले अनाज्ञाकारिताको सन्तानमाथि शासन गर्दछ । तिनीहरूले पनि उसले झैँ परमेश्‍‍वरको व्यवस्थाका नियन्‍‍त्रणहरूलाई भत्काउने प्रयास गर्दछन् र त्यसका विधानहरूलाई भङ्ग गर्नेद्वारा मानिसहरूलाई स्‍वाधीनताको प्रतिज्ञा गर्दछन् । पापको हप्कीले अझै पनि घृणा र प्रतिकारको आत्मा सृजना गर्दछ । जब परमेश्‍‍वरको चेतावनीका सन्देशहरूले हृदय छुन्छ, तब शैतानले मानिसहरू आफैलाई निर्दोष ठहराउने र तिनीहरूको पापको कार्यमा अरूसँग सहानुभूति खोज्‍नेतर्फ डोऱ्याउँदछ । तिनीहरूका गलतहरू सुधार्दैनन्, बरु तिनीहरूले कठिनाइका एउटै कारण स्‍वरूप दोष देखाउने व्यक्तिको विरूद्धमा क्रोध उत्तेजित पार्छन् । धर्मी हाबिलका दिनहरूदेखि नै हाम्रो आफ्‍नै समयसम्म पनि यस्तै आत्मा छ कि जसले पापलाई दोष दिने साहस गर्दछन् तिनीहरूतर्फ यस्तै आत्मा प्रदर्शन भएको छ ।MBA 15.1

    शैतानले स्‍वर्गमा परमेश्‍‍वरको चरित्रको कुव्याख्या गर्नेद्वारा उहाँलाई कड़ा र तानाशाही ठहराएको थियो त्यसरी नै मानिसलाई पनि पापमा फसायो । अनि यहाँसम्म सफलता हासिल गरेर परमेश्‍‍वरका अन्याय नियन्‍‍त्रणहरूले नै उसलाई पनि विद्रोहतर्फ अगुवाइ गरेका थिए र मानिसको पतन पनि ती कुराहरूले नै गराएका थिए भनी उसले घोषणा गऱ्यो ।MBA 15.2

    तर अनन्त जन आफै उहाँको चरित्र घोषणा गर्नुहुन्छ: “परमप्रभु, परमप्रभु परमेश्‍‍वर दयालु र अनुग्रहकारी, रिसाउनमा ढिलो अनि करुणा र सत्यताले भरपूर ! हजारौँलाई कृपा देखाइरहनुहुने; अधर्म, अपराध र पाप क्षमा गर्नुहुने, तर दोषीलाई कुनै रीतिले निर्दोष नठहऱ्याउनुहुने ।” प्रस्थान ३४:६, ७ (KJV) ।MBA 15.3

    शैतान स्‍वर्गबाट बहिष्कार हुँदा परमेश्‍‍वरले उहाँको न्याय घोषणा गर्नुभयो र उहाँको सिंहासनको इज्‍जत कायम राख्‍नुभयो । तर जब मानिसले त्यो पतित आत्माको छलमा परेर पाप गरे तब परमेश्‍‍वरले उहाँको एक मात्र पुत्रलाई पतित जातिका लागि मर्न दिनुभयो र त्यसद्वारा उहाँले आफ्‍नो प्रेमको एक प्रमाण दिनुभयो । त्यही प्रायश्‍चितमा परमेश्‍‍वरको चरित्र प्रकट भएको छ । क्रूसको शक्तिशाली विषयले सम्पूर्ण ब्रमाण्डलाई प्रदर्शन गर्दछ कि लुसिफरले छानेको पापको कार्यको दोष कुनै रीतिले पनि परमेश्‍‍वरको प्रशासनमाथि लगाउन सुहाउँदैनथ्यो ।MBA 15.4

    मुक्तिदाताले पृथ्वीमा गर्नुभएको कार्य अवधिभरि ख्रीष्‍ट र शैतानको बीचको लड़ाइँमा महान् ठगाहाको चरित्र खुला भयो । स्‍वर्गीय दूतहरू र सम्पूर्ण बफादारी ब्रमाण्डबाट शैतानप्रति भएको मायालाई संसारको मुक्तिदातामाथि उसले गरेको निर्ममता लड़ाइँद्वारा बाहेक अन्य कुनै पनि कुराले यति प्रभावकारीसाथ उखेल्‍न सक्दैनथ्यो । ख्रीष्‍टले उसलाई आदर दिनुपर्छ भन्ने उसको ईश्‍‍वर-निन्दक माग गर्ने आँटले, उसको दुःसाहसमा उहाँलाई पहाड़को टाकुरा र मन्दिरको टुप्पोमा बोकेर लगेको कारणले, उसले उहाँलाई अति अग्‍लो स्थानबाट आफैलाई हामफाल्‍ने जोड़ दिएर विश्‍‍वासघात् गर्ने अपराधजनक विचारले, पूजाहारीहरू र मानिसहरूका हृदयहरूलाई उहाँको प्रेमलाई अस्‍वीकार गराएको कारणले, र निरन्तर ईर्ष्याले उहाँलाई ठाउँ-ठाउँ खोज्‍न, र अन्तमा “उसलाई क्रूसमा टाँग्‍नु ! उसलाई क्रूसमा टाँग्‍नु !” भनी कराउने प्रेरणाले गर्दा ब्रमाण्डलाई चकित तुल्यायो र क्रोधित पाऱ्यो ।MBA 16.1

    शैतानले नै संसारलाई ख्रीष्‍टको इन्कारमा प्रोत्साहन दियो । दुष्‍टको राजकुमारले येशूलाई नष्‍ट गर्न उसको सम्पूर्ण शक्ति र चतुऱ्याइँ प्रयोग गऱ्यो; किनकि उसले देख्यो कि मुक्तिदाताको कृपा र प्रेम, उहाँको दया र स्‍नेहपूर्ण नम्रताले संसारलाई परमेश्‍‍वरको चरित्रको चित्रण गरिरहेको थियो । परमेश्‍‍वरका पुत्रबाट आएको प्रत्येक दाबीलाई शैतानले प्रतिरोध गऱ्यो र मुक्तिदाताको जीवन दुःखदायी र कष्‍टदायी बनाउन मानिसहरूलाई आफ्‍नो औजार स्‍वरूप प्रयोग गऱ्यो । उसले कुतर्क र झूटोपनद्वारा येशूको काममा बाधा ल्याउने प्रयास गऱ्यो, अनाज्ञाकारीको सन्तानबाट घृणा प्रकट भयो, जसको जीवनचाहिँ अनादिष्‍ट [अनन्त] भलाइ थियो, उहाँको विरूद्धमा उसले निर्दयी दोष लगायो, ती सब उसको अन्तर्निहित प्रतिशोधबाट निस्केर आएको थियो । परमेश्‍‍वरका पुत्रको विरूद्धमा अन्तर्निहित डाह र ईर्ष्या, घृणा र प्रतिशोधका आगोहरू कलवरीमा विस्फोटन भयो, जबकि सारा स्‍वर्गले शान्तमय डरमा त्यो दृश्‍‍य हेरेका थिए ।MBA 16.2

    जब महान् बलिदान समाप्‍त भएको थियो, तब ख्रीष्‍ट उच्‍चमा चढि़जानुभयो, र उहाँले अनुरोध प्रस्तुत नगरेसम्म स्‍वर्गदूहरूको आराधना स्‍वीकार गर्नुभएन: “म इच्छा गर्दछु, कि तपाईंले मलाई दिनुभएकाहरू म जहाँ छु मसँग रहून् ।” यूहन्ना १७:२४ । त्यसपछि अवर्णनीय प्रेम र शक्तिसाथ पिताको सिंहासनबाट यस्तो जवाफ आयो: “परमेश्‍‍वरका सारा स्‍वर्गदूतहरूले उहाँलाई नै पुजून् ।” हिब्रू १:६ । येशूमा कुनै दाग थिएन । उहाँको अपमान अन्त्य भयो, उहाँको बलिदान पूर्ण भयो, त्यहाँ उहाँलाई यस्तो नाम दिइयो जुन प्रत्येक नामभन्दा उच्‍च छ ।MBA 16.3

    अब शैतानको दोष बहानारहित प्रकट भयो । उसले आफ्‍नो सत्य चरित्र झूट बोल्‍ने व्यक्ति र हत्याराको रूपमा प्रकट गरेको थियो । यदि उसलाई स्‍वर्गका बासिन्दाहरूलाई शासन गर्ने मौका दिएको भए जुन आत्माले उसको शक्तिको अधीनमा रहेका मानिसहरूका सन्तानलाई शासन गरेको थियो, त्यही एउटै आत्मा प्रदर्शन गर्ने थियो भनी प्रकट भयो । परमेश्‍‍वरको व्यवस्थालाई भङ्ग गर्दा स्‍वाधीनता ल्याउँछ र उच्‍च पार्छ भनी उसले दाबी गरेको थियो; तर यसको परिणाम त कैद र अपमान पो देखियो ।MBA 17.1

    दैवीय चरित्र र प्रशासनको विरूद्धमा शैतानले लगाएको झूटा आरोपहरू त्यसका सत्य प्रकाशमा देखा परे । उसले परमेश्‍‍वरलाई उहाँका प्राणीहरूबाट समर्पण र आज्ञाकारीको चाहना गर्नुभएर केवल आफैलाई उच्‍च पार्ने माग गर्नुभएको थियो भनी आरोप लगाएको थियो, र घोषणा गऱ्यो कि सृष्‍टिकर्ताले चाहिँ अरू सबैबाट आत्मा-इन्कारको माग राख्‍नुभयो, तर उहाँ आफैले चाहिँ आत्म-इन्कार पनि गर्नुभएन, न कुनै बलिदान नै गर्नुभयो । अब यो कुरा छर्लङ्ग भयो कि एक पतित र पापपूर्ण जातिको मुक्तिका खातिर ब्रमाण्डको शासकले प्रेमको क्षमताअनुसार सबभन्दा महान् बलिदान गर्नुभयो; किनकि “स्‍वयम् ख्रीष्‍टमा हुनुभएर परमेश्‍‍वरले संसारलाई आफूसँग मिलापमा ल्याउँदैहुनुहुन्थ्यो ।” २ कोरिन्थी ५:१९ । जबकि लुसिफरले आदर र सर्वोच्‍चताको अभिलाषाद्वारा पापको प्रवेशद्वार खोल्यो, तापनि ख्रीष्‍टले चाहिँ पाप नष्‍ट गर्नका लागि आफैलाई नम्र तुल्याउनुभयो र मृत्युसम्मै आज्ञाकारी बन्नुभयो भन्ने कुरा पनि स्पष्‍ट देखियो ।MBA 17.2

    परमेश्‍‍वरले विद्रोहका सिद्धान्तहरूप्रति उहाँको घृणा प्रकट गर्नुभएको थियो । सम्पूर्ण स्‍वर्गले शैतानको सजायको हुकुम र मानिसको मुक्ति दुवैमा उहाँको न्याय प्रकट भएको देख्यो । लुसिफरले घोषणा गऱ्यो कि यदि परमेश्‍‍वरको व्यवस्था अपरिवर्तनीय थियो, र त्यसको सजाय मेटिन सक्दैनथ्यो भने प्रत्येक व्यवस्था भङ्ग गर्ने व्यक्तिचाहिँ सदासर्वदाका लागि सृष्‍टिकर्ताको अनुग्रहबाट अलग हुनुपर्दथ्यो । पापमय जातिको उद्धार हुन सकिँदैन थियो, त्यसकारण तिनीहरू उसको अधिकारयुक्त शिकारहरू हुन् भनी उसले दाबी गरेको थियो । तर ख्रीष्‍टको मृत्यु नै मानिसको खातिर एक यस्तो प्रमाण हुन पुग्यो जसलाई पराजित गर्नै सक्दैनथ्यो । व्यवस्थाको सजाय उहाँमाथि पऱ्यो जो परमेश्‍‍वरसँग समान हुनुहुन्थ्यो, र मानिसले ख्रीष्‍टको धार्मिकता स्‍वीकार गर्न र परमेश्‍‍वरका पुत्रले झैँ पश्‍चात्ताप र दीनताको जीवनद्वारा शैतानको शक्तिमाथि विजय हासिल गर्न स्‍वतन्‍‍त्र भयो । यसर्थ परमेश्‍‍वर धर्मी हुनुहुन्छ र जसले येशूमा विश्‍‍वास गर्छन् तिनीहरू सबैलाई धर्मी ठहराउने उहाँ नै हुनुहुन्छ ।MBA 17.3

    तर ख्रीष्‍ट मानिसको उद्धारको काम पूरा गर्नका लागि मात्र यस पृथ्वीमा कष्‍ट भोग्‍न तथा मर्न आउनुभएको थिएन । व्यवस्था “महान् पार्न” र “यसलाई आदर्णीय तुल्याउन”-लाई पनि उहाँ आउनुभएको थियो । यस संसारका बासिन्दाहरूले सही तरिकाले व्यवस्थालाई मान्यता दिने मात्र होइन; तर ब्रमाण्डका सारा संसारहरूलाई देखाउनुपर्ने थियो कि परमेश्‍‍वरको व्यवस्थाचाहिँ अपरिवर्तनीय छ । यदि त्यसका दाबीहरूलाई रद्द गर्न सक्‍ने भए त परमेश्‍‍वरका पुत्रले त्यसको भङ्गलाई प्रायश्‍चित गर्न उहाँको जीवन त्याग्‍नु आवश्‍‍यक थिएन । ख्रीष्‍टको मृत्युले त्यसको अपरिवर्तनीयतालाई प्रमाणित गर्दछ । अनि त्यो असीम प्रेमले पिता र पुत्रलाई यो बलिदान गर्न प्रोत्साहन दियो, ताकि पापीहरूले उद्धार पाउन सकोस्, यसले गर्दा सारा ब्रमाण्डलाई—यो प्रायश्‍चितको योजनाभन्दा अरू कुनै कुरा पर्याप्‍त थिएन—परमेश्‍‍वरको व्यवस्था र प्रशासनको जग न्याय र कृपा हो भनी प्रदर्शन गऱ्यो ।MBA 18.1

    अन्तिम न्यायको कार्य सम्पादनमा यो कुरा देखिनेछ कि पापको कुनै कारण रहनेछैन । जब सारा पृथ्वीका न्यायाधीशले शैतानबाट माग गर्नुहुन्छ, “तिमीले मेरो विरूद्धमा किन विद्रोह गऱ्यौ ? र मेरो राज्यका जनताहरू मबाट किन लुट्‌यौ ?” तब दुष्‍टको सृजकले कुनै पनि बहाना दिन सक्दैन । प्रत्येक मुख बन्द भएको हुनेछ, र सारा विद्रोही दलहरू निःशब्द हुनेछन् ।MBA 18.2

    कलवरी क्रूसले व्यवस्थाको अनन्तता घोषणा गर्दै पापको ज्‍वाला मृत्यु हो भनी ब्रमाण्डलाई घोषणा गर्छ । “अब सिद्धियो” भन्ने मुक्तिदाताको मरिरहेको चित्कारमा शैतानको मृत्यु-सुचक घण्टी बजेको थियो । लामो समयसम्म भइरहेको महान् विवादको निर्णय त्यति बेला नै भइसकेको थियो, र दुष्‍टको अन्तिम उन्मुलन पनि निश्‍चित भइसकेको थियो । परमेश्‍‍वरका पुत्र चिहानको ढोकाद्वारा जानुभयो ताकि “मृत्युद्वारा नै मृत्युको शक्ति भएकोलाई, अर्थात् दियाबलसलाई उहाँले नष्‍ट गरून् ।” हिब्रू २:१४ । लुसिफरको आत्म-उच्‍चताको अभिलाषाले गर्दा उसले यसो भन्न कर लाग्यो: “परमेश्‍‍वरका ताराहरूभन्दा माथि म मेरो सिंहासनलाई उच्‍च पार्नेछु । ... म आफूलाई सर्वोच्‍च परमेश्‍‍वर जत्तिकै बनाउनेछु ।” परमेश्‍‍वर घोषणा गर्नुहुन्छ: म “तँलाई जमीनमा खरानी” तुल्याइदिनेछु । “... र तँ फेरि कहिल्यै रहनेछैनस् ।” यशैया १४:१३, १४; इजकिएल २८:१८, १९ । जब “‘त्यो दिन आउँदैछ । त्यो भट्टीझैँ दन्कनेछ । सबै हठी र सबै दुष्‍ट काम गर्नेहरू ठुटोझैँ हुनेछन्, र त्यो आउने दिनले उनीहरूलाई आगोमा भष्म गर्नेछ,’ सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ । ‘त्यसले उनीहरूको एउटै जरा र एउटै हाँगा पनि छोड्‍नेछैन ।’” मलाकी ४:१ ।MBA 18.3

    सारा ब्रमाण्डचाहिँ पापका स्‍वभाव र परिणामहरूका साक्षी बनेको हुनेछ । अनि त्यसको पूर्ण विनाशले आरम्भमा स्‍वर्गदूतहरूप्रति डर उत्पन्न गराउँदथ्यो र परमेश्‍‍वरप्रति अनादर ल्याउने थियो भने, अब त्यसले ब्रमाण्डका प्राणीहरूका सामुन्ने उहाँको प्रेम उचित ठहराउनेछ र उहाँको आदर स्थापित गर्नेछ जोहरू उहाँको इच्छाअनुसार गर्न हर्षित हुन्छन् र जसको हृदयमा उहाँको व्यवस्था छ । फेरि कहिले पनि दुष्‍टता प्रकट हुनेछैन । परमेश्‍‍वरको वचन भन्दछ: “दुःख दोस्रो पटक आउँदैन ।” नहूम १:९ । शैतानले दासत्‍वको जुवाझैँ घृणा गरेको परमेश्‍‍वरको व्यवस्थालाई स्‍वधीनताको व्यवस्थाको रूपमा आदर गरिनेछ । एक खारेको र प्रमाणित गरिएको सृष्‍टि अब कहिले पनि उहाँको बफादारिताबाट हट्‍नेछैन, उहाँको चरित्र तिनीहरूको सामु नापरहित प्रेम र असीम बुद्धिको रूपमा पूर्णरूपले प्रकट भएको छ ।MBA 19.1

    Larger font
    Smaller font
    Copy
    Print
    Contents