पृथ्वीको सृष्टि
पृथ्वीको सृष्टि विज्ञानद्वारा परिभाषित गर्न सकिदैन । जीवनको रहस्यका विषयमा विज्ञानले के बताउन सक्छ ? “विश्वासद्वारा हामी बुझ्दछौं कि सारा विश्व परमेश्वरको वचनद्वारा सृष्टि भयो, र जो दृश्य छ त्यो अदृश्य कुराबाट बन्यो” (हिब्रू ११:३) ।PHs 29.1
“मैले उज्यालो बनाएँ र अँध्यारोलाई सृष्टि गरें ...
म परमप्रभुले नै यी सारा काम गर्छु । ...
पृथ्वी मैले नै बनाएको हुँ,
र त्यसमा मानिसहरूलाई मैले सृष्टि गरेको हुँ ।
मेरै हातले आकाशलाई फिँजाएको हो
र त्यसमा सारा तारामण्डललाई मैले नै ठीक गरी मिलाएको छु ।”
“जब म तिनीहरूलाई बोलाउँछु, ती एकसाथ खडा हुन्छन् ।”PHs 29.2
(यशैया ४५:७-१२; ४८:१३)
पृथ्वीको सृष्टि गर्दा परमेश्वरले पूर्व अवस्थित कुरालाई लिनुभएको र आफैलाई ऋणी बनाउनुभएको छैन । “उहाँले बोल्नुभयो र त्यो हुन आयो ... उहाँले आज्ञा गर्नुभयो, र त्यो स्थिर रह्यो” (भजन ३३:९) । आत्मिक अवथा शारीरिक सबै कुरा, उहाँको आज्ञामा उहाँको सामु खडा भए र उहाँकै उद्देश्यका लागि बनाइएका थिए । आकाश र त्यहाँ भएका हरेक कुराहरू पृथ्वी र त्यसमा भएका सबै थोक उहाँको मुखको स्वासबाट अस्तित्वमा आएका हुन् ।PHs 29.3