Loading...
Larger font
Smaller font
Copy
Print
Contents
परमेश्‍‍वर हामीहरूसँग - Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    आत्मा-त्यागको आवश्‍‍यकता

    सबैभन्दा ठूलो खतरा आफैमा पूर्ण छु भनी आफैद्वारा ठगिनु हो, अनि यसले शक्तिको मुहान परमेश्‍‍वरबाट मानिसलाई टाढा राख्‍छ । यदि हाम्रा विचारहरू परमेश्‍‍वरको पवित्र आत्माद्वारा ठीक पारिएका छैनन् भने, तिनमा नैतिक मृत्युका बीउ छन् । यदि परमेश्‍‍वरमा हामी जीवित रूपमा सम्मिलित छैनौ भने, स्‍वार्थीपन, र पापको परीक्षाका प्रभावबाट हामी आफूलाई सुरक्षित पार्न सक्दैनौं ।PHs 76.3

    ख्रीष्‍टबाट मदत पाउनको लागि आफ्‍नो आवश्‍‍यक हामीले बुझ्‍नुपर्छ । हाम्रो विषयमा आफूलाई पूर्ण ज्ञान हुनुपर्छ । आफूले आफैलाई पापी छु भनी स्‍वीकार गर्नेलाई मात्र ख्रीष्‍टले बचाउन सक्‍नुहुन्छ । जब हामीले हाम्रो असहायपन देख्दछौं र आफूप्रतिको विश्‍‍वास हटाउँछौं, तब मात्रै इश्‍‍वरीय शक्तिमा आफूलाई समाहित गराउन सक्छौं ।PHs 77.1

    इसाई जीवनको शुरुमा मात्र यस्ता आत्मा-त्यागका कुराहरू गरिनुपर्छ, भन्ने होइन । स्‍वर्गतिर जाने हरेक पाइला- पाइलामा यसलाई नयाँ बनाउइनुपर्छ । सबै असल कुराहरू हाम्रोभन्दा बाहिरी शक्तिमा भर पर्दछ; त्यसकारण हृदयले परमेश्‍‍वरप्रति लगातार खोजी गरिरहनुपर्छ, अनि उहाँको सामुन्ने निरन्तर आफ्‍नो पापको प्रायश्‍चित गर्दै उहाँको सामु मनलाई नम्र तुल्याइनुपर्छ । हाम्रो वरिपरि खतरा छ, हाम्रो सुरक्षा यसैमा छ जब हामी हाम्रो कमजोरी अनुभव गरेर हामी आफ्‍नो शक्तिशाली मुक्तिदाताको हात समात्छौं ।PHs 77.2

    Larger font
    Smaller font
    Copy
    Print
    Contents