Loading...
Larger font
Smaller font
Copy
Print
Contents
परमेश्‍‍वर हामीहरूसँग - Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    ५ असत्य र सत्य शिक्षा

    शैतानले दुष्‍टताको षड्‍यन्‍‍त्रद्वारा परमेश्‍‍वरको वचनलाई दृष्‍टिपथबाटै टाढा राख्‍ने र दृष्‍टिमा मानिसका मत, विचारहरू ल्याउने सदा प्रयास गर्दैछ । उसको अभिप्राय यही हो कि यशैया ३०:२१-मा लेखिएको “बाटो यही हो, यसैमा हिँड़” भन्ने परमेश्‍‍वरको वाणीलाई हामीले सुन्न नपाआैं । विभिन्न खराब शैशिक क्रियाकलापद्वारा उसले सक्दो तवरद्वारा स्‍वर्गीय ज्योतिलाई धमिल्याउने प्रयत्‍न गर्दैछ ।PHs 58.1

    दार्शनिक अन्दाज र वैज्ञानिक अनुसन्धानले जहाँ परमेश्‍‍वरको मान्यतालाई अवमूल्यन गरेको छ, र यसले हजारौंलाई नास्तिकतातिर ढल्क्‍याउँदैछ । आजका स्कूलहरूकमा विद्धानहरूद्वारा अहिलेसम्म गरिएका अनुसन्धनात्मक खोजलाई होशियारीपूर्वक पूर्णरूपमा सिकाइन्छ; यसमा चाहिँ यो प्रभाव पारिन्छ कि यदि यी विद्धान्हरू सही छन् भने बाइबल सही हुन सक्दैन । मानव जातिका सोचाइका निम्ति नास्तिकता आकर्षक छन् । युवाहरूलेे यसलाई स्‍वतन्‍‍त्रताको रूपमा लिन्छन्, जसले उनीहरूको सोचाइलाई मुग्ध पार्छ र यस प्रकार उनीहरू छलिन्छन् । शैतान हर्षित हुन्छ । उसले युवा हृदयहरूमा रोपिएका हरेक शंकाहरूका बीउलाई मलजल प्रदान गर्दछ । युवाहरूको मनमा रोपिएका शङ्काहरूले फस्ट्याउने मौका पाउँछन् । उसले यसलाई हुर्काउँछ र फल फलाउने योग्य तुल्याउँदछ, अनि छिट्टै प्रचुर मात्रामा एक नास्तिकताको बाली तयार हुन्छ ।PHs 58.2

    मानव हृदय दुस्ट्याइँतिर झुकेको हुनाले नास्तिकताको बीउ यी कलिला मनमा छर्नु अति खतरनाक सावित हुन्छ । जुन कुराले परमेश्‍‍वरप्रतिको विश्‍‍वासको कमजोर बनाउँछ, तिनले परीक्षाविरुद्ध सामना गर्न सक्‍ने आत्म-शक्तिलााई नष्‍ट पार्छ । यसले पाप विरुद्धको एकमात्र साँचो बचाउलाई हटाउँदछ । हामीहरूको लागि यस्ता स्कूलहरूको आवश्‍‍वकता छ, जहाँ युवाहरूलाई यो सिकाइने छ कि परमेश्‍‍वरलाई मर्यादा गरिदा र दैनिक जीवनमा उहाँको चरित्रको प्रकाश प्रकट गरेर महानता प्राप्‍त हुन्छ । उहाँका वचनद्वारा र उहाँको कार्यद्वारा हामीले परमेश्‍‍वरको बारेमा सिक्‍नुपर्छ ताकि हाम्रो जीवनले उहाँको उद्देश्‍‍यको पूर्ति गर्न सकोस् ।PHs 58.3

    Larger font
    Smaller font
    Copy
    Print
    Contents