Loading...
Larger font
Smaller font
Copy
Print
Contents
परमेश्‍‍वर हामीहरूसँग - Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First

    व्यक्तिगत स्‍व-अस्तित्‍वको परमेश्‍‍वर

    मानिसको सृष्‍टिमा व्यक्तिगत परमेश्‍‍वरको एक माध्यम प्रकट भएको थियो । जब परमेश्‍‍वरले मानिसलाई आफ्‍नो स्‍वरूपमा बनाउनुभयो, मानव शरीर सबै तर्फबाट पूर्ण तवरले बनिएको थियो, तर यो जीवनरहित थियो । तब व्यक्तिगत अति स्‍व-अस्तित्‍व भएका परमेश्‍‍वरले त्यस आकारमा जीवनको सास फेरि दिनुभयो, र मानिस एउटा जीवित र बुद्धिमानी अस्तित्‍व बन्यो । शरीरका सबै अंगहरूलाई कार्य विभाजित गरियो । मुटु, नशाहरू, जिब्रो, हातहरू, खुट्टाहरू, स्‍नायुहरू, मस्तिष्‍तकका आन्तरिक शक्तिहरू सबैले आ-आफ्‍ना कार्यको थालनी गरे र सबैलाई नियमको परिधिमा राखियो । मानिस एक जीवित प्राणी बन्यो । येशूद्वारा जो वचन हुनुहुन्छ, परमेश्‍‍वरले मानिस बनाउनुभयो र उसमा बुद्धि र शक्तिले भरिदिनुभयो ।PHs 29.4

    हाम्रो शरीरका प्रत्येक वस्तु, उहाँले हामीलाई गुप्‍त रूपमा बनाउनुभएको बेला उहाँबाट लुकेका थिएनन्; उहाँका आँखाले हाम्रो शरीरका वस्तुहरू देखे, हामी अपूर्ण भए तापनि हाम्रो केही अस्तित्‍व नरहे तापनि हाम्रो शरीरका प्रत्येक अंगको बारेमा उहाँको पुस्तकमा लेखिएको थियो ।PHs 30.1

    सृष्‍टिएका सबै प्राणीहरूमध्ये उच्‍च, उहाँको सृष्‍टिकर्मको महिमित कार्यको हैसियतले परमेश्‍‍वरले यो उद्देश्‍‍य राख्‍नुभयो कि मानिसले उहाँको विचार व्यक्त गर्नुपर्छ र उहाँको महिमा प्रकट गर्नुपर्छ । तर मानिसले स्‍वयम आफैलाई परमेश्‍‍वरजस्तो ठान्नुहुँदैन ।PHs 30.2

    “परमप्रभुको जयजयकार मनाओ ।
    आनन्दसाथ परमप्रभुको आराधना गर,
    हर्षका गीत गाउँदै उहाँको सामुन्ने आओ ।
    परमप्रभु नै परमेश्‍‍वर हुनुहुन्छ भनी जान ।
    उहाँले नै हामीलाई बनाउनुभयो, र हामी उहाँकै हौं,
    हामी उहाँका प्रजा र उहाँको खर्कका भेडाहरू हौं ।
    उहाँको भवनका द्वारहरूभित्र धन्यवादसाथ पस,
    र प्रशंसा गर्दै उहाँको मन्दिरमा प्रवेश गर ।
    उहाँलाई धन्यवाद चढाओ, र उहाँका नाउँको प्रशंसा गर ।”
    “परमप्रभु हाम्रा परमेश्‍‍वरको नाउँ उच्‍च पार,
    र उहाँको पवित्र पर्वतमा उपासना गर,
    किनकि परमप्रभु हाम्रा परमेश्‍‍वर पवित्र हुनुहुन्छ ।”
    PHs 30.3

    (भजन १००:१-४; ९९:९)

    परमेश्‍‍वरले आफूले बनाएका कुराहरूलाई सहायता गर्दै र तिनलाई र आफ्‍ना कामदारहरूका रूपमा प्रयोग गर्दै सदा व्यस्त रहनुहुन्छ । उहाँ प्रकृतिका नियमहरूलाई आफ्‍नो आैजार बनाएर ती नियमहरूद्वारा कार्य गर्नुहुन्छ । तिनीहरू आफै कार्य गर्दैनन् । प्रकृतिले एउटा यस्तो बुद्धिमान् अनि शक्तिवान् परमेश्‍‍वरको विषयमा गवाही दिन्छ, जसले सबै कुरालाई आफ्‍नो इच्छाअनुसार संचालन गर्नुहुन्छ ।PHs 30.4

    “हे परमप्रभु, तपाईंको वचन सनातन र अनन्त छ,
    आकाशमा त्यो स्थिर रहन्छ ।
    तपाईंको विश्‍‍वसनीयता सबै पुस्तासम्म रहन्छ ।
    तपाईंले पृथ्वी स्थापित गर्नुभयो,
    अनि त्यो स्थिर छ ।
    तपाईंका विधानहरू आजको दिनसम्म स्थिर छन् ।
    किनकि सबै थोकले तपाईंको सेवा गर्छन् ।”
    “स्‍वर्गमा, पृथ्वीमा, समुद्रहरू र तिनका गहिराइमा
    परमप्रभुले आफ्‍नो इच्छाबमोजिम गर्नुहुन्छ ।”
    “उहाँले आज्ञा गर्नुभयो र तिनका सृजना भयो ।
    उहाँले तिनलाई सदासर्वदाको निम्ति स्थापित गर्नुभयो,
    अनि कहिले नटल्‍ने विधि उहाँले दिनुभयो ।”
    PHs 31.1

    (भजन ११९:८९-९१; १३५:६; १४८:५-६)

    यो त पृथ्वीको निहित शक्तिद्वारा होइन जसद्वारा प्रतिवर्ष भण्डारले भरिने अनि सौर्य-मण्डल वरिपरि घुम्‍ने गर्दछ । परमेश्‍‍वरको हातले यस उपग्रहलाई अगुवाइ गर्ने काममा लगातार रूपमा कार्य गरिरहेको छ । परमेश्‍‍वरको शक्तिले नै पृथ्वीलाई आफ्‍नो परिभ्रमणको क्रममा एक स्थानमा राखेको छ । परमेश्‍‍वरले नै सूर्यलाई आकाशमा उदाउने तुल्याउनुहुन्छ । उहाँले स्‍वर्गका झ्यालहरू खोलेर वर्षा दिनुहुन्छ ।PHs 31.2

    “उहाँले ऊनजस्तै गरी हिमपात गराउनुहुन्छ,
    अनि तुषारो खरानी झैँ छिरिदिनुहुन्छ ।”
    PHs 31.3

    (भजन १४७:१६)

    “जब उहाँ गर्जनुहुन्छ, तब आकाशमा पानीको गर्जन हुन्छ ।
    उहाँले पृथ्वीको पल्‍लो छेउदेखि बादल उठाउनुहुन्छ ।
    उहाँले वृष्‍टिसँग बिजुली चम्काउनुहुन्छ,
    र आफ्‍ना भण्डारबाट बतास चलाउनुहुन्छ ।”
    PHs 32.1

    (यर्मिया १०:१३)

    उहाँकै शक्तिद्वारा प्रत्येक वनस्पति हुर्कन्छ, प्रत्येक पातहरू देखा पर्छन्, प्रत्येक फूलहरू फूल्छन् र प्रत्येक फलहरू फल्छन् ।PHs 32.2

    मानव शरीरको बनावट र कार्यलाई पूर्णरूपले बुझ्‍न सकिने छैन; यसले ठूला बुद्धिजीविलाई पनि अलमल पार्ने रहस्यहरू प्रस्तुत गर्छ । यो एउटा कलपूर्जाजस्तो होइन, जसले एक चोटि मिलाएपछि काम गरिरहन्छ, नाडी चलिरहन्छ र स्‍वास पनि एकपछि अर्को आइरहन्छ । परमेवरमा हामी बाँच्दछौं, हिँड्‌डूल गर्दछौं र हाम्रो अस्तित्‍व छ । मुटुको ढुकढुकी, नाडीको चाल, प्रत्येक स्‍नायु, जीवित वस्तुमा भएका मांशपेशीहरू सबैलाई सदा उपस्थित हुनुहुने परमेश्‍‍वरको शक्तिद्वारा नियममा र कार्यमा पारी राखिएको छ ।PHs 32.3

    बाइबलले यो देखाउँछ कि पवित्र अनि सर्वोच्‍चमा रहनुहुने परमेश्‍‍वर, निष्क्रिय बस्‍नुहुन्न, चूपचाप एकान्तमा पनि हुनुहुन्न, तर उहाँ आफ्‍ना दशौं, हजारौं स्‍वर्गदूतहरूको बीचमा हुनुहुन्छ, जो उहाँको आज्ञा मान्न सदा तयार रहन्छन् । यिनै दूतहरूका माध्यमद्वारा आफ्‍नो पवित्र आत्माद्वारा उहाँ सर्वत्र उपस्थित हुनुहुन्छ । पवित्र आत्माको माध्यम र उहाँको स्‍वर्गदूतहरूद्वारा उहाँ मानिसका सन्तानहरूका सेवा गर्नुहुन्छ ।PHs 32.4

    संसारिक होहल्‍लाबाट टाढा उहाँ विराजमान् हुनुहुन्छ, ईश्‍‍वरीय दृष्‍टिमा सबै चीजहरू स्पष्‍ट गरिएका छन्, र उहाँको आफ्‍नो महान् र शान्त अनन्तबाट आफूले सबभन्दा असल ठानेका कुराहरूको निम्ति हुकुम गर्नुहुन्छ ।PHs 32.5

    “मानिसको जीवन उसको आफ्‍नै होइन ।
    मानिसले आफ्‍नो मार्ग आफैले निर्देशन गर्नुहुँदैन ।”
    PHs 32.6

    “आफ्‍नो सारा हृदयले परमेश्‍‍वरमा भरोसा राख् ।” ...
    “आफ्‍ना सारा मार्गमा उहाँलाई सम्झी,
    र उहाँले तेरा मार्गहरू सोझा तुल्याइदिनुहुनेछ ।”
    PHs 33.1

    “तर परमप्रभुको दृष्‍टि उहाँको भय मान्नेहरूमाथि छ,
    तिनीहरूमाथि जसको आशा उहाँको अचूक कृपामाथि छ,
    तिनीहरूका प्राणलाई मृत्युबाट छुटकारा दिन,
    र अनिकालको समयमा तिनीहरूलाई जीवित राख्‍न ।”
    PHs 33.2

    “तपाईंको अडिग कृपा कति कमोलको छ !” ...
    “मानिसका सन्तानले तपाईंका पखेटाको छायामा शरण पाउँछन् ।”
    “त्यो मानिस धन्यको हो, जसको सहायता याकूबका परमेश्‍‍वरमा छ,
    जसको आशा परमप्रभु त्यसका परमेश्‍‍वरमा हुन्छ ।”
    PHs 33.3

    “हे परमप्रभु, तपाईंको प्रेमले पृथ्वी परिपूर्ण छ,”
    “परमप्रभुले धार्मिकता र न्यायलाई मन पराउनुहुन्छ ।”
    “पृथ्वीका समस्त सीमान्त
    र टाढा-टाढाका समुद्रहरूको आशा तपाईं नै हुनुहुन्छ:
    जसले आफ्‍नो शक्तिद्वारा पहाडहरू निर्माण गर्नुभयो ।
    तपाईंले आफूलाई शक्तिले सुसज्‍जित पार्नुभएको छ,
    जसले समुद्रको गर्जन र तिनका छालहरूको गर्जन:
    र जातिहरूको होहल्‍ला शान्त गर्नुभएको छ ।”
    PHs 33.4

    “जहाँ प्रभात आउँछ र सन्ध्या बिलाउँछ, तपाईं हर्षका गीतलाई निम्त्याउनुहुन्छ ।”
    “आफ्‍नो प्रशस्तताले वर्षलाई तपाईंले मुकुट पहिराउनुहुन्छ,
    तपाईंका गाड़ाहरू प्रचुरताले भरिएर पोखिन्छन् ।”
    PHs 33.5

    “लडेकाहरू सबैलाई परमप्रभुले सहारा दिनुहुन्छ, दबिएकाहरू सबैलाई उठाउनुहुन्छ ।
    सबै प्राणीहरूका आँखाले तपाईंतिर हेर्दछन्,
    अनि तपाईंले तिनीहरूको भोजन ठीक समयमा दिनुहुन्छ ।
    तपाईंले आफ्‍नो मुट्ठी खोल्‍नुहुन्छ,
    र सबै प्राणीहरूका मनोरथ सन्तुष्‍ट पार्नुहुन्छ ।”
    PHs 33.6

    (यर्मिया १०:२३; हितोपदेश ३:५-६; भजन ३३:१८-१९; ३६:७; १४६:५; ११९:६४; ३३:५; ६५:५-७, ८, ११; १४५:१४-१६)