Loading...
Larger font
Smaller font
Copy
Print
Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    © 2020 LMN Publishing InternationalMBAJ iii.1

    Bible quotes are taken from:
    The Holy Bible, Nepali (New Revised Version),
    Nepal Bible Society
    MBAJ iii.2

    Those Bible verses that have (KJV) are from:
    The Holy Bible, Nepali,
    translated from King James Version, Received
    Text; Trinitarian Bible Society, 2011
    MBAJ iii.3

    शुभकामना

    सेभेन्थ-डे एड्‍भेन्टिस्ट चर्चको संस्थापकमध्ये एक दिदी एलेन जी ह्वाइट परमेश्‍‍वरको तर्फबाट हामी सबैको लागि समाचारवाहक हुनुहुन्छ ।MBAJ iv.1

    परमेश्‍‍वरबाट पाउनुभएको दर्शनलाई उहाँले महान् विवाद पुस्तकमार्फत लीपीवद्ध गर्नुभएको छ । यस पुस्तकमा येशू ख्रीष्‍ट र शैतानको बीचमा भएको महान् संघर्ष र त्यसको परिणाम, संसारमा भएको दुःख, कष्‍ट एवम् मानिसमा भएको शारीरिक, मानसिक र आत्मिक ताड़नालाई उजागर गरिएको छ ।MBAJ iv.2

    संसारमा चलिरहेको असल र खराब बीचको युद्धमा हामी कसरी (जानेर वा नजानेर) सहभागी भइरहेका छौँ भन्‍ने ज्ञान यस पुस्तकले हामीलाई देखाउँछ । हामी सबै मानिसहरूमा एउटा यस्तो समय आउँछ जुन समयमा हामीले उक्त महान् संघर्ष वा विवादबारे जान्‍नैपर्ने हुन्छ अर्थात् यसबाट कोही पनि अछुतो रहनेछैन । येशू ख्रीष्‍ट र शैतानको बीचमा भएको युद्धको सुरुवात कसरी, किन र कहिले भयो र म कसरी यस युद्धमा सहभागी भइरहेको छु र मेरो भूमिका यसमा के हुने वा हुनुपर्ने त्यसबारेमा सबै मानिस जानकार हुनु आवश्‍‍यक छ । यदि हामीले उचित समयमा यो गम्भीर विषयमा जान्‍न सकेनौँ भने एक दिन त्यो अवस्थामा आफूलाई पाउनेछौँ त्यसबेला न त हामी पछाडि फर्कन सक्छौँ न त अगाडि जान नै सम्भव हुन्छ ।MBAJ iv.3

    यो महान संघर्षमा को-को सहभागी छन् र यो कति समयसम्म चलिरहन्छ ? जस्ता प्रश्‍नहरूको उत्तर अहिल्यै नै खोज्‍नु बुद्धिमानी हुन्छ । यो पृथ्वी दुष्‍टताले भरिएको छ र वैज्ञानिकहरूको भनाई अनुसार नै एक दिन सूर्यको तापबाट यो जल्‍नेछ र अन्धकारमय रात्रीको रूपमा रहनेछ, अर्थात् यस संसार वा पृथ्वीको भविष्य के उज्‍ज्‍वल छ त ? यसको उत्तर यसरी पाइन्छ: संसारमा भएका सबै विवादहरू मानिसहरूका आफ्‍नै दिमागका उपज हुन् त ? परमेश्‍‍वरले आफ्‍ना असल कामहरूद्वारा दुष्‍ट मानिसहरूको निहित स्‍वार्थ, रिस, ईष, झगडा, ईर्ष्याले भरिएको संसारलाई एक दिन सदाको लागि अन्त्य गर्नुहुनेछ भनेर यस पुस्तकले खुलासा गरेको छ ।MBAJ iv.4

    संसारको द्वन्द्वमा परेका सबै विचलित अर्थात् हतास र निराश जीवन बिताइरहेका लक्ष्यविहीन भएर अन्धकारयुक्त सांसारिक बाटोमा कहिल्यै नपुग्‍ने जस्तो गन्तव्यमा यात्रा गरिरहेका हामी सबै मानव जातिलाई यस पुस्तकले ढाढस र भरोसा दिन्छ । यस संसारमा भइरहेको असल र खराबको बीचको युद्धको अन्त्य हुनेछ र असलले जित्‍नेछ भन्‍ने सन्देश दिने यस पुस्तकको लक्ष्य हो ।MBAJ iv.5

    यो पुस्तक यरुशलेमको विनाशको दुःखद घट्‍नाबाट सुरु हुन्छ । त्यस सहरका बासिन्दा इस्रायलीहरूलाई परमेश्‍‍वरले प्रेम गर्नुभएको थियो र उहाँले संसारलाई तिनीहरूबाट उहाँको प्रेमको सन्देश सुनाउन चुन्‍नुभएको थियो तर जब उहाँ येशूको रुपमा आउनुभयो तब तिनीहरूले उहाँलाई चिनेनन् र उहाँका जनहरूमाथि प्रथम् शताब्दीमा भएका अत्याचारहरूलाई समेत यस पुस्तकमा समावेश गरिएको । एक हजार वर्षपछि जब ख्रीष्‍ट महिमा र गौरवमा स्‍वर्गबाट यस पृथ्वीमा आउनुहुनेछ र नयाँ यरुशलेम सहरको वर्णनसाथ जम्मा ४२ अध्यायमा लेखिएको यो पुस्तक अन्त्य हुन्छ ।MBAJ v.1

    हिमालयन सेक्सन अभ एस.डि.ए. र मेरो व्यक्तिगत तर्फबाट संसारका सबै मानिसहरूले पढ्‍नुपर्ने यस महत्त्‍वपूर्ण पुस्तकलाई नेपाली भाषामा अनुवाद गरी प्रकासित गर्नुभएकोमा प्रेरणा जीवनशैली शिक्षा केन्द्र, मिस सान्ड्रा, एल्डर जोसेफ, तिमोथी र यस पुस्तकको अनुवाद, भाषा शुद्धिकरण र प्रकाशनमा सहयोग गर्नुहुने सम्पूर्ण महानभावहरूप्रति आभार व्यक्त गर्दै परमेश्‍‍वरको राज्यमा धेरै आत्माहरूलाई ल्याउन यस पुस्तकले सघाओस् भन्‍ने कामना व्यक्त गर्दछौँ । यो पुस्तक हामी नेपालीहरूको निम्ति परमेश्‍‍वरको एक अमूल्य उपहार हुनेछ ।MBAJ v.2

    परमेश्‍‍वरको महिमा यस पुस्तकबाट होस् ।

    आमेन ।

    उमेश कूमार पोखरेल
    अध्यक्ष
    हिमालयन सेक्सन अभ एस.डि.ए.

    Larger font
    Smaller font
    Copy
    Print
    Contents