Loading...
Larger font
Smaller font
Copy
Print
Contents
परमेश्‍‍वर हामीहरूसँग - Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    १ परमेश्‍‍वर हामीहरूसँग

    “उहाँको नाम इम्मानुए भनिनेछ, जसको अर्थ हो परमेश्‍‍वर हामीहरूसँग ।” “परमेश्‍‍वरको महिमाको ज्ञानको ज्योति” “प्रभु येशू ख्रीष्‍टको मुख-मण्डलमा” देखिन्थ्यो । अनन्तकालदेखि नै प्रभु येशू ख्रीष्‍ट, परमेश्‍‍वरसँग हुनुहुन्थ्यो; उहाँ परमेश्‍‍वरको प्रतिरूप हुनुहुन्थ्यो, परमेश्‍‍वरको महानताको र गौरवको प्रतिरूप र उहाँको महिमाको उज्यालोपन । यही महिमा प्रकट गर्नको लागि उहाँ हाम्रो यस संसारमा आउनुभयो । उहाँ यो पापमय संसारमा परमेश्‍‍वरको प्रेमको ज्योति प्रकट गर्न— “परमेश्‍‍वर हामीहरूसँग” हुनलाई आउनुभयो । त्यसैले उहाँको बारेमा यसरी भविष्यवाणी गरिएको थियो, “उहाँको नाम इम्मानुएल भनिनेछ ।”PHs 1.1

    हामीसँग रहनलाई आउनुभएर येशूले मानिस-जाति र स्‍वर्गदूतहरूका बीचमा परमेश्‍‍वरको बारेमा प्रकट गर्नुपर्ने थियो । उहाँ परमेश्‍‍वरको वचन हुनुहुन्थ्यो, जसद्वारा परमेश्‍‍वरको बिचार सुनिन सकिने बनाइयो । चेलाहरूको लागि गर्नुभएको प्रार्थनामा उहाँले भन्नुभयो, “तपाईंको नाउँ उनीहरूलाई घोषणा गरिदिएँ ।”— “दयावान र कृपालु धैर्यवान र असलपना र सत्यतामा प्रचुर”— “जुन प्रेमद्वारा तपाईं मलाई प्रेम गर्नुहुन्छ त्यही प्रेम तिनीहरूमा पनि रहोस् र तिनीहरूमा म ।” तर यी ज्ञानका प्रकाश केवल उहाँका सबै सन्तानहरूका लागि मात्र प्रकाश गरिएको थिएन । हाम्रो सानो पृथ्वी ब्रह्‍माण्डको रचना ज्ञानको किताब हो । परमेश्‍‍वमरको अनुग्रह अचम्मको उद्देश्‍‍य र उद्वारमयी प्रेमको रहस्य नै एक यस्तो बिषय हो, जसलाई “स्‍वर्गदूतले पनि हेर्ने इच्छा गर्दछन्,” र यो नै उनीहरूको अनन्तसम्मको अध्ययन हुनेछ । स्‍वर्गको पापहीन र उद्धार पाएका दुवैले येशूको क्रुसमा आफ्‍ना आराधना र क्रमबद्ध ज्ञान पाउनेछन् । यो देखिनेछ कि येशूको चेहरामा चम्कने ज्योति उहाँको स्‍व-बलिदानको प्रेमको महिमा हो । कलवरीको ज्योतिमा यो देखिन्छ कि प्रेमपूर्वक स्‍वपरित्यागको नियम नै स्‍वर्ग र पृथ्वीको जीवनको नियम हो । त्यस्तो खालको नम्र र झुकावको प्रेमको श्रोत परमेश्‍‍वरको हृदयमा छ, र नम्र र घमण्डहीनहरूमा नै उहाँको चरित्र प्रकट हुँदछ, जो त्यस ज्योतिमा रहनुहुन्छ, जहाँ कुनै पनि मानिस पुग्‍न सक्‍नछैनन् ।PHs 1.2

    आदिमा परमेश्‍‍वर सृष्‍टिको सम्पूर्ण कामद्वारा प्रकट हुनुहुन्थ्यो । ती ख्रीष्‍ट नै थिए, जसले स्‍वर्गलाई चौडा पार्नुभयो र पृथ्वीको जग बसाल्‍नुभयो । ती हात उहाँकै थिए, जसद्वारा पृथ्वीलाई ब्रह्‍माण्डमा अडाउनुभयो र बगैँचाका फूलहरूका रचना गर्नुभयो । उहाँले “आफ्‍नो शक्तिद्वारा पहाडहरू निर्माण गर्नुभयो ।” “समुद्र उहाँको हो, उहाँले नै त्यसलाई बनाउनुभएको हो,” (भजन ६५:६; ९५:५) । पृथ्वीलाई सुन्दर बनाउने र हावालाई सङ्गितमय बनाउने उहाँ नै हुनुहुन्छ । पृथ्वीका सबै चीजहरूमा, वायुमण्डलमा र आकाशमा उहाँले पिताको प्रेमको सन्देश लेखिदिनुभयो ।PHs 2.1

    परमेश्‍‍वरको सिद्ध-कार्यलाई अब पापले बिगारेको भए तापनि उहाँका हस्तलेख यथावत छन् । आज पनि सृष्‍टि गरिएका सबै थोकले उहाँको श्रेष्‍ठताको महिमाको घोषणा गर्दछन् । त्यहाँ मानिसको स्‍वार्थी हृदयबाहेक अरू केहि पनि छैन, जो केवल स्‍वयम आफ्‍नै निम्ति मात्र बाँच्दछ । कुनै पनि चरा जसले हावालाई चिर्न सक्छ, र कुनै पनि जनावर, जसले जीवनमा हिँड्‌डूल गर्दछ, सबैले अरू जीवलाई सहायता गरेका हुन्छन् । त्यहाँ जङ्गलमा कुनै पनि यस्ता पात वा मैदानमा घाँसका कुनै एक यस्ता टुसा छैनन् जो अरूलाई सहायता नगरी रहेको होस् । प्रत्येक रूख, झाडी र पातले जीवनको त्यस तत्‍वलाई खन्याउँदछ, जुनविना न मानिस न ता जनावर नै बाँच्‍न सक्‍नेछ, त्यसको बदलामा मानिस र जनाववरले रूख, झाडी वा पातका जीवनलाई सहायता गरेका हुन्छन् । फूलहरूले सुगन्धित स्‍वास फेर्दछन् र उनीहरूको सुन्दरतालाई आशिषकोरूपमा सारा संसारलाई दिन्छन् । सूर्यले हजारौँ जगतलाई प्रसन्न तुल्याउनका निम्ति आफ्‍नो ज्योति छर्दछ । समुद्र जो आफै सम्पूर्ण खोलानाला र पानीका मुहानको श्रोत हो, यसले पुनः दिनका निम्ति हरेक भूभागका नदीहरूलाई ग्रहण गर्दछ । यसको छातीबाट उठेका कुहिरोहरू पृथ्वीलाई भिजाउनका निम्ति झरीको रूपमा बर्सन्छन्, ताकि पृथ्वी फलोस् फुलोस् ।PHs 2.2

    महिमाका स्‍वर्गदूतहरूले अरूलाई दिनमा आनन्द मान्दछन्,— अशुद्ध र पापयुक्त आत्माहरूलाई प्रेम र अथक रूपमा हेरचाहा गर्नुमा । स्‍वर्गमा रहनेले मानिसका हृदयप्रति प्रेम प्रकट गर्दछन्; तिनले यस अन्धकार जगत्‌मा स्‍वर्गको चोकबाट ज्योति ल्याउँदछन्; सौम्य र धैर्यताका साथ तिनीहरू मानव आत्माभित्र प्रवेश गर्दछन् र हराएकाहरूलाई ख्रीष्‍टको सङ्गीपनमा ल्याउन चाहन्छन, जुन स्‍वयम् तिनीहरूले थाहा पाएभन्दा नजीकै छ, जसको मतलब मानिसलाई आफैसँग भन्दा पनि नजीक ल्याउनु हो ।PHs 3.1

    Larger font
    Smaller font
    Copy
    Print
    Contents