Loading...
Larger font
Smaller font
Copy
Print
Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    ९. धर्मशास्‍‍त्र एक रक्षक

    (अंग्रेजी पुस्तक अध्याय ३७ पृष्‍ठ ५९३)

    “यवस्था र गवाहीकहाँ जाओ ! यदि तिनीहरू यस वचनअनुसार बोलेनन् भने तिनीहरूसित बिहानको मिरमिरे उज्यालो पनि छैन ।” यशैया ८:२० । परमेश्‍‍वरका जनहरूले झूटा शिक्षकहरू र अन्धकारका आत्माहरूको भ्रान्ति शक्तिको प्रभावको विरूद्ध एक रक्षकको रूपमा धर्मशास्‍‍त्रतर्फ ध्यान केन्द्रित गरेका छन् । शैतानले मानिसहरूलाई बाइबलीय ज्ञान प्राप्‍तिबाट प्रतिबन्ध गर्न सक्‍ने प्रत्येक युक्तिहरू प्रयोग गर्दछ; किनकि त्यसका स्पष्‍ट उच्‍चारणहरूले उसका छलहरू खुलाउँदछ । परमेश्‍‍वरको कामको प्रत्येक जागृतिमा दुष्‍टको राजकुमार पनि अझै प्रचण्ड क्रियाकलापमा जागृत भएको हुन्छ; अब उसले ख्रीष्‍ट र उहाँका चेलाहरूको विरूद्ध, यो एक अन्तिम युद्धका लागि यथाशक्त प्रयत्‍नहरू लगानी गरिरहेछ । अन्तिम महान् छल हाम्रो अगि चाँड़ै नै आउनै लागेको छ । ख्रीष्‍ट विरोधीले हाम्रो दृष्‍टिमा उसको अचम्मलाग्दा कामहरू गर्नुपर्ने छ । नकली र सकली उस्तै नै देखिनेछ कि पवित्र धर्मशास्‍‍त्रद्वारा बाहेक तिनीहरूको बीचमा भिन्नता देखाउन असम्भव हुनेछ । प्रत्येक वाक्‍य र अचम्मलाग्दा कामहरू तिनीहरूको गवाहीद्वारा जाँचिएको हुनुपर्छ ।MBA 115.1

    जसले परमेश्‍‍वरका सम्पूर्ण आज्ञाहरू पालन गर्ने प्रयास गर्दछन् तिनीहरू विरोध र गिल्‍ला गरिनेछन् । तिनीहरू परमेश्‍‍वरमा मात्र खड़ा रहन सक्छन् । तिनीहरूमाथि आउनै लागेको कष्‍ट सहनका निम्ति तिनीहरूले परमेश्‍‍वरको वचनमा प्रकट भएअनुसार उहाँको इच्छा जान्नु अति नै आवश्‍‍यक छ; तिनीहरूले उहाँका चरित्र, प्रशासन र उद्देश्‍‍यहरूको सही समझ पाउनुपर्छ अनि त्यसअनुसार कार्य गर्नुपर्छ त्यसपछि मात्रै उहाँलाई आदर गर्न सक्छन् । ज-जसले बाइबलका सत्यताहरूद्वारा दिमागलाई सुरक्षित पारेका छन् तिनीहरूले मात्र अन्तिम महान् संघर्षद्वारा पार गर्न सक्‍नेछन् । प्रत्येक प्राणलाई अनुसन्धात्मक जाँच आउनेछ । के म मानिसको भन्दा परमेश्‍‍वरको आज्ञा पालन गर्नेछु ? निर्णायक घड़ी अहिले पनि आइसकेको छ । के हाम्रा गोड़ाहरू परमेश्‍‍वरको अटल वचनको चट्टानमा बसालिएका छन् त ? के हामी परमेश्‍‍वरका आज्ञाहरू र येशूको विश्‍‍वासलाई दृढतासाथ प्रतिरक्षा गर्न उभिन तयारी छौं ?MBA 115.2

    उहाँ क्रूसमा टाँगिनुभन्दा अगाड़ि मुक्तिदाताले उहाँका चेलाहरूलाई वर्णन गर्नुभयो कि उहाँ मारिनुपर्छ र चिहानबाट बोैरी उठ्‌नुपर्छ, र उहाँका वचनहरू ती दिमागहरू र हृदयहरूमा प्रभाव पार्न स्‍वर्गदूतहरू उपस्थित थिए । तर चेलाहरू भने रोमीहरूको जुवाबाट सांसारिक छुटकाराको आशा गरिरहेका थिए, र तिनीहरूले यो विचार सहन सकेनन् कि उहाँ नै यस्तो लज्‍जापूर्ण मृत्यु सहेर मर्नुपर्छ, जसमा तिनीहरूका सम्पूर्ण आशाहरू केन्द्रित रहेका थिए । तिनीहरूले सम्झनुपर्ने वचनहरूचाहिँ तिनीहरूका दिमागहरूबाट हटेर गएका थिए; अनि जब सङ्‌कष्‍टको घड़ी आयो, तब तिनीहरूलाई असावधान फेला पाऱ्यो । तिनीहरूलाई पूर्व-चेतावनी नदिएझैँ येशूको मृत्युले तिनीहरूका आशाहरू पूर्णरूपले नष्‍ट पाऱ्यो । जसरी ख्रीष्‍टका शब्दहरूद्वारा चेलाहरूका अगि भविष्य प्रकट भएको थियो त्यसरी नै हाम्रा सामुन्ने अगमवाणीहरूमा भविष्य स्पष्‍ट प्रकट भएको छ । प्रायश्‍चितको अन्त्यका सम्बन्धित घटनाहरू र सङ्‌कष्‍टको समयको आवश्‍‍यकीय तयारीको काम जस्ता कुराहरू स्पष्‍ट प्रकट गरिएका छन् । तर अब यी महत्‍वपूर्ण सत्यताहरू कहिले प्रकट नभएझैँ यी भीडौँ मानिसहरूलाई यसको विषयमा केही पनि थाहा छैन । तिनीहरूलाई मुक्तिप्रति बुद्धिमानी बनाउने प्रत्येक विचारहरूलाई भड्‍काउन शैतान जागा रहन्छ, त्यसरी सङ्‌कष्‍टको समयमा तिनीहरू तयारीविना फेला पर्नेछन् ।MBA 116.1

    जब परमेश्‍‍वरले यति महत्‍वपूर्ण चेतावनीहरू मानिसहरूकहाँ पठाउनुहुन्छ कि ती कुराहरू पवित्र स्‍वर्गदूतहरूद्वारा मध्य आकाशमा उड्‍दै घोषणा गरेझैँ वर्णन गर्नुभएको छ, तब उहाँले समझशक्ति प्रदान गर्नुभएको हरेक मानिसलाई सन्देशप्रति ध्यान दिने आज्ञा गर्नुहुन्छ । पशु र त्यसको मूर्तिलाई पूजा गर्नेहरूका विरूद्धमा डरलाग्दा न्यायहरूको घोषणा भएको छ (प्रकाश १४:९-११), त्यसकारण पशुको छाप के हो र यसलाई नलिन के गर्नुपर्छ भनी सबै जना मेहनतसाथ अगमवाणीहरू अध्ययन गर्न लगनशील हुनुपर्छ । तर भीड़का-भीड़ मानिसहरूले तिनीहरूका कानहरू सत्यतादेखि तर्काउँछन् र दन्त्यकथाहरूतर्फ कान थाप्छन् । प्रेरित पावलले अन्तिमको समयलाई हेरेर घोषणा गरे: “यस्तो समय आउँदैछ, जब तिनीहरू ठीक शिक्षालाई नसहने हुनेछन् ।” २ तिमोथी ४:३ । त्यो समय पूर्णरूपमा आएको छ । भीड़का-भीड़ मानिसहरूले बाइबलको सत्यता चाहना गर्दैनन्, किनकि यसले पापी, संसार-प्रेमी हृदयका इच्छाहरूलाई हस्तक्षेप गर्दछ; र शैतानले तिनीहरूका रुचिअनुसारका छलहरू आपूर्ति गर्दछ ।MBA 116.2

    तर पृथ्वीमा परमेश्‍‍वरका मानिसहरू हुनेछन् जसले बाइबल र बाइबल मात्र समस्त सिद्धान्तहरूको स्तर स्‍वरूप साथै सम्पूर्ण सुधार कार्यहरूको जग स्‍वरूप कायम राख्‍नेछन् । शिक्षित मानिसहरूका विचारहरू, विज्ञानका नतिजाहरू, बहुसङ्ख्याको आवाज, धार्मिक परिषद्‍हरूका सिद्धान्तहरू वा निर्णयहरूचाहिँ तिनीहरूले प्रतिनिधि गरेका चर्चहरूझैँ असङ्ख्य र अमेलपूर्ण छन्—यी मध्ये सबै अर्थात् कुनै पनि धार्मिक विश्‍‍वासको कुनै विषयको पक्ष र विपक्षमा प्रमाण स्‍वरूप ठान्नु हुँदैन । हामीले कुनै पनि सिद्धान्त वा विधान स्‍वीकार गर्नुभन्दा पहिले त्यसको समर्थनमा “परमप्रभु यसो भन्नुहुन्छ” भन्ने स्पष्‍ट वचनको माग गर्नुपर्छ ।MBA 117.1

    शैतानले निरन्तररूपमा परमेश्‍‍वरको सट्टामा मानिसतर्फ ध्यानाकर्षन गर्ने प्रयास गरिरहेछ । मानिसहरूले आफ्‍ना निम्ति धर्मशास्‍‍त्रको अनुसन्धानद्वारा सिक्‍नुको सट्टामा उसले तिनीहरूलाई आफ्‍नो अगुवाको रूपमा विशपहरू, पास्टरहरू, धर्मशास्‍‍त्रीय प्रध्यापकतर्फ अगुवाइ गर्दछ । उसले यी अगुवाहरूका दिमागहरूलाई नियन्‍‍त्रण गर्छन्, त्यसपछि भीड़का-भीड़ मानिसहरूलाई उसको इच्छाअनुसार प्रभावित पार्न सक्छ ।MBA 117.2

    जब ख्रीष्‍ट जीवनका वचनहरू बोल्‍न आउनुभयो, तब साधारण मानिसहरूले उहाँको वचन हर्षसाथ सुने; र पूजाहारीहरू तथा शासकहरूसाथै अन्य धेरै जनाले उहाँमाथि विश्‍‍वास गरे । तर मुख्य पूजाहारीहरू र राज्यका पदाधिकारीहरूले उहाँका शिक्षाहरूलाई दोष्याउने र इन्कार गर्ने दृढ निर्णय गरे । तिनीहरू उहाँको विरूद्ध दोषहरू खोज्‍ने सम्पूर्ण प्रयासहरूमा अलमल्‍ल परेतापनि, तिनीहरूले उहाँका वचनहरूको बुद्धि र दैवीय शक्तिको प्रभाव अनुभव गरेतापनि तिनीहरू आफैलाई पूर्वधारणामा बन्द गरे; तिनीहरूले उहाँ नै मसीह हुनुहुन्छ भन्ने सबभन्दा स्पष्‍ट प्रमाणलाई अस्‍वीकार गरे, नत्रता तिनीहरू पनि उहाँका चेलाहरू हुन बाध्य हुने थिए । यी येशूका विरोधीहरू यस्ता मानिसहरू थिए कि जसको श्रद्धा गर्न बाल्यावस्थादेखि नै मानिसहरूलाई सिकाइन्थ्यो, जसको अधिकारमा पूर्णरूपले झुक्‍ने तिनीहरूको चलन थियो । तिनीहरूले प्रश्‍न गरे, “हाम्रा शासकहरू र शिक्षित शास्‍‍त्रीहरूले कसरी येशूमाथि विश्‍‍वास गर्दैनन् ? यदि उहाँ नै ख्रीष्‍ट हुनुहुन्थ्यो भने ता यी धार्मिक मानिसहरूले उहाँलाई स्‍वीकार गर्दैन थिए र ?” यस्ता शिक्षकहरूको प्रभावले गर्दा यहूदी राज्यले तिनीहरूका मुक्तिदातालाई इन्कार गरे ।MBA 117.3

    जुन आत्माले ती पूजाहारीहरू र शासकहरूलाई अगुवाइ गरेको थियो अझै पनि उच्‍च भक्ति दाबी गर्नेहरूद्वारा त्यही आत्मा प्रदर्शन भएको छ । तिनीहरूले वर्तमान समसामयिक विशेष सत्यताहरूलाई धर्मशास्‍‍त्रको गवाहीद्वारा जाँच्‍न अस्‍वीकार गर्दछन् । तिनीहरूले आफ्‍नै सङ्ख्या, सम्पत्ति र प्रसिद्धताहरूतर्फ देखाउँछन्, र सत्यताका अनुयायीहरूलाई अल्प, गरीब र अप्रसिद्धको रूपमा घृणित दृष्‍टिकोण लगाउँदछ, जोसँग संसारदेखि तिनीहरूलाई अलग पार्ने विश्‍‍वास छ ।MBA 118.1

    ख्रीष्‍टले शास्‍‍त्रीहरू र फरिसीहरूद्वारा गरेको अनुचित पूर्वानुमानित अधिकारको पूर्वदृष्‍टि गर्नुभयो र यहूदीहरू छरपष्‍ट हुँदा पनि सो समाप्‍त हुने थिएन । विवेकलाई शासन गर्न मानविक अधिकार उचाल्‍ने कामको विषयमा उहाँसित एक अगमवाणीक दृश्‍‍य थियो, जुन समस्त युगहरूका चर्चहरूका लागि अति डरलाग्दो सराप भएको छ । अनि उहाँले शास्‍‍त्रीहरू र फरिसीहरूलाई गर्नुभएको डरलाग्दा हप्कीहरू र मानिसहरूलाई यी अन्धा अगुवाहरूलाई अनुसरण नगर्नु भनी उहाँले दिनुभएका चेतावनीहरू भविष्यका आगामी पुस्ताहरूका खातिर एक चेतावनी स्‍वरूप अभिलेखमा राखिएका छन् ।MBA 118.2

    रोमी चर्चले धर्मशास्‍‍त्र व्याख्या गर्ने अधिकार पुरोहितलाई मात्र प्रदान गर्दछ । यो क्षेत्रमा पुरोहितहरू मात्र परमेश्‍‍वरको वचन व्याख्या गर्ने योग्यको ठान्दछ, त्यसकारण यो सर्वसाधारण मानिसहरूलाई दिन इन्कार गरेको छ । (एपेन्डिक्स हेर्नुहोस् पृष्‍ठ ३४०) सुधार कार्यले सबैलाई धर्मशास्‍‍त्र प्रदान गरेतापनि रोमले कायम राखेको सिद्धान्तले नै धेरै प्रोटेस्टेन्ट चर्चहरूका भीड़हरूलाई आफैले धर्मशास्‍‍त्र खोजी गर्नबाट बाधा पुऱ्याएको छ । चर्चले त्यसका शिक्षाहरूका अर्थ बताएअनुसार स्‍वीकार गर्न तिनीहरूलाई सिकाएको छ; त्यसकारण त्यहाँ हजारौँ मानिसहरू छन् जसले केही पनि स्‍वीकार गर्ने आँट गर्दैनन्, र धर्मशास्‍‍त्रमा जतिसुकै स्पष्‍ट प्रकट भएतापनि सो तिनीहरूको विश्‍‍वास वा चर्चको स्थापित शिक्षाको विपरीत हुन्छ ।MBA 118.3

    बाइबल झूटा शिक्षकहरूको विरूद्ध चेतावनीहरूले भरिपूर्ण भएतापनि, यसरी धेरै जना तिनीहरूका प्राणहरू पुरोहितलाई जिम्मा लगाउन तयार छन् । आजकाल हजारौँ धर्मावलम्बीहरू छन् तिनीहरूले अपनाएका विश्‍‍वासका सिद्धान्तहरूको विषयमा आफ्‍ना धार्मिक अगुवाहरूले सिकाएको शिक्षाबाहेक अरू कुनै पनि कारण नै दिन सक्दैनन् । तिनीहरूले मुक्तिदाताका शिक्षाहरू झण्डै बेवास्तामै छोड़िदिन्छन्, र पास्टरहरूका शब्दहरूमा दृढ भरोसा राख्‍छन् । तर के पास्टरहरू अचूक छन् त ? तिनीहरू ज्योतिवाहकहरू हुन् भनी हामीले परमेश्‍‍वरको वचनबाट नजानेसम्म हाम्रा प्राणहरूलाई कसरी तिनीहरूको अगुवाइमा भरोसासाथ जिम्मा लाउन सक्छौं ? संसारको प्रचलित मार्गबाट बाहिर टेक्‍ने नैतिक साहसको अभावले गर्दा धेरै जना मानिसहरू शिक्षित मानिसहरूका पाइलाहरूमा हिँड्‍नुपर्छ; र तिनीहरू आफ्‍नै खातिर अनुसन्धान गर्न हिचकिच्याउँछन्, त्यसकारण तिनीहरू आशाबिहीन भएर झूटको साङ्‍लोमा जकड़िएका छन् । तिनीहरूले देख्‍छन् कि समसामयिक सत्यता बाइबलमा स्पष्‍ट प्रकट गरेको छ; र तिनीहरूले त्यसको घोषणामा पनि पवित्र आत्माको शक्तिको उपस्थिति थाह गर्छन्; तापनि तिनीहरूले पुरोहितको बाधालाई ज्योतिबाट फर्काउने मौका दिन्छन् । यी भ्रामिक मानिसहरूको बुद्धि र विवेक प्रभावित भएतापनि तिनीहरूले पास्टरहरूभन्दा पनि फरक हुने आँट गर्दैनन्; र तिनीहरूले व्यक्तिगत समझशक्ति, अनन्त लाभहरू नै अर्काको खातिर अविश्‍‍वास, घमण्ड र भेदभावमाथि बलिदान गरेका छन् ।MBA 119.1

    शैतानले त्यसका कैदीहरूलाई मानविक प्रभावद्वारा बाँध्‍न धेरै माध्यमहरू प्रयोग गर्छ । त्यसले ख्रीष्‍टको क्रूसको शत्रु-भीड़हरूलाई मायाको मुलायम डोरीद्वारा बाँधेर आफूतिर तानेको छ । यो सम्बन्ध बाबु-आमाको बीच, छोराछोरी र बाबुआमाको बीच, वैवाहिक, वा सामाजिक सम्बन्धमध्ये जुनसुकै भएपनि त्यसको प्रभाव उस्तै हुन्छ; सत्यताका विरोधीहरूले विवेकलाई नियन्‍‍त्रण गर्ने चेष्‍टा गर्छन्, र जुन मानिसहरू तिनीहरूका अधीनमा परेका छन् तिनीहरूसँग आफ्‍नै कर्तव्यको दृढ विश्‍‍वासअनुसार चल्‍न पर्याप्‍त मात्रामा साहस र स्‍वाधीनता हुँदैन ।MBA 119.2

    परमरेश्‍‍वरको सत्यता र महिमाचाहिँ अविच्छेदन कुरा हो; बाइबल प्राप्‍तिको अनुकूल अवस्थामा पनि हाम्रो भ्रमात्मक विचारद्वारा परमेश्‍‍वरलाई आदर गर्नचाहिँ असम्भव छ । धेरै जनाले दाबी गर्छन् कि यदि कुनै व्यक्तिको जीवन ठीक छ भने उसले केमा विश्‍‍वास राख्‍छ भन्ने महत्‍व छैन । तर जीवन त विश्‍‍वासद्वारा नै निर्माण हुन्छ । यदि ज्योति र सत्यता हाम्रै पहुँचमा छ, र हामीले त्यसलाई सुन्ने र हेर्ने सुअवसरलाई सदुपयोग नगरी हेलचेक्रयाइँ गर्छौं भने हामीले वास्तवमै त्यसलाई अस्‍वीकार गर्छौं; त्यसरी हामीले ज्योति ता होइन तर अन्धकारलाई पो चुनेका हुन्छौं ।MBA 119.3

    “कुनै बाटो मानिसको नजरमा ठीक देखिएला, तर अन्त्यमा त्यसले मृत्युमा पुऱ्याउँछ ।” हितोपदेश १६:२५ । जब परमेश्‍‍वरको इच्छा जान्ने प्रत्येक अवसर हुन्छ, तब पाप वा झूटको बहाना अज्ञानता हुनै सक्दैन । एक जना व्यक्ति यात्रा गर्दै जाँदा विभिन्न मार्गहरू भएको ठाउँमा आइपुग्छ, र त्यहाँ एक मार्गदर्शक सूचना पाटीले प्रत्येक ठाउँको गन्तव्य स्थलको निर्देशन दिएको हुन्छ । यदि त्यसले मार्गदशकलाई ध्यान दिंदैन, र त्यसको विचारअनुसार सही मार्गतिर जान्छ भने, शायद ऊ त्यसमा पूर्ण ईमानदार नै हुन सक्छ, तर सम्पूर्ण सम्भविता आफैलाई उसले गलत यात्रामा फेला पार्नेछ ।MBA 120

    परमेश्‍‍वरले हामीलाई उहाँको वचन दिनुभएको छ ताकि हामी त्यसका शिक्षाहरूसँग चिरपरिचित भएको होस् र उहाँले हामीबाट चाहनुभएको कुरा आफैले जान्न सकोस् । जब व्यवस्थापक प्रश्‍नसाथ येशूकहाँ आयो, “अनन्त जीवन प्राप्‍त गर्न मैले के गर्नुपर्छ ?” तब मुक्तिदाताले उसलाई यसो भनेर धर्मशास्‍‍त्रमा केन्द्रित गर्नुभयो: “व्यवस्थामा के लेखिएको छ ? तिमीले के पढ्‌यौ ?” अज्ञानताद्वारा कुनै युवा वा वृद्धलाई माफी हुनेछैन, न ता तिनीहरू परमेश्‍‍वरको व्यवस्था भङ्ग गर्नेहरूको सजायबाट नै उम्कन सक्छन्; किनकि त्यहाँ तिनीहरूकै हातमा व्यवस्था, त्यसको सिद्धान्त तथा दाबीहरूको एक विश्‍‍वासयोग्य प्रस्तुतीकरण छ । असल अभिप्राय मात्र भएर पर्याप्‍त छैन्; कुनै मानिसको विचार वा पास्टरको भनाइ अनुरूप उचित कार्य गर्नु मात्र काफी छैन । त्यसर्थ, उसको प्राणको मुक्ति जोखिममा परेको छ, र उसले आफ्‍नो निम्ति धर्मशास्‍‍त्रमा खोजी गर्नुपर्छ । उसको विश्‍‍वास जतिसुकै दृढ भए पनि, ऊ पास्टरको सत्यताको ज्ञानप्रति जति नै विश्‍‍वस्त भए पनि त्यही उसको जगचाहिँ होइन । उसको साथमा स्‍वर्गीय यात्राको प्रत्येक मार्ग-निशानातर्फ देखाएको एउटा चार्ट छ, र उसले कुनै पनि कुरामा अनुमान गर्नुपर्दैन ।MBA 120.1

    सत्य के हो सो धर्मशास्‍‍त्रबाट सिक्‍ने, र त्यसपछि ज्योतिमा हिँड्‍ने साथै अरूलाई पनि उहाँको अनुसरण गर्न उत्साह दिने जस्ता कुराहरू नै प्रत्येक विवेकशील प्राणीको प्रथम र सर्वोच्‍च कर्तव्य हो । हामीले मेहनतसाथ दिनप्रति दिन बाइबल अध्ययन गर्नुपर्छ र प्रत्येक विचारलाई जाँच्‍नुपर्छ र पदपछि पद तुलना गर्नुपर्छ । हामी आफैले दैवीय सहयोगद्वारा हाम्रा अभिप्रायहरू विकास गर्नुपर्छ किनकि हामी आफैले परमेश्‍‍वरको सामु ती कुराहरूको उत्तर दिनुपर्छ ।MBA 121.1

    जुन सत्यताहरू बाइबलमा अति नै स्पष्‍ट प्रकट भएका छन् ती शिक्षित मानिसहरूले ती कुराहरूलाई शंका र अन्धकारमा फँसाएका छन्, तिनीहरूले उत्कृष्‍ट बुद्धिको बहाना गर्दछन् र यसरी सिकाउँछन् कि धर्मशास्‍‍त्रचाहिँ रहस्यमय, अप्रत्यक्ष साथै यसमा आत्मिकी अर्थ छ, यो प्रचलित भाषामा स्पष्‍ट छैन । यी मानिसहरू त झूटा शिक्षकहरू हुन् । येशूले यस्तै दर्जालाई यसरी घोषणा गर्नुभयो: “तिमीहरू नता धर्मशास्‍‍त्र जान्दछौ, न परमेश्‍‍वरको शक्तिलाई जान्दछौ ।” मर्कूस १२:२४ । यदि बाइबलको भाषामा सङ्केत वा चिन्ह प्रयोग गरिएको छैन भने त्यसको स्पष्‍ट अर्थअनुसार वर्णन गर्नुपर्छ । ख्रीष्‍टले यो प्रतिज्ञा दिनुभएको छ: “यदि कसैले उहाँको इच्छा पालन गर्न चाहन्छ भने यस शिक्षाको विषयमा ... उसले थाहा पाउनेछ ।” यूहन्ना ७:१७ (KJV) । यदि मानिसहरूले बाइबलको भनाइअनुसार स्‍वीकार गरेको भए, र तिनीहरूको कुमार्गतर्फ लैजाने र दिमागहरू अलमल्‍ल पार्ने त्यहाँ कुनै झूटा शिक्षकहरू नभएको भए स्‍वर्गदूतहरूलाई हर्षित तुल्याउने एक काम समाप्‍त हुने थियो र अहिले गलतमा भौतारिरहेका हजारौँ हजार मानिसहरू ख्रीष्‍टको खोरभित्र ल्याइने थिए ।MBA 121.2

    हामीले दिमागका सम्पूर्ण शक्तिहरू धर्मशास्‍‍त्रको अध्ययनमा प्रयोग गर्नुपर्छ र यो समझशक्तिलाई मरणशील योग्यताले भ्याएसम्म यथाशक्‍य परमेश्‍‍वरको गहिरा कुराहरूको महत्‍व बुझ्‍नका लागि लगानी गर्नुपर्दछ; यद्यपी हामीले यो कुरा पनि भुल्‍नु हुँदैन कि बालकको आज्ञाकारिता र समर्पण नै शिष्यको सत्य आत्मा हो । दार्शनिक समस्याहरूको समाधान गरेजस्तै धर्मशास्‍‍त्रीय कठिनाइहरूलाई पनि एउटै तरिकाद्वारा कहिले समाधान गर्न सक्दैन । हामीले कहिले पनि आत्म-भरोसाका साथ बाइबल अध्ययन गर्नु हुँदैन जसरी धेरै जनाले विज्ञानका क्षेत्रहरूमा त्यसो गर्दछ, तर परमेश्‍‍वरमाथि अध्ययन गर्नुपर्छ । हामी नम्र र सिक्‍ने आत्मा लिएर महान् म हुँ कहाँ ज्ञान हासिल गर्न आउनु अति नै आवश्‍‍यक छ । अन्यथा, दुष्‍ट दूतहरूले हाम्रा दिमागहरूलाई यसरी अन्धो पार्नेछन् र हृदयहरूलाई कठोर बनाउनेछन् कि सत्यले हामीलाई प्रभावित पार्नेछैन ।MBA 121.3

    शिक्षित मानिसहरूले धर्मशास्‍‍त्रका धेरै भागलाई रहस्यमय भनी घोषणा गर्छन् अर्थात् महत्‍वहीन स्‍वरूप त्यसलाई बेवास्ता गर्छन्, तर ख्रीष्‍टको पाठशालाका विद्यार्थीलाई चाहिँ त्यो पूर्ण सान्त्‍वना र शिक्षादायिक कुरा हो । धेरै धर्म शास्‍‍त्रीहरूले परमेश्‍‍वरको वचनलाई स्पष्‍ट बुझ्दैनन्, त्यसको एउटा कारणचाहिँ यही हो, किनकि तिनीहरूले अनिच्छुक सत्यताहरूतर्फ आँखा बन्द गर्दछन् । बाइबलीय सत्यताको समझशक्ति अनुसन्धानात्मक बौद्धिक शक्तिमा भन्दा पनि उद्देश्‍‍यको एकाग्रता र धार्मिकताको उत्कट तिर्सनाप्रति निर्भर हुन्छ ।MBA 122.1

    प्रार्थनाविना कहिले पनि बाइबल अध्ययन गर्नु हुँदैन । पवित्र आत्माले मात्र हामीलाई सजिलै बुझ्‍न सक्‍ने कुराहरूको महत्‍वको महसुस गराउन सक्‍नुहुन्छ वा बुझ्‍न कठिन सत्यताहरूको कुव्याख्या गर्नबाट हामीलाई जोगाउन सक्‍नुहुन्छ । यो स्‍वर्गीय दूतहरूका कार्य हो कि परमेश्‍‍वरको वचन बुझ्‍नका लागि हृदय यस्तो तरिकाले तयारी गर्नुपर्छ ताकि हामी त्यसको सुन्दरताले मोहित हुनेछौं, र त्यसका पूर्वसूचनाहरूद्वारा चेतावनी प्राप्‍त गर्नेछौं, अर्थात् त्यसका प्रतिज्ञाहरूद्वारा जागृत र बलियो हुनेछौं । हामीले भजनसंग्रहको लेखकको विन्ती व्यक्तिगत बनाउनुपर्छ: “मेरा आँखा खोलिदिनुहोस्, र म तपाईंको व्यवस्थाका उदेकका कुराहरू देख्‍न सकूँ ।” भजनसंग्रह ११९:१८ । प्रायः परीक्षाहरू अत्यन्तै आकर्षक देखा पर्दछन् किनभने प्रार्थना र बाइबल अध्ययनको हेलचेक्राइँद्वारा परिक्षित व्यक्तिले परमेश्‍‍वरका प्रतिज्ञाहरू तुरून्तै सम्झन साथै धर्मशास्‍‍त्रका हतियारहरूले शैतानको सामना गर्न सक्दैन । तर जोजो दैवीय कुराहरूमा शिक्षा लिन चाहन्छन् तिनीहरूका वरिपरी स्‍वर्गदूतहरू हुन्छन्; र अत्यन्तै आवश्‍‍यकीय समयमा तिनीहरूले आवश्‍‍यकीय सत्यताहरू तिनीहरूका सम्झनामा ल्याइदिनेछन् । यसरी जब शत्रुहरू बाढ़ी झैँ आउनेछन्, तब परमप्रभुको आत्माले त्यसको विरूद्धमा झण्डा उठाई दिनुहुनेछ । यशैया ५९:१९ ।MBA 122.2

    येशूले उहाँका चेलाहरूलाई प्रतिज्ञा गर्नुभयो: “तर सल्‍लाहकार, अर्थात् पवित्र आत्मा, जसलाई पिताले मेरो नाउँमा पठाउनहुनेछ, उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ, र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनेहुनेछ ।” यूहन्ना १४:२६ । तर ख्रीष्‍टका शिक्षाहरू पहिले नै दिमागमा सङग्रह गरेको हुनुपर्छ तब मात्र परमेश्‍‍वरको आत्माले सङ्‌कष्‍टको घड़ीमा हाम्रो सम्झनामा ल्याइदिनुहुन्छ । दाऊदले भने: “तपाईंको विरूद्धमा पाप नगरूँ भनेर, तपाईंको वचन मैले मेरो हृदयमा सुरक्षित राखेको छु ।” भजनसंग्रह ११९:११ ।MBA 122.3

    जसले तिनीहरूका अनन्त अंशहरूलाई महत्‍वपूर्ण ठान्छन् तिनीहरूले शंकामा पुऱ्याउने मार्गहरूलाई पहरा दिनुपर्छ । सत्यताका त्यही खम्बाहरूलाई आक्रमण गरिनेछ । आधुनिक भक्तिहीनताका व्यङ्ग्यहरू, कुतर्कहरू, कपटी र विनाशकारी शिक्षाहरूदेखि त्यसलाई टाढ़ा राख्‍न असम्भव छ । शैतानले त्यसका परीक्षाहरू समस्त दर्जाहरूका लागि उपयोगी बनाउँदछ । उसले अशिक्षितहरूलाई ठट्टा वा खिसीले आक्रमण गर्दछ, र शिक्षितहरूलाई वैज्ञानिक प्रश्‍नहरू र दार्शनिक बुद्धिले सामना गर्दछ र यसरी धर्मशास्‍‍त्रप्रति अविश्‍‍वास वा घृणा उत्पन्न गराउँछ । इसाईका मौलिक सिद्धान्तहरूको सम्बन्धमा अल्प अनुभव भएका युवाहरूले पनि शंकाहरू सुरुवात गर्ने आँट गर्छन् । अनि यो युवास्थाको भक्तिहीनता, जति नै मन्द भएपनि, त्यो प्रभावकारी नै हुन्छ । त्यसकारण धेरै जनाले तिनीहरूका पिताहरूको विश्‍‍वासलाई ठट्टा गर्छन् र अनुग्रहको आत्मालाई अति नै घृणा गर्छन् । हिब्रू १०:२९ । धेरै जनाका जीवनहरू परमेश्‍‍वरप्रति आदर्णीय र संसारप्रति आशिषित जस्तै देखिन्थे तर तिनीहरूका जीवन भक्तिहीनताको दूषित सासले श्रापित भएका छन् । जसले मानविक बौद्धिकताका अभिमानी निर्णयहरूमा भरोसा गर्छन् र तिनीहरूले दैवीय रहस्यहरू वर्णन गर्न सक्छन् तथा परमेश्‍‍वरको बुद्धिको सहयोगविना नै सत्यतामा पुग्‍न सक्छन् भनी कल्पना गर्नेहरू सबै शैतानको पासोमा अल्झेका छन् ।MBA 123.1

    यस संसारको इतिहासको सबभन्दा गम्भीर अवधिमा हामी बाँचेका छौं । संसारमा भरिएका भीड़हरूको गन्तव्य अब निश्‍चित हुनै लागेको छ । जुन मार्गमा हामीले अहिले हिँडेका छौं त्यसैमा हाम्रो आफ्‍नै भविष्यको भलाइ तथा अन्य प्राणहरूको मुक्ति पनि निर्भर रहन्छ । हामी सत्यताको आत्माद्वारा अगुवाइ गरिनु आवश्‍‍यक छ । प्रत्येक ख्रीष्‍टका चेलाहरूले उत्कटसाथ यसरी सोधपुछ गर्नुपर्दछ: “प्रभु, तपाईंको इच्छाअनुसार म के गरूँ ?” हामीले आफैलाई परमप्रभुको अघि उपवास र प्रार्थनासाथ नम्र पार्नुपर्दछ, र उहाँको वचनमा धेरै मनन गर्नुपर्दछ, विशेष गरी न्यायका दृश्‍‍यहरूलाई स्मरण गर्नुपर्दछ । अब हामीले ईश्‍‍वरीय कुराहरूमा एक गहिरो र जिउँदो अनुभव खोजी गर्नुपर्दछ । हामीसँग खेर फाल्‍ने समय एक क्षण पनि छैन । हामी वरिपरी अत्यावश्‍‍यक घटनाहरू घटिरहेछन्; हामी शैतानले मोहोनी लगाएको भूमिमा छौं । हे परमेश्‍‍वरका पहरेदारहरू हो, जागा रहो; शत्रु नजीकै ढुकिरहेको छ, कुनै पनि समयका लागि तयार भई बसेको छ, यदि तिमी असावधान र निद्रालु भयोै भने त्यो तिमीमाथि झम्टेर तिमीलाई शिकार बनाउँछ ।MBA 123.2

    परमेश्‍‍वरको सामु आफ्‍नो वास्तविक अवस्थाबारे धेरै जना भ्रममा परेका छन् । तिनीहरूले गलत कार्यहरू नगरेको कारण गर्व गर्दछन्, र जुन परमेश्‍‍वरले तिनीहरूबाट माग्‍नुहुन्छ, तिनीहरूले त्यही असल र भद्र कार्यहरूलाई नामले गन्न बिर्सन्छन्, र तिनीहरूले त्यही कार्यलाई चाहिँ बेवास्ता गरेका छन् । तिनीहरू परमेश्‍‍वरको बगैंचामा रूख मात्र भएर पर्याप्‍त छैन । तिनीहरूले फल फलाउनेद्वारा उहाँको अपेक्षा पूर्ति गर्नुपर्छ । उहाँले तिनीहरूलाई आफ्‍ना असफताको जिम्मेवारी ठान्नुहुन्छ, किनकि तिनीहरूले उहाँको अनुग्रहको सामर्थ्यद्वारा असल कार्य गर्न सक्‍ने थिए । तिनीहरू स्‍वर्गका पुस्तकहरूमा जमिन बेकम्मा तुल्याउनेहरू स्‍वरूप दर्ता भएका छन् । तापनि यो दर्जाको अवस्था पनि पूर्णरूपले आशाहीन छैन । जसले परमेश्‍‍वरको कृपालाई बेवास्ता गरेका छन् र उहाँको अनुग्रहलाई अपव्यवहार गरेका छन् उहाँको धैर्यवान् हृदयले तिनीहरूसँग अझै विन्ती गर्दछ । “यसैले यस्तो भनिएको छ: ‘ए निद्रामा परेकाहरू, जाग र मरेकाहरूबाट उठ, र ख्रीष्‍टले तिमीहरूलाई प्रकाश दिनुहुन्छ ।’ यसैले कसरी हिँड्‍छौ ध्यानसँग हेर, ... समयको पूरा सदुपयोग गर, किनकि समय खराब छ ।” एफिसी ५:१४-१६ ।MBA 124.1

    जब परीक्षाको घड़ी आउनेछ, जसले परमेश्‍‍वरको वचनलाई तिनीहरूका जीवनको नियम बनाएका छन् त्यति बेला तिनीहरू प्रकट हुनेछन् । बसन्त ऋतुमा सँधै हरियो रहने र अन्य रूखहरूको बीच त्यति भिन्नता छुट्‌याउन सकिँदैन; तर जब हिउँदमा हावा चल्छ, तब सँधै हरियो रहने चाहिँ परिवर्तन हुँदैन, जबकि अन्य रूखहरूको सबै पात झरेर जान्छ । त्यसरी अहिले नै वास्तविक इसाईदेखि झूटो हृदय भएका धर्मावलम्बीहरूलाई भिन्नता देखाउन नसक्‍ला, तर समय हामीमाथि आइसकेको छ जब भिन्नता स्पष्‍ट देखिनेछ । जब विरोध जागेर उठ्‌छ, कटरता र असहनशीलताले फेरि शासन गर्न थाल्छ, र सतावट फेरि सुरु हुन्छ, तब अल्प विश्‍‍वासी र पाखण्डीपनहरू हल्‍लनेछन् र विश्‍‍वासलाई छोड्‍नेछन्; तर सत्य इसाईचाहिँ चट्टान झैँ दृढ भई खडा़ हुनेछ, उसको उन्नतिका दिनहरूभन्दा पनि उसको विश्‍‍वास अझै बलियो हुनेछ र उसको आशा अझै उज्‍जवल हुनेछ ।MBA 124.2

    भजनसंग्रहको लेखक भन्छन्: “तपाईंका साक्षी-वचनहरूमै मेरो ध्यान छ ।” “तपाईंका आदेशहरूद्वारा म समझ-शक्ति पाउँछु; यसैकारण हरेक झूटो मार्गलाई म घृणा गर्छु ।” भजनसंग्रह ११९:९९, १०४ (KJV) ।MBA 125.1

    “धन्य हो त्यो मानिस जसले बुद्धि प्राप्‍त गर्छ ।” “त्यो पानीको किनारमा रोपेको रूखजस्तो हुनेछ, जसले आफ्‍ना जराहरू खोलाका किनारसम्म फिँजाएको हुन्छ । गर्मी हुँदा त्यो डराउँदैन, त्यसका पातहरू सँधै हरियै हुन्छन् । खडे़रीको समयमा त्यसलाई केही चिन्ता हुँदैन, र त्यसले फल फलाउन कहिल्यै चुक्दैन ।” हितोपदेश ३:१३; यर्मिया १७:८ ।MBA 125.2

    Larger font
    Smaller font
    Copy
    Print
    Contents