Loading...
Larger font
Smaller font
Copy
Print
Contents
परमेश्‍‍वर हामीहरूसँग - Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    अनन्त जीवनको शिक्षा

    यस जीवनमा यहाँ हामीले गर्ने कार्यहरू अनन्त जीवनको तयारीका कामहरू हुन् । यो जीवनमा शुरु गरिएको शिक्षा यसै जीवनमा समाप्‍त हुनेछैन, तर अनन्तसम्म गइरहनेछ, सधैँ अगाडि बढ्‍ने तर कहिल्यै पूरा नहुने तवरको हुनेछ । मुक्तिको योजनामा परमेश्‍‍वरको प्रेम र बुद्धि अझ बढ्‍ता रूपमा प्रकाश गरिनेछ । जसरी हाम्रो मुक्तिदाताले आफ्‍ना सन्तानलाई जीवनको पानी तिर डोऱ्याउनुहुनेछ, तब उहाँले ज्ञानको भण्डार दिनहुनेछ । र दिनप्रतिदिन परमेश्‍‍वरमा अदभूत कार्यहरू, ब्रह्‍माण्डको सृष्‍टि गर्ने र कायम राख्‍ने उहाँको शक्तिको प्रमाणहरू हाम्रो मस्तिष्कमा नयाँ सुन्दरताका साथ खुल्‍नेछन् र उहाँको सिंहासनबाट निस्किएको ज्योतिमा सबै शङ्काहरू लोप हुनेछन्, अनि पहिला बुझ्‍नै नसकिएका कुराहरू अहिले यति साधारण भएकोमा आत्मा आश्‍चर्यले भरिनेछ ।PHs 88.2

    अहिले हामी शीशाद्वारा धमिलो रूपमा देख्‍छौं, तर पछि आमुन्ने-सामुन्ने देख्‍नेछौं; अहिले हामीलाई आंशिक कुरा मात्र थाहा छ, तर पछि हामीले सबै कुरा बुझ्‍नेछौं ।PHs 89.1

    Larger font
    Smaller font
    Copy
    Print
    Contents