Loading...
Larger font
Smaller font
Copy
Print
Contents
परमेश्‍‍वर हामीहरूसँग - Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    २ असल गोठालो

    “म असल गोठालो हुँ, असल गोठालाले आफ्‍नो प्राण भेडाहरूको लागि अर्पण गर्दछ ।” “म असल गोठालो हुँ, म आफ्‍ना भेडाहरूलाई चिन्छु, अनि मेरा भेडाहरूले मलाई चिन्छन् ।” “जसरी पिताले मलाई चिन्नुहुन्छ, म पितालाई चिन्छु, अनि म भेडाहरूका लागि आफ्‍नो प्राण अर्पण दिन्छु ।”PHs 13.1

    प्रभु येशूले उहाँका श्रोताहरूका मस्तिष्कमा उनीहरूकै परिचित सर-सङ्गतको मार्गद्वारा पुनःप्रवेश पाउनुभयो । उहाँले पवित्र आत्माको प्रभावलाई चिसो, आनन्दित गर्ने पानीसित तुलना गर्नुभयो । स्‍वयम आफैलाई ज्योतिको रूपमा प्रकृति र मानिस-जातिको निम्ति जीवनको मुहान र आनन्दको रूपमा प्रतिनिधित्‍व गरिसक्‍नुभएको थियो । अहिले पनि एउटा सुन्दर भेडा चरनको दृष्यमा उहाँले आफ्‍ना विश्‍‍वासीहरूबीच उहाँको सम्बन्धको बारेमा प्रस्तुत गर्नुभयो । उहाँका श्रोताहरूका निम्ति यसभन्दा परिचित दृष्य अरू कुनै थिएनन् र ख्रीष्‍टको वचनहरूले यसलाई सदा उहाँसँगै जोड्‍दथे । जब चेलाहरूले गोठालाहरूलाई आ-आफ्‍ना भेडाका बथानहरूलाई हेरचाह गर्दै गरेका देख्दथे तब तिनीहरूले मुक्तिदाताको पाठलाई स्मरण नगरि बस्‍न सक्दैनथे । तिनीहरूले हरेक इमान्दार गोठालाहरूमा ख्रीष्‍ट देख्दथे । तिनीहरूले प्रत्येक असहाय र आश्रित बथानमा स्‍वयम् आफैलाई देख्दथे ।PHs 13.2

    Larger font
    Smaller font
    Copy
    Print
    Contents