Loading...
Larger font
Smaller font
Copy
Print
Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    भन्नु पर्ने भनाइहरू

    यो पुस्तकले छ हजार वर्षभन्दा अधिक समयसम्म ख्रीष्‍ट र शैतानको बीचमा भइरहेको महान् विवादलाई सविस्तार चित्रण गर्दछ । आत्मिकी विकासप्रति अति नै योगदान दिने यो पुस्तकले शैतानका युक्तिहरूलाई सफलतासाथ पत्ता लगाउन र प्रतिकार गर्न साह्रै नै सहायता गर्दछ । यसले अन्तिम दिनहरूमा हुन आउने महामारीहरू, शैतानका छलहरू र त्यसका पासोहरूको पूर्वज्ञान प्रदान गर्दछ ।MBA 3.1

    बाइबल धर्मशास्‍‍त्रले प्रस्तुत गरेअनुसार संसारको अन्त नजीक आएको छ । महान् घटनाहरूले पनि आफ्‍ना मार्गहरू अन्ततर्फ तयार पारिरहेका छन् । झूटो अचम्मलाग्दा कामहरू भइरहेका छन् । झूटो ख्रीष्‍टले उसको शक्ति प्रदर्शन गर्नेछ । प्रकृतिले पनि त्यसको संकेत दिइरहेको छ । यी सब घटनाहरूको रहस्य खोतल्‍न यहाँहरू यस पुस्तकको गहिराइमा डुबुल्की मार्नुहोस् भनी हार्दिक अनुरोध गर्दछु । यहाँहरूको प्रयास अवश्‍‍य नै निष्फल हुनेछैन भन्ने पनि म आशा गर्दछु ।MBA 3.2

    यस पुस्तकको लेखिका एलेन जी व्हाइट हुन् । उनले धेरै पुस्तकहरू लेखेकी छिन्, त्यसमध्ये महान् विवाद पनि एक हो । उनी पवित्र आत्माद्वारा प्रेरित भएर अन्तिम दिनका बाँकी रहेका परमेश्‍‍वरका जनहरूलाई आत्मिक, शारीरिक र मानसिक तवरले स्‍वर्गीय निवासका लागि तयार गराउन यो लेखेकी हुन् । मानवजाति पापको कारणले यस्तो प्राणी भएका छन् कि आफैले स्‍वर्गीय, अदृश्‍‍य र गहिरा समझहरू पाउन सक्दैनन् । त्यसकारण हाम्रा स्‍वर्गीय पिताले विभिन्न युगहरूमा विविध व्यक्तित्‍वहरूलाई माध्यम बनाइ उहाँको ज्योति प्रकाशमान् गर्नुभयो । यही ज्योतिलाई असाध्यै बहुमूल्य ठानेर मैले यहाँहरूको माझ नेपाली भाषामा प्रस्तुत गर्ने जमर्को गरेको छु । यस पुस्तकलाई हामीले तीन अंशमा विभाजित गरी तयार पारेका छौं । यस तेस्रो अंशले हाम्रो समयदेखि लिएर भविष्यमा हुन आउने महत्‍वपूर्ण घटनाहरूलाई समेटेको छ । यी तीनै अंशहरूमा परमेश्‍‍वरको अति नै बहुमूल्य सन्देशहरू लुकेका छन्, त्यसकारण यहाँहरूले ती सबै अंशहरूलाई समयको प्रर्वाह नगरीकन पढ्‍नुहुन्छ भन्ने आशा गर्दछु ।MBA 3.3

    यस कार्यमा विभिन्न योग्यताद्वारा योगदान गर्नुहुने सहकर्मीहरूले उहाँहरूको आ-आफ्‍नै दक्षताअनुसार सहयोग गर्नुभएको छ । म उहाँहरूका लगनशीलता, ईमान्दार र बलिदानका लागि हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु ।MBA 4.1

    म पाठक वर्गलाई यो जानकारी गराउँदछु कि हामी सानो समूह तथा अल्प प्रतिभा भएका मानिसहरूले परमेश्‍‍वरको आवाजलाई सुनेर हाम्रा नेपाली दाजु-भाइहरूलाई बहुमूल्य गाड्‍धन प्रदान गर्ने प्रयास गरेका छौं । म जान्दछु कि यो पुस्तकका पानाहरूमा नगण्य भुलहरू हुन पुगेका छन् । यसर्थ यहाँहरूले सुझाव र सल्‍लाहद्वारा सहयोग गर्नु भई यस कार्यलाई अझै प्रभावशाली पार्नुहुनेछ भन्ने म ठूलो अपेक्षा गर्दछु ।MBA 4.2

    अनुवादक
    जोसेफ

    Larger font
    Smaller font
    Copy
    Print
    Contents