Loading...
Larger font
Smaller font
Copy
Print
Contents
परमेश्‍‍वर हामीहरूसँग - Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    एउटा भेडालाई पनि कदापि त्याग्दैनन्

    उहाँ अहिले परमेश्‍‍वरका सामु स्‍वर्गको सिंहासनमा विराजमान हुनुभएको भए तापनि येशूले उहाँका कुनै पनि प्रेमिलो स्‍वभाव गुमाउनुभएको छैन । आज पनि उहाँको त्यही दयालु र सहानुभूतिको हृदय सबै दुःखको लागि खुला छ । आज पनि त्यो खोपिएको हात यस संसारमा सबै जनालाई प्रशस्त मात्रामा आशिष दिन उठिरहेको छ । “र तिनीहरू कहिल्यै नाश हुनेछैनन्, कसैले तिनीहरूलाई मेरो हातबाट खोस्‍न सक्‍नेछैन ।” जसले आफ्‍नो आत्मा प्रभुलाई दिएको छ, त्यो उहाँलाई संसारभन्दा पनि प्यारो छ । केवल एक जना मात्र उहाँको राज्यको निम्ति बचाइने भए तापनि मुक्तिदाता कलवरीको कष्‍टदेखि गुज्रिनुहुने थियो । जसको लागि उहाँ बलिदान हुनुभयो, उहाँले तिनीहरूलाई कदापि त्याग्‍नुहुनेछैन । जबसम्म उहाँका विश्‍‍वासीहरूले उहाँलाई त्याग्‍ने रोजाइ नगरेसम्म उहाँले तिनीहरूलाई राम्रोसँग स्थिर राख्‍नुहुनेछ ।PHs 20.2

    Larger font
    Smaller font
    Copy
    Print
    Contents