Loading...
Larger font
Smaller font
Copy
Print
Contents
परमेश्‍‍वर हामीहरूसँग - Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First

    विचारपूर्ण गरिनुपर्ने कार्यहरू

    खराबीलाई राम्रो बनाउन सकिदैँन, न त कुनै कमजोरी र क्षणिक प्रयत्‍न गर्नेहरूले व्यवहारमा सुधार ल्याउन सक्छन् । चरित्र निर्माण एउटा यस्तो कार्य हो, जुन नत एक दिन वा एक वर्षको हो, तर जीवनभरको कार्य हो । स्‍वार्थमाथि विजयी हुने पवित्र रहने र स्‍वर्ग प्राप्‍त गर्ने संघर्ष जीवन पर्यत्‍नसम्मका संघर्ष हुन । लगातारको कोशिशविना र एकनाशको कामविना ईश्‍‍वरीय जीवन प्राप्‍त हुनेछन र विजयको श्रीपेच पनि प्राप्‍त हुनेछैन ।PHs 73.1

    मानिसको त्यो अति उच्‍चतहबाट पतन भएको प्रमाण यही हो कि अब पुनःफर्कनका निम्ति कति बढ्‍ता मूल्य चुकाउनुपर्छ । इन्‍च-इन्‍च र घण्टा-घण्टाको कड़ा संघर्षद्वारा मात्र पुनःपहिलाको ठाउँमा फर्किन सकिन्छ । कुनै पनि बेला, कुनै हतारले र बेहोशीमा गरिएको कार्यद्वारा हामी आफैलाई दुष्‍टको शक्तिभित्र पार्न सक्‍नेछौं, तर त्यो दुष्‍टबाट छुटकारा पाउन अनि पवित्र जीवन प्राप्‍त गर्न एक क्षणले मात्र पुग्दैन । उद्देश्‍‍य बनाउन सकिन्छ, अनि अघि बढ्‍न सकिन्छ, तर यसलाई प्राप्‍त गर्नको निम्ति धेरै परिश्रम, समय, धेरै मेहनत, धैर्यता र बलिदानको आवश्‍‍यकता पर्दछ ।PHs 73.2

    हामीले स्‍वयम् आफैलाई कुनै प्रभावद्वारा काममा लाग्‍ने अनुमति दिनु हुँदैन । हामीहरू सुरक्षा घेराभन्दा एक पल पनि बाहिर रहनै हुँदैन । अनेकौँ परीक्षाहरूले हामीलाई घेरेको हुनाले, हामीले कि त दृढÞतासाथ सामना गर्नुपर्छ, वा पराजित हुनुपर्छ । हामीले गर्नुपर्ने कामहरू नसकि जीवनको अन्त्यतिर आइपुग्छौं भने त्यो एक अनन्तको नाश हुनेछ ।PHs 73.3

    प्रेरित पावलको जीवन पनि स्‍वयम् आफैसँगको लगातारको लड़ाइको जीवन थियो । उनले १ कोरिन्थी १५:३१-मा “म दिनदिनै मर्दछु” भनेका छन् । उनका इच्छा र चाहनाहरू दैनिम रूपमा परमेश्‍‍वरको कार्य र इच्छासँग जुधाजुध हुन्थे । आफ्‍ना इच्छाहरूमा लागिरहनुको साटो उनले परमेश्‍‍वरको इच्छाअनुसार गरे, आफ्‍नो स्‍वभावलाई कुनै किसिमले क्रुसमा चढाएर पनि सो गरे ।PHs 74.1

    जीवनका संघर्षको अन्तमा, बितेका संघर्ष र विजयहरूलाई हेर्दै उनले भन्न सके, “मैले उत्तम लडाइँ लडेको छु । मैले दौड सिध्याएको छु । मैले विश्‍‍वासलाई बचाइराखेको छु । अब उप्रान्त मेरो निम्ति धार्मिकताको मुकुट राखिएको छ, जो धार्मिकताका न्यायधीश प्रभुले मलाई दिनुहुनेछ” (२ तिमोथी ४:७, ८) ।PHs 74.2

    इसाई जीवन एक लडाइँ र गति हो । यस युद्धमा छुट्टि हुँदैन; यसमा परिश्रम लगातार र धैर्यतापूवकको हुनुपर्छ । यहि अटूट प्रयत्‍नद्वारा मात्र हामीले शैतानको परीक्षा विरुद्ध विजयी जीवन कायम राख्‍न सक्‍नेछौं । इसाई अखंडता बाधाहीन शक्तिद्वारा खोजिनुपर्छ र उद्देश्‍‍यको एक दृढÞ स्थिरताद्वारा कायम राखिनुपर्दछ ।PHs 74.3

    आफ्‍नो कड़ा, निरन्तरको प्रयत्‍नविना कुनै पनि मानिस उच्‍च स्थानमा पुग्दैन । सबै जना स्‍वयम आफै यस लड़ाइँमा सामेल हुनैपर्छ; अरू कसैले पनि हाम्रो पक्षमा लड़ाइँ गर्न सक्‍ने छैनन् । व्यक्तिगत रूपमा हामी आफै नै आफ्‍नो लड़ाइँको उत्तरदायी हुन्छौं । नोआ, अय्यूब र दानिएल यस्ता अवस्थामा थिए, जहाँ उनीहरूले स्‍वयम् आफ्‍नै धार्मिकताको कारण न ता आफ्‍नै छोरा न छोरीलाई उद्धार गर्न सक्‍नेथिए ।PHs 74.4