Loading...
Larger font
Smaller font
Copy
Print
Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    ६. के हाम्रा मरेकाहरू हामीसँग बोल्‍न सक्छन् त ?

    (अंग्रेजी पुस्तक अध्याय ३४ पृष्‍ठ ५५१)

    धर्मशास्‍‍त्रमा प्रकट गरेअनुसार पवित्र स्‍वर्गदूतहरूको सेवाकार्यचाहिँ प्रत्येक ख्रीष्‍टका चेलाहरूका लागि एक अति नै सान्त्‍वनादायिक र बहुमूल्य सत्यता हो । तर यस विषयको बाइबलीय शिक्षालाई प्रचलित धर्म शास्‍‍त्रीय झूटहरूद्वारा अस्पष्‍ट र भ्रष्‍ट बनाएका छन् । स्‍वभाविक अमरत्‍वको सिद्धान्त सर्वप्रथम त मूर्तिपूजक दर्शनशास्‍‍त्रबाट ल्याएको थियो, र महान् पतनको अन्धकारमा इसाई विश्‍‍वासमा पनि त्यो प्रवेश गरायो, जसले “मृतकहरूले केही पनि जान्दैनन्” भनी धर्मशास्‍‍त्रमा स्पष्‍ट सिकाएको सत्यताको स्थान लिएको छ । भीडौँ मानिसहरूले यसरी विश्‍‍वास गर्दछन् कि ती मरेका आत्माहरू “मुक्ति पाउनेहरूका खातिर सेवा गर्नलाई पठाइएका सेवा गर्ने आत्माहरू” हुन् । अनि जेभएपनि धर्मशास्‍‍त्रमा यही नै स्‍वर्गीय दूतहरूको अस्तित्‍व र मानवजातिको मरणभन्दा पूर्व मानिसको इतिहाससँग तिनीहरूको सम्बन्धको विषयमा गवाही छ ।MBA 71.1

    मृत्युमा मानिसको चेतना हुन्छ भन्ने शिद्धान्त, विशेष गरी मरेका आत्माहरू जीवितहरूलाई सेवा गर्न आउँछन् भन्ने विश्‍‍वासले आधुनिक भूत आत्मामा विश्‍‍वासका लागि मार्ग तयार गरिरहेछ । यदि मरेकाहरू परमेश्‍‍वर र पवित्र स्‍वर्गदूतहरूका उपस्थितिमा जाने अनुमति पाएको भए, र तिनीहरूसँग पहिलेभन्दा अत्याधिक मात्रामा ज्ञान प्राप्‍त गर्ने सौभाग्य भएको भए, के तिनीहरू पृथ्वीमा जीवितहरूकहाँ ज्योति र शिक्षा दिन फर्कन पर्दैनन् र ? प्रख्यात् धर्मशास्‍‍त्रीहरूको शिक्षाअनुसार, यदि मृतकहरूका आत्माहरू पृथ्वीमा तिनीहरूका साथीहरूमाथि उड़िरहेका छन् भने तिनीहरूको दुष्‍टताको विरूद्ध चेतावनी दिन, अथवा तिनीहरूका कष्‍टमा सान्त्‍वना दिनका लागि वार्तालाप गर्ने अनुमति किन हुँदैन त ? जसले मृतकहरूको चेतनामा विश्‍‍वास गर्दछन् तिनीहरूले महिमित आत्माहरूद्वारा दैवीय ज्योति झैँ प्रदान गरिएको कुरालाई कसरी इन्कार गर्न सक्छ र ? यहाँ एक माध्यम छ जसलाई पवित्र ठान्दछ, जसद्वारा शैतानले उसका उद्देश्‍‍यहरू पूरा गर्ने काम गर्दछ । पतित दूतहरू जसले उसको आदेश पालन गर्दछन् तिनीहरू आत्मा संसारबाट आएका सन्देशवाहकहरूझैँ देखा पर्छन् । जबकि मरेकाहरूलाई जीवितहरूसँग कुराकानी गराउने दाबी गर्दै दुष्‍टको राजकुमारले तिनीहरूको दिमागमा उसको मोहक प्रभाव प्रयोग गर्दछ ।MBA 71.2

    मानिसहरूका सामु तिनीहरूका बितिगएका साथीहरूको आकृति देखाउने शक्ति ऊसँग छ । नकल पूर्ण हुन्छ; उस्तै रूप, शब्दहरू, स्‍वर अचम्मलाग्दो स्पष्‍टतासाथ प्रतिरूप निकाल्छ । धेरैजनाले यसरी सान्त्‍वना पाएका छन् कि तिनीहरूका प्रियजनहरू स्‍वर्गको आनन्द उपभोग गर्दैछन्, र तिनीहरूले खतराको शंकाविना नै “बहकाउने आत्माहरू र दियाबलसका सिद्धान्तहरूप्रति” कान थाप्छन् ।MBA 72.1

    जब तिनीहरू यस्तो विश्‍‍वासमा डोऱ्याइएका हुन्छन् कि मृतकहरू वास्तवमा तिनीहरूसँग वार्तालाप गर्न फर्केर आउँछन्, तब शैतानले तयारीविना नै चिहानमा मरेकाहरूका रूपमा देखा पार्दछ । तिनीहरू स्‍वर्गमा खुशी छन् र त्यहाँ उच्‍चस्थान प्राप्‍त गरेका छन् भनी दाबी गर्दछन्, र यसरी झूटो जताततै सिकाएको छ कि धर्मी र दुष्‍टको बीच केही भिन्नता देखाएको छैन । आत्माहरूको संसारबाट आएका पाखण्डी पाहुनाहरूले सावधानी र चेतावनीको उच्‍चारण गर्छन् जुन कहिलकाही सही प्रमाणित हुने गर्दछ । त्यसपछि, जब पूर्ण भरोसा जितिसकेपछि, तिनीहरूले यस्ता सिद्धान्तहरू प्रस्तुत गर्दछन् जसले प्रतक्ष्यरूपमा धर्मशास्‍‍त्रको विश्‍‍वासलाई खोतलिदिन्छ । तिनीहरूका पृथ्वीका साथीहरूको भलाइप्रति गहिरो चाख देखाउँदै सबभन्दा खतराजनक झूटोहरू बिस्तारै प्रवेश गराउँछन् । वास्तवमा तिनीहरूले केही सत्यताहरू पनि व्यक्त गर्दछन्, कुनै समयमा भविष्यका घटनाहरू पूर्ववाणी गर्न सक्षम हुन्छन् र त्यसले गर्दा तिनीहरूका वक्तव्यहरूलाई भरोसायोग्य ठहराउँछ; र तिनीहरूका झूटा शिक्षाहरूलाई भीडौँ मानिसहरूले सजिलै र पूर्णरूपमा विश्‍‍वास गर्छन्, जस्तो कि बाइबलको सबभन्दा पवित्र सत्यताहरू ती नै हुन् । परमेश्‍‍वरको व्यवस्थालाई हटाएका छन्, अनुग्रहको आत्मालाई घृणा गरेका छन्, करारको रगत अपवित्र थोक सरह ठानेका छन् । आत्माहरूले ख्रीष्‍टको दैवीयतालाई इन्कार गर्छन् र सृष्‍टिकर्तालाई पनि तिनीहरूकै स्तरमा राख्‍छन् । जुन लड़ाइँ स्‍वर्गमा सुरु भयो त्यही नै त्यसले लगभग छ हजार वर्षभरि पृथ्वीमा लगातार गरिरहेको थियो, त्यसरी नै महान् विद्रोहकारीले नयाँ भेष धारण गरेर परमेश्‍‍वरको विरूद्ध लड़ाइँ गरिरहन्छ ।MBA 72.2

    धेरैजनाले आत्मिकी प्रदर्शनहरूलाई पूर्णरूपले जादूगरको छल र हातको खेल हो भन्ने प्रयास गर्दछन् । तर यो कुरा सत्य हो, जबकि चलाकी परिणामहरू वास्तविक प्रदर्शनहरूको रूपमा प्रायः छलद्वारा देखाएको हुन्छ, त्यहाँ दैवीय शक्तिको प्रतक्ष्य प्रदर्शनहरू पनि भएको हुन्छ । आधुनिक भूत आत्माको विश्‍‍वासले सुरु गरेको रहस्यमय ठकठक आवाजचाहिँ मानविक चतुऱ्याइँ वा छलको परिणाम होइन, तर त्यो त दुष्‍ट आत्माहरूको प्रतक्ष्य काम हो, जसले यसरी आत्मा नष्‍टकारीको एक सबभन्दा सफलताजनक झूट प्रवेश गरायो । भूत आत्माको विश्‍‍वासचाहिँ केवल मानविक कपट हो भन्ने विश्‍‍वासद्वारा धेरैजना पासोमा पर्नेछन्; तिनीहरूले अलौकिक नै ठान्नुपर्ने प्रदर्शनहरू आमनेसामने देखिनेछन्, यसरी तिनीहरू भ्रममा पर्नेछन्, र परमेश्‍‍वरको महान् शक्तिको रूपमा स्‍वीकार गराइनेछ ।MBA 73.1

    यी मानिसहरूले शैतान र उसका सहायकहरूले गरेका अचम्मलाग्दा कामहरूको विषयमा धर्मशास्‍‍त्रको वचनमा ध्यान दिँदैनन् । शैतानको शक्तिद्वारा नै फारोका जादूगरीहरूले परमेश्‍‍वरको कामको नकल गर्न सक्षम भएका थिए । पावल यसरी गवाही दिन्छन् कि ख्रीष्‍टको दोस्रो आगमनअघि शैतानिक शक्तिका उस्तै प्रदर्शनहरू हुनेछन् । परमप्रभुको आगमन अगाड़ि “शैतानको कार्यअनुसार सबै सामर्थ्य, चिन्हहरू र झूटा चमत्कारहरू ... हुन्छ र नष्‍ट हुनेहरूको मध्यमा अधर्मका सबै प्रकारका धोकेबाजी ... हुन्छ ।” २ थेसलोनिकी २:९, १० (KJV) । अनि प्रेरित यूहन्नाले अन्तका दिनहरूमा प्रदर्शन हुने अचम्मलाग्दो काम गर्ने शक्तिको विषयमा वर्णन गर्दै घोषणा गर्दछ: “मानिसका आँखाको अगि आकाशबाट पृथ्वीमा आगो झार्नेजस्ता ठूला-ठूला चिन्हहरू पनि त्यसले गऱ्यो । ... जुन चमत्कार देखाउने शक्ति त्यसलाई दिइएको थियो, त्यहीद्वारा उसले पृथ्वीका बासिन्दाहरूलाई बहकायो ।” प्रकाश १३:१३, १४ । यहाँ केवल छलहरू मात्र पूर्ववाणी गरिएको छैन । मानिसहरू अचम्मलाग्दा कामहरूद्वारा बहकिएका छन् जसमा शैतानका समर्थकहरूको त्यसो गर्ने शक्ति छ, र तिनीहरूले अभिनय गरेका होइनन् ।MBA 73.2

    अन्धकारको राजकुमार, जसले धेरै लामो समयदेखि उसको श्रेष्‍ठ बुद्धिको शक्तिलाई छलको काममा लागानी गरेको छ, त्यसले सम्पूर्ण दर्जा र अवस्थाका मानिसहरूलाई उसका परीक्षाहरू सीपपूर्ण साथ अनुकूल बनाउँछ । उसले शिक्षित र सदाचारी मानिसहरूप्रति भूत आत्माको विश्‍‍वासलाई त्यसको अझै स्‍वच्छता र विवेकशील पक्षहरू प्रकट गर्दछ, र यसरी धेरै जनालाई उसको पासोमा पार्न सफल हुन्छ । भूत आत्माको विश्‍‍वासले दिने बुद्धिलाई प्रेरित याकूबले यसरी वर्णन गरेको छ, जुन “स्‍वर्गबाट आएको होइन । तर यो त संसारिक, अनात्मिक र शैतानिक हो ।” याकूब ३:१५ । जे भएपनि, यदि मुख्य ठगाहाको उद्देश्‍‍य पूरा गर्न ऊ गुप्‍त रहन नै उपयुक्त हुनेछ भने ऊ त्यस्तै हुन्छ । जो ख्रीष्‍टको सामु स्‍वर्गीय सराफको उज्‍ज्‍वलताको भेष धारण गरेर उजाड़स्थानको परीक्षामा देखा पर्न सक्थ्यो, त्यही व्यक्ति मानिसहरूकहाँ सबभन्दा आकर्षित तरिकाले ज्योतिमय स्‍वर्गदूतको भेष धारण गरेर आउँछ । उसले बुद्धिलाई उच्‍च पार्ने विषयवस्तुद्वारा अव्हान गर्दछ; उसले लालायित दृश्‍‍यहरूका साथ कल्पनाशक्तिलाई खुशी पार्दछ; र उसले प्रेम र ममताको भाषणकलाका सम्बोधनद्वारा मनोभावहरूलाई हर्षित पार्दछ । उसले कल्पनालाई अति उच्‍च स्थानमा उड्‍न उत्तेजित पार्दछ, त्यसरी मानिसहरू तिनीहरूको आफ्‍नै बुद्धिमा अति घमण्डी हुन्छन् जसद्वारा तिनीहरूका हृदयहरूले अनन्त जनलाई घृणा गर्दछन् । त्यो शक्तिशाली प्राणी जसले संसारको मुक्तिदातालाई एक अत्याधिक अग्‍लो पहाड़मा लगेर उहाँको सामु सम्पूर्ण पृथ्वीका राज्यहरू र त्यसका महिमा ल्याउन सक्थ्यो भने, त्यसरी नै जो दैवीय शक्तिद्वारा सुरक्षित छैनन् ती सब मानिसहरूका ज्ञानेन्द्रियहरूलाई बिगार्न त्यसले परीक्षाहरू ल्याउनेछ ।MBA 73.3

    जसरी शैतानले हव्‍वालाई अदनमा झूटो प्रशंसा, निषेधिक ज्ञान प्राप्‍त गर्ने इच्छा जगाउने, र आत्म-उच्‍चताको चाहना जागृत पार्नेद्वारा बहकाएको थियो अहिले पनि त्यसले मानिसहरूलाई त्यसरी नै बहकाउँछ । यी दुष्‍टताहरूका माया नै उसको पतनको कारण बनेको थियो, र तीद्वारा नै त्यसले मानिसहरूको विनाशको लक्षित गरेको छ । उसले घोषणा गऱ्यो, “असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्‍‍वरजस्तै हुनेछौ ।” उत्पत्ति ३:५ । भूत आत्माको विश्‍‍वासले सिकाउँछ “कि मानिसचाहिँ विकसित प्राणी हो; उसको जन्मदेखि अनन्ततासम्म परमेश्‍‍वरतर्फ बढ्‍दै जाने त्यसको भाग्य हो ।” अनि फेरि: “प्रत्येक दिमागले आफैलाई न्याय गर्नेछ तर अरूलाई चाहिँ होइन ।” “न्याय सही नै हुनेछ किनकि यो आफ्‍नै न्याय हो । ... सिंहासन तिमीभित्रै छ ।” एक भूत आत्मामा विश्‍‍वासको शिक्षकले भन्यो, जब उसभित्र “आत्मिक चेतना” आयो: “हे मेरा संगी मानिसहरू हो, त्यहाँ सबै अपतित नरदेवहरू थिए ।” अनि अर्कोले घोषणा गर्छ: “कोही प्राणी न्यायी र पूर्ण छ भने ऊ नै ख्रीष्‍ट हो ।”MBA 74.1

    यसरी आराधनाको वास्तविक उद्देश्‍‍य अनन्त परमेश्‍‍वरको धार्मिकता र पूर्णताको स्थानमा; उहाँको व्यवस्थाको पूर्ण धार्मिकता जुन मानव प्राप्‍ति सत्य स्तर हो, त्यसको स्थानमा शैतानले पापपूर्ण र मानिसको गलतपूर्ण स्‍वभावलाई नै आराधनाको एक वस्तु, न्यायको एक मात्र नियम वा चरित्रको स्तर स्‍वरूप फेरिदियो । यो विकास त उकालो होइन तर ओरालो मात्र हो ।MBA 74.2

    यो एउटा यस्तो व्यवस्था हो, विवेकशील र आत्मिक दुवै स्‍वभावलाई हेर्नेद्वारा हामी परिवर्तन हुन्छौं । जुन विषयहरूमा दिमागले सोचिरहन्छ, बिस्तारै त्यसको रूपमा आफै परिवर्तन हुन्छ । त्यसले जुन वस्तुलाई प्रेम र श्रद्धा गर्ने आदत् गरेको छ त्यो पनि उस्तै हुन्छ । मानिस उसको शुद्धता वा भक्ति अर्थात् सत्यताको स्तरभन्दा उच्‍च कहिले पनि उठ्‌न सक्दैन । यदि आफै नै उसको सबभन्दा उच्‍च स्तर हो भने ऊ त्योभन्दा माथि कहिले पनि पुग्‍नेछैन । बरु ऊ लगातार तल-तल खस्दैजानेछ । परमेश्‍‍वरको अनुग्रहमा मात्र मानिसलाई उच्‍च पार्ने शक्ति छ । आफै छोड़ियो भने उसको मार्ग निरन्तररूपमा ओरालो जान्छ ।MBA 75.1

    भूत आत्माको विश्‍‍वासले भद्र र विवेकशीललाई भन्दा स्‍वार्थ-भोगी, सुख-प्रेमी र भोगविलासीलाई कम धूर्ततायुक्त छल प्रस्तुत गर्दछ; तिनीहरूले त्यसका सबभन्दा असभ्य प्रकारहरू नै आफ्‍ना चाहनानुकुल पाउँछन् । शैतानले मानविक स्‍वभावको प्रत्येक सम्भावनात्मक कमजोरीपन अध्ययन गर्दछ, उसले ती पापहरू टिप्पणी गर्दछ जहाँ प्रत्येक व्यक्ति सजिलो फस्‍न सक्छ, र त्यसपछि त्यसले ध्यान दिन्छ कि दुष्‍टताको चाहना सन्तुष्‍ट पार्ने अवसरहरूको अभाव हुनेछैन । उसले मानिसहरूलाई उचित थोकको अधिकतामा परीक्षा ल्याउँछ, र असंयमताद्वारा तिनीहरूको शारीरिक, मानसिक र नैतिक शक्तिलाई कमजोर पार्दछ । उसले हजारौँलाई भोगविलासको अभिलाषाद्वारा नष्‍ट पाऱ्यो र नष्‍ट पारिरहेछ, यसरी मानिसको समस्त स्‍वभावलाई निर्दयी तुल्याएको छ । अनि उसले आफ्‍नो काम पूरा गर्नका लागि आत्माद्वारा घोषणा गर्दछ कि “सत्य ज्ञानले मानिसलाई सम्पूर्ण व्यवस्थाभन्दा पनि उच्‍च तुल्याउँदछ;” कि “जति पनि थोक छ, सबै ठीक छ;” जसमा “परमेश्‍‍वरले दोष दिनुहुन्न;” र जुन “पापहरू गरिएका छन् सो सबै निर्दोषमा गरिएका छन् ।” जब मानिसहरूलाई इच्छा नै सबभन्दा उच्‍च व्यवस्था हो जसमा स्‍वाधीनता अनुमति प्राप्‍त हुन्छ, र मानिसको जिम्मेवारी आफ्‍नै मात्र हो भनी विश्‍‍वास दिलाउँछ, तब चारैतर्फ फैलिएको भ्रष्‍टता र दुष्‍टता कसले सोच्‍न सक्छ ? भीडौँले उत्सुकतासाथ यी शिक्षाहरू स्‍वीकार गर्छन् जसले तिनीहरूका शारीरिक हृदयको प्रोत्साहन पालन गर्न स्‍वतन्‍‍त्रता दिन्छ । आत्म-नियन्‍‍त्रणका लगामहरू अभिलाषाका घाँटीमा राखिएका छन्, दिमाग र प्राणका शक्तिहरू शारीरिक इच्छाहरूको अधीनमा राखेका छन्, र जसले ख्रीष्‍टको चेला हुँ भनी दाबी गर्दछ त्यस्ता हजारौँ मानिसहरूलाई शैतानले उसको जालमा हर्षसाथ थुपार्दछ ।MBA 75.2

    तर भूत आत्माको विश्‍‍वासको झूटो दाबीद्वारा कोही पनि भ्रममा पर्नु आवश्‍‍यक छैन । परमेश्‍‍वरले संसारलाई पर्याप्‍त ज्योति प्रदान गर्नुभएको छ ताकि तिनीहरूले पासो पत्ता लगाउन सकोस् । अगाड़िको प्रस्तुति अनुसार, भूत आत्माको विश्‍‍वासको त्यही जग स्थापना गर्ने सिद्धान्तले नै धर्मशास्‍‍त्रको स्पष्‍ट भनाइहरूसँग लड़ाइँ गरेको छ । बाइबल घोषणा गर्दछ कि मृतकहरूले केही पनि जान्दैनन्, तिनीहरूका विचारहरू नष्‍ट भएका हुन्छन्; सूर्यमुनि गरिएको कुनै पनि काममा तिनीहरूको केही भाग हुँदैन; तिनीहरूले पृथ्वीमा रहेका प्रिय जनहरूको कष्‍ट र आनन्द थाहा पाउँदैनन् ।MBA 75.3

    अझै भन्ने हो भने, परमेश्‍‍वरले मरेकाहरूका आत्माहरूसँग देखावटी कुराकानीलाई बिलकुलै निषेध गर्नुभएको छ । हिब्रूहरूको समयमा पनि वर्तमानका भूत आत्मामा विश्‍‍वास गर्नेहरूजस्तै एक वर्गका मानिसहरू थिए जसले मरेकाहरूसँग कुराकानी गर्ने दाबी गर्दथे । तर ती अरू संसारहरूबाट आएका पाहुनाहरूको रूपमा आउने “मिलनसार आत्माहरू,” भनिने आत्माहरूलाई बाइबलले “दियाबलसका आत्माहरू” हुन् भनी घोषणा गरेको छ । (गन्ती २५:१-३; भजनसंग्रह १०६:२८; १ कोरिन्थी १०:२०; प्रकाश १६:१४ तुलना गर्नुहोस्) मिलनसार आत्माहरूसँग गरिने कार्य-व्यवहारचाहिँ परमप्रभुको दृष्‍टिमा घृणित थोक हो भनी घोषणा गरेको छ, र त्यो मृत्युको सजायमा गम्भीरतासाथ निषेध गरिएको थियो । लेवी १९:३१; २०:२७ । त्यही मन्‍‍त्रतन्‍‍त्र भनिने नाम अहिले घृणित ठानिएको छ । मानिसहरूले दुष्‍ट आत्माहरूसँग सम्बन्ध राख्‍न सकिन्छ भन्ने दाबीलाई अन्धकारका युगहरूका एक दन्त्यकथा स्‍वरूप मानिन्छ । तर भूत आत्माको विश्‍‍वासमा त्यसका समर्थकहरूका गन्ती लाखौँ-लाख र साँच्‍चै अरबौं सङ्ख्यामा हुन्छ जुन वैज्ञानिक चक्रमा प्रवेश भएको छ, चर्चहरूमा प्रवेश भएको छ, र जसलाई व्यवस्थापक दलहरूले स्‍वीकार गरेका छन्, र त्यति मात्र नभएर, राजाहरूका दरबारहरूमा पनि स्‍वीकार्य भएको छ-यो ठूलो छलचाहिँ नयाँ आकारको एक जागृति मात्र हो जुन मन्‍‍त्रतन्‍‍त्र प्राचीन समयमा निषेध भएको थियो ।MBA 76.1

    यदि भूत आत्माको विश्‍‍वासको अन्य कुनै वास्तविक चरित्रको प्रमाण नभएको भए पनि इसाईहरूलाई यति नै पर्याप्‍त हुनुपर्छ कि आत्माहरूको दृष्‍टिमा धार्मिकता र पाप, र ख्रीष्‍टका सबभन्दा भद्र र शुद्ध प्रेरितहरू र शैतानका सबभन्दा भ्रष्‍ट सेवकहरू बीचमा कुनै भिन्नता हुँदैन । सबभन्दा नीच चरित्र भएका मानिसहरू स्‍वर्गमा अझै उच्‍च स्थान हासिल गर्दछ भनी वर्णन गर्दै शैतानले संसारलाई भन्छ: “तिमीहरू जति नै दुष्‍ट भए पनि केही छैन; तिमीहरूले परमेश्‍‍वर र बाइबलमाथि विश्‍‍वास गर्छौ कि गर्दैनौ भन्ने कुरामा केही अर्थ छैन । तिम्रो इच्छाअनुसार जीवन बिताओ; स्‍वर्ग तिम्रै घर त हो नि ।” वास्तवमा भूत आत्मामा विश्‍‍वास गर्ने शिक्षकहरू घोषणा गर्छन्: “‘दुष्‍ट काम गर्ने सबै परमप्रभुको दृष्‍टिमा असलै छन्, र उहाँ उनीहरूदेखि खुशी नै हुनुहुन्छ,’ अथवा ‘न्याय गर्ने परमेश्‍‍वर कहाँ हुनुहुन्छ ?’” मलाकी २:१७ । परमेश्‍‍वरको वचनले भन्छ: “धिक्‍कार तिनीहरूलाई, जसले खराबलाई असल र असललाई खराब भन्दछन्, जसले अँध्यारोलाई उज्यालो र उज्यालोलाई अँध्यारो मान्दछन् ।” यशैया ५:२० ।MBA 76.2

    यी झूटा आत्माहरू प्रेरितहरूका स्‍वरूपमा आएका छन् र तिनीहरू पृथ्वीमा हुँदाखेरि पवित्र आत्माको प्रेरणाद्वारा लेखेका कुराहरूका खण्डन गरेका छन् । तिनीहरूले बाइबलको दैवीय स्रोतलाई इन्कार गर्छन्, र यसरी तिनीहरूले इसाईको जगको आशा भत्काइदिन्छन् र स्‍वर्गको मार्ग प्रकट गर्ने ज्योति निभाइदिन्छन् । शैतानले संसारलाई यस्तो विश्‍‍वास दिलाइरहेको छ कि बाइबल एक उपन्यास मात्र हो, वा यो त जातिहरूको सुरुवातमा मात्र उपयुक्त थियो, तर अहिले त यसलाई वास्ता नगरे पनि हुन्छ वा अप्रचलित स्‍वरूप हटाएपनि हुन्छ । अनि परमेश्‍‍वरको वचनको सट्टामा उसले आत्मिकी प्रदर्शनहरू प्रस्तुत गर्दछ । यहाँ एउटा माध्यम छ जुन पूर्णरूपमा उसकै नियन्‍‍त्रणमा छ; यस माध्यमद्वारा संसारलाई उसको इच्छाअनुसार विश्‍‍वास गराउन सक्छ । जुन पुस्तकले ऊ साथै उसका चेलाहरूको न्याय गर्दछ त्यसलाई उसले राख्‍न चाहने छायाँमा पार्दछ; उसले संसारको मुक्तिदातालाई साधारण मानिस झैँ प्रकट गर्दछ । अनि जब रोमी सिपाहीहरूले येशूको चिहानलाई पहरा गरेका थिए त्यति बेला पनि झूटो खबर फैलियो जुन पूजाहारीहरू र अगुवाहरूले उहाँको पुनरुत्थान निरर्थक ठहराउन तिनीहरूलाई सिकाएका थिए, त्यसरी नै आत्मिक प्रदर्शनहरूका विश्‍‍वासीहरूले देखाउने प्रयास गर्छन् कि हाम्रा मुक्तिदाताको जीवनका अवस्थाहरूमा त्यति आश्‍चर्यचकित कार्य भएको थिएन । यसरी येशूलाई पछाड़ि पार्ने प्रयासपछि तिनीहरूले आफ्‍ना ती अचम्मलाग्दा कामहरूतर्फ ध्यानाकर्षण गर्छन्, तिनीहरूले ख्रीष्‍टको काम पनि योभन्दा अधिक उदेकको थिएन भनी घोषणा गर्छन् ।MBA 77.1

    यो सत्य हो कि अहिले भूत आत्माको विश्‍‍वासले त्यसको आकार परिवर्तन गर्दैछ र त्यसका केही शंकाजनक विशेषताहरूलाई पर्दाले ढाकेर इसाई भेष धारण गरेको छ । तर त्यसका मञ्‍च र छापाखानाका वक्तव्यहरू धेरै वर्षसम्म जनताहरूका सामुन्ने छन्, र यसमा नै त्यसको वास्तविक चरित्र स्पष्‍ट प्रकट भएको छ । यी शिक्षाहरू इन्कार गरिन वा लुकाइन सक्दैन ।MBA 77.2

    त्यसको वर्तमान ढाँचामा पहिलेभन्दा अझै सहनशीलताको योग्य हुनुभन्दा पनि झन त्यो वास्तव मै खतरनाक भएको छ किनकि त्यो त झन चतुर र छली हुँदै गएको छ । त्यसले पहिले ख्रीष्‍ट र बाइबललाई इन्कार गरेतापनि अहिलेचाहिँ दुवैलाई स्‍वीकार गर्ने बहाना गर्दछ । तर बाइबलचाहिँ अपरिवर्तित हृदयलाई खुशी पार्ने तरीकाले वर्णन गरेको छ, जबकि त्यसका गम्भीर र अत्यावश्‍‍यकीय सत्यताहरूलाई निरर्थक ठहराउँछ । परमेश्‍‍वरको प्रमुख चरित्रको रूपमा प्रेमको विषयमा बहस गर्दछ, तर यसलाई असल र खराबको बीचमा थोरै भिन्नतासाथ एक बेकामको भावुकतामा भ्रष्‍ट पारेको छ । परमेश्‍‍वरको न्याय, उहाँको पापका घृणाहरू, उहाँको पवित्र व्यवस्थाका आवश्‍‍यकताहरू सबै नजरदेखि बाहिर राखेको छ । मानिसहरूलाई दश आज्ञा एक मृत चिट्ठी सरह मान्यता दिन सिकाएको छ । रमणीय र मोहकउपन्यासले ज्ञानेन्द्रियहरूलाई आकर्षित पार्दछ र मानिसहरूलाई तिनीहरूका विश्‍‍वासको जगको रूपमा बाइबल अस्‍वीकार गराउँदछ । ख्रीष्‍टलाई वास्तवमा पहिला झैँ इन्कार गरिएको छ; तर शैतानले मानिसहरूका आँखा यति अन्धो पारेको छ कि यो छल चिन्नै सक्दैनन् ।MBA 77.3

    त्यहाँ थोरै मात्र छन् जसले भूत आत्माको विश्‍‍वासको छलपूर्ण शक्ति र त्यसको प्रभावमा आउने खतराका समझ पाएका छन् । धेरैजनाले तिनीहरूका जिज्ञासा सन्तुष्‍ट पार्नका लागि मात्र हात हाल्छन् । तिनीहरूले त्यसमा वास्तविक विश्‍‍वास गर्दैनन् र आत्माहरूले तिनीहरूलाई नियन्‍‍त्रण गर्ने विचारमा भयभीत हुनेथिए । तर तिनीहरू निषेधिक क्षेत्रमा प्रवेश गर्ने प्रयास गर्दछन्, र शक्तिशाली विनाशकारीले तिनीहरूका इच्छा विरूद्ध उसको शक्ति प्रयोग गर्दछ । तिनीहरू एकपल्ट उसको निर्देशनतर्फ तिनीहरूका दिमागहरू सुम्पन लालायित भएपछि उसले तिनीहरूलाई कैदी बनाउँदछ । तिनीहरूको आफ्‍नै शक्तिद्वारा मोहक मन्‍‍त्र तोड्‍न असम्भव छ । तर परमेश्‍‍वरको शक्ति शिवाय कुनै पनि थोकले यी कैदीहरूलाई मुक्त पार्न सक्दैन, जुन विश्‍‍वासको लगातार प्रार्थनाको उत्तर स्‍वरूप प्रदान गरिएको हुन्छ ।MBA 78.1

    जोजो पापपूर्ण चरित्रगुणका भोगी छन् अथवा ज्ञात पापलाई स्‍वेच्छासाथ लुकाउँछन् तिनीहरू सबैले शैतानको परीक्षा आमन्‍त्रित गरेका हुन्छन् । तिनीहरू आफैले परमेश्‍‍वर र उहाँका स्‍वर्गदूतहरूका हेरचाहबाट छुट्‌याउँछन्; जब दुष्‍टले उसको छलहरू प्रकट गर्दछ तब तिनीहरू सुरक्षाहीन हुन्छन् र सजिलै उसको शिकार बन्छन् । जसले यसरी आफैलाई उसको शक्तिमा राख्दछन् तिनीहरूले आफ्‍नो मार्गको गन्तव्य त्यति जानेका हुँदैनन् । परीक्षाकर्ताले तिनीहरूलाई पराजय गरेर पनि तिनीहरूलाई अरूको विनाशका निम्ति बहकाउने साधनको रूपमा प्रयोग गर्नेछ ।MBA 78.2

    यशैया अगमवक्ता भन्दछन्: “जब मानिसहरूले तिमीहरूलाई भूतप्रेत खेलाउने र तन्‍‍त्रमन्‍‍त्र गर्ने धामीझाक्रीसँग सल्‍लाह लेओ भनी भन्‍लान्, तब के मानिसहरूले आफ्‍ना परमेश्‍‍वरकहाँ गएर सोध्‍नुपर्दैन र ? जीवितहरूको विषयमा मरेकाहरूलाई किन सोध्‍ने ? व्यवस्था र गवाहीकहाँ जाओ ! यदि तिनीहरू यस वचनअनुसार बोलेनन् भने तिनीहरूसित बिहानको मिरमिरे उज्यालो पनि छैन ।” यशैया ८:१९, २० । यदि मानिसहरूले मानिसको स्‍वभाव र मृतकहरूको अवस्थाको विषयमा धर्मशास्‍‍त्रका स्पष्‍ट लिखित सत्यता स्‍वीकार गर्न तयार भएको भए तिनीहरूले भूत आत्माका प्रदर्शनहरू र दाबीहरूमा शैतानको काम गर्ने शक्तिसाथै चिन्हहरू र झूटा अचम्मलाग्दा कामहरू देख्‍ने थिए । तर शारीरिक हृदयानुकुल स्‍वाधीनतालाई छोड्‍नु र तिनीहरूका मायालु पापहरूलाई इन्कार गर्नुभन्दा त बरु भीडौँले ज्योतिप्रति तिनीहरूका आँखा बन्द गर्छन् र चेतावनीहरूका बेवास्ता गरी सीधा अघि बढ्‍छन्, जबकि शैतानले तिनीहरूको वरिपरी जाल बुन्दछ, र तिनीहरू उसका आहारा बन्छन् । “किनकि तिनीहरूले सत्यलाई प्रेम गर्न र त्यसरी बाँच्‍न इन्कार गरे । यसैकारण तिनीहरूले झूटा कुरामा विश्‍‍वास गरून् भनेर परमेश्‍‍वरले तिनीहरूमाथि एक शक्तिशाली भ्रम पठाउनुहुन्छ ।” २ थेसलोनिकी २:१०, ११ ।MBA 78.3

    जसले भूत आत्माको विश्‍‍वासका शिक्षाहरूलाई विरोध गर्दछन् तिनीहरूले मानिसहरूलाई मात्र होइनन्, तर शैतान र त्यसका दूतहरूलाई पनि आक्रमण गरिरहेका छन् । तिनीहरूको प्रभुत्‍वहरू, शक्तिहरू र उच्‍च स्थानमा भएका दुष्‍ट आत्माहरूको विरूद्ध लड़ाइँमा प्रवेश गरेका छन् । स्‍वर्गीय दूतहरूको शक्तिद्वारा धपाएन भने शैतान एक औँला पनि डेग छोड्‍नेछैन । जसरी मुक्तिदाताले गर्नुभयो त्यसरी नै परमेश्‍‍वरका जनहरूले पनि वचनद्वारा उसको सामना गर्नुपर्छ: “यस्तो लेखिएको छ ।” शैतानले ख्रीष्‍टको दिनमा झैँ अहिले पनि धर्मशास्‍‍त्र उद्धृत गर्न सक्छ, र उसले आफ्‍ना छलहरू कायम राख्‍नका लागि त्यसका शिक्षाहरू उल्टो पार्नेछ । जो यस जोखिमका समयमा खड़ा रहनुपर्नेछ तिनीहरूले आफ्‍नै निम्ति धर्मशास्‍‍त्रको गवाही बुझ्‍नुपर्छ ।MBA 79.1

    दियाबलसका आत्माहरू तिनीहरूका प्रिय नातेदारहरू वा साथीहरूको स्‍वरूपमा सबभन्दा खतरा झूटा शिक्षाहरू सिकाउँदै धेरैजनाकहाँ आउनेछन् । यी आगन्तुकहरूले हाम्रा सबभन्दा कोमल हृदय स्पर्शी कुराहरू गर्नेछन् र तिनीहरूका पाखण्डीपनहरू समर्थन गर्न अचम्मलाग्दा कामहरू गर्नेछन् । हामी तिनीहरूको विरोधमा उभिन बाइबलका सत्यताहरूसहित तयारी हुनुपर्दछ कि मृतकहरूले केही पनि जान्दैनन् र जो यसरी आउँछन् तिनीहरूचाहिँ दुष्‍ट आत्माहरूका आत्माहरू हुन् ।MBA 79.2

    “परीक्षाको घड़ी” हाम्रो सामुन्ने छ “जुनचाहिँ पृथ्वीमा बस्‍नेहरूलाई जाँच्‍नाका निम्ति सारा संसारमाथि आउनेछ ।” प्रकाश ३:१० । जसको विश्‍‍वास परमेश्‍‍वरको वचनमा दृढतासाथ बसालिएको छैन तिनीहरू भ्रममा पर्नेछन् र पराजय हुनेछन् । शैतानले मानिसहरूका सन्तानलाई नियन्‍‍त्रण गर्न “अधर्मका सबै प्रकारका धोकाबाजीका साथमा” काम गर्दछ, र त्यसका छलहरू लगातार वृद्धि हुनेछन् । तर जब मानिसहरू आफ्‍नै स्‍वेच्छाले परीक्षाहरूमा पर्छन् त्यसपछि मात्र शैतानको लक्ष्य पूरा हुन सक्छ । जो ईमान्दारसाथ सत्यताको ज्ञान खोजिरहेका छन् र आज्ञाकारिताद्वारा तिनीहरूका आत्मा शुद्ध पार्न संघर्ष गरिरहेका छन्, यसरी तिनीहरूको सामर्थ्यअनुसार संघर्षका लागि तयार गरे भने तिनीहरूले सत्यताको परमेश्‍‍वरमा निश्‍चय नै सुरक्षा पाउनेछन् । “तिमीले धैर्यको मेरो वचन पालन गरेको हुनाले, तिमीलाई परीक्षाको त्यस बेलादेखि म बचाउनेछु,” (प्रकाश ३:१०) भनी मुक्तिदाताले प्रतिज्ञा गर्नुभएको छ । उहाँमाथि भरोसा राख्‍ने एउटा मात्र आत्मालाई शैतानको हातमा छोड्‍नुभन्दा बरु उहाँले आफ्‍ना मानिसहरूलाई बचाउन प्रत्येक स्‍वर्गदूत स्‍वर्गबाट पठाउनुहुनेथियो ।MBA 79.3

    यशैया अगमवक्ताले डरलाग्दो छलको वर्णन गर्दछ जुन दुष्‍टहरूमाथि आउनेछ, जसले तिनीहरूलाई परमेश्‍‍वरका न्यायहरूबाट सुरक्षित महसुस गराउँदछ: “हामीले मृत्युसित करार बाँधेका छौं, र पातालसित हामीले सम्झौता गरेका छौं । अत्यन्त्तै ठूलो विपत्ति हामीमाथि परे तापनि, त्यसले हामीलाई छुनेछैन । किनकि हामीले झूटको शरण लिएका छौं, र असत्यतालाई हाम्रो लुक्‍ने ठाउँ बनाएका छौं ।” यशैया २८:१५ । यहाँ वर्णन गरिएको वर्ग यही हो जसले तिनीहरूका एकोहोरो अपश्‍चात्तापीपनमा आफैले पापीहरूका लागि कुनै सजाय छैन भन्ने भरोसासाथ सान्त्‍वना पाउँछन्; कि सम्पूर्ण मानवजाति जति नै भ्रष्‍ट भए पनि स्‍वर्गसम्मै उचालिन्छन् र परमेश्‍‍वरका स्‍वर्गदूतहरूजस्तै हुन्छन् । तर विशेष गरी जसले मृत्युसित करार बाँध्छन् र पातालसँग सम्झौता गर्छन्, तिनीहरूले जुन धर्मीहरूका सङ्‌कष्‍टको समयका निम्ति स्‍वर्गबाट सत्यताहरूको शरणस्थान प्रबन्ध गर्नुभएको छ त्यसलाई अझै पनि इन्कार गर्छन्, र तिनीहरूले बरु शैतानका झूटहरूका शरणस्थान स्‍वीकार गर्छन्—भूत आत्माको विश्‍‍वासका छलपूर्ण भ्रमताहरू हुन् ।MBA 80.1

    यो पुस्ताका मानिसहरूको अन्धोपन अवर्णनीय र अद्‍भुत छ । हजारौँले परमेश्‍‍वरको वचन विश्‍‍वासयोग्य नभएझैँ अस्‍वीकार गर्छन् र उत्सुक भरोसासाथ शैतानका छलहरू स्‍वीकार गर्छन् । जोजो अगमवक्ताहरू र प्रेरितहरूका विश्‍‍वासमा बहस गर्छन् शंकालुहरू र खिसी गर्नेहरूले तिनीहरूका दृढताप्रति घृणा गर्छन्, र धर्मशास्‍‍त्रमा ख्रीष्‍ट, मुक्तिको योजना र सत्यताका निन्दकहरूमाथि दण्डको विषयका गम्भीर घोषणाहरूलाई ठट्टा गरेर तिनीहरूले आफैलाई पथभ्रष्‍ट पार्छन् । तिनीहरूले परमेश्‍‍वरका दाबीहरूलाई स्‍वीकार गर्ने र उहाँको व्यवस्थाका आवश्‍‍यकताहरू पालन गर्नेहरूका दिमागहरू अति साँघुरो, कमजोरी र अन्धविश्‍‍वासी भएको कारण गहिरो दया प्रकट गर्ने बहाना गर्छन् । तिनीहरूले निश्‍चय नै मृत्युसित करार बाँधेझैँ र नरकसँग सम्झौता गरेझैँ त्यस्तै भरोसा प्रकट गर्दछन्—जस्तो कि तिनीहरूले आफू र परमेश्‍‍वरको सजायको बीच अप्रवेशनीय, अछेद्य पर्खाल स्थापना गरेका छन् । तिनीहरूका डरहरू केहीले पनि उक्साउन सक्दैन । तिनीहरू सम्पूर्णरूपले परीक्षाकर्ताको हातमा समर्पित भएका छन्, तिनीहरूले ऊसँग घनिष्‍ठ सम्बन्ध गाँसेका छन्, र उसको आत्मामा अति राम्ररी भिजिसकेका छन्, कि तिनीहरूसँग त्यसको पासोलाई तोड्‍ने कुनै शक्ति र अभिरूचि छैन ।MBA 80.2

    शैतानले संसारलाई बहकाउने अन्तिम कठिन प्रयास लामो समयदेखि तयार गरिरहेको छ । उसको कामको जगचाहिँ हव्‍वालाई अदनको बगैंचामा यस्तो आश्‍‍वासन दिनेद्वारा बसालिएको थियो: “तिमीहरू निश्‍चय नै मर्नेछैनौ ।” “जुन दिन तिमीहरू यसबाट खान्छौ, त्यही दिन तिमीहरूका आँखा खोलिनेछन् र तिमीहरू परमेश्‍‍वरजस्तै असल र खराब जान्ने हुनेछौ ।” उत्पत्ति ३:४, ५ (KJV) । भूत आत्माको विश्‍‍वासको वृद्धिमा उसले आफ्‍नो मुख्य छलको मार्ग बिस्तारै तयार गरेको छ । अहिलेसम्म त्यसका योजनाहरू पूर्ण सम्पन्न भइसकेका छैनन्; तर अन्तिम बाँकी रहेको समयमा त्यसको योजना सम्पन्न हुनेछ । अगमवक्ता भन्छन्: “मैले भ्यागुताहरूजस्ता तीनओटा घृणित आत्माहरू निस्किरहेको देखें । तिनीहरू चमत्कार देखाउने दुष्‍तात्माहरू हुन् । तिनीहरू समस्त संसारका राजाहरूकहाँ जाँदछन्, र सर्वशक्तिमान् परमेश्‍‍वरको महान् दिनमा युद्ध गर्नलाई तिनीहरूलाई भेला गर्छन् ।” प्रकाश १६:१३, १४ । जो उहाँको वचनको विश्‍‍वासद्वारा परमेश्‍‍वरको शक्तिबाट बचाइनेछन् तिनीहरूबाहेक सारा संसार नै यस छलको दर्जामा थुपारिनेछन् । मानिसहरू सजिलै घातक सुरक्षामा मोहित भइसकेका छन्, र तिनीहरू परमेश्‍‍वरको क्रोधको खन्याइबाट मात्र व्यूँझेनेछन् ।MBA 81.1

    परमप्रभु परमेश्‍‍वर भन्नुहुन्छ: “म इन्साफलाई नाप्‍ने डोरी, र धार्मिकतालाई चाहिँ साहुल बनाउनेछु । असिनाले झूटको तिमीहरूको शरणस्थान बगाएर लैजानेछ, र पानीले तिनीहरूको लुक्‍ने ठाउँ डुबाइदिनेछ । मृत्युसितको तिमीहरूको करार रद्द गरिनेछ, र पातालसित गरेको तिमीहरूको सम्झौता स्थिर रहनेछैन । जब विपत्तिको बाड़ यताबाट जानेछ, तिमीहरूलाई त्यसले डुबाउनेछ ।” यशैया २८:१७, १८ ।MBA 81.2

    Larger font
    Smaller font
    Copy
    Print
    Contents