Go to full page →

अनन्त जीवनको शिक्षा PHs 88

यस जीवनमा यहाँ हामीले गर्ने कार्यहरू अनन्त जीवनको तयारीका कामहरू हुन् । यो जीवनमा शुरु गरिएको शिक्षा यसै जीवनमा समाप्‍त हुनेछैन, तर अनन्तसम्म गइरहनेछ, सधैँ अगाडि बढ्‍ने तर कहिल्यै पूरा नहुने तवरको हुनेछ । मुक्तिको योजनामा परमेश्‍‍वरको प्रेम र बुद्धि अझ बढ्‍ता रूपमा प्रकाश गरिनेछ । जसरी हाम्रो मुक्तिदाताले आफ्‍ना सन्तानलाई जीवनको पानी तिर डोऱ्याउनुहुनेछ, तब उहाँले ज्ञानको भण्डार दिनहुनेछ । र दिनप्रतिदिन परमेश्‍‍वरमा अदभूत कार्यहरू, ब्रह्‍माण्डको सृष्‍टि गर्ने र कायम राख्‍ने उहाँको शक्तिको प्रमाणहरू हाम्रो मस्तिष्कमा नयाँ सुन्दरताका साथ खुल्‍नेछन् र उहाँको सिंहासनबाट निस्किएको ज्योतिमा सबै शङ्काहरू लोप हुनेछन्, अनि पहिला बुझ्‍नै नसकिएका कुराहरू अहिले यति साधारण भएकोमा आत्मा आश्‍चर्यले भरिनेछ । PHs 88.2

अहिले हामी शीशाद्वारा धमिलो रूपमा देख्‍छौं, तर पछि आमुन्ने-सामुन्ने देख्‍नेछौं; अहिले हामीलाई आंशिक कुरा मात्र थाहा छ, तर पछि हामीले सबै कुरा बुझ्‍नेछौं । PHs 89.1