Loading...
Larger font
Smaller font
Copy
Print
Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First

    १४ — अङ्ग्रेजको पछिल्‍ला सुधारकहरू

    (अंग्रेजी पुस्तक अध्याय १४ पृष्‍ठ २४५)

    जब लुथरले जर्मनीका मानिसहरू समक्ष बन्द बाइबल खोल्दैथिए, तब परमेश्‍‍वरको आत्माद्वारा बेलायतका लागि त्यस्तै कार्य गर्न टिन्डल प्रभावित भएका थिए । विक्‍लिफको बाइबल ल्याटिन भाषाबाट अनुवाद भएको थियो, जसमा धेरै गल्तीहरू पनि थिए । यो कहिल्यै पनि छापिएन र हस्तलिखित पत्रहरूका मूल्य अति महँगो थियो कि थोरै धनी मानिसहरू वा उच्‍च मानिसहरूले मात्र हासिल गर्न सक्थे, त्यति मात्र नभएर यसलाई चर्चद्वारा कडारूपमा बहिष्कार गरिएको थियो, त्यसकारण यो तुलनात्मकरूपमा थोरै मात्र फैलिएको थियो । १५१६मा लुथरका तथ्यहरू आउनुभन्दा एक वर्ष अगाडि एरासमसले तिनका ग्रीक र ल्याटिन भाषामा नयाँ नियम प्रकाशित गरेका थिए । अब पहिलो पल्ट परमेश्‍‍वरको वचन यसको आफ्‍नो भाषामा छापियो । यो लेखमा अघिल्‍ला अनुवादहरूका धेरै गल्तीहरू संशोधन गरिए, र अर्थ अझै स्पष्‍टरूपमा व्याख्या गरेको थियो । यसले गर्दा धेरै शिक्षित वर्गकाहरूमध्येलाई नै अझै सत्यताको असल ज्ञानतर्फ डोऱ्यायो, र सुधारको कार्य गर्न नयाँ प्रोत्साहन दियो । तर सर्वसाधारण मानिसहरू परमेश्‍‍वरको वचनबाट अझै बञ्‍चित नै थिए । टिन्डलले आफ्‍नो देशका मानिसहरूलाई बाइबल प्रदान गरेर विक्‍लिफको काम पूरा गर्नुपर्ने थियो ।MBAJ 265.1

    तिनी एक मेहनती विद्यार्थी र सत्यताको उत्सुक अनुसन्धानकर्ता थिए, र तिनले एरासमसको ग्रीक बाइबलबाट सुसमाचार प्राप्‍त गरेका थिए । सबै सिद्धान्तहरू धर्मशास्‍‍त्रबाट नै जाँचिनुपर्छ भन्‍ने अनुरोधसाथ तिनले निडरतासाथ तिनको आफ्‍नो विश्‍‍वास प्रचार गरे । चर्चले बाइबल दिएको थियो, र चर्चले मात्र यसलाई वर्णन गर्न सक्छ भन्‍ने पोपतन्‍‍त्रको दाबीप्रति टिन्डलले प्रतिक्रिया जनाए: “चीललाई आफ्‍नो शिकार खोज्‍न कसले सिकायो के तपाईंहरूलाई थाहा छ ? उही परमेश्‍‍वरले नै उहाँको भोकाएका छोरा-छोरीहरूलाई उहाँको वचनमा तिनीहरूका पिता खोज्‍न सिकाउनुहुन्छ । तपाईंहरूले हामीलाई धर्मशास्‍‍त्र कहिल्यै पनि दिनुभएन बरु त्यो हामीदेखि लुकाई राख्‍नुभएको छ; जसले यसलाई सिकाउँदछ तपाईंहरू नै तिनीहरूलाई जलाउनुहुन्छ, यदि सक्‍नु भएको भए तपाईंहरूले धर्मशास्‍‍त्रलाई नै जलाउनुहुन्थ्यो ।” —D’Aubigné, History of the Reformation of the Sixteenth Century, b. 18, ch. 4.MBAJ 265.2

    टिन्डलको प्रचारले धेरै चासो सृजना गऱ्यो; धेरै जनाले सत्यतालाई स्‍वीकार गऱे । तर पूजाहारीहरू सचेत भए, र तिनले त्यो क्षेत्र छोड्‍ने बित्तिकै तिनीहरूका धम्कि र कुव्याख्याहरूद्वारा तिनको काम नष्‍ट गर्ने प्रयास गरे । तिनीहरूले बारम्बार सफलता हासिल गरे । तिनले आश्‍चर्यका साथ भने, “के गरूँ ? जब म एक ठाउँमा छरिरहेको हुन्छु, मैलै भर्खर छोडेको जमिनलाई शत्रुले स्‍वाहा पार्छ । म सबै ठाउँ एकै चोटी हुन सक्दिनँ । ओहो ! यदि इसाईहरूले पवित्रशास्‍‍त्र आफ्‍नै भाषामा प्राप्‍त गरेको भए, तिनीहरू आफै यी कुतर्कहरूका विरुद्धमा उभिन सक्‍ने थिए । बाइबलविना साधारण जनताहरूलाई सत्यतामा स्थापना गर्न असम्भव छ ।” —D’Aubigné, History of the Reformation of the Sixteenth Century, b. 18, ch. 4.MBAJ 266.1

    तिनको मष्‍तिष्कमा अब एउटा नयाँ उद्देश्‍‍य आयो । तिनले भने, “यहोवाको मन्दिरमा भजनहरू इस्राएलको भाषामा गाउँदथे; के हाम्रो माझमा पनि बेलायतको भाषामा सुसमाचार बोलिदैन र ? ... के चर्चले प्रभात्मा भन्दा मध्यदिनमा कम ज्योति प्राप्‍त गर्नुपर्छ र ? ... इसाईहरूले नयाँ नियम तिनीहरूका मातृ भाषामा पढ्‍नुपर्छ ।” चर्चका डाक्टरहरू र शिक्षकहरू आपसमा असहमत भए । बाइबलबाट मात्र मानिसहरू सत्यमा पुग्‍न सक्थे । “एउटाले यो डाक्टरलाई पछ्याउँछ भने अर्कोले अर्कैलाई पछ्याउँछ । ... अब प्रत्येक लेखकहरूले एक-अर्काको खण्डन गर्छन् । त्यसो भए हामीले कसरी छुट्याउने कि कसले सत्य र कसले झूटो भन्दैछ ? ... कसरी ? ... साँच्‍चै नै परमेश्‍‍वरको वचनद्वारा ।” —D’Aubigné, History of the Reformation of the Sixteenth Century, b. 18, ch. 4.MBAJ 266.2

    त्यसको लगत्तै एक शिक्षित क्‍याथोलिक डाक्टरले तिनीसँग विवाद गर्दै आश्‍चर्य मानेर भने: “हामीलाई पोपको व्यवस्थाविना भन्दा त परमेश्‍‍वरको व्यवस्थाविना नै असल हुन्थ्यो ।” टिन्डलले जवाफ दिए: “म पोप र तिनको सम्पूर्ण व्यवस्थालाई विरोध गर्छु; र यदि परमेश्‍‍वरले मेरो जीवन अझै बचाउनुहुन्छ भने धेरै वर्ष नबित्दै म हलो समात्‍ने केटोलाई धर्मशास्‍‍त्रको विषयमा तिमीहरूभन्दा पनि विज्ञ तुल्याई दिनेछु ।” —Anderson, Annals of the English Bible, page 19.MBAJ 267.1

    तिनले मानिसहरूलाई तिनीहरूका आफ्‍नै भाषामा नयाँ नियम बाइबल दिने तिनको मनको उद्देश्‍‍य अब निश्‍चित भयो र तिनी आफै काममा तुरुन्तै लागी परे । तिनी सतावटको कारणले घरबाट खेदिए र लन्डनमा गए, र त्यहाँ केही समयसम्म तिनले शान्तरूपमा आफ्‍नो काममा परिश्रम गरे । तर फेरि पोपतन्‍‍त्रका मानिसहरूका दुर्व्यवहारले गर्दा तिनलाई भाग्‍न विवश तुल्यायो । सारा बेलायत नै तिनका लागि बन्द भएझैँ देखिन्थ्यो, र तिनले जर्मनीमा शरणस्थान खोज्‍ने निर्णय गरे । यहाँ तिनले अङ्ग्रेजी नयाँ नियम छाप्‍न सुरु गरे । दुई पल्ट काम रोकियो; तर एक शहरमा छाप्‍न निषेध हुँदा तिनी अर्को शहरमा जान्थे । अन्तमा तिनी वोर्मसतिर लागे, जहाँ केही वर्ष अगाडि लुथरले परिषद्‍को सामु सुसमाचारको प्रतिरक्षा गरेका थिए । त्यो प्राचीन शहरमा सुधार-कार्यको धेरै समर्थकहरू थिए, र टिन्डलले त्यहाँ तिनको काम कुनै बाधाविना नै अगाडि बढ़ाए । नयाँ नियमको तीन हजार प्रतिहरू चाँडै नै तयार भयो, र दोस्रो संस्करण पनि त्यही वर्षमा छापियो ।MBAJ 267.2

    महान् उत्सुकता र अथक प्रयासका साथ तिनले आफ्‍ना परिश्रमहरूलाई निरन्तरता दिए । अङ्ग्रेज अधिकारीहरूले तिनीहरूका बन्दरगाहहरूमा कडा सजकताका साथ सुरक्षा दिएतापनि परमेश्‍‍वरको वचन विभिन्‍न तरिकाले गुप्‍तरूपमा लन्डनमा लगियो र त्यहाँदेखि देशभरि नै वितरण गरियो । पोपतन्‍‍त्रका मानिसहरूले सत्यलाई दबाउने प्रयास गरेका थिए, तर त्यो सबै व्यर्थ भयो । एक समयमा दुरहामको विशपले यस कामलाई ठूलो बाधा गर्छ भन्‍ने अनुमान गरेर टिन्डलको साथी पुस्तक बिक्रेताबाट तिनको सबै बाइबलको थाक नष्‍ट गर्ने उद्देश्‍‍यले किने । तर त्यसको सट्टामा यसरी आर्जन गरेको पैसाले एक नयाँ र अझै असल संस्करणका लागि तिनले सामाग्री किने, जबकि त्यसो नभएको भए त्यो प्रकाशन सम्भव थिएन । जब पछि टिन्डललाई कैदी बनाइयो तब तिनका बाइबलहरू छाप्‍न नगद सहयोग गर्नेहरूका नाम प्रकट गरेमा तिनलाई स्‍वतन्‍‍त्रता दिने शर्त गरिएको थियो । तिनले जवाफ दिए कि दुरहामको विशपले सबैभन्दा धेरै मद्दत गरेका थिए; ती बाँकी रहेका किताबहरूका लागि धेरै मूल्य तिरेर तिनले टिन्डललाई बडो साहसका साथ अघि बढ्‍न सक्षम बनाएका थिए ।MBAJ 267.3

    टिन्डललाई शत्रुहरूका हातमा विश्‍‍वासघात् गरियो, र एक समय तिनले धेरै महिनासम्म जेलमा दुःख भोगे । अन्तमा तिनले आफ्‍नो विश्‍‍वास शहिदको मृत्युद्वारा गवाही दिए; तर तिनले तयार गरेका हतियारहरूले गर्दा अरू सिपाहीहरूलाई पूरा शताब्दीहरू र हाम्रो समयमा पनि लड़ाइँ गर्न सक्षम बनाएको छ ।MBAJ 268.1

    मानिसहरूका भाषामा बाइबल पढ्‍नुपर्छ भनी लाटिमरले पुल्पिटबाट बताए । तिनले भने, पवित्रशास्‍‍त्रको लेखक “परमेश्‍‍वर आफै हुनुहुन्छ;” र यो धर्मशास्‍‍त्रले त्यसको लेखकको शक्ति र अनन्तता धारण गर्दछ । “त्यहाँ कुनै पनि राजा, सम्राट, न्यायाधीश र शासक छैन ... जो उहाँको पवित्र वचन ... पालन गर्न बाध्य हुँदैन ।” “हामी चोर बाटो नअपनाओ, तर परमेश्‍‍वरको वचनलाई नै निर्देशन गर्न दिऊँ; हामी हाम्रो ... पिता-पुर्खाको पछि नहिडौं, नता तिनीहरूले के गरे भनी नै खोजौं, तर तिनीहरूले के गर्नुपर्ने थियो भनी खोजी गरौं ।” —Hugh Latimer, “First Sermon Preached Before King Edward VI.”MBAJ 268.2

    बार्नस र फ्रिथ टिन्डलका विश्‍‍वासयोग्य साथीहरू सत्यतालाई प्रतिरक्षा गर्न उठे । रिद्‍लेज र क्र्यान्मरले पनि पछ्याए । अङ्ग्रेज सुधार-कार्यमा यी अगुवाहरू शिक्षित मानिसहरू थिए, यिनीहरूमध्ये धेरै जना रोमी धर्ममा जोश र भक्तिको कारण उच्‍च आदर प्राप्‍त गर्दथे । तिनीहरूले “रोमन क्‍याथोलिकको सरकार”-का झूटहरू थाहा पाएको कारणले पोपतन्‍‍त्रप्रति विरोध जनाए । बेबिलोनका रहस्यहरूप्रति तिनीहरू चिरपरिचित भएको कारण त्यसको विरुद्धमा गवाही दिन तिनीहरूलाई अझै ठूलो शक्ति प्रदान गऱ्यो ।MBAJ 268.3

    लाटिमारले भने, “अब मलाई अनौठो प्रश्‍न सोध्‍न मन लाग्यो, बेलायतभरि रहेका सबभन्दा मेहनती विशप वा प्रधान विशप को हो ? ... तपाईंहरूले सुनिरहनु भएको र ध्यान दिइरहनुभएको म देख्दैछु कि त्यसको नाम मैले भन्‍नुपर्छ । ... म तपाईंहरूलाई भन्‍नेछु: त्यो दियाबलस हो । ... त्यो कहिल्यै पनि त्यसको विशपको हाता बाहिर छैन; जहिले इच्छा लाग्छ त्यसलाई बोलाउँदा त्यो सधैँ घरमै हुन्छ; ... त्यसले सधैँ हलो समातेको हुन्छ । ... तपाईंले कहिल्यै पनि त्यसलाई त्यतिकै बसेको पाउनुहुन्‍न, म तपाईंहरूलाई प्रमाण दिन्छु । ... जहाँ दियाबलसको बास हुन्छ, ... त्यहाँ पुस्तकहरूबाट बञ्‍चित भइन्छ र मैनबत्ती साथमा हुन्छ; बाइबलबाट बञ्‍चित हुन्छ र जप गर्ने मालाका दानाहरू साथमा हुन्छ; सुसमाचारको ज्योतिबाट टाढ़ा हुन्छ र मध्ये दिनमा पनि मैनबत्तिको ज्योति बालेका हुन्छ; ... ख्रीष्‍टको क्रूस हटाउँछ र तपोभूमिको शिक्षाद्वारा मानिसहरूको पैसा गुप्‍तमा लुट्‍छ; ... नाङ्गोलाई पहिराई दिने, गरिब र असक्षमदेखि टाढ़ा हुन्छ र मूर्तिहरू र काठ र दुङ्गाहरूलाई रमाइलोसाथ सजाउँछ; मानिसका परम्पराहरू र त्यसका व्यवस्थाहरूमा उचालिन्छन्, परमेश्‍‍वरका परम्पराहरू र उहाँको सबभन्दा पवित्र वचनलाई तल झार्छ । ... जसरी शैतानले झार र सामा छर्छ, ओहो, त्यसरी हाम्रा अधिकारीहरू असल शिक्षाको मकै छर्न मेहनती भएको भए त गजब हुन्थ्यो !” —Hugh Latimer, “Sermon of the Plough.”MBAJ 268.4

    यी सुधारकहरूद्वारा कायम राखिएको महान् सिद्धान्त वाल्डेसीहरू, विक्‍लिफ, जोन हस, लुथर, जुइङ्गली र तिनीहरूका सहकर्मीहरूले त्यही अपनाएका थिए, त्योचाहिँ विश्‍‍वास र व्यवहारको व्यवस्थाको रूपमा पवित्र धर्मशास्‍‍त्रको अटल अधिकार थियो । तिनीहरूले धर्मको विषयमा पोपहरू, परिषद्‍हरू, फादरहरू र राजाहरूका विवेक नियन्‍‍त्रण गर्ने अधिकार अस्‍वीकार गरे । तिनीहरूकाे अधिकार बाइबल थियो, र त्यसको शिक्षाबाट नै सबै सिद्धान्तहरू र दाबीहरूकाे जाँच गरिन्थ्यो । जब तिनीहरूले आफ्‍नो जीवन जलाउने तख्तामा सुम्पिदिए तब यी पवित्र मानिसहरूलाई परमेश्‍‍वरमाथि भएको विश्‍‍वास र उहाँको वचनले सहने शक्ति दिएको थियो । जब तिनीहरूकाे स्‍वर आगोको ज्‍वालाले शान्त पार्न खोजिएको थियो, लाटिमरले सँगी शहिदलाई साहससाथ भने, “खूबै साहसी होओ, आजको दिन हामी परमेश्‍‍वरको कृपाले बेलायतमा यस्तो ज्योति बाल्छौं, म विश्‍‍वास गर्छु कि त्यो कहिल्यै पनि निभ्‍नेछैन ।” —Works of Hugh Latimer, vol. 1, p. xiii.MBAJ 269.1

    स्कोटल्याण्डमा कोलोम्बा र तिनका सहकर्मीहरूले छरेका सत्यताको बिउ कहिल्यै पनि पूर्ण नष्‍ट भएन । बेलायतका चर्चहरूले रोमलाई समर्पण गरेको सयौँ वर्षपछि पनि स्कोटल्याण्डका मानिसहरूले तिनीहरूका स्‍वतन्‍‍त्रता कायम राखेका थिए । जे भएपनि बाह्रऔँ शताब्दीमा पोपको राज्य यहाँ स्थापना भयो, र त्यसले यहाँभन्दा अरू कुनै पनि देशहरूमा पूर्णरूपले शासन गरेको थिएन । कुनै पनि ठाउँमा अन्धकार यति बाक्‍लो थिएन । तापनि ज्योतिको किरणले अन्धकारलाई छेड्‍दै र आगामी दिनको प्रतिज्ञा दिँदै आयो । बेलायतबाट लोलार्डहरू बाइबल र विक्‍लिफका शिक्षाहरू लिएर आए र सुसमाचारको ज्ञानलाई बचाउन तिनले धेरै काम गरे, जो प्रत्येक शताब्दीमा त्यसका साक्षीहरू र शहिदहरू थिए ।MBAJ 269.2

    महान् सुधारको आरम्भमा लुथरका लेखहरू आए, र त्यसपछि टिन्डलको अङ्ग्रजी नयाँ नियम पनि आयो । पूरोहित शासकहरूले थाहा नपाइकन यी समाचारवाहकहरू चुपचापसाथ पहाड़हरू र उपत्यकाहरूमा निभ्‍नै लागेको सत्यताको राँको लिएर स्कोटल्याण्डमा नयाँ जीवन सुरु गर्दै हिडे, र रोमले चार शताब्दीको दबाबद्वारा काम नष्‍ट पार्दै हिड्यो ।MBAJ 270.1

    त्यसपछि शहिदहरूका रगतले आन्दोलनमा ताजा प्रोत्साहन दियो । पोपतन्‍‍त्रका अगुवाहरूले अचानक तिनीहरूका कामलाई धम्की दिएको खतराप्रति सचेत भएर स्कोटल्याण्डको कति जना सबभन्दा उत्कृष्‍ट मानिसहरू र सम्माननीयहरूका छोराहरूलाई जलाउने तख्तामा ल्याए । तर तिनीहरूले पुल्पिट मात्र स्थापन गरे, जहाँबाट यी मरिरहेका गवाहीहरूका वचनले मानिसहरूका हृदयमा रोमका बन्धनहरूलाई तोड्‍ने जिउँदो उद्देश्‍‍य तारङ्गित भई पूरा देशभरि नै सुनियो ।MBAJ 270.2

    हामिल्टन र वाइस्हार्ट राजखानदानी र उच्‍च चरित्र भएका साथै अन्य धेरै नम्र चेलाहरू थिए तिनीहरूले आफ्‍ना जीवन जलाउने तख्तामा सुम्पिदिए । तर वाइस्हार्टको जलाउने तख्ताबाट एक जना यस्तो व्यक्ति उत्पादन भयो जसलाई ज्‍वालाले शान्त पार्नु हुँदैनथ्यो, जसले परमेश्‍‍वरमा रहेर स्कोटल्यण्डमा पोपतन्‍‍त्रको मृत्युसूचक घण्टी ठोक्‍नुपर्ने थियो ।MBAJ 270.3

    जोन नोक्स चर्चका परम्पराहरू र रहस्यमय कुराहरूबाट परमेश्‍‍वरको वचनको सत्यताले तृप्‍त हुन फर्केका थिए; वाइस्हार्टको शिक्षाले गर्दा रोमसँग भएको सम्बन्ध त्याग्‍ने र आफै सतावट भएका सुधारकहरूसँग समावेश हुने तिनले कठोर निर्णय गरे ।MBAJ 270.4

    जब तिनको साथीले तिनलाई प्रचारको कार्य ग्रहण गर्नुहोस् भने तब तिनी काँपेर त्यसको जिम्मेवारी देखेर डराए, र आफैमा एकान्त र दर्दनीय संघर्षका दिनहरूपछि मात्रै तिनी सहमति भए । तर एक पल्ट पद स्‍वीकार गरेपछि तिनी जीवनभरि नै अचल निर्णय र निडर साहससाथ निरन्तर अगाडि बढे । यो सत्य आत्मा भएको सुधारक मानिसको अनुहारदेखि डराएनन् । तिनको वरिपरि चम्किरहेका शहिदका आगोहरूले अझै शक्तिका साथ तिनको जोश जागृत पार्न सहायता गरे । तिनलाई डर देखाउन क्रूर शासकको बञ्‍चरो टाउकोमाथि उठाउँदा तिनले देब्रे र दाहिनेतिर मूर्तिपूजा नष्‍ट गर्न शक्तिका साथ प्रहार गर्दै आफ्‍नो स्थान लिए ।MBAJ 270.5

    जब तिनी स्कोटल्याण्डको रानीको सामु ल्याइए, जसको उपस्थितिमा धेरै प्रोटेस्टेन्ट अगुवाहरूका जोश हराएका थिए, जोन नोक्सले सत्यताका पक्षमा अटल गवाही दिए । तिनलाई प्रेमस्पर्शले पनि जित्‍न सक्दैनथ्यो; तिनी धम्कीहरूका सामुने झुकेनन् । रानीले तिनलाई धर्म-विरोधीको दोष लगाइन् । उनले घोषणा गरिन्, राज्यले निषेध गरेको धर्मलाई तिनले मानिसहरूलाई अपनाउन सिकाए, र यसरी जनताहरूले आफ्‍नो अधिकारीहरूका कुरा मान्‍नुपर्छ भन्‍ने परमेश्‍‍वरको आज्ञा भङ्ग गरेको छ । नोक्सले दृढतासाथ जवाफ दिए: “ठीक धर्मले सांसारिक राजकुमारबाट नता वास्तविक बल न अधिकार लियो, तर अनन्त परमेश्‍‍वरबाट मात्र आयो, त्यसैले तिनीहरूका अधिकारीहरूका अभिलाषा अनुसार तिनीहरूका धर्मको ढाँचामा जनताहरू बाध्य भई बस्‍नुपर्दैन किनकि प्राय अधिकारीहरू नै परमेश्‍‍वरको सत्य धर्मको विषयमा अरूभन्दा पनि अज्ञात् छन् । ... यदि अब्राहामको सबै सन्तानहरू फारोको धर्ममा भएको भए, तिनीहरू लामो समयसम्म तिनका जनता भएका थिए, म बिन्ती गर्छु, महोदया, संसारमा कुन धर्म हुनेथियो होला ? अथवा यदि प्रेरितहरूका समयमा सबै मानिसहरूले रोमी सम्राटहरूका धर्म मानेका भए, पृथ्वीमा कुन धर्म हुनेथियो ? ... त्यसैले महोदया, जनताहरू तिनीहरूका अधिकारीहरूका धर्मको बन्दी हुनुपर्दैन भनी हजूरले बुझ्‍न सक्‍नुहुन्छ, तापनि तिनीहरूप्रति आज्ञाकारी हुने आदेश दिइएको छ ।”MBAJ 270.6

    मरियमले भनिन्, “तपाईंहरूले धर्मशास्‍‍त्र एक तरिकाले उल्था गर्नुहुन्छ, र तिनीहरूले [रोमन क्‍योथोलिकका शिक्षकहरू] अर्कै तरिकाले उल्था गर्दछन्; हामी कसलाई विश्‍‍वास गरौं, र को न्यायाधीश हुने ?”MBAJ 271.1

    सुधारकले जवाफ दिए, “तपाईंहरूले परमेश्‍‍वरलाई नै विश्‍‍वास गर्नुहुनेछ जसले उहाँको वचनमा स्पष्‍ट कुरा गर्नुहुन्छ; र वचनले सिकाएको भन्दा ज्यादा त नता एउटालाई न अर्कोलाई नै विश्‍‍वास गर्नुहोस् । परमेश्‍‍वरको वचन आफै स्पष्‍ट छ; यदि एक ठाउँमा अस्पष्‍टता देखा परेमा पवित्र आत्मा हुनुहुन्छ जो आफ्‍नै विपरीत कहिल्यै पनि बोल्‍नुहुन्‍न, उहाँले त्यही कुरा अरू ठाउँहरू अझै स्पष्‍टसाथ वर्णन गर्नुहुन्छ, ताकि त्यसमा केही शंका नहोस्, तर जो एकोहोरो अन्‍जानमा रहन्छन् तिनीहरूले शंका गर्छन् ।” —David Laing, The Collected Works of John Knox, vol. 2, pp. 281, 284.MBAJ 271.2

    भयहीन सुधारकले आफ्‍नो जीवन जोखिममा राखेर रानीको कानमा बोलेका सत्यताहरू यस्ता थिए । त्यस्तै निडर र साहसका साथ स्कोटल्याण्ड पोपतन्‍‍त्रदेखि स्‍वतन्‍‍त्र नभएसम्म प्रार्थना र प्रभुका लड़ाइँहरू लड्‍दै तिनको उद्देश्‍‍यलाई आत्मसात् गरे ।MBAJ 272.1

    बेलायतमा राष्‍ट्रिय धर्मको रूपमा प्रोटेस्टेन्ट धर्म स्थापना हुने कुराले सतावट घटायो, तर पूर्ण रूपले बन्द भने भएन । जहाँ धेरै रोमका सिद्धान्तहरू इन्कार गरिए तापनि त्यसका ढाँचाहरू धेरै नै अभ्यस्त थिए । पोपको सर्वोच्‍चतालाई अस्‍वीकार गरिएको थियो, तर त्यसको सट्टामा राजा एक चर्चको शिर स्‍वरूप सिंहासनमा विराजमान् भयो । चर्चका सेवाहरू अझै पनि सुसमाचारको शुद्धता र साधारणतादेखि टाढ़ै थिए । धार्मिक स्‍वतन्‍‍त्रताको महान् सिद्धान्तलाई अझै पनि बुझिएको थिएन । रोमले अपधर्मी मानिनेहरूमाथि प्रयोग गरेको डरलाग्दा क्रूरताहरू प्रोटेस्टेन्ट शासकहरूले कमै प्रयोग गरेतापनि तिनको आफ्‍नै विवेकका आदेशहरूअनुसार परमेश्‍‍वरलाई सेवा गर्ने प्रत्येक मानिसको अधिकार भने स्‍वीकृत भएको थिएन । सबैले स्थापित चर्चद्वारा निर्धारित सिद्धान्तहरू स्‍वीकार गर्न र सेवाका ढाँचाहरू स्‍वीकार गर्नुपर्ने अनिवार्यता जनाउँदथ्यो । बेलायती चर्चको मत-विरोधी मानिसहरूले धेरै-थोरै जे जति भएपनि सयौँ वर्षसम्म सतावट भोगे ।MBAJ 272.2

    सत्रऔँ शताब्दीमा हजारौँ पास्टरहरूलाई पदच्यूत गरियो । चर्चद्वारा स्‍वीकृत गरेको धार्मिक सभामा हाजिर हुनुबाहेक मानिसहरू अरू कुनै सभामा हाजिर भए तिनलाई अधिक जरिवाना, जेल र बहिष्कारको सजायमा निषेध गरिएको थियो । तर ती विश्‍‍वासयोग्य मानिसहरूले भेला भएर परमेश्‍‍वरलाई सेवा गर्न छोडेनन्, त्यसकारण तिनीहरू अन्धकारपूर्ण गल्‍लीहरू, अज्ञात् घरको माथिल्‍लो तल्‍लाहरू र कुनै समय मध्यरातमा जङ्गलमा भेट्‍न बाध्य थिए । जङ्गलभित्र सुरक्षित ठाउँ र परमेश्‍‍वर आफैले बनाउनुभएको मन्दिरमा ती छरपष्‍ट भएका र सतावटमा परेका प्रभुका छोराछोरीहरू तिनीहरूका प्राणहरूलाई प्रार्थना र प्रशंसामा पोखाउन भेला हुन्थे । तर तिनीहरू सबै पूर्व सावधानी भएर पनि धेरैले तिनीहरूका विश्‍‍वासको लागि कष्‍ट भागे । जेलहरू भरिए । परिवारहरू टुक्रिए । धेरै जनालाई विदेशी भूमिमा देशनिकाला गरिए । तापनि परमेश्‍‍वर उहाँका मानिसहरूसँग हुनुहुन्थ्यो, र सतावटले तिनीहरूका गवाहीलाई शान्त पार्न सक्दैनथ्यो । धेरै जना समुद्र पारी अमेरिकामा खेदिए र यहाँ तिनीहरूले सरकारी र धार्मिक स्‍वाधीनताको जग बसाले जुनचाहिँ यो देशको किल्‍ला र महिमा भएको छ ।MBAJ 272.3

    प्रेरितहरूको समयमा झैँ फेरि सतावट सुसमाचार फैल्याउने माध्यम भयो । घृणित कालकोठरीमा दुराचारी र घोर अपराधीहरूको भीडको बीचमा जोन बन्यानले स्‍वर्गकै वातावरणको सास लिए; त्यहाँ तिनले विनाशको देशबाट स्‍वर्गीय शहरसम्मको तिर्थयात्रीको यात्रा अति सुन्दर रूपककथा लेखे । दुई सय वर्षभन्दा धेरै बेडफोर्डको जेलबाट मानिसहरूका मन छुने शक्तिसाथ त्यो स्‍वर वाचन भएको थियो । बन्यानको तीर्थयात्रीको विकास [Pilgrim’s Progress] र प्रमुख पापीलाई अनुग्रह पर्याप्‍त नामक पुस्तकहरूले [Grace Abounding to the Chief of Sinners] धेरै जनाको पाइला जीवनको मार्गमा डोऱ्यायो ।MBAJ 273.1

    बाक्सटर, फ्‍लेबल, एलेन र अन्य प्रतिभाशाली मानिसहरू, शिक्षित र इसाई जीवनमा गहिरो अनुभव भएका मानिसहरू सन्तहरूलाई प्रदान गरिएको विश्‍‍वासलाई बचाउन जोशिला भई उठे । यस संसारका शासकहरूले बहिष्कार वा व्यवस्थाबाट बञ्‍चित गर्दैमा यी मानिसहरूको कामलाई कहिल्यै पनि नष्‍ट हुन सक्दैन । फ्‍लेबलको जीवनको मुहान [Fountain of Life] र अनुग्रहको ढाँचा [Method of Grace] नामक किताबहरूले हजारौँलाई तिनीहरूका प्राण ख्रीष्‍टमा कसरी समर्पित गर्ने भन्‍ने कुरा सिकायो । जसले परमेश्‍‍वरको कार्यमा जागृतिको चाहना गरेका थिए तिनीहरू धेरै जनालाई बक्सटरको सुधारिएको पास्टर [Reformed Pastor] नामक किताबले आशिषित भयो, र तिनका सन्तहरूको अनन्तको आराम [Saints’ Everlasting Rest] नामक किताबले प्राणहरूलाई परमेश्‍‍वरका जनहरूका लागि रहने “आराम”-तर्फ डोऱ्याउने आफ्‍नो काम गरेको छ ।MBAJ 273.2

    एक सय वर्षपछि एक महान् आत्मिक अन्धकारको समयमा व्हाइटफिल्ड र वेश्‍‍लीहरू परमेश्‍‍वरको ज्योतिवाहक झैँ निस्केर आए । स्थापित चर्चको शासनको अधीनमा बेलायतका मानिसहरूलाई धार्मिक ह्रासको अवस्थाले गर्दा मुर्तिपूजकबाट छुट्याउन मुश्‍‍किल परेको थियो । स्‍वभाविक धर्मचाहिँ गिर्जाघरको पादरीहरूका मनपर्दो अध्ययन थियो, यसमा प्रायजसो तिनीहरूका धर्मशास्‍‍त्रवाद समावेश भएको थियो । उच्‍च वर्गकाहरूले भक्तिलाई कट्टरताको उपनाम दिएर हाँसो उडाए, र तिनीहरू आफै कट्टरपन्थीभन्दा उच्‍च भएको कारण घमण्ड गरे । तल्‍लो वर्गकाहरू साह्रै अन्‍जान थिए र भ्रष्‍टतामा छाड़िएका थिए, जबकि फ्‍याँकिएको सत्यताको कामलाई समर्थन गर्न अब चर्चको कुनै साहस वा विश्‍‍वास पनि थिएन ।MBAJ 273.3

    लुथरले यति स्पष्‍टसाथ सिकाएको विश्‍‍वासद्वारा शुद्धीकरणको महान् सिद्धान्त झण्डै पूर्ण हराइसकेको थियो; र त्यसको स्थानमा मुक्ति पाउन असल कार्यहरूमा भरोसा राख्‍नुपर्छ भन्‍ने रोमकाे सिद्धान्त थियो । स्थापित चर्चका सदस्यहरू व्हाइटफिल्ड र वेश्‍‍लीहरू परमेश्‍‍वरको अनुग्रहको मेहनती र खोजतलाश गर्ने व्यक्तिहरू थिए, यस विषयमा तिनीहरूले असल जीवन र धार्मिक विधि-विधानहरू पालन गरेर प्राप्‍त हुन्छ भनी सिकाएका थिए ।MBAJ 274.1

    एक समयमा चार्ल्स वेश्‍‍ली विरामी भए, त्यस बेला तिनलाई मृत्यु आएझैँ लाग्यो, तिनलाई आफ्‍नो अनन्त जीवनको आशा केमा राखेको छ भनी सोधियो । तिनको जवाफ यस्तो थियो: “मैले सक्दो परमेश्‍‍वरलाई सेवा गर्ने प्रयास गरेको छु ।” तिनलाई प्रश्‍न सोध्‍ने साथी उनको जवाफमा पूर्ण सन्तुष्‍ट नभएझैँ लागेर वेश्‍‍लीले सोचे: “के ! मेरा प्रयासहरू आशाको पर्याप्‍त आधार होइनन् र ? के उहाँले मलाई मेरो प्रयासहरूबाट लुट्‍नुहुन्छ होला र ? मसँग भरोसा गर्न अरू केही छैन ।” —John Whitehead, Life of the Rev. Charles Wesley, page 102. यति घोर अन्धकार चर्चमा छाएको थियो, जसमा प्रायश्‍चित गुप्‍त राखियो र ख्रीष्‍टको महिमालाई लुटेर मानिसहरूका मष्‍तिष्क मुक्तिको एक मात्र आशाबाट—क्रूसमा टाँगिएको मुक्तिदाताको रगतबाट—फर्काइयो ।MBAJ 274.2

    वेश्‍‍ली र तिनका सँगीहरूले देख्‍न पुगे कि साँचो धर्मचाहिँ हृदयमा हुन्छ, र परमेश्‍‍वरको व्यवस्था वचन र व्यवहारसाथ-साथै विचारमा पनि पुगेको हुन्छ । बाहिरी कार्यको उचितपना साथै हृदयको पवित्रताको आवश्‍‍यकता महसुस गरे र तिनीहरूले उत्सुकतासाथ नयाँ जीवन सुरु गरे । धेरै मेहनत र प्रार्थनापूर्ण प्रयत्‍नहरूले गर्दा तिनीहरूले स्‍वभाविक हृदयका दुष्‍टताहरूलाई वशमा पार्ने प्रयास गरे । तिनीहरूले आत्म-इन्कार, दान दिने र नम्रताको जीवन-यापन गरे, जुन तिनीहरूले सबभन्दा ज्यादा चाहना गरेको कुरा अर्थात् परमेश्‍‍वरको कृपाबाट पवित्रता प्राप्‍त गर्न लाभदायिक ठानेका काम हरेक तवरले कठोर र उचितपनाका साथ पालना गरे । तर तिनीहरूले खोजेको उद्देश्‍‍य हासिल गरेनन् । व्यर्थमा तिनीहरू आफैले पापको दोषबाट स्‍वतन्‍‍त्र पार्न वा त्यसको शक्ति तोड्‍ने प्रयास गरिरहेका थिए । त्यस्तै संघर्ष लुथरले पनि तिनको एयरफोर्टको कोठामा बस्दा सामना गरेका थिए । त्यो एउटै प्रश्‍नले तिनको प्राणलाई अत्यन्त्यै यातना दिएको थियो—“परमेश्‍‍वरको सामु मानिस कसरी धर्मी ठहरिन सक्छ र ?” अय्यूब ९:२ (KJV) ।MBAJ 274.3

    प्रोटेस्टेन्ट धर्मका वेदीहरूमा निभ्‍नै लागेको ईश्‍‍वरीय सत्यताका आागो युगौँदेखि बोहिमियाका इसाईहरूले हस्तान्तरण गरेको प्राचीन राँकोले पुनः बाल्‍नुपर्ने थियो । सुधार-कार्यपछि बोहिमियामा भएको प्रोटेस्टेन्ट धर्मलाई रोमको फौजले कुल्‍चिमिल्‍ची पारी नष्‍ट गरेको थियो । सत्यता इन्कार गर्न अस्‍वीकार गर्नेहरू सबै भाग्‍न बाध्य भए । कति जनाले स्याक्सनीमा शरणस्थान पाए र त्यहाँ तिनीहरूले प्राचीन विश्‍‍वास कायम राखे । ती इसाईहरूका सन्तानद्वारा वेश्‍‍ली र तिनका सहकर्मीहरूकहाँ ज्योति आयो ।MBAJ 275.1

    जोन र चार्ल्स वेश्‍‍ली प्रचारकको रूपमा अभिषेक भएपछि अमेरिकामा प्रचारकको रूपमा पठाइए । मराबीहरूका समूह पानी जहाजमा थियो । यो यात्रामा प्रचण्ड आँधीहरूको सामना गर्नुपऱ्यो, र जोन वेश्‍‍ली मृत्युको मुखमा पुगे, तिनलाई यस्तो लाग्यो कि तिनीभित्र परमेश्‍‍वसँग शान्तिको भरोसा थिएन । त्यसको विपरीत जर्मनीहरूले चाहिँ शान्तमय र भरोसा प्रकट गरे जुन तिनको निम्ति अन्‍जान कुरा थियो ।MBAJ 275.2

    तिनले भने, “मैले लामो समयदेखि नै तिनीहरूका गम्भीर व्यवहारलाई अत्यन्त्यै ध्यान दिइरहेको थिएँ । तिनीहरूका नम्रताको विषयमा मैले हेरें, तिनीहरूले अन्य यात्रीहरूका लागि ती नीच कार्यहरू गरेर निरन्तर प्रमाण दिए जुन कुनै पनि अङ्ग्रेजले गर्ने थिएन; तिनीहरूले कुनै पनि रकम लिन चाहँदैनथे र लिँदैनथे, तिनीहरूका घमण्डी हृदयको निम्ति यो असल हो र तिनीहरूका मुक्तिदाताले तिनीहरूका खातिर अझै धेरै गर्नुभयो भनी तिनीहरू भन्‍ने गर्दथे । अनि प्रत्येक दिन तिनीहरूले दीनता देखाउने मौका पाए जसलाई कुनै पनि अनिष्‍ट कार्यले हल्‍लाउन सकेन । यदि तिनीहरूलाई धकेले, हिर्काए वा पछारेतापनि तिनीहरू फेरि उठेर जान्थे; तर तिनीहरूका मुखमा कुनै पनि गनगन सुनिदैनथ्यो । त्यहाँ अब तिनीहरू घमण्ड, रिस, बदला लिने भावनासाथ-साथै डरको आत्माबाट पनि मुक्त भएका थिए कि थिएनन् भनी जाँच गर्ने मौका आयो । तिनीहरूले भजनबाट सेवा सुरु गर्थे र त्यसै बीचमा ठूलो छाल सबैमाथि आयो, र जहाजको मुख्य पाल टुक्रा-टुक्रा पारिदियो, जहाजमा पानी भरियो, र जहाजको तल्‍लाहरूका बीचमा पऱ्यो, यस्तो लाग्थ्यो कि ठूलो गहिराईले हामीलाई निलिसकेको थियो । अङ्ग्रेजको माझमा डरलाग्दो चित्कार सुरु भयो । जर्मनीहरू शान्तसाथ गाउँदै गए । पछि गएर मैले तिनीहरूमध्ये एउटालाई सोधें, ‘तपाईंहरूलाई डर लागेन ?’ तिनले भने, ‘म परमेश्‍‍वरलाई धन्यवाद दिन्छु, लागेन ।’ मैले सोधें, ‘तर तपाईंहरूका स्‍‍त्रीहरू र नानीहरूलाई चाहिँडर लागेन ?’ तिनले नम्रसाथ जवाफ दिए, ‘अहँ, हाम्रा स्‍‍त्रीहरू र नानीहरू मर्न डराउँदैनन् ।’” —Whitehead, Life of the Rev. John Wesley, page 10.MBAJ 275.3

    सभाना पुगेपछि वेश्‍‍ली छोटो समयसम्म मोराबीहरूसँग बसे, र तिनीहरूका इसाई व्यवहारले तिनको मन अति छोयो । बेलायतको चर्चको जीवनहीन देखावटीदेखि तिनीहरूका सेवाहरू पूरै भिन्‍न थियो, तिनले लेखे: “महान् साधारणता साथ गम्भीरताले मलाई बीचको सत्र सय वर्षलाई झण्डै भुलाई दियो, र आफैलाई एक यस्तो सभाहरूका माझमा कल्पना गरें जहाँ देखावटीपन र दर्जा नै छैन; तर पाल बनाउने पावल, वा माछा मार्ने पत्रूस अध्यक्ष थिए; तापनि आत्मा र शक्तिको प्रदर्शनी थियो ।” —Whitehead, Life of the Rev. John Wesley, pages 11, 12.MBAJ 276.1

    वेश्‍‍ली बेलायत फर्कदाखेरि मराबीहरूका एक जना प्रचारकको शिक्षाले गर्दा बाइबलमा आधारित विश्‍‍वासमा अझै स्पष्‍ट भए । मुक्ति पाउन आफ्‍नै काममा भरोसा राख्‍ने कुरालाई इन्कार गर्नुपर्छ र पूर्णरूपमा “परमेश्‍‍वरको थुमामाथि” भरोसा राख्‍नुपर्छ, “जसले संसारको पाप उठाई लैजानुहुन्छ” भनी तिनी विश्‍‍वस्त भए । लन्डनमा एउटा मराबी समाजमा भएको सभामा लुथरले लेखेको एक हरफ पढियो, विश्‍‍वासीहरूका हृदय परिवर्तन गर्ने कार्य परमेश्‍‍वरको आत्माले गर्नुहुन्छ भनी वर्णन गरिएको थियो । जब वेश्‍‍लीले सुने तब तिनको मनमा विश्‍‍वासको आरम्भ भयो । तिनले भने, “मेरो हृदय अनौठो तरिकाले न्यानो भएको मैले महसुस गरें । म ख्रीष्‍ट, र ख्रीष्‍टलाई मात्र मुक्तिको लागि भरोसा राख्‍छु जस्तो लाग्यो: र एउटा आशा मलाई दिइयो कि उहाँले मेरो पाप उठाई लानुभएको छ, मेरो पनि, र मलाई पाप र मृत्युको व्यवस्थाबाट बचाउनुभएको छ ।” —Whitehead, Life of the Rev. John Wesley, page 52.MBAJ 276.2

    लामो वर्षहरूका थकित र आरामरहित परिश्रमद्वारा—कठोर आत्मा-इन्कार, घृणा र नीचताका वर्षहरूमा—वेश्‍‍लीले परमेश्‍‍वरलाई खोज्‍ने एउटै उद्देश्‍‍य दृढतासाथ अपनाए । अब तिनले उहाँलाई पाए; जुन तिनले प्रार्थना, उपवासहरू, दान-कार्य र आत्म-त्यागद्वारा परिश्रम गरेर जित्‍ने प्रयास गरेका थिए त्यही अनुग्रह त “विनापैसा र विनादाम,” एउटा उपहार स्‍वरूप पो प्राप्‍त भयो ।MBAJ 277.1

    एक पल्ट तिनको विश्‍‍वास ख्रीष्‍टमा स्थापना भएपछि परमेश्‍‍वरको सित्तैको अनुग्रहको महिमित सुसमाचारको ज्ञान जहाँतहाँ फैल्याउने इच्छाले तिनको पूरा मन जल्यो । तिनले भने, “म सारा संसारलाई मेरो प्रचारको क्षेत्रझैँ ठान्छु; म जुनै भागमा भएपनि मलाई यस्तै लाग्छ कि मैले गर्नुपर्ने कामचाहिँ सुन्‍न चाहनेहरूलाई मुक्तिको खुशीको समाचार घोषणा गर्ने हो ।” —Whitehead, Life of the Rev. John Wesley, page 74.MBAJ 277.2

    तिनले आफ्‍नो कडा र आत्म-त्यागी जीवनलाई निरन्तरता दिए, अब मुक्ति पाउने आधारको रूपमा होइन, तर विश्‍‍वासको परिणामको रूपमा; जरा होइन, तर पवित्रताको फल स्‍वरूप भयो । ख्रीष्‍टमा परमेश्‍‍वरको अनुग्रह नै इसाई आशाको जग हो, त्यो अनुग्रह आज्ञाकारितामा प्रकट हुन्छ । वेश्‍‍लीको जीवन महान् सत्यताहरू प्रचार गर्न अर्पित भएको थियो जुन तिनले प्राप्‍त गरेका थिए—ख्रीष्‍टको प्रायश्‍चित रगतमा विश्‍‍वासद्वारा शुद्धीकरण हुन्छ र हृदयमा पवित्र आत्मा पुनःनयाँ गर्ने शक्तिद्वारा ख्रीष्‍टको उदाहरणमा परिवर्तन भएको जीवनमा फल फलाउँछ ।MBAJ 277.3

    व्हाइटफिल्ड र वेश्‍‍लीहरूले तिनीहरूका कामको लागि तिनीहरू आफ्‍नै हराएको अवस्थाको लामो र तीखो व्यक्तिगत विश्‍‍वासद्वारा तयार गरेका थिए; ताकि तिनीहरूले ख्रीष्‍टको असल सिपाहीहरूका रूपमा कठिनाई सहन सकून्, तिनीहरू विश्‍‍वविद्यालयमा र प्रचारमा प्रवेश गर्दा खिसी, उपहास र सतावटको घोर अग्‍नि-परीक्षामा पारिएका थिए । तिनीहरू र तिनीहरूसँग सहानुभूति प्रकट गर्नेहरूलाई घृणासाथ तिनीहरूका अभक्ति सँगी विद्यार्थीहरूले मेथोडिस्टहरू भन्थे—एक आदरयुक्त नाम जुन वर्तमान समयमा बेलायत र अमेरिकामा सबभन्दा ठूलो संस्थाहरूमध्ये यसलाई पनि चिनिन्छ ।MBAJ 277.4

    बेलायतको चर्चका सदस्यहरू भएर तिनीहरू त्यसको देखावटी सेवाका विधिहरूमा पूरै सम्बधित थिए, तर प्रभुले तिनीहरूलाई उहाँको वचनद्वारा अझै उच्‍च स्तर प्रस्तुत गर्नुभयो । पवित्र आत्माले तिनीहरूलाई ख्रीष्‍टको विषयमा र उहाँको क्रूसको मृत्युको प्रचार गर्न अग्रह गर्नुभयो । तिनीहरूका काममा सर्वोच्‍चको शक्तिको उपस्थिति थियो । हजारौँलाई घट्‍मा पाऱ्यो र सत्य परिवर्तन भए । यी भेड़ाहरूलाई रिसाहा ब्‍वाँसोहरूदेखि बचाउन आवश्‍‍यक नै थियो । वेश्‍‍लीले नयाँ संस्था आरम्भ गर्ने केही विचार गरेका थिएनन्, तर तिनले मेथोडिस्ट कनेक्सन नाम दिएर यसलाई व्यवस्थित गरे ।MBAJ 277.5

    स्थापित चर्चबाट यी प्रचारकहरूले रहस्यमय र परिक्षित विरोधहरूकाे सामना गर्नुपरेकाे थियो; तापनि परमेश्‍‍वरले उहाँको बुद्धिले चर्चभित्रबाटै सुधारलाई आरम्भ गर्ने घटनाहरू अगुवाइ गर्नुभयो । यदि यो पूर्णरूपले बाहिरबाट आएको भए जहाँ अति आवश्‍‍यक परेको थियो त्यहाँ त्यसले प्रवेश गर्न पाउँदैनथ्यो । तर जागृत प्रचारकहरू नै चर्चका सदस्यहरू थिए र तिनीहरूले चर्चभित्र मौका पाएअनुसार परिश्रम गरे, सत्यता प्रवेश गरिएको थियो, नत्रता ती बन्द रहेका ढोकाहरू बन्द नै रहनेथिए । कति जना गिर्जाघरका पादरीहरू नैतिक अचेतपनाबाट उठे र तिनीहरूका आफ्‍नै अधिकारिक ठाउँहरूमा जोशिला प्रचारकहरू बने । देखावटीपनद्वारा मरेका चर्चहरू अब जिवित पारिए ।MBAJ 278.1

    वेश्‍‍लीको समयमा पनि चर्च इतिहासको अरू सबै युगहरूमा झैँ विभिन्‍न बरदान भएका मानिसहरूले तिनीहरूलाई जिम्मा लगाएका काम गरे । तिनीहरू सिद्धान्तको प्रत्येक बुँदाहरूमा मिलेका थिएनन्, तर सबै परमेश्‍‍वरको आत्माद्वारा चलेका थिए, र ख्रीष्‍टको लागि आत्मा जित्‍ने एउटै उद्देश्‍‍यमा एकमत भएका थिए । व्हाइटफिल्ड र वेश्‍‍लीहरूको बीचमा भएको भिन्‍नताले एक समयमा विच्छेद् सृजना हुन आँटेको थियो; तर जब तिनीहरूले ख्रीष्‍टको स्कुलमा दीनता सिके, तब आपसी सहनशीलता र प्रेमले तिनीहरूमा मिलाप ल्यायो । तिनीहरूसँग तर्क गर्ने समय थिएन, जबकि झुटो र अधर्म जताततै पैदा भइरहेको थियो, र पापीहरू विनाशतर्फ जाँदैथिए ।MBAJ 278.2

    परमेश्‍‍वरका दासहरू कठिन बाटोमा हिँड़े । प्रभावशाली र शिक्षित मानिसहरूले तिनीहरूका विरुद्धमा आफ्‍नो शक्ति प्रयोग गरे । केही समय बितेपछि गिर्जाघरका पूरोहितहरूले निर्णायक विरोध प्रकट गरे, र शुद्ध विश्‍‍वास र यसका प्रचारकहरूका विरुद्ध चर्चका ढोकाहरू बन्द भए । गिर्जाघरका पूरोहितहरूले तिनीहरूलाई पुल्पिटबाट घृणा गरेर अन्धकार, अज्ञानता र अधर्मका तत्‍वहरूलाई नै उत्साहित पाऱे । जोन वेश्‍‍ली बारम्बार परमेश्‍‍वरको अचम्मको कृपाले गर्दा मृत्युबाट उम्केका थिए । जब हुलदङ्गको रिस तिनको विरुद्ध उत्तेजित भयो, र त्यहाँ उम्कने बाटो कही पनि नदेख्दा एक स्‍वर्गदूत मानव रूपमा तिनको छेउमा आए, हुलदङ्गा पछाड़ि हट्यो, ख्रीष्‍टको दास खतराको ठाउँदेखि सुरक्षित स्थानमा लगिए ।MBAJ 278.3

    ती घटनाहरूमध्ये एउटामा रिसाहा हुलदङ्गाबाट उद्धार हुँदा वेश्‍‍लीले भने: “जब हामी चिप्‍लो बाटो भएर शहरतिर अोरालो जाँदैथियौं तब धेरैले मलाई तल फ्‍याँक्‍ने प्रयास गरे; यदि म एक पल्ट भुइँमा लड़ेपछि उठ्‍न नसकोस् भनी तिनीहरूले सोचीरहेका थिए । तर म पूर्णरूपमा तिनीहरूका हातबाट ननिस्केसम्म अल्झेर लडिनँ र अलिकति पनि चिप्‍लिनँ । ... धेरै जनाले मेरो कलर वा कपड़ामा पक्रेर तलतिर तानेर लड़ाउने प्रयास गरेतापनि, तिनीहरूले समात्‍न सकेनन्: एउटाले मात्र मेरो इस्टकोटको एक छेउतिर बलियोसँग समातेको थियो, तर त्यो त्यसकै हातमा चुडियो; अर्कोतिर पनि आधी च्यातियो त्यसमा बैंकको चेक राखिएको थियो । ... बलियो मान्छे पछाड़ि थियो, मलाई बज्राथको ठूलो लौरोले कति पल्ट हिर्काउने प्रयास गऱ्यो; यदि उसले त्यो लौरो लिएर मलाई एक पल्ट मेरो टाउकोको पछाड़िको भागमा हिर्काएको भए ऊ बाँकी सबै समस्याबाट बाँच्‍ने थियो । तर प्रत्येक पल्ट उसको प्रहार छेउतिर तर्केर जान्थ्यो, कसरी हो, मलाई थाहा छैन; किनकि म देब्रे वा दाहिने सर्न सक्दिनथें । ... अर्को एक जना भीडबाट वेगले कुदेर आयो, हिर्काउनलाई उसले हात उठाउँदा अचानक उसले हात खत्रकै तल झाऱ्यो, खर्तक्‍क राख्यो, र यसो भनेर मेरो कपाल छोयो, ‘उसको कपाल कति नरम छ !’ ... पहिला मानिसहरू जसका हृदय परिवर्तन भएका थिए जो शहरका साहसीहरू थिए, सबै कार्यक्रमहरूमा घुइँचोहरूको कप्‍तान थियो, तिनीहरूमध्ये एक जना यस्तो थियो कि पूरस्कारका लागि भालुको बँगैचामा लड़ाइँ गर्ने गर्दथ्यो । ...MBAJ 279.1

    “कति नम्र तरिकाले परमेश्‍‍वरले हामीलाई उहाँको इच्छाका लागि तयार गर्नुहुन्छ ! दुई वर्ष अगाडि ईटाको टुक्राले मेरो कुमको छेउमा हिर्कायो । एक वर्षपछि दुङ्गाले मलाई आँखाको बीचमा हिर्कायो । एक महिना अगाडि मैले एक पल्ट, र आज साँझमा दुई पल्ट, हामी शहरमा आउनुभन्दा अघि एक पल्ट र हामी बाहिर गइसकेपछि एक पल्ट मुक्‍का खाएँ; तर दुई ओटै मुक्‍का केही जस्तो पनि लागेन; किनकि एक व्यक्तिले मलाई उसको सारा शक्तिले छातीमा हिर्कायो, र अर्को व्यक्तिले मेरो मुखमा जोड़साथ हिर्कायो कि रगत तुरुन्तै खोला जस्तै बग्यो, मलाई कुनै मुक्‍काले पनि दुखेन परालले छोएजस्तो मात्र भयो ।” —John Wesley, Works, vol. 3, pp. 297, 298.MBAJ 280.1

    चर्चका सदस्यहरू र तिनीहरूका कुब्याख्याहरूले उक्साएको साधारण अधर्मीहरूबाट पहिलेका मेथोडिस्टहरू सदस्यहरूसाथै प्रचारकहरूले उपहास र सतावट भोगे । तिनीहरूलाई अदालतको सामु आरोप लागाइयो—त्यो त नाम मात्र थियो कि त्यो समयको अदालतमा न्याय विरलै पाइन्थ्यो । प्रायः तिनीहरू अत्याचारीहरूबाट हिंसा सहनुपर्दथ्यो । हुलदङ्गा घर-घर गए, टेबुल, कुर्सीहरू काठका सामानहरू, तालमालहरू नष्‍ट गर्दै तिनीहरूलाई इच्छा लागेको लुट्‍दै, र पुरूषहरू, स्‍‍त्रीहरू र केटाकेटीहरूलाई निर्दयीता तरिकाले अत्याचार गर्दै गए । कुनै बेलामा मेथोडिस्टको घरको झ्याल फुटाउन र लुट्‍न सहायता गर्नका निम्ति निर्धारित समय र जग्गामा भेला हुने सार्वजनिक सुचनाहरू टाँसिएको हुन्थ्यो । यी मानवीय र दैवी नियमहरू प्रत्यक्ष भङ्ग गर्ने काम तिरस्कारविना नै पार हुने अनुमति दिइयो । पापीहरूको गोड़ा विनाशको मार्गबाट पवित्रताको मार्गमा फर्काउने कार्य मात्र तिनीहरूको एक गल्ती थियो ती नै मानिसहरू विरुद्ध एक व्यवस्थित सतावट परिचालित भयो ।MBAJ 280.2

    जोन वेश्‍‍लीले तिनी र तिनका साथीहरूलाई दोष दिने प्रसङ्गमा बोल्दै भने: “कति जनाले आरोप लगाउँदछन् कि यी मानिसहरूका सिद्धान्तहरू झूटो, भ्रमपूर्ण र अति जोशपूर्ण छन्; ती कुराहरू नयाँ र हालसालै मात्र सुनिदैछ; ती कुराहरू क्‍वेकरका धर्म, कट्टरपन्थी र पोपतान्‍‍त्रीय हुन् । यी सम्पूर्ण बहाना जरैबाट काटिसकिएको छ, यो सिद्धान्तका प्रत्येक शाखाचाहिँ हाम्रो आफ्‍नै चर्चद्वारा नै धर्मशास्‍‍त्रबाट स्पष्‍ट पारी अर्थ लगाइएको सिद्धान्त हो भनी व्यापकरूपमा प्रकट गरिएको छ । त्यसकारण धर्मशास्‍‍त्र सत्य हो, यो झूटो होइन, नता भ्रम हो ।” “अर्को आरोप, ‘तिनीहरूका सिद्धान्त साह्रै कडा छ; तिनीहरूले स्‍वर्ग जाने मार्ग अति साँगुरो बनाउँछन् ।’ साँच्‍चै नै यो प्रथम प्रतिवाद थियो, (केही समयसम्म त झण्डै यो मात्र थियो) र गुप्‍तरूपमा अझै हजारको जग हो, जुन विभिन्‍न आकारहरूमा देखा पर्दछन् । तर के तिनीहरूले स्‍वर्ग जाने मार्ग हाम्रो प्रभु र उहाँका प्रेरितहरूले भन्दा साँगुरो बनाउँछन् त ? के तिनीहरूका सिद्धान्त बाइबलको भन्दा कडा छ त ? केही स्पष्‍ट पदहरूलाई मात्र विचार गर्नुहोस्: ‘तैंले परमप्रभु आफ्‍ना परमेश्‍‍वरलाई तेरो सारा हृदयले, तेरो सारा प्राणले, तेरो सारा समझले, र तेरो सारा शक्तिले प्रेम गर् ।’ ‘हरेक व्यर्थको कुरा जो मानिसहरू बोल्दछन्, न्यायको दिनमा तिनीहरूले त्यसको लेखा दिनुपर्नेछ ।’ ‘यसकारण चाहे तिमीहरू खाओ, अथवा पिओ, वा तिमीहरू जेसुकै गर, सबै परमेश्‍‍वरका महिमाको निम्ति गर ।’ [मर्कूस १२:३०; मत्ती १२:३६; १ कोरिन्थी १०:३१] ।MBAJ 280.3

    “यदि तिनीहरूका सिद्धान्त योभन्दा कडा भए पो तिनीहरू दोषी हुन्छन्; तर तपाईंलाई आफ्‍नो विवेकमा थाहा छ यो त्यस्तो छैन । अनि कोचाहिँ परमेश्‍‍वरको वचनलाई भ्रष्‍ट नपारिकन एउटै बिन्दु कम कडा हुन सक्छ ? यदि त्यसले पवित्र भण्डारको कुनै भाग परिवर्तन गऱ्यो भने के परमेश्‍‍वरका रहस्यहरूका कुनै भण्डारेलाई विश्‍‍वासयोग्य पाउन सकिन्छ त ? पाइँदैन । त्यसले केही पनि घटाउन सक्दैन, त्यसले केही पनि नरम पार्न सक्दैन; त्यसले सबै मानिसहरूलाई घोषणा गर्न बाध्य पार्छ, ‘म धर्मशास्‍‍त्र तिमीहरूका इच्छाअनुसार तल खसाल्‍न सक्दिनँ । तिमीहरू यसमा माथि आउनैपर्छ, वा अनन्तसम्म नाश हुनुपर्छ ।’ ‘यी मानिसहरूका प्रेमहीनताको’ विषयमा प्रख्यात् आवाजको वास्तविक आधार यही हो । तिनीहरू प्रेमहीन छन् ? कुन कुरामा ? के तिनीहरूले भोकालाई खुवाएका र नाङ्गालाई पहिराएका छैनन् र ? ‘त्यस्तो कुरो होइन: तिनीहरू यसमा कमी छैनन्; तर तिनीहरू न्याय गर्ने काममा प्रेमहीन छन् ! तिनीहरूका मार्गमा हिड्‍नेहरूबाहेक कसैले पनि उद्धार पाउँदैन भनी तिनीहरू सोच्छन् ।’” —John Wesley, Works, vol. 3, pp. 152, 153.MBAJ 281.1

    वेश्‍‍लीको समयभन्दा ठीक अगाडि बेलायतमा प्रकट भएको आत्मिकी पतन एन्टीनोमियन [व्यस्था विरोधी]-को शिक्षाको ठूलो परिणाम थियो । धेरै जनाले ठोकूवा दिए कि ख्रीष्‍टले नैतिक व्यवस्थालाई रद्द गर्नुभयो त्यसकारण इसाईहरूले यसलाई पालन गर्न अनिवार्य छैन; जसमा विश्‍‍वासीहरू “असल कार्यहरूका बन्दी”-हुन बाट स्‍वतन्‍‍त्र भएका छन् । तापनि अरूले व्यवस्थाको अनन्ततालाई अपनाएर घोषणा गरे कि प्रचारकहरूले मानिसहरूलाई यसका नियमहरू पालन गर्न अनुरोध गर्नु आवश्‍‍यक छैन, किनकि परमेश्‍‍वरले मुक्तिमा चुन्‍नुभएकाहरूले “दैवी अनुग्रहको दबाउन नसकिने चाहनाद्वारा सदाचारी र भक्तिको व्यवहारमा डोऱ्याउनुहुनेछ,” जबकि तिनीहरू अनन्त दण्डमा पर्नै लागेका थिए र तिनीहरूसँग “दैवी व्यवस्था पालन गर्ने शक्ति थिएन ।”MBAJ 281.2

    “चुनिएकाहरू अनुग्रहबाट पतन हुन सक्दैनन् नता परमेश्‍‍वरको अनुग्रह नै गुमाउन सक्छन्” भन्‍ने कुरालाई अरूले विश्‍‍वास गरेर अझै डरलाग्दो निष्कर्षमा पुगे कि “तिनीहरूले गरेका दुष्कार्य वास्तवमा पापमय छैन, तिनीहरूले दैवी व्यवस्था भङ्ग गरेका छन् भनेर पनि सोच्‍नु हुँदैन, त्यसको परिणाम स्‍वरूप तिनीहरूलाई पापहरू स्‍वीकार गर्न वा पश्‍चात्तापद्वारा हटाउने कुनै अवसर थिएन ।” —McClintock and Strong, Cyclopedia, art. “Antinomians.” त्यसकारण तिनीहरूले घोषणा गरे कि पापहरूमध्ये कुनै पनि एक सबभन्दा दुष्‍टचाहिँ “विश्‍‍वव्यापीरूपमा दैवी व्यवस्था भङ्ग गर्नु हो भन्‍ने मान्यता थियो, तर परमेश्‍‍वरको दृष्‍टिमा पाप होइन,” यदि चुनिएकाहरूमध्ये एक जनाले भङ्ग गर्छ किनकि “चुनिएको व्यक्तिको आवश्‍‍यकीय र छुट्टै चरित्रगुणहरू हो कि तिनीहरूले परमेश्‍‍वरलाई बेखुशी पार्ने काम र व्यवस्थाले निषेध गरिएको काम गर्नै सक्दैनन् ।”MBAJ 282.1

    यी अति दुष्‍ट सिद्धान्तहरू वास्तवमा प्रख्यात् शिक्षादाताहरू र धर्मशास्‍‍त्रीको पछिल्‍लो शिक्षा जस्तै छ—त्यहाँ कुनै पनि सत्यताको स्तर स्‍वरूप अपरिवर्तनीय दैवी व्यवस्थाअनुसार छैन, तर नैतिकताको स्तर समाज आफैले निर्धारण गरेको छ, र त्यसलाई निरन्तररूपमा परिवर्तन गर्न सकिन्छ । यी सबै विचारहरूलाई एउटै मुख्य आत्माले प्रेरणा दिएको हो—जसद्वारा स्‍वर्गको पापहीन निवासीलाई पनि परमेश्‍‍वरको व्यवस्थाको धार्मिक नियन्‍‍त्रणलाई भत्काउने प्रयासमा उसको काम सुरु गऱ्यो ।MBAJ 282.2

    दैवी आदेशहरूले मानिसहरूको चरित्र हेरफेर गर्न नसक्‍नेगरी पक्‍का गर्छ भने सिद्धान्तको कारणले धेरैलाई परमेश्‍‍वरको व्यवस्थालाई वास्तविकरूपले अस्‍वीकार गराइयो । वेश्‍‍लीले एन्टोनोमियन [व्यवस्था विरोधी] शिक्षकहरूको गलतलाई दृढतासाथ विरोध गरे जुन सिद्धान्तले व्यवस्था विरोधी शिक्षातर्फ डोऱ्यायो सो धर्मशास्‍‍त्र विपरीत छ भनी देखायो । “सबै मानिसहरूका मुक्तिको निम्ति परमेश्‍‍वरको अनुग्रह प्रकट भएको छ ।” “हाम्रा मुक्तिदाता परमेश्‍‍वरको दृष्‍टिमा यो असल र ग्रहणयोग्य छ । सबै मानिसहरूले मुक्ति पाऊन् र तिनीहरू सत्यको ज्ञानमा आऊन् भन्‍ने इच्छा उहाँ गर्नुहुन्छ । किनकि परमेश्‍‍वर एउटै हुनुहुन्छ, परमेश्‍‍वर र मानिसहरूका बीचमा मध्यस्थ पनि एउटै हुनुहुन्छ—मानिस, ख्रीष्‍ट येशू । उहाँले सबैका छुटकाराकाे मोल तिर्नको निम्ति आफैलाई सुपिदिनुभयो ।” तितस २:११; १ तिमोथी २:३-६ । प्रत्येक मानिसलाई मुक्तिको उपाय अपनाउन परमेश्‍‍वरको आत्माले सित्तैमा सामर्थ्य प्रदान गर्नुभएको छ । यसरी ख्रीष्‍ट, “साँचो ज्योति” संसारमा आउने प्रत्येक मानिसहरूलाई ज्योति प्रदान गरिन्छ । यूहन्‍ना १:९ । मानिसहरूले जीवनको उपहार आफ्‍नै इच्छाले इन्कार गरी मुक्ति हासिल गर्न असफल हुन्छन् ।MBAJ 282.3

    ख्रीष्‍टको मृत्युमा चाड़पर्वको नियमसाथै दश आज्ञा पनि रद्द भयो भन्‍ने दाबीको विषयमा जवाफ दिदै वेश्‍‍लीले भने: “नैतिक व्यवस्था दश आज्ञामा पाईन्छ र यो अगमवक्ताहरूद्वारा लागू भयो, तर उहाँले हटाउनुभएन । उहाँको आगमन यसको कुनै भाग रद्द गर्ने योजना भएको थिएन । यो यस्तो व्यवस्था हो जुन कहिल्यै पनि भङ्ग हुँदैन, जुनचाहिँ ‘स्‍वर्गमा विश्‍‍वासयोग्य गवाहीको रूपमा अटल रहन्छ ।’ ... यो संसारको सुरुदेखि नै थियो, ‘शिलापटीमा लेखिएको थिएन,’ तर जब तिनीहरू सृष्‍टिकर्ताको हातबाट आए तब सबै मानिसहरूका सन्तानका हृदयमा सो लेखिएको थियो । अनि जेभएपनि एक पल्ट परमेवरको औलाले लेख्‍नुभएका अक्षरहरू अहिले धेरैजसो पापद्वारा मेटिएतापनि यो पूर्णरूपले मेटिन सक्दैन, जबसम्म हामीमा असल र खराबको केही ज्ञान हुन्छ । यो व्यवस्थाको प्रत्येक भाग सबै मानवजाति र सबै युगहरूमा लागु हुनुपर्छ; यो समय वा स्थान अथवा कुनै परिवर्तनशील परिस्थितिमा निर्भर छैन, तर परमेश्‍‍वरको स्‍वभाव, र मानिसहरूका स्‍वभाव र तिनीहरूका अपरिवर्तनीय आपसीे सम्बन्धमा भर पर्दछ ।MBAJ 283.1

    “‘म ती रद्द गर्न होइन, तर पूरा गर्न आएँ ।’ ... निसंदेह, यो भागमा उहाँले भन्‍न खोज्‍नुभएको यही हो (अगाडि र पछाड़िको कुरालाई मिलाएर हेर्दा)—मानिसहरूका सबै भ्रामक कुराहरू भएपनि म यसलाई पूर्णतामा स्थापना गर्न आएँ: जुन कुरा अन्धकार र अस्पष्‍ट थियो त्यसलाई म पूर्ण र स्पष्‍ट दृश्‍‍य देखाउन आएँ: यसको प्रत्येक अंशको सत्य र पूर्ण महत्‍व घोषणा गर्न आएँ; त्यहाँ समावेश भएका प्रत्येक आज्ञाहरूका लम्बाइ, चौड़ाइ र पूर्ण नाप देखाउन अनि त्यसका सम्पूर्ण शाखाहरूका उचाइ, गहिराइ र अवर्णनीय शुद्धता र अध्यात्मिकता देखाउन म आएँ ।” —Wesley, sermon 25.MBAJ 283.2

    वेश्‍‍लीले व्यवस्था र सुसमाचारको पूर्ण मिलाप रहेको कुरा घोषणा गरे । “यसकारण त्यहाँ व्यवस्था र सुसमाचारको बीचमा घनिष्‍ठ सम्बन्ध देख्‍न सकिन्छ । एकातिर व्यवस्थाले निरन्तररूपमा सुसमाचारतर्फ जाने मार्ग बनाउँछ, र हामीलाई त्यतैतिर डोऱ्याउँदछ; अर्कोतिर फेरि सुसमाचारले हामीलाई निरन्तररूपमा व्यवस्था पालन गर्न अगुवाइ गर्दछ । उदाहरणको लागि, व्यवस्थाले हामीलाई परमेश्‍‍वरलाई प्रेम गर्न, हाम्रा छिमेकीहरूलाई प्रेम गर्न, दीनता, नम्र र पवित्र हुनुपर्ने अनिवार्यतालाई जनाउँछ । हामी यी कुराहरूका लागि पर्याप्‍त छैनौं भनी हामी महसुस गछौं; साँच्‍चै नै ‘मानिसमा यो असम्भव छ;’ तर हामीलाई त्यो प्रेम दिने, नम्र बनाउने, दीनता र पवित्र बनाउने परमेश्‍‍वरको प्रतिज्ञा हामी देख्‍छौं; हामी यो सुसमाचार र यी हर्षित समाचार पक्रिराख्‍छौं; यो हामीलाई हाम्रो विश्‍‍वासअनुसार हुनेछ; र ‘व्यवस्थाको धार्मिकताचाहिँ’ येशू ख्रीष्‍टमा विश्‍‍वास गर्नेद्वारा हामीमा पूरा हुन्छ ।”MBAJ 284.1

    वेश्‍‍लीले भने, “जसले खुलारूपले र प्रत्यक्षरूपले ‘व्यवस्थालाई नै न्याय गर्छन्’ र ‘व्यवस्थाको विषयमा झूटो कुरा बोल्छन्’ तिनीहरू नै ख्रीष्‍टको सुसमाचारको सबभन्दा उच्‍च वर्गमा पर्ने शत्रुहरू हुन्; जसले मानिसहरूलाई एउटा मात्रै आज्ञा भङ्ग गर्न सिकाउने होइन, (विघटित गर्नु, छाड़ा छोड्‍नु, त्यसको कर्तव्यबाट स्‍वतन्‍‍त्र दिनु) चाहे सानो वा ठूलो होस्, सबै आज्ञा एकै चोटी भङ्ग भएका हुन्छन् । ... यो ठूलो भ्रमसँगै सम्पूर्ण परिस्थितिहरूबाट सबभन्दा अचम्मलाग्दो कुरा यो हो कि तिनीहरू जो यसमा लागी परेका छन् तिनीहरूले उहाँको व्यवस्था नष्‍ट गर्नेद्वारा ख्रीष्‍टलाई आदर गर्न सकिन्छ, र तिनीहरूले उहाँका सिद्धान्तहरूलाई नष्‍ट गर्नेद्वारा उहाँको पदलाई चाहिँ महिमित पारिरहेका छन् भनेर वास्तवमै विश्‍‍वास गरेका छन् ! साँच्‍चै नै जसरी यहूदाले ‘सलाम मालिक’ भनेर ‘उहाँलाई चुम्बन गरे’ त्यसरी नै तिनीहरूले उहाँलाई आदर दिएका छन् । तिनीहरू सबैलाई उहाँले न्यायसङ्गतपूर्वक भन्‍न सक्‍नुहुन्छ, ‘के तिमी मानिसको पुत्रलाई चुम्बनद्वारा धोका दिन चाहन्छौ ?’ उहाँको रगतको विषयमा बोल्‍नु, उहाँको मुकुट हटाउनु, उहाँको सुसमाचार बढाउने बहाना गर्दै उहाँको व्यवस्थाको कुनै पनि भागलाई रद्द गर्नु भनेको चुम्बनद्वारा धोका दिनु जस्तै हो । जसले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा आज्ञाकारिताको कुनै शाखालाई हटाउने इच्छा गरी कुनै यस्तो तरिकाले विश्‍‍वास प्रचार गर्दछ: जसले परमेश्‍‍वरको सबभन्दा सानो आज्ञालाई कुनै तरिकाले रद्द गर्ने वा कमजोर पार्ने तवरले ख्रीष्‍टको विषयमा प्रचार गर्छ त्यस्ता कोही पनि यो दोषबाट निश्‍चय नै उम्कन सक्‍नेछैन ।” —Wesley, sermon 25.MBAJ 284.2

    जसले “सुसमाचारको प्रचारद्वारा सम्पूर्ण व्यवस्था उद्देयश्‍‍यहरू पूरा गर्दछ” भनी दबाब दिए, तिनीहरूलाई वेश्‍‍लीले जवाफ दिए: “यो हामी पूर्णरूपले इन्कार गर्छौं । यसले व्यवस्थाको पहिलो उद्देश्‍‍य पनि समाधान गर्दैन, विशेषगरी मानिसहरूलाई पापको दोषी महसुस गराउनु र जो अझै नरकको धारमा सुतिरहेकाहरू छन् तिनीहरूलाई ब्युँझाउनु हो ।” प्रेरित पावल घोषणा गर्दछन् कि “व्यवस्थाद्वारा नै पापको चेतना हुन्छ ।” “त्यसैले मानिसमा पापको दोष महसुस नभएसम्म उसले ख्रीष्‍टको प्रायश्‍चित्त गर्ने रगतको आवश्‍‍यकता वास्तवमा अनुभव गर्नेछैन । ... हाम्रा प्रभु आफैले व्यक्त गर्नुभएझैँ, ‘जो स्‍वस्थ छन् तिनीहरूलाई डाक्टरको आवश्‍‍यक छैन, तर रोगीहरूलाई डाक्टरको आवश्‍‍यकता पर्दछ ।’ त्यसकारण निरोगी वा तिनीहरू आफैलाई निरोगी महसुस गर्ने मानिसहरू सामु डाक्टर प्रस्तुत गर्दा अनुचित हुन्छ । सर्वप्रथम तिनीहरू रोगी छन् भनी तपाईंले प्रमाणित गर्नुपर्छ; नत्रता तिनीहरू तपाईंको परिश्रमप्रति आभारी हुने छैनन् । जसको हृदय पूर्ण छ र कहिल्यै पनि भाँचिएको छैन भने तिनीहरूलाई ख्रीष्‍ट प्रदान गर्नु पनि अनुचित नै हुन्छ ।” —Wesley, sermon 35.MBAJ 285.1

    यसरी जब परमेश्‍‍वरको अनुग्रहको सुसमाचार प्रचार गर्दै, वेश्‍‍लीले पनि तिनका मालिकले झैँ “व्यवस्थालाई उच्‍च पार्ने, र आदरणीय बनाउने” प्रयास गरे । परमेश्‍‍वरले तिनलाई दिनुभएको काम तिनले विश्‍‍वासयोग्यताका साथ पूरा गरे, र त्यसका परिणामहरू यति महिमित थिए जुन तिनले देख्‍न पाए । आधा शताब्दीभन्दा धेरै समयसम्म घुमेर प्रचार गरे र असी वर्षभन्दा धेरै लामो जीवनको अन्तमा तिनका शिक्षा स्‍वीकार गरेका अनुयायीहरू सङ्ख्यामा पाँच लाखभन्दा धेरै मानिसहरू थिए । तर भीडका भीड मानिसहरू तिनका परिश्रमहरूद्वारा पापको विनाश र पतनबाट अझै उच्‍च र शुद्ध जीवनमा उठाइएका थिए, र तिनको शिक्षाद्वारा जसले अझै गहिरो र मूल्यवान अनुभव प्राप्‍त गरे तिनीहरूका सङ्ख्या मुक्ति पाएका सम्पूर्ण परिवार परमेश्‍‍वरको राज्यमा भेला नभएसम्म थाहा हुनेछैन । तिनको जीवनले प्रत्येक इसाईलाई अमूल्य महत्‍वकाे पाठ प्रकट गर्दछ । ख्रीष्‍टको यो दासको विश्‍‍वास, नम्रता, अथक जोश, आत्म-बलिदान र समर्पण वर्तमान् चर्चहरूमा प्रतिबिम्ब गर्न सकून् !MBAJ 285.2