Loading...
Larger font
Smaller font
Copy
Print
Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    ३. यहूदा

    यहूदाको इतिहासले एक यस्तो जीवनको दुःखद अन्त्यको बारेमा चित्रण गर्दछ जुन जीवन परमेश्‍‍वरमा इज्‍जतदार सावित हुन सक्‍नेथियो । यदि यहूदा यरुशलेमतर्फको आफ्‍नो अन्तिम यात्रा अगावै मरेका भए उनी बाह्र चेलाहरूमध्ये एक गनिने योग्यका ठहरिनेथिए, जसको अभाव अधिकमात्रामा महसुस गरिनेथियो । आफ्‍नो जीवनको उत्तरार्द्धतिर उसले जुन चरित्रहरू प्रकट गऱ्यो सो प्रकट नभएका भए उसको मृत्युपछि जुन उद्देश्‍‍यले उसलाई शताब्दीऔंसम्म पछ्‌याएको छ सो अस्तित्‍वमा रहने समेत थिएन । तर एक उद्देश्‍‍यकै खातिर संसारको सामु उसको चरित्रलाई उदाङ्ग पारिएको थियो । ज-जसले यहूदाले जस्तै पवित्र संगठनप्रति विश्‍‍वासघात गर्नेछन् ती सबैका निम्ति यो घटना चेतावनी हुनुपर्ने थियो ।PAP 49.1

    निस्तार-चाडभन्दा केही दिनअघि मात्र यहूदाले पूजाहारीहरूका सामु येशूलाई सुम्पने आफ्‍नो कवुलियतलाई नवीकरण गरेको थियो । तब मुक्तिदातालाई चिन्तन तथा प्रार्थनाका निम्ति उहाँको आश्रयतर्फ लगिनुपर्छ भनी योजना बनाइयो । सिमोन पत्रुसको घरमा निस्तार-चाड मनाइएपछि यहूदाले आफूले जुन काम पूरा गर्ने प्रतिज्ञा गरेको थियो त्यसको बारेमा बिचार गर्ने मौका पाएको थियो, तर उसको उद्देश्‍‍यमा कुनै परिवर्तन आएन । एक दासको मुल्य— अर्थात् तीस चाँदीका सिक्‍काका लागि उसले महिमाको परमप्रभुलाई अपमान तथा मृत्युको लागि बेच्यो ।PAP 49.2

    स्‍वभावैले यहूदामा पैसाप्रति अधिक मोह तिथो; तर यति विध्‍न खराब कार्यतर्फ अग्रसर हुनेगरी त्यति भ्रष्‍ट चाहिँ बनेको थिएन । लोभ आफ्‍नो जीवनको प्रमुख उद्देश्‍‍य नबनेसम्मै उसले यस दुष्‍ट लोभको भावनालाई प्रोत्साहन दिंदै आइरहेको थियो । धनप्रति उसमा भएको मोहले ख्रीष्‍टप्रतिको प्रेमलाई जित्यो । केवल एक दुर्गुणको दास बन्ने क्रमद्वारा उसले स्‍वयम् आफैलाई पापको पूर्ण गहिराइसम्मै डुब्‍नेगरी शैतानको हातमा सुम्प्यो ।PAP 50.1

    जब कैयौं मानिसहरू ख्रीष्‍टलाई पछ्‌याइरहेका थिए त्यतिखेर नै यहूदा पनि चेलाहरूका साथ सामेल हुन पुगेका थिए । जब मानिसहरूले मन्दिर, समुद्र किनारमा, तथा डाँडामा मुक्तिदाताले बोल्‍नुभएका वचनहरूलाई मुग्ध भएर सुने तब उहाँका शिक्षाहरूले तिनीहरूका हृदयलाई प्रभावित तुल्यायो । यहूदाले येशूको सामु गाउँ र शहरका बिरामीहरू, लङ्गडा, अनि अन्धाहरू जम्मा भएको दृश्‍‍यलाई देखेको थियो । उसले उहाँको गोडामा मरेका मानिसहरू राखिएको देखेको थियो । मुक्तिदाताले बिरामीहरूलाई निको पार्नुभएको भूतआत्मालाई हटाउनुभएको, तथा मरेकाहरूलाई ब्युँताउनुभएको जस्ता महान कार्यहरू पनि उसले देखेको थियो । उसले स्‍वयम् आफ्‍नै जीवनमा पनि ख्रीष्‍टको शक्तिको प्रमाणलाई महसुस गऱ्यो । उसले आफ्‍नो चरित्र र जीवनमा परिवर्तन ल्याउने इच्छा गऱ्यो, र उसले स्‍वयम्‌लाई येशूसँग संवद्ध गरी सो अनुभव हासिल गर्ने आशा राख्यो । मुक्तिदाताले यहूदालाई दुत्कार्नुभएन । उहाँले यहूदालाई बाह्र चेलाहरूमध्ये एक स्थान दिनुभयो । उहाँले प्रचारकको कामका लागि यहूदामाथि भरोसा राख्‍नुभयो । उहाँले यहूदालाई बिरामी निको पार्ने तथा भूतात्मा धपाउले शक्ति प्रदान गर्नुभयो । तर यहूदा स्‍वयम् आफैलाई ख्रीष्‍टमा पूर्णरूपमा सुम्पने बिन्दुसम्म पुग्‍न सकेन । उसले आफ्‍नो संसारिक अभिलाषा वा पैसाप्रतिको मोहलाई त्यागेन । उसले ख्रीष्‍टको सेवक बन्ने पदलाई स्‍वीकारेता पनि स्‍वयम्‌लाई ईश्‍‍वरीय स्‍वरूपमा ढाल्‍न चाहेन । उसले आफ्‍नो फैसला तथा रायलाई कायम राख्‍न सक्‍नेछ भनी महसुस गऱ्यो, र उसले आलोचना गर्ने तथा दोष लगाउले स्‍वभावलाई बढावा दियो ।PAP 50.2

    यहूदालाई अन्य चेलाहरूले उच्‍चरूपमा आदर गर्ने गर्दथे, र तिनीहरूमाथि उसको ठूलो प्रभाव थियो । यहूदामा स्‍वयम् आफ्‍नै योग्यताप्रति उच्‍च राय थियो, र बुद्धि अनि सामर्थ्यमा अन्य चेलाहरूलाई आफूभन्दा अति न्यून स्तरका ठान्ने गर्दथ्यो । ती चेलाहरूले आफ्‍ना अवसरहरूलाई देखेर पनि परिस्थितिहरूका फाइदा उठाउन सकेनन् भनी उसले बिचार लिएको थियो । उसको बिचारमा यस्ता अल्पदृष्‍टियुक्त अगुवाहरूकै कारण मण्डलीको कदापि विकास हुनेछैन । पत्रुस जोशिलो थियो र ऊ सूझबूझबिना नै अघि बढ्‍ने गर्दथ्यो । यूहन्ना, जो ख्रीष्‍टको ओंठबाट आउने सत्यताहरूलाई सञ्‍चित गरेर राख्‍ने गर्दथे तिनलाई पनि यहूदा एक कमजोर खजाञ्‍ची मान्ने गर्दथ्यो । मत्ती, जसको प्रशिक्षणले उसलाई सबै कारोबारहरूमा अचूक तुल्याएको कारण ऊ ईमानदारीको मामलामा तथा यहूदाको सोंचाइ मुताविक ऊ ख्रीष्‍टका वचनहरूमाथि यति ध्यानमग्‍न हुनपुग्थ्यो कि उसलाई कुशल, दूरगामी व्यापारको मामलामा भरोसा गर्न सकिने थिएन । यसरी यहूदाले सबै चेलाहरूका बारेामा निचोड निकाल्यो र यदि एक कुशल व्यवस्थापकको हैसियतले मण्डलीमा उनको योगदान नभएको खण्डमा मण्डली अन्योल तथा झमेलामा पर्नसक्‍नेछ भनी स्‍वयम् आफ्‍नै तारिफ गऱ्यो । यहूदाले आफूलाई कसैले छल्‍न नसक्‍ने सक्षम व्यक्तिको रूपमा ठान्ने गर्दथ्यो । स्‍वयम् आफ्‍नै मुल्याङ्गनमा ऊ चेला पदका लागि एक सम्मान थियो, र यसरी नै सदा स्‍वयम् आफ्‍नै तारिफ गर्ने गर्दथ्यो ।PAP 51.1

    यहूदा स्‍वयम् आफ्‍नै चरित्रको कमजोरीद्वारा अन्धो बन्नपुगेको थियो, र ख्रीष्‍टले उसलाई एक यस्तो पदमा नियुक्त गर्नुभयो जहाँ उसले यस कमजोरीलाई देख्‍ने तथा सुधार्ने अवसर पाउन सक्‍नेथियो । चेलाहरूका खजाञ्‍चीको हैसियतले उसलाई सानो झुण्डको आवश्‍‍यकता तथा गरीबहरूका खाँचोहरूलाई पूरा गर्नका निम्ति बोलाइएको थियो । जब येशूले निस्तार-चाड मनाइँदै गरिएको कोठामा यहूदालाई “तिमीलाई जे गर्नु छ, सो चाँडै गरिहाल” (यूहन्ना १३:२७) भनी बताउनुभयो तब चेलाहरूले यो सोंचे कि उहाँले यहूदालाई निस्तार-चाडको लागि आवश्‍‍यक पर्ने सामानहरू खरिद गर्न वा गरीबहरूलाई केही कुरा बाँड्‍ने आज्ञा दिंदै हुनुहुन्छ । अन्य मानिसहरूका सेवा गर्ने क्रमद्वारा यहूदाले निःस्‍वार्थी भावनाको विकास गर्न सक्‍नेथियो । तर दिनहुँ ख्रीष्‍टका शिक्षाहरूलाई सुन्ने तथा उहाँको निःस्‍वार्थी जीवनलाई देख्‍ने क्रमपश्‍चात पनि यहूदा लालची स्‍वभावमै तल्‍लीन रहनपुग्यो । उसको हातमा जे जति सानो रकम पर्ने गर्दथ्यो सो एक निरन्तरको प्रलोभन सावित हुनपुग्यो । कैयौंपटक जब उसले ख्रीष्‍टको निम्ति केही सानो सेवा गर्ने गर्दथ्यो वा धार्मिक कार्यहरूमा आफ्‍नो केही समय प्रयोजन गर्ने गर्दथ्यो तब उसले यही अपुग कोषबाट स्‍वयम् आफैलाई तिर्ने गर्दथ्यो । स्‍वयम् आफ्‍नै नजरमा ती बहानाहरूले उसको कार्यलाई छुट दिने मात्र गर्दथ्यो; तर परमेश्‍‍वरको नजरमा ऊ एक चोर थियो ।PAP 52.1

    उहाँको राज्य यो संसार होइन भनी ख्रीष्‍टले बारम्बार दोहोऱ्याउनुहुने वाक्‍यांशले यहूदाको चित्त दुखाउने गर्दथ्यो । उसले एक यस्तो रेखा खिँचेको जसलाई ख्रीष्‍टले कार्यन्वयन गर्नुहुनेछ भनी उसले आशा राखेको थियो । बप्‍तिस्मा दिने यूहन्नालाई झ्यालखानाबाट छुटकारा दिलाइनुपर्छ भनी उसले योजना गरेको थियो । तर बप्‍तिस्मा दिने यूहन्नालाई त शिरच्छेद गरिनलाई झ्यालखानामा छाडियो । तर येशूले यूहन्नाको मृत्युको विरुद्धमा बदला लिनका निम्ति आफ्‍नो राजकीय अधिकारको प्रयोग गर्नुको सट्टा उहाँ आफ्‍ना चेलाहरूका साथ एकान्त गाउँतर्फ लाग्‍नुभयो । यहूदाले अलि आक्रामक तवरले लडाइँको अपेक्षा राखेको थियो । यदि येशूले चेलाहरूका योजनाहरूलाई कार्यान्वयन गर्नुदेखि रोकावट नगर्नुभएको भए तिनीहरूका कार्य अझ सफल हुनेथियो भनी उसले तर्क गऱ्यो । उसले यहूदी नेताहरूका बढ्‍दो वैरभावलाई ध्यानपूर्वक हेऱ्यो, र जब तिनीहरूले ख्रीष्‍टसँग स्‍वर्गदेखि एक चिन्हको माग गरे तब तिनीहरूका उक्त ललकारको बेवास्त गरिएको उसले देख्यो । उसको हृदय अविश्‍‍वासप्रति खुला थियो, र शैतानले उसको मनलाई प्रश्‍न तथा विद्रोहयुक्त बिचारहरूले भरिदियो । येशू किन बढी मात्रामा निरुत्साहजनक कुराहरू गरिरहनुहुन्छ ? उहाँले किन स्‍वयम् आफ्‍नै निम्ति तथा चेलाहरूका निम्ति परीक्षा अनि सतावटको बारेमा भविष्यवाणी गर्नुभयो ? यहूदालाई नयाँ राज्यमा उच्‍च पद हासिल गर्ने आशाले नै ख्रीष्‍टलाई पछ्‌याउनेतर्फ अभिप्रेरित गरेको थियो । के अब उसका आशाहरू निराशाहरूमा परिणत हुने त होइनन् ? येशू परमेश्‍‍वरको पुत्र हुनुहुन्न भनी यहूदाले निश्‍चय गरेको थिएन; तर ऊ उहाँको महान् कार्यहरूका बारेमा स्पष्‍टीकरण पाउनका निम्ति प्रश्‍न गर्दैथियो तथा खोजी गर्दैथियो ।PAP 53.1

    स्‍वयम् मुक्तिदाताकै शिक्षाहरूलाई बेवास्ता गर्दै ख्रीष्‍टले यरुशलेममाथि एक राजाको रूपमा शासन गर्नुहुनेछ भन्ने बिचारलाई निरन्तररूपमा प्रोत्साहन दिंदै आइरहेको थियो । पाँच हजार मानिसहरूलाई खुवाइएको समयमा उसले यो प्रसङ्ग निकाल्‍ने प्रयत्‍न गरेको थियो । यस अवसरमा यहूदाले भोका जनसमूहलाई खानेकुरा बाँड्‍नमा मद्दत गऱ्यो । आफ्‍नो शक्तिको अधिनमा भएको कुरा अरूलाई बाँड्‍दा प्राप्‍त हुने लाभका बारेमा देख्‍ने उसले एक अवसर पाएको थियो । परमेश्‍‍वरको सेवामा अग्रसर हुने क्रममा प्राप्‍त हुने सन्तुष्‍टिका बारेमा उसले महसुस गऱ्यो । उसले भीडमध्ये कैयौं रोगी तथा दुःखीहरूलाई ख्रीष्‍टको सामु ल्याउनमा मद्दत गरेको थियो । ख्रीष्‍टको चङ्गाइदानको शक्तिद्वारा मानव हृदयमा कस्तो छुटकारा, आनन्द, तथा प्रसन्नताको भावना उत्पन्न हुने गर्दछ भनी उसले देखेको थियो । उसले ख्रीष्‍टका विधिहरूलाई बुझ्‍न सक्‍नेथियो । तर ऊ स्‍वयम् आफ्‍नै स्‍वार्थी अभिलाषाहरूद्वारा अन्धो बन्नपुगेको थियो । रोटीको आश्‍चर्य कामद्वारा उत्पन्न भएको उत्साह देख्‍ने पहिलो व्यक्ति नै यहूदा थियो । ख्रीष्‍टलाई बलजफ्तीरूपमा लिने अनि उहाँलाई राजा बनाउने योजनाकार यहूदा नै थियो । उसका आशाहरू उच्‍च थिए । उसको निराशा तितो थियो ।PAP 54.1

    मन्दिरमा ख्रीष्‍टले जीवनको रोटीको बारेमा दिनुभएको प्रवचन नै यहूदाको जीवनमा एक मोड सावित भयो । उसले यी वचनहरू सुन्यो, “तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने तिमीहरूमा जीवन हुँदैन ।” यूहन्ना ६:५३ । ख्रीष्‍टले संसारिक कुराको सट्टा आत्मिक कुरा प्रदान गर्दै हुनुहुन्छ भनी उसले देख्यो । उसले स्‍वयम्‌लाई दूरगामी व्यक्तिको रूपमा लियो, र येशूले कुनै सम्मान प्राप्‍त गर्नुहुनेछैन तथा उहाँले आफ्‍ना चेलाहरूलाई कुनै उच्‍च पदहरू दिलाउन सक्‍नुहुनेछैन भनी उसले चाल पायो । यस उप्रान्त उसले ख्रीष्‍टको घनिष्‍ट सम्बन्धमा नआई उहाँदेखि टाढिने अठोट लियो । अब ऊ प्रतिक्षामा रहनेछ । वास्तवमा उसले प्रतिक्षा गऱ्यो ।PAP 54.2

    तत्पश्‍चात् उसले शंका व्यक्त गर्न थाल्यो र उसको यस व्यवहारले चेलाहरूलाई अलमल तुल्यायो । उसले ख्रीष्‍टका दावीहरूविरुद्ध शास्‍‌त्री तथा फरिसीहरूका तर्कहरूलाई दोहोऱ्याउँदै विवाद तथा भ्रामक बिचारहरूलाई प्रस्तुत गऱ्यो । सबै साना ठूला कठिनाई र परीक्षाहरू, संकटहरू, तथा सुसमाचाको प्रचारमा देखा परेका केही व्यवधानहरूलाई यहूदाले त्यस सुसमाचारको सत्यताको विरुद्धमा भएको प्रमाणको रूपमा अर्थ लगायो । उसले पवित्रशास्‍‌त्रबाट यस्ता पदहरू प्रस्तुत गर्ने गर्दथ्यो जसको ख्रीष्‍टले बताउँदै गर्नुभएका सत्यताहरूसित कुनै सम्बन्ध नै हुँदैनथ्यो । यी पदहरूलाई तिनको सम्बन्धदेखि अलग गरिएको खण्डमा तिनले चेलाहरूलाई अलमल्याउने गर्दथ्यो र जुन निराशाले तिनीहरूलाई निरन्तर रूपमा दबाइरहेको थियो त्यसमा अझ बृद्धि ल्याउने गर्दथ्यो । तैपनि यहूदाले यी सबै कुराहरू यसरी सम्पादन गर्ने गर्दथ्यो कि मानौं ऊ विश्‍‍वसनीय थियो । अनि जब चेलाहरू महान् गुरुको वचनहरूलाई प्रमाणित गर्न प्रमाणहरूका खोजी गर्ने गर्दथे तब यहूदाले तिनीहरूलाई करिब चालै नपाउने गरी अर्को विषय वस्तुतर्फ मोड्‍ने गर्दथ्यो । यसप्रकार अति आध्यात्मिक तथा देखौवा बौद्धिक शैलीद्वारा उसले विषयलाई यसरी प्रस्तुत गर्ने गर्दथ्यो जुुन येशूले दिनुभएको शिक्षादेखि पृथक हुने गर्दथे, र उहाँका वचनहरूमाथि यस्ता अर्थहरू जोड्‍ने गर्दथ्यो जुन कुरा उहाँले जनाउनुभएकै थिएन । उसका सुझावहरूले सदा भौतिक उन्नतिप्रति एक महत्‍वाकांक्षी अभिलाषा जगाउने गर्दथे, र यसरी चेलाहरूलाई ती कुराहरूदेखि मोड्‍ने गर्दथे जसप्रति तिनीहरूले बिचार पुऱ्याउनुपर्ने थियो । तिनीहरूमध्ये को सबैभन्दा महान् हुनुपर्नेछ भन्ने विवाद साधारणतः यहूदाद्वारा नै उत्पन्न हुने गर्दथ्यो ।PAP 55.1

    जब येशूले धनी शासकलाई चेलापनका शर्तहरू प्रस्तुत गर्नुभयो, तब यहूदाले अप्रसन्नता व्यक्त गरेको थियो । उसको बिचारमुताविक एक गलत निर्णय लिइएको छ । यदि यही शासकजस्ता मानिसहरूलाई विश्‍‍वासीहरू माझ ल्याउन सकिएको खण्डमा तिनीहरूले ख्रीष्‍टको कार्यमा टेवा पुऱ्याउन सक्‍नेथिए । यहूदाले यो ठान्यो कि यदि आफूलाई एक परामर्शदाताको रूपमा ग्रहण गरिएको खण्डामा उसले सानो मण्डलीको लाभका लागि धेरै योजनाहरू सुझाव दिनसक्‍ने थियो । उसका सिद्धान्त तथा विधिहरू ख्रीष्‍टभन्दा केही भिन्न हुनेथिए, तर यी कुराहरूमा उसले स्‍वयम्‌लाई ख्रीष्‍टभन्दा अधिक बुद्धिमानि ठान्यो ।PAP 56.1

    ख्रीष्‍टले उहाँका चेलाहरूलाई जे जति कुराहरू बताउने गर्नुहुन्थ्यो त्यसप्रति यहूदाको मनमा केही न केही यस्ता कुराहरू हुने गर्दथ्यो जसप्रति उसले असहमति जनाइरहेको हुन्थ्यो । उसको प्रभावद्वारा असन्तोषको खमीरले काम गरिरहेको थियो । अन्य चेलाहरूले यी सबै कार्य विधिमा वास्तविक माध्यमलाई देख्‍न सकेनन्; तर शैतानले आफ्‍ना गुणहरू यहूदामा सञ्‍चार गरिरहेको येशूले देख्‍नुभयो, र यसप्रकार अन्य चेलाहरूलाई प्रभावित तुल्याउनका निम्ति मार्ग खुल्दैथियो । ख्रीष्‍टले आफू धोखामा पर्नुभन्दा एक वर्षअघि यसरी घोषणा गर्नुभयो, “के म आफैले तिमीहरू बाह्रैजनालाई छानेको होइन र ? र तिमीहरूमध्येको एक जनाचाहिँ दियाबलस हो ।” यूहन्ना ६:७० ।PAP 56.2

    तैपनि यहूदाले खुलारूपमा विरोध गरेन न त मुक्तिदाताका शिक्षाहरूप्रति प्रश्‍न नै गऱ्यो सिमोनको घरमा निस्तार-चाड मनाइनुअघि उसले कुनैपनि बाह्‍य असन्तोष व्यक्त गरेन । जब मरियमले मुक्तिदाताको गोडालाई अभिषेक गरिन् जब यहूदाले आफ्‍नो लालची स्‍वभावलाई प्रकट गऱ्यो । येशूबाट हप्काइको सामना गर्नुपर्दा उनको मन पित्तझैं बन्नपुग्यो । घायल हुनपुगेको घमण्ड तथा बदलाको भावनाले उसको मनको पर्खाललाई भत्कायो, र यति लामो समयसम्म जुन लोभको भावनालाई उसले बढावा दिइरहेको त्यसैले उसलाई नियन्‍‍त्रणमा लियो । पापमा हात हाल्‍नेजति सबैको यही अनुभव हुनेछ । जुन पापका तत्‍वहरूलाई प्रतिकार गरिएको वा ती तत्‍वहरूमाथि विजय हासिल गरिएको हुँदैन तिनै तत्‍वहरू शैतानको परीक्षाप्रति क्रियाशील बन्नपुग्दछन्, र आत्मा शैतानको वशमा पर्ने गर्दछ ।PAP 57.1

    तर यहूदा अझपनि पूर्णरूपमा कठोर बनेको थिएन । उसले मुक्तिदातालाई धोखा दिनका लागि दुईपटक वचनबद्धता जनाइसकेता पनि अझै पनि त्यहाँ पश्‍चात्ताप गर्ने मौका थियो । निस्तार-चाडको बेलुकीपखको भोजनको समयमा येशूले विश्‍‍वासघातकको उद्देश्‍‍यलाई प्रकट गर्नुभई आफ्‍नो ईश्‍‍वरीय स्‍वभावको प्रमाण दिनुभयो । उहाँले यहूदालाई कोमलतापूर्वक चेलापनको सेवाकाइमा सामेल गर्नुभयो । तर प्रेमको अन्तिम आव्हानलाई बेवास्ता गरियो । तब यहूदाको मुद्दा निश्‍चित बन्नपुग्यो, र जुन गोडालाई येशूले धुनुभएको थियो त्यही गोडा धोखावाजीको काममा अघि बढ्‍न पुग्यो ।PAP 57.2

    यहूदाले यो तर्क गऱ्यो कि यदि येशूलाई क्रूसमा चढाइनुपर्ने हो भने यो घटना घट्‍नैपर्छ । मुक्तिदातालाई धोखा दिने उसको कार्यले परिणामलाई बदल्‍न सक्‍नेछैन भनी उसले तर्क गऱ्यो । यदि येशूको मृत्यु नहुनुपर्ने हो भने यसले उहाँलाई स्‍वयम् आफैलाई मुक्त गर्न बाध्य तुल्याउनेछ । कुनै पनि परिस्थितिमा यहूदाले आफ्‍नो परमप्रभुलाई धोखा दिने क्रमद्वारा आफूले एक कुशल सौदा गरेको छ भन्ने बिचार लिएको थियो ।PAP 58.1

    तर ख्रीष्‍टले स्‍वयम्‌लाई पक्राउ पर्न अनुमति दिनुहुनेछ भनी यहूदाले विश्‍‍वास नै गरेन । ख्रीष्‍टलाई धोखा दिने क्रममार्फत उहाँलाई एक पाठ सिकाउनु नै उसको उद्देश्‍‍य थियो । उसले एक यस्तो भूमिका निभाउने इच्छा गऱ्यो ताकि त्यस उप्रान्त मुक्तिदाता ऊप्रति उचित सम्मानका साथ व्यवहार गर्नका निम्ति होशियार बन्नुहुनेछ । तर यहूदालाई यो कुरा थाहा थिएन कि उसले ख्रीष्‍टलाई मृत्युको मुखसम्मै पुऱ्याउँदैछ । जब मुक्तिदाताले दृष्‍टान्तमार्फत सिकाउनुहुन्थ्यो तब धर्म गुरुहरू तथा फरिसीहरू उहाँका घतलाग्दा चित्रणहरूद्वारा कैयौंपटक मन्‍‍त्रमुग्ध बन्नपुगेका थिए ! उनीहरूले कैयौंपटक स्‍वयम् आफैमाथि फैसला घोषणा गरिसकेका थिए ! कैयौंपटक जब सत्यताले तिनीहरूका हृदयलाई छुने गर्दथ्यो तब तिनीहरू क्रोधित बनेका थिए, र उहाँमाथि ढुङ्गा बर्साउनका निम्ति ढुङ्गा टिपेका थिए; तर बारम्बार उहाँ बच्दै आउनुभएको थियो । उहाँ कैयौं पासोहरूदेखि बच्दै आउनुभएको हुनाले उहाँको अवश्‍‍य पनि स्‍वयम्‌लाई पक्राउ पर्न दिनुहुनेछैन भनी यहूदाले तर्क गऱ्यो ।PAP 58.2

    यहूदाले यस मामलालाई जाँचेर हेर्ने निर्णय लियो । यदि येशू वास्तवमै मुक्तिदाता हुनुहुन्छ भने जुन मानिसहरूका लागि उहाँले यति धेरै कार्यहरू गर्नुभयो तिनीहरू उहाँको वरिपरि एकत्रित भई उहाँलाई राजाको रूपमा घोषणा गर्नेछन् । यसले अनिश्‍चिततामा रुमलिइरहेका धेरै मानिसहरूलाई सदाको लागि निर्धारित तुल्याउनेछ । यसप्रकार उहाँलाई राजा दाऊदको सिंहासनमा एक राजाको रूपमा स्थापित गरेवापत् यहूदाले श्रेय पाउनेथियो । यस कार्यले उसलाई नयाँ राज्यको लागि ख्रीष्‍टलगत्तै प्रथम स्थान सुरक्षित गर्नेछ ।PAP 59.1

    येशूलाई धोखा दिने क्रममा उसले झूटा चेलाको भूमिका निभाएरहेको थियो । जब उसले गेतसमनीको बगैंचामा जनसमूहको अगुवालाई “जुन मानिसलाई म म्वाइँ खान्छु, तिनी नै हुन्, तिनैलाई समात” (मत्ती २६:४८) भनी बतायो तब उसले यो पूर्ण विश्‍‍वास गरेको थियो कि ख्रीष्‍ट तिनीहरूका हातदेखि उम्कनुहुनेछ । तब यदि तिनीहरूले यहूदामाथि दोष लगाएको खण्डमा उसले “के मैले तिमीहरूलाई तिनलाई समात भनी बताएको होइन र ?” भन्न सक्‍नेथियो ।PAP 59.2

    ख्रीष्‍टलाई पक्राउ गर्ने मानिसहरूले यहूदाको वचनमुताविक उहाँलाई कसेर बाँध्दैगरेको दृश्‍‍य उसले देख्यो । मुक्तिदाताले स्‍वयम् आफैलाई त्यसरी बाँधेर अगाडी बढ्‍ने अनुमति दिंदै गर्नुभएको दृश्‍‍यलाई उसले आश्‍चार्यपूर्वक हेरिरह्‌यो । उसले उत्सुकतापूर्वक गेतसमनीको बगैंचादेखि यहूदी शासकहरूका सामु पुर्पक्ष गरिने स्थानसम्म उहाँलाई पच्छ्‌यायो । ख्रीष्‍ट उहाँका शत्रुहरूका सामु परमेश्‍‍वरको पुत्रको रूपमा देखापर्नु भई तिनीहरूका सबै षड्‍यन्‍‍त्र तथा शक्तिहरूलाई शून्य पार्नुभई तिनीहरूलाई उहाँले आश्‍चर्यचकित तुल्याउनुहुनेछ भनी उसले हर पल प्रतिक्षा गऱ्यो । तर समय बित्दै गयो, र येशूले उहाँमाथि खन्याइएको सबै दुर्व्यवहारहरूलाई सहनुभयो, र आफ्‍नो गुरुलाई मृत्युको मुखमा पुऱ्याउने गरी बेचेको कारण विश्‍‍वासघातीको मनमा भीषण भय उत्पन्न भयो ।PAP 59.3

    जब पुर्पक्षको समय नजिक आउँदै थियो तब उनले आफ्‍नो दोषी अन्तरात्माको पीडालाई सहन सकेन । तब बैठकमा अचानक उहाँ निर्दोष हुनुहुन्छ; हे कैयाफा उहाँलाई बचाउनुहोस् भनी पुकारिएको कर्कश आवाज सुनियो, जुन आवाजले सबैलाई भयभीत तुल्यायो ।PAP 60.1

    यहूदाको अग्‍लो स्‍वरूप उत्सुक जनसमूहबीच अघि बढ्‍दै गरेको देखियो । उसको अनुहार निन्याउरो तथा थकित थियो, र उसको निधारमा रगतले भरिपूर्ण पसिना देखिन्थ्यो । न्यायको सिंहासनतर्फ हतारिंदै उसले प्रधान पूजाहारीको सामु आफ्‍नो परमप्रभुलाई धोखा दिएवापत् हासिल गरेका चादीका टुक्राहरूलाई खन्यायो । उत्सुकताका साथ कैयाफाको बस्‍‌त्रलाई समात्दै उसले येशूलाई छुटाउने बिन्ति गऱ्यो र उहाँले मृत्युदण्ड दिइने योग्य कुनै त्यस्तो अपराध गर्नु भएको छैन भन्ने घोषणा पनि गऱ्यो । कैयाफाले क्रोधका साथ उसलाई हटायो, तर ऊ व्याकुल बन्यो, र के बोल्‍नुपर्ने हो भनी चालै पाएन । पूजाहारीहरूका विश्‍‍वासघात प्रकट हुनआयो । यहाँ यो कुरा सावित हुन आयो कि तिनीहरूले त्यस चेलालाई आफ्‍नो गुरुलाई धोखा दिनका निम्ति घुस दिएका थिए ।PAP 60.2

    यहूदा कराउँदै यसो भन्दछ, “मैले निर्दोष मानिसलाई धोखा दिएर पाप गरेको छु ।” तर प्रधान पूजाहारीले पुनः आत्मनिष्‍ठा हासिल गर्दै तिरस्कारका साथ यसरी जवाफ दिंदछ, “हामीलाई के मतलब ? तँ आफै जान ।” मत्ती २७:४ । पूजाहारीहरू यहूदालाई आफ्‍ना औजार बनाउन इच्छुक थिए; तर तिनीहरूले उसको दुष्‍टतालाई घृणा गरे । जब यहूदा पश्‍चात्तापका साथ उनीहरूका सामु देखापऱ्यो तब तिनीहरूले उसलाई दुत्कारे ।PAP 61.1

    यहूदा येशूलाई परमेश्‍‍वरको पुत्रको रूपमा स्‍वीकार्दै तथा उहाँले स्‍वयम् आफैलाई छुटकारा दिलाउन बिन्ति गर्दै उहाँको गोडामा पर्दछ । मुक्तिदाताले उहाँलाई धोखा दिने व्यक्तिलाई गाली गर्नुभएन । यहूदाले पश्‍चात्ताप गरेको छैन भन्ने कुरा उहाँलाई थाहा थियो; दोषको भयानक चेतना तथा दण्डको भयका कारण उसको दोषी आत्मादेखि पश्‍चात्तापको भावना उत्पन्न भएको थियो, तर उसले परमेश्‍‍वरको निष्खोट पुत्रलाई धोखा दिएको थियो तथा इस्राएलको पवित्र परमेश्‍‍वरलाई इन्कार गरेको थियो भनी गहिरो तथा हृदयस्पर्शी शोकको महसुस भने गरेको थिएन । तैपनि येशूले दोषको कुनै एक शब्द पनि बोल्‍नुभएन । उहाँले करुणापूर्वक यहूदातर्फ हेर्दै यसो भन्नुभयो, “म यही घडीका निम्ति संसारमा आएको हुँ ।”PAP 61.2

    सभामा आश्‍चर्यको मन्द आवाज फैलियो । तिनीहरूले तीन छक्‍क पर्दै आफ्‍नो विश्‍‍वासघाती प्रति ख्रीष्‍टको सहनशीलतालाई देखे । पुनः तिनीहरूका मनमा यो भावना जागेर आयो कि उहाँ एक मानिसभन्दा अधिक शक्तिशाली अस्तित्‍व हुनुहुन्छ । तर उनीहरूले प्रश्‍न गरे, “उहाँले किन स्‍वयम् हाफैलाई बन्धनदेखि छुटाउनु भएन र उहाँका दोषीहरूदेखि विजय हासिल गर्नुभएन त ?”PAP 61.3

    यहूदाले आफ्‍ना पुकारहरू व्यर्थ ठहरिंदै गएको देख्यो, र ऊ “यो अति ढिलो भइसक्‍यो, अति ढिलो भइसक्‍यो !” भन्दै सभादेखि बाहिरियो । उसले यो महसुस गऱ्यो कि उसले येशूलाई क्रूसमा टाँगिएको दृश्‍‍य देख्‍न जीवित रहन सक्‍नेछैन, र निराश बन्दै ऊ बाहिर गयो र स्‍वयम् आफैलाई फाँसीमा चढायो ।PAP 62.1

    त्यसै दिनको उत्तरार्द्धमा पिलातसको सभादेखि कलवरी डाँडा जाने बाटोमा जुन मानिसहरूले क्रूसमा टाँगिने स्थानतर्फ येशूलाई डोऱ्याउँदैथिए त्यस दुष्‍ट जनसमूहको हल्‍ला तथा खिसी गर्ने क्रममा अचानक अवरोध देखापऱ्यो । जब तिनीहरू अघि बढ्‍दै गरे तब तिनीहरूले एउटा सुकेको रूखको फेदमा यहूदाको मृत शरीरलाई देखे । यो अति नै घीनलाग्दो दृश्‍‍य थियो । जुन डोरीद्वारा उसले स्‍वयम् आफैलाई फाँसीमा चढाएको थियो सो डोरी उसको मृत शरीरको भारद्वारा चुँडिनपुगेको थियो । यसरी रूखबाट खस्‍ने क्रममा उसको शरीर वीभत्सरूपमा क्षतविक्षत बन्नपुगेको थियो, र अहिले कुकुरहरूले उसको लासलाई खाँदैथिए । उसको शेष पार्थिव शरीरलाई तत्कालै जमीनमा गाडीएको थियो; तर जनसमूहमाझ अति कम खिल्‍लीपूर्ण हल्‍ला सुनियो, र धेरै निदाउरा अनुहारहरूले आफ्‍ना मनभित्रका बिचारहरूलाई प्रकट गरिरहेका थिए । येशूको रगतको दोषीहरूमाथि बदला आइसकेको भान हुन्थ्यो ।PAP 62.2

    Larger font
    Smaller font
    Copy
    Print
    Contents