Loading...
Larger font
Smaller font
Copy
Print
Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First

    १२ — फ्रान्सको सुधार-कार्य

    (अंग्रेजी पुस्तक अध्याय १२ पृष्‍ठ २११)

    स्पायर्सको प्रतिरोध र अग्सवर्गको सिद्धान्तको अभिव्यक्ति जर्मनीमा सुधार-कार्यको विजयको चिन्ह थियो, त्यसको लगत्तै संघर्ष र अन्धकारका वर्षहरू भए । त्यसका समर्थकहरूका बीचमा फूटद्वारा कमजोर भएको कारण र शक्तिशाली शत्रुहरूले आक्रमण गरेको कारणले प्रोटेस्टेन्ट धर्म पूर्णरूपमा नष्‍ट हुनै लागेको जस्तै देखिन्थ्यो । हजारौँले तिनीहरूका गवाही तिनीहरूका रगतद्वारा मोहर लगाए । गृहयुद्ध सुरु भयो; प्रोटेस्टेन्टको मुख्य चेलाहरूमध्ये एकजनाले विश्‍‍वासघात् गरे; सुधार-कार्यका राजकुमारहरूमध्ये सबभन्दा मुख्यचाहिँ सम्राटको हातमा परे र एक शहरदेखि अर्को शहरसम्म कैदी सरह बलजफती लगाए । तर तिनी विजय भएजस्तै देखिएको बेलामा सम्राटले पराजय खेप्‍नुपऱ्यो । शिकार तिनको हातबाट उम्केको तिनले देखे, र अन्तमा तिनले जीवनभरि नै नष्‍ट गर्न चाहने सिद्धान्तहरू सहन गर्न बाध्य भए । तिनले अपधर्मीहरूलाई नष्‍ट पारेर आफ्‍नो राज्य, तिनका अर्थकोष र जीवन नै खतरामा पारेका थिए । अब तिनका सेनाहरूलाई लड़ाइँमा खेर गएको, तिनका अर्थकोषहरू रित्तो भएको, तिनका धेरै राज्यहरूमा विद्रोह हुनै लागेको तिनले देखे, जबकि तिनले व्यर्थमा दबाउन प्रयास गरेको विश्‍‍वासचाहिँ जताततै बढ्‍दैथियो । चार्ल्स पाँचौँले सर्वशक्तिमान् विरुद्ध लड़ाईं गर्दैथिए । परमेश्‍‍वरले भन्‍नुभयो, “उज्यालो होस्,” तर सम्राटले अन्धकार नै कायम राख्‍ने प्रयास गरेका थिए । तिनका उद्देश्‍‍यहरू असफल भए; लामो समयको संधर्षले उमेरै नपुगी बुढो भएर तिनले सिंहासनबाट स्‍वेच्छाले राजीनामा दिए र आफै आश्रममा बसे ।MBAJ 225.1

    जर्मनीमा जस्तै स्‍वीजरल्याण्डमा पनि सुधार-कार्यमा अन्धकारका दिनहरू आए । जहाँ धेरै क्षेत्रहरूमा सुधार विश्‍‍वास स्‍वीकार गरियो भने अरूचाहिँ रोमको धर्म विश्‍‍वासाको अन्धो स्थिरतामा अल्झिरहे । जसले सत्यता स्‍वीकार गर्ने चाहना गरेका थिए तिनीहरूको सतावटको कारण अन्तमा गृहयुद्ध नै सुरु भयो । जुइङ्गली र तिनीसँग सुधार-कार्यमा सहभागी भएका धेरै मानिसाहरू केपेलको रक्ताम्य मैदानमा मरे । यी भयंकर विनाशहरूले ओकोलम्पडियसलाई व्याकुल पारे र तिनी पनि चाँडै नै मरे । रोम विजयी भयो, धेरै ठाउँहरूमा त्यसले गुमाएका कुराहरू पूर्णरूपमा पुनःहासिल गर्नै लागेको जस्तै देखियो । तर जसका सल्‍लाहहरू अनन्त छन्, उहाँले आफ्‍ना कार्य वा आफ्‍ना मानिसहरूलाई त्याग्‍नु भएको थिएन । उहाँको हातले तिनीहरूलाई बचाउनुहुनेथियो । अरू देशहरूमा उहाँले सुधार-कार्य अगाडि बढाउने कामदारहरू उठाउनुभएको थियो ।MBAJ 225.2

    लुथरको नाम सुधारकको रूपमा सुनिनुभन्दा अघि नै फ्रान्समा ज्योति आउन थालेको थियो । प्रथम पटक ज्योति प्राप्‍त गर्नेहरूमध्ये एक जनाचाहिँ वृद्ध लेफेबर थिए, जो अति शिक्षित मानिस थिए, पेरिसको विश्‍‍वविद्यालयको प्रध्यापक, र सोझो र उत्साही पोपतान्‍‍त्री थिए । तिनले प्राचीन साहित्य अनुसन्धान गर्दा तिनको ध्यान बाइबलतर्फ केन्द्रित भयो, र तिनले आफ्‍ना विद्यार्थीहरूको समझमा पनि यसको अध्ययनको विषयमा प्रस्तुत गरे ।MBAJ 226.1

    लेफेबर सन्तहरूको जोशिला आराधक थिए, तिनले चर्चका पौराणिक कथाअनुसार सन्तहरू र शहिदहरूको इतिहास तयार गर्ने काम जिम्मा लिएका थिए । यो काममा ठूलो परिश्रम गर्नुपर्ने थियो; तर तिनले यसमा निक्‍कै विकास गरिसकेका थिए, जब तिनले बाइबलबाट लाभदायिक सहयोग प्राप्‍त गर्न सकिन्छ भनी सोचे तब तिनले यही उद्देश्‍‍यका साथ बाइबल पढ्‍न थाले । यहाँ निश्‍चय नै सन्तहरूको विषयमा कुरा गरिएको थियो, तर रोमीहरूले सिकाएजस्तै होइन । दैवीय ज्योतिको बाढ़ी तिनको मष्‍तिष्कमा उर्लेर आयो । तिनले आफै लागी परेका कार्य अचम्म र घृणाका साथ छोडिदिए र परमेश्‍‍वरको वचनमा समर्पित भए । तिनले यहाँ पत्ता लगाएको बहुमूल्य सत्यताहरू चाँडै सिकाउन थाले ।MBAJ 226.2

    जुइङ्गली वा लुथरले सुधारको काम आरम्भ गर्नुभन्दा अगाडि लेफेबरले १५१२मा यसरी लेखे: “विश्‍‍वासद्वारा हामीलाई परमेश्‍‍वरले नै धार्मिकता दिनुहुन्छ जुन अनुग्रहद्वारा मात्र अनन्त जीवनसम्म धर्मी ठहरिन्छ ।” —Wylie, b. 13, ch. 1. मुक्तिको रहस्यलाई विचार गर्दै तिनले आश्‍चर्यसाथ भने: “ओहो, त्यो लेन-देनको अवर्णनीय महानता जो पापरहित छ त्यो व्यक्ति दोषी ठहरिन्छ र जो दोषी छ ऊ निर्दोषी भई स्‍वतन्‍‍त्र हुन्छ; आशिषले अभिशाप भोग्छ, र श्रापितचाहिँ आशिषित हुन्छ; जीवन मर्छ, र मृतक जिउँछ; महिमा अन्धकारमा गाडिएको छ, जसलाई केही थाहा थिएन तर जो अलमल्‍लमा परेको थियो अब उसलाई महिमाको पोशाक पहिराई दिएको हुन्छ ।” —D’Aubigné, London ed., b. 12, ch. 2.MBAJ 226.3

    जब मुक्तिको महिमा केवल परमेश्‍‍वरको स्‍वामित्‍वमा हुन्छ भनी सिकाउँदै तिनले यो पनि घोषणा गरे कि आज्ञाकारिताको कर्तव्य मानिसको स्‍वामित्‍वमा हुन्छ । तिनले भने, “यदि तपाईं ख्रीष्‍टको मण्डलीको सदस्य हुनुहुन्छ भने तपाईं उहाँको शरीरको सदस्य अंग हुनुहुन्छ; यदि तपाईं उहाँको शरीरका हुनुहुन्छ भने तपाईं ईश्‍‍वरीय स्‍वभावले भरिनुभएको हुन्छ । ... ओहो, यदि मानिसहरूले यो सौभाग्यलाई बुझ्‍न सकेका भए तिनीहरू कति शुद्धता, निर्मलता र पवित्रतासाथ जिउनेथिए, तिनीहरूमा भएको महिमा जुन शारीरिक आँखाले देख्‍न सकिँदैन त्यससँग यस संसारको महिमा तुलना गर्दा कति घृणाष्पद हुन्थ्यो ।” —D’Aubigné, London ed., b. 12, ch. 2.MBAJ 227.1

    लेफेबरका विद्यार्थीहरूमध्ये पनि कति जनाले तिनका वचनहरू चासो लिएर सुने, र तिनीहरूका शिक्षकको आवाज शान्त भएको लामो समयपछि तिनीहरूले सत्यता घोषणा गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने थिए । विलियम फेरल पनि यस्तै थियो । भक्ति माता-पिताको छोरो भएर चर्चका शिक्षाहरूलाई पूर्णरूपले विश्‍‍वासका साथ स्‍वीकार गर्न सिकाए, तिनले प्रेरित पावलले झैँ आफ्‍नो विषयमा घोषणा गर्न सक्‍ने थिए: “हाम्रो धर्मको सबैभन्दा कट्टर पन्थी दलअन्तर्गत मैले एक फरिसी भएर मेरो जीवन यापन गरेको छु ।” प्रेरित २६:५ । एक विश्‍‍वासयोग्य रोमी जो चर्चको विरोधी बन्‍न साहस गर्नेहरू जति सबैलाई नष्‍ट गर्न अति जोशिला थिए । तिनको यस जीवनावधिको विषयमा बोल्दै पछाड़ि तिनले भने, “जब कसैले पोपको विरुद्ध बोलेको मैले सुन्थें तब म रिसाहा ब्‍वासोले झैँ मेरो दाह्रा किट्‍ने गर्दथें ।” —Wylie, b. 13, ch. 2. तिनले लेफेबरसँगै पेरिसका चर्चहरू वरिपरि घुम्दै, वेदीहरूमा आराधना गर्दै र पवित्र स्थलहरू उपहारले भरिभराउ पार्दै सन्तहरूलाई अथक आराधना गरिरहेका थिए । तर यी पालनाहरूले आत्मामा शान्ति दिन सकेनन् । तिनभित्र पापको दोष महसुस भइरह्यो, जसलाई सम्पूर्ण मुक्ति पाउन गरिने कर्मले हटाउन सकेन । स्‍वर्गबाट आएको आवाज स्‍वरूप तिनले सुधारकको वचन सुने: “मुक्ति अनुग्रहबाट आउँछ ।” “निर्दोष व्यक्ति दोषी ठहरियो, र अपराधी निर्दोष ठहरियो ।” “ख्रीष्‍टको क्रूसले मात्र स्‍वर्गका ढोकाहरू खोल्दछ, र नरकका ढोकाहरू बन्द गर्दछ ।” —Wylie, b. 13, ch. 2.MBAJ 227.2

    फेरलले हर्षसाथ सत्यता स्‍वीकार गरे । पावलजस्तै परिवर्तन भएर तिनी परम्पराको बन्धनबाट परमेश्‍‍वरका छोराहरूको स्‍वतन्‍‍त्रतातर्फ फर्के । तिनी फर्केर आउँदा तिनी भन्छन्, “एक भोकाएको ब्‍वाँसोको हत्यारा हृदयको सट्टामा शान्तमय एक नम्र र हानिहीन थुमाझैँ भए, तिनले आफ्‍नो हृदय पोपदेखि पूर्णरूपमा निकालेर येशू ख्रीष्‍टलाई दिए ।” —D’Aubigné, b. 12, ch. 3.MBAJ 227.3

    जब लेफेबरले तिनका विद्यार्थीहरू समक्ष निरन्तर ज्योति छरिरहेका थिए तब फेरलले पनि जसरी पोपको काम गरेका थिए त्यसरी ख्रीष्‍टको काममा जोशिला भई सार्वजनिकरूपमा सत्यता घोषणा गर्न बाहिर आए । चर्चको एक अधिकारी माउक्सको विशप चाँडै नै तिनीहरूसँग समावेश भए । तिनीहरूका क्षमता र शिक्षाले गर्दा उच्‍च स्तरमा चिनिएका अन्य शिक्षकहरू पनि सुसमाचार प्रचार गर्ने काममा एक भए, र तिनीहरूले शिल्पकार र गाउँलेहरूको घरदेखि लिएर राजाको दरबारसम्म सबै स्तरका मानिसहरूको मन जिते । त्यस ताकाका शासक राजा फ्रान्सिस प्रथमकी बहिनीले सुधारको विश्‍‍वास स्‍वीकार गरिन् । राजा आफै र आमा रानीले केही समयसम्म त यसलाई मन पराएजस्तै देखिन्थ्यो, र उच्‍च आशाहरूसाथ सुधारकहरूले फ्रान्समा सुसमाचारको विजयलाई पर्खिरहेका थिए ।MBAJ 228.1

    तर तिनीहरूका आशाहरू पूरा हुनेथिएनन् । ख्रीष्‍टका चेलाहरूलाई परीक्षा र सतावटले प्रतीक्षा गरिरहेको थियो । जेभए पनि यो कुरा तिनीहरूको आँखाबाट कृपासाथ छोपिएको थियो । केही समयसम्म शान्ति भयो ताकि तिनीहरूले आँधीसँग सामना गर्न बल प्राप्‍त गर्न सकून्; सुधार-कार्य वेगसाथ विकसित भयो । माउक्सको विशपले जोशसाथ तिनको आफ्‍नो पादरी हातामा भएका मानिसहरू र अधिकारीहरूलाई प्रशिक्षण दियो । अज्ञानी र अनैतिक पूजाहारीहरू हटाइए र तिनीहरूको स्थानमा जति सक्दो शिक्षित र भक्ति मानिसहरू राखिए । तिनका मानिसहरू आफैले परमेश्‍‍वरको वचन पढ्‍न सकून् भन्‍ने विशपको ठूलो चाहना थियो, र त्यो चाँडै नै पूरा भयो । लेफेबरले नयाँ नियम अनुवाद गर्ने काम जिम्मा लिए; र लुथरको जर्मनी बाइबल विटनवर्गको छापाखानाबाट प्रकाशित भइरहेको समयमै फ्रान्सको नयाँ नियम माउक्सबाट प्रकाशित हुँदैथियो । उसको पादरीको आधिकारिक क्षेत्रहरूमा फैल्याउन खर्च र परिश्रम गर्न बिशप पछि हटेनन्, र चाँडै नै माउक्सका गाउँलेहरूले पवित्रशास्‍‍त्र प्राप्‍त गरे ।MBAJ 228.2

    जसरी तिर्खाले मर्न लागेका परदेशीहरूले एक जिउँदो पानीको मुहान प्राप्‍त गर्दा हर्षित हुन्छन्, त्यसरी ती मानिसहरूले स्‍वर्गको सन्देश प्राप्‍त गरे । खेतमा भएका परिश्रमीहरू, पसलमा भएका शिल्पकारहरूले बाइबलको बहुमूल्य सत्यताहरू चर्चा गरेर तिनीहरूको दैनिक परिश्रममा आनन्द भए । साँझमा तिनीहरू भट्टीमा जानुको सट्टा एक-अर्काको घरहरूमा परमेश्‍‍वरको वचन पढ्‍न र प्रार्थनामा समावेश हुन र प्रशंसा गर्न जम्मा हुन्थे । यी समाजहरूमा चाँडै नै ठूलो परिवर्तन देखा पऱ्यो । अशिक्षित र कडा परिश्रमी गाउँलेहरू अति नम्र स्तरको भएतापनि सुधारपूर्ण र उच्‍च पार्ने ईश्‍‍वरीय अनुग्रहको शक्ति तिनीहरूको जीवनमा देखियो । जसले सुसमाचार शुद्धतामा स्‍वीकार गर्छन् त्यसले तिनीहरूलाई के गर्न सक्छ भन्‍ने साक्षी स्‍वरूप नम्र, मायालु र पवित्र भई तिनीहरू खडा भए ।MBAJ 228.3

    माउक्समा आरम्भ भएको ज्योतिका किरणहरू टाढ़ासम्म पुगे । प्रत्येक दिन नयाँ विश्‍‍वासीहरूको सङ्ख्या वृद्धि भइरहेको थियो । केही समयसम्म त पुरोहित शासनको रिस राजाले थामिराखेका थिए, जसले भिक्षुहरूको एकलकाँटे कट्टरतालाई घृणा गथे, तर अन्त्यमा पोपतन्‍‍त्रका अगुवाहरूले विजय प्राप्‍त गरे । अब जलाउने दाउराको थाकहरू खडा गरे । माउक्सको विशपलाई कि आगो कि तिनको शिक्षालाई त्याग्‍न दबाब दिए र तिनले सजिलो मार्ग नै पछ्याए; तिनीहरूको अगुवाको पतन भएतापनि तिनको बगालचाहिँ दृढ रहे । धेरै जनाले आगोको ज्‍वालामा सत्यताको गवाही दिए । जलाउने दाउराको थाकमा साहस र भक्तिद्वारा यी नम्र इसाईहरूले हजारौँसँग बोले जसले शान्तिको समयमा तिनीहरूको गवाही कहिल्यै पनि सुनेका थिएनन् ।MBAJ 229.1

    कष्‍ट र निन्दाको बीचमा ख्रीष्‍टको खातिर गवाही दिन साहस गर्नेहरू नम्र र गरिब मात्र थिएनन् । महल र दरबारका भव्य कोठाहरूमा राजकीय व्यक्तित्‍वहरू थिए जसले सत्यतालाई धन वा स्तर अथवा तिनीहरूको जीवनभन्दा पनि उच्‍च ठाने । राजकीय हतियारमा विशपको वस्‍‍त्र र टोपीभन्दा उच्‍च र अझै दृढ आत्मा लुकेको थियो । लुइस डि बर्किन एक सम्पन्‍न घरानामा जन्म लिएका थिए । एक साहसी र राजकीय शूरवीर भएर तिनी अध्ययनमा लागी परेका थिए, आचरणहरू खारिएको थियो र नैतिक कार्य निष्खोट थियो । एक जना लेखक भन्छन्, “तिनी एक पोपतान्‍‍त्रीय शासन प्रणालीका महान् अनुयायी थिए, र मासहरू र प्रवचनहरूको मुख्य स्रोता थिए; ... र तिनले लुथरको शिक्षालाई विशेष घृणा गरेर तिनका सबै योग्यताहरू पूर्ण पारेका थिए ।” तर अरू धेरै जना जस्तै ईश्‍‍वरको कृपाले तिनी बाइबलतर्फ डोऱ्याइए, तिनी अचम्मित भए किनकि त्यहाँ त “रोमको शिक्षा छैन रहेछ, लुथरको शिक्षा पो रहेछ ।” —Wylie, b. 13, ch. 9. त्यसपछि तिनले आफैलाई सुसमाचारको काममा पूर्णरूपले समर्पित गरिदिए ।MBAJ 229.2

    “फ्रान्सको उत्कृष्‍ट मानिसहरूको सबभन्दा शिक्षितहरूमध्ये” तिनी आफ्‍ना बुद्धि, भाषणकला, नडग्‍ने साहस र बहादुरी उत्साह, तथा राजाको मनपर्ने व्यक्ति भएको कारण धेरै जनाले आफ्‍ना देशको सुधारक नियुक्त भयो भनी विचार गर्थे । बिजाले भने, “यदि तिनले फ्रान्सिस प्रथमचाहिँ दोस्रो मुख्यमन्‍‍त्री झैँ भइदिएको भए बर्किन पनि दोस्रो लुथर हुनेथिए ।” पोपतन्‍‍त्रका मानिसहरू चिच्याए, “तिनी त झन लुथरभन्दा पनि खराब छन् ।” —Wylie, b. 13, ch. 9. फ्रान्सका रोमीहरू तिनीबाट निश्‍चय नै धेरै डराउथे । धर्म विरोधीको रूपमा तिनीहरूले तिनलाई एउटा जेलमा हालिदिए, तर राजाले तिनलाई स्‍वतन्‍‍त्रता दिए । धेरै वर्षहरूसम्म संघर्ष चलि नै रह्यो । फ्रान्सिस रोम र सुधार-कार्यको बीचमा दोधारे हुँदै तिनले भिक्षुहरूको कडा जोश एक पछि अर्को गर्दै सहँदैथिए र नियन्‍‍त्रण गरिरहेका थिए । पोपतन्‍‍त्रको अधिकारीहरूद्वारा बर्किन तीन पल्ट जेलमा हालिए, र राजाले तिनलाई रिहाइ गरिदिए, जसले तिनको प्रशंसनीय प्रतिभा र चरित्रको उत्कृष्‍टताले गर्दा पूरोहित शासनको घृणामा तिनलाई बलिदान गर्न इन्कार गरे ।MBAJ 230.1

    बर्किनलाई फ्रान्समा दिएको धम्कीको खतरामा बारम्बार चेतावनी दिइएको थियो, र जसले स्‍वेच्छिक बहिष्कारमा सुरक्षा प्राप्‍त गरे तिनीहरू कै खुड्‍किलामा हिड्‍न उत्साह मिल्यो । लजालु र अवसरवादी इरासमस, जो तिनको सम्पूर्ण विद्धताको महानतामा पनि सत्यताको अधीनमा भएको जीवन र आदर धारण गर्ने नैतिक महानता पाउन असफल भए, तिनले बर्किनलाई लेखे: “कतै विदेशमा एक राजदूतको रूपमा पठाउन अनुरोध गर्नुहोस्; जर्मनीमा गएर त्यहाँ यात्रा गर्नुहोस् । बेडा र तिनीजस्ता व्यक्तिहरू तपाईंलाई थाहा छ—जो सबैतिर विष छर्ने हजार टाउके राक्षस हो । तपाईंका शत्रुहरूको नाउँ फौज भनी राखेको छ । यदि तपाईंको काम येशू ख्रीष्‍टको भन्दा असल भएको भए तिनीहरूले तपाईंलाई निर्ममतासाथ नष्‍ट नगरेसम्म छोड्ँदैनन् । राजाको सुरक्षामा त्यति धेरै भरोसा नगर्नुहोस् । कुनै पनि परिस्थितिमा धर्म शास्‍‍त्रीय विभागद्वारा मलाई जोखिममा नपार्नुहोस् ।” —Wylie, b. 13, ch. 9.MBAJ 230.2

    तर जब खतराहरू बढ्‍दै गए, तब बर्किनको उत्साह बलियो हुँदै बढ़दै गयो । इरासमसको आत्म-सेवा गर्ने र राजनैतिक सल्‍लाहलाई अपनाउन छोडेर तिनले अझै साहसी हुने निर्णय गरे । तिनी केवल सत्यताको पक्षमा मात्र उभिने होइन, तर तिनले झूटलाई आक्रमण गर्ने थिए । रोमीहरूले तिनीमाथि धर्म विरोधको दोष लगाउने प्रयास गरिरहेका थिए, तिनले तिनीहरूमाथि सो फर्काइ दिनेथिए । तिनका शत्रुहरूमध्ये सबभन्दा क्रियाशील र कठोरचाहिँ पेरिसका महान् विश्‍‍वविद्यालयमा धर्मशास्‍‍त्रीय विभागका उत्कृष्‍ट शिक्षित डाक्टरहरू र भिक्षुहरू थिए जुन शहर र राज्य दुवै एक सर्वोच्‍च पुरोहित शासनको अधिकारमा थियो । यी डाक्टरहरूका लेखहरूबाट बर्किनले बाह्र ओटा भनाइहरू लिए र तिनले सार्वजनिकरूपमा “बाइबलको विरोध र धर्म विरोधी” भनी घोषणा गरे; तिनले राजालाई विवाद परेको बेला न्यायाधीश हुनुहोस् भनी अनुरोध गरे ।MBAJ 231.1

    राजा विरोधी शूरवीरहरूको शक्ति र तीक्ष्ण भिन्‍नता देखाउन अनिच्छुक थिएनन्, यी हठी भिक्षुहरूको घमण्डलाई नम्र पार्ने एक मौकामा हर्षित हुँदै रोमीहरूलाई तिनीहरूको कार्य बाइबलद्वारा प्रमाणित गर्ने आदेश दिए । यो हतियारले त्यति काम गर्दैन भनी तिनीहरूलाई राम्ररी थाहा थियो; जेलमा हाल्‍ने, यातना दिने र आगोमा जलाउने जस्ता हतियारहरू कसरी चलाउने भनी तिनीहरूलाई राम्ररी थाहा थियो । अब तिनीहरूको अवस्था परिवर्तन भयो, र तिनीहरूले बर्किनलाई फाल्‍न चाहेको खाल्डोमा तिनीहरू आफै पर्न आँटेका देखे । आश्‍चर्यचकित भई तिनीहरूले भाग्‍ने बाटो खोजे ।MBAJ 231.2

    “त्यही समयमा एउटा सड़कको कुनामा एक कन्याको [मरियम] मूर्तिलाई अंगभंग पारियो ।” शहर ठूलो खैलाबैलाले भरियो । त्यो ठाउँमा विलाप र रिसका साथ भीडका भीड मानिसहरू त्यहाँ थुप्रिए । यस घटनाले राजाको मनलाई पनि चस्स छोयो । यहाँ एउटा मौका थियो जसद्वारा भिक्षुहरूले असल फाइदा लिन सक्थे, र सो पूरा गर्न तिनीहरू तुरुन्तै अघि बढे । तिनीहरू चिच्याए, “बर्किनका शिक्षाहरूका फलहरू यिनै हुन् । लुथ्रेनको षड्यन्‍‍त्रद्वारा धर्म, व्यवस्थाहरू, सिंहासन पनि सबै नष्‍ट हुनै लागेको छ ।” —Wylie, b. 13, ch. 9.MBAJ 231.3

    फेरि बर्किन गिरफ्तार गरिए । पेरिसबाट राजा निस्केर गए, यसरी भिक्षुहरू तिनीहरूको इच्छा अनुसार गर्न छोडिए । सुधारकलाई अनुसन्धान गरियो र मृत्यूदण्डको दोष लगाइयो, तिनलाई बचाउन फ्रान्सिसले मध्यस्थता गर्न नपाऊन् भनी जुन दिन घोषणा गरिएको थियो त्यही दिनमा नै सजाय दिइयो । मध्येदिनतिर बर्किन मृत्युदण्ड दिने स्थानतर्फ लगिए । त्यो घटना अवलोकन गर्न विशाल भीड जम्मा भएको थियो, त्यहाँ धेरै मानिसहरूले चकित सशंकित भएर हेरे कि फ्रान्सको उत्कृष्‍ट परिवारको सबभन्दा असल र साहसीहरूमध्येबाट त्यो व्यक्ति छानिएको थियो । आश्‍चर्य, रिस, उपहास र तीतो घृणाले गर्दा घुँइचो मानिसहरूको अनुहारमा अँध्यारो भयो; तर एउटा अनुहारमा चाहिँ छायाँ परेको थिएन । शहिदका विचारहरू खैलाबैलाभन्दा पनि टाढ़ा पुगेको थियो; तिनले प्रभुको उपस्थितिलाई मात्र थाहा गरेका थिए ।MBAJ 231.4

    तिनी घिनलाग्दो वाहनमाथि चढे, तिनका अत्याचारीहरूको रिसाहा अनुहारहरू र तिनले भोग्‍नै लागेको डरलाग्दो मृत्यु जस्ता कुराहरूमा तिनले ध्यान दिएनन्; जो जीवित हुनुहुन्थ्यो उहाँ मर्नुभयो र सदासर्वदाका लागि जीवित हुनुहुन्छ, र मृत्यु र नरकको साँचो लिनुहुने तिनको नजिक हुनुहुन्थ्यो । बर्किनको अनुहार स्‍वर्गीय ज्योति र शान्तिले उज्‍ज्‍वल भयो । तिनले उत्तम पोशाक पहिरेका थिए, तिनले “बाहिरीपट्टि मखमल, भित्रपट्टि रेशमी र बुट्टेदार रेशमी लुगा र सुनौला पाइन्ट लगाएका थिए ।” —D’Aubigné, History of the Reformtion in Europe in the Time of Calvin, b. 2, ch. 16. तिनले आफ्‍नो विश्‍‍वास राजाहरूका राजा र ब्रमाण्डको सामुन्‍ने प्रकट गर्नुपर्ने थियो र तिनको आनन्द विलापको कुनै पनि चिन्हले झूटो साबित गर्नु हुँदैनथ्यो ।MBAJ 232.1

    जब मानिसहरूको ताँती सड़क हुँदै बिस्तारै अगाडि बढ्यो तब मानिसहरूले तिनको मुहार र आचरणमा उदासहीन शान्ति र आनन्दित विजय देखेर अचम्मित भए । तिनीहरूले भने, “तिनी त कुनै मन्दिरमा बसेर पवित्र कुराहरूमा मनन गर्ने मानिस जस्ता छन् ।” —Wylie, b. 13, ch. 9.MBAJ 232.2

    जलाउने तख्तामा पुगेपछि बर्किनले मानिसहरूलाई केही कुराहरू व्यक्त गर्ने प्रयास गरे; तर भिक्षुहरू यसको परिणामदेखि डराएर चिच्याउन थाले, र सिपाहीहरूले हतियार ठोकाउन लागे, र तिनीहरूको चित्कारले गर्दा शहिदको आवाजलाई विलाई दियो । १५२९मा शिक्षित पेरिसको उच्‍च साहित्यिक र चर्चको अधिकारले “तख्तामा मरिरहेकाहरूको पवित्र शब्दहरू दबाउने नीच उदाहरण १७९३को साधारण मानिसहरूलाई दियो ।” —Wylie, b. 13, ch. 9.MBAJ 232.3

    बर्किन घाँटी ङ्‍याकेर मारिए र तिनको शरीर आगोमा जलाइयो । तिनको मृत्युको समाचारले फ्रान्सभरि सुधार-कार्यमा संलग्‍न भएका साथीहरूलाई दु:खी तुल्यायो । तर तिनको उदाहरणचाहिँ निरर्थक भएन । सत्यताका साक्षीहरूले भने, “हामी पनि हाम्रा नजरहरूलाई आगामी जीवनमा निर्धारित गरेर खुशीसाथ मृत्यु भोग्‍न तयार छौं ।” —D’Aubigné, History of the Reformation in Europe in the Time of Calvin, b. 2, ch. 16.MBAJ 233.1

    माउक्सको सतावट अवधिमा सुधार विश्‍‍वासका शिक्षकहरूका प्रचार गर्ने अनुमति पत्र खोसिएको थियो, र तिनीहरू अरू क्षेत्रहरूमा गए । केही समयपछि लेफेबर जर्मनीमा आए । फेरलचाहिँ आफू जन्मेको शहर पूर्वी फ्रान्स वा बाल्यास्थाको घरमा ज्योति छर्न फर्के । माउक्समा के भइरहेको थियो त्यसका समाचारहरू प्राप्‍त भइसकेको थियो, र जुन सत्यता तिनले निडर जोशसाथ सिकाएका थिए त्यसका स्रोता भेला भए । चाँडै नै आधिकारीहरू तिनलाई शान्त पार्न जुर्मुरिए र तिनी शहरबाट बहिष्कार गरिए । तिनले सार्वजनिकरूपमा प्रचार गर्न नपाएतापनि तिनले व्यक्तिगत निवासहरू र एकान्त चउरहरू, तराईहरू र गाउँहरूमा प्रचार गर्दै पार गरे, र तिनले आफ्‍नो केटौले अवस्थामा आउ-जाउ गर्ने जङ्गलहरू र दुङ्गेनी ओड़ारहरूमा आश्रय पाए । परमेश्‍‍वरले तिनलाई अझै ठूलो परीक्षाहरूको लागि तयार गर्दै हुनुहुन्थ्यो । तिनले भने, “मलाई पूर्व चेतावनी गरिएका क्रूसहरू, सतावटहरू र शैतानका कपटहरू अभाव भएका छैनन्; ती कुराहरू म आफैले सहन सक्‍नेभन्दा पनि अझै कठोर छन्; तर परमेश्‍‍वर मेरा पिता हुनुहुन्छ; उहाँले मलाई आवश्‍‍यक परेको शक्ति जटाउनु भएको छ र अझै पनि जटाउनु नै हुनेछ ।” —D’Aubigné, History of the Reformation of the Sixteenth Century, b. 12, ch. 9.MBAJ 233.2

    प्रेरितहरूको दिनमा झैँ सतावटले “वास्तवमा सुसमाचारलाई अघि बढाउने काम” गरेको थियो । फिलिप्पी १:१२ । पेरिस र माउक्सबाट खेदिएर “छरपष्‍ट भएकाहरूले चारैपट्टि गई वचन प्रचार गरे ।” प्रेरित ८:४ । यसरी फ्रान्सको धेरै दुर्गम क्षेत्रहरूमा पनि ज्योतिले प्रवेश गर्ने मौका पायो ।MBAJ 233.3

    परमेश्‍‍वरले उहाँको काम फैल्याउन अझै पनि कामदारहरू तयार गर्दै हुनुहुन्थ्यो । पेरिसका स्कुलहरूमध्ये एउटामा एक जना विचारशील, शान्त युवा थिए, तिनले शक्तिशाली र अन्तर्दृष्‍टि दिमागको प्रमाण दिइसकेका थिए, र तिनको जीवनको निर्दोषपना पनि विवेकी उत्सुकता र धार्मिकताप्रति समर्पणभन्दा कम देखिएको थिएन । तिनको प्रतिभा र लगनशीलताले चाँडै नै तिनलाई कलेजको गौरव बनायो, र यो कुरा निश्‍चयतासाथ आशा गरिएको थियो कि जोन काल्भिन चर्चको सबभन्दा सक्षम र आदरयुक्त प्रतिरक्षकहरूमध्ये एक हुनेछन् । तर ईश्‍‍वरीय ज्योतिको किरण शिक्षापद्धति र अन्धविश्‍‍वासका पर्खालहरूमा पनि प्रवेश गऱ्यो जसमा काल्भिनलाई बन्द पारेर राखिएको थियो । धर्म-विरोधीहरू आगोमा पर्ने योग्यका हुन्छन् भन्‍ने कुरामा कुनै शंका थिएन जसमा तिनीहरूलाई हालिएको हुन्थ्यो, र तिनले यो नयाँ सिद्धान्त कम्पसाथ सुने । यी सबै कुरा अन्‍जानरूपमा तिनले झूटसँग आमने-सामुने सामना गरे र प्रोटेस्टेन्ट शिक्षासँग संघर्ष गर्न रोमीहरूको धर्मशास्‍‍त्रवादको शक्ति जाँच गर्न बाध्य भए ।MBAJ 234.1

    सुधार-कार्यमा संलग्‍न भएका काल्भिनको आफन्त पेरिसमा थिए । प्रायजसो दुई दाज्यू-भाईहरू भेटेर इसाई-जगतलाई खल्‍बल्याउने विषयहरूमा छलफल गर्दथे । प्रोटेस्टेन्ट अलिभेटनले भने, “संसारमा दुई वटा धर्महरू मात्र छन् । एक प्रकारको धर्मचाहिँ मानवनिर्मित हो, जसमा धार्मिक विधिहरू र असल कार्यद्वारा मानिस आफैले बचाउँछ भनी ठान्छन्; अर्को धर्मचाहिँ बाइबलमा प्रकट भएको छ, र जसले मानिसलाई मुक्तिको लागि परमेश्‍‍वरको सित्तैको अनुग्रहबाट मात्र आशा गर्न सिकाउँदछ ।”MBAJ 234.2

    काल्भिन आश्‍चर्य भई चिच्याए, “म तिम्रो कुनै पनि नयाँ सिद्धान्तलाई अपनाउँदिनँ; के मैले मेरो जीवनभरि झूटमा जीवन बिताएँ भनी तिमी सोच्छौ ?” —Wylie, b. 13, ch. 7.MBAJ 234.3

    तर तिनको मष्‍तिष्कमा यस्ता विचारहरू जागिसकेका थिए जुन तिनले इच्छा गरेर पनि त्यसलाई हटाउन सक्दैनथे । तिनको कोठामा एकलै बसेर तिनले आफन्तका शब्दहरू मनन गरे । म पापी छु भन्‍ने महसुस भइरह्यो; तिनले आफैलाई एक पवित्र र न्यायसङ्गत न्यायाधीशको सामु मध्यस्थताहीन देखे । सन्तहरूको मध्यस्तता, असल कार्यहरू, चर्चको विधि-विधानहरू जस्ता सबै कुराहरूले पापको प्रायश्‍चित गर्न असमर्थ भए । तिनले आफ्‍नो अघि अनन्त नैराश्‍‍यको अन्धकारपन बाहेक केही पनि देख्‍न सक्दैनथे । चर्चका डाक्टरहरूले व्यर्थमा तिनको शोकमा सान्त्‍वना दिने प्रयास गरे । पाप स्‍वीकार, यातना व्यर्थमा गरिएको थियो; यी कुराहरूले आत्मालाई परमेश्‍‍वरसँग मिलाप गराउन सक्दैनथे ।MBAJ 234.4

    जब यो फलरहित संघर्षमा नै रहेर काल्भिन एक दिन एक सार्वजनिक चोकमा गए तब त्यहाँ धर्म विरोधीलाई जलाएकाे देखे । शहिदको मुहारमा परेको शान्तिको प्रकाशनमा तिनी अचम्मित भए । डरलाग्दो मृत्युको यातनामाझ, अझै चर्चको भयंकर दोषको वंशमा पनि तिनले यस्तै विश्‍‍वास र साहस प्रकट गरे कि यो युवक विद्यार्थी चर्चको सबभन्दा कठोर आज्ञाकारितामा रहेर तिनले आफ्‍नै नैराश्‍‍यता र हताशसँग दुःखदायी भिन्‍नता पत्ता लगाए । तिनलाई थाहा थियो कि धर्म विरोधीहरूले बाइबलमा विश्‍‍वास राख्दथे । यदि तिनले सके भने त्यसको अध्ययन गर्ने र तिनीहरूको आनन्दको रहस्य पत्ता लगाउने निर्णय गरे ।MBAJ 235.1

    तिनले बाइबलमा ख्रीष्‍ट भेटाए । तिनी कराए, “हे पिता उहाँको बलिदानले तपाईंको क्रोध शान्त पारेको छ; उहाँको रगतले मेरा अधर्महरू धोएको छ; उहाँको क्रूसले मेरो श्राप बोकेको छ; उहाँको मृत्यु मेरो लागि प्रायश्‍चित भएको छ । हामी आफैले कैयौँ नालायक मुर्खताहरू सृजना गरेका छौं, तर तपाईंले मेरो अगि तपाईंको वचन राँको झैँ राखिदिनुभएको छ, र येशूका योग्यताहरू बाहेक अरू सम्पूर्ण कुरालाई मैले घृणित थोक ठान्‍न सकूँ भनी तपाईंले मेरो हृदय छुनुभएको छ ।” —Martyn, vol. 3, ch. 13.MBAJ 235.2

    काल्भिनचाहिँ पूजाहारीको शिक्षामा प्रशिक्षित थिए । तिनी बाह्र वर्षकै उमेरमा एउटा सानो चर्चको प्रचारक नियुक्त गरिए, चर्चको नियमअनुसार बिशपले तिनको कपाल खौरी दिएका थिए । तिनले समर्पण प्राप्‍त गरेका थिएनन्, नता तिनले पूजाहारीको कर्तव्य नै पूरा गरे, तर तिनी पूरोहितको सदस्य भएर तिनको कार्यालयको पद ग्रहण गरी तोकिएको भत्ता प्राप्‍त गर्न थाले ।MBAJ 235.3

    अब तिनी कहिल्यै पनि पूजाहारी बन्‍न सक्दैनन् भन्ठानेर तिनी केही समयसम्म कानून पढ्‍न लागी परे, तर अन्तमा त्यो योजना पनि त्यागेर तिनको जीवन सुसमाचारमा समर्पण गर्ने निर्णय गरे । तर तिनी सार्वजनिक शिक्षक बन्‍न अनकनाए । तिनी स्‍वभावैले लजालु थिए, र पदको भारी जिम्मेवारीको अनुभवले लादिएका थिए, तिनले अझै पनि अध्ययनमा समय बिताउने इच्छा गरे । तिनका साथीहरूका उत्सुक निवेदनहरूले, जे भएपनि अन्तमा तिनलाई सहमत गराए । तिनले भने, “यति गरिब अवस्थाबाट आएका व्यक्ति यति महान् ऐश्‍‍वर्यमा उच्‍च पारिनु कति आश्‍चर्यको कुरा हो ।” —Wylie, b. 13, ch. 9.MBAJ 235.4

    काल्भिन तिनको कार्यमा शान्तसाथ प्रवेश गरे, र तिनका शब्दहरू पृथ्वीलाई ताजा पार्न झरेको शीत जस्तै थिए । तिनले पेरिस छोडेका थिए, र अब तिनी राजकुमारी मार्गरेटको सुरक्षामा रहेको प्रान्तीय शहरमा थिए, उनले सुसमाचारलाई प्रेम गरेकी कारण तिनका चेलाहरूसँग सुरक्षाको हात बढाएकी थिईन् । काल्भिन अझै पनि नम्र र बाहिर नदेखाउने स्‍वभावका युवा थिए । तिनको कार्य मानिसहरूकै घर-घरबाट सुरु भयो । तिनी घरका सदस्यहरूलाई वरिपरि राखेर बाइबल पढ्‍दथे र मुक्तिका सत्यताहरू खोल्दथे । ज-जसले समाचार सुने तिनीहरूले त्यो सुभ खबर अरूकहाँ लिएर गए, चाँडै नै शिक्षक शहरभन्दा टाढ़ा बाहिर भएका साना शहरहरू र साना गाउँहरूतिर गए । महल र कटेरोहरू दुवैमा तिनले प्रवेश पाए, र तिनी चर्चहरूको जग बसाल्दै अगाडि बढ़े जसले सत्यताको लागि साहसी साक्षीहरू उत्पादन गर्नुपर्ने थियो ।MBAJ 235.5

    केही महिनापछि तिनी फेरि पेरिसमा आए । शिक्षित मानिसहरू र पण्डितको माझमा अस्‍वभाविक खलबल मच्‍चियो । प्राचीन भाषाहरूको अध्ययनले गर्दा मानिसहरूलाई बाइबलतर्फ डोऱ्याएको थियो, र जसका हृदयहरू यसको सत्यताले छोएको थिएन तिनीहरू धेरै जना उत्सुकतासाथ छलफल गर्दैथिए र रोमीका वीरहरूसँग पनि लड़ाइँ गर्दैथिए । काल्भिन धर्मशास्‍‍त्रीय विवादका क्षेत्रहरूमा एक सक्षम प्रतिकारक भएतापनि तिनले ती हल्‍लादारी पण्डितहरूभन्दा अझै उच्‍च कार्य पूरा गर्नुपरेका थिए । मानिसका दिमागहरू ब्यूँझिए, र अब तिनीहरूलाई सत्यता प्रस्तुत गर्नुपर्ने समय यही नै थियो । जबकि विश्‍‍वविद्यालयका हलहरूमा चाहिँ शास्‍‍त्रीय वाद-विवादको हल्‍लाले भरिएको थियो भने काल्भिनचाहिँ घर-घरमा गएर मानिसहरूलाई बाइबल खोल्दै, तिनीहरूसँग येशू र उहाँ क्रूसमा टाँगिनुभएको कुरा सिकाउँदै हिँड्‍दैथिए ।MBAJ 236.1

    परमेश्‍‍वरको कृपाले गर्दा पेरिसले सुसमाचार स्‍वीकार गर्न अझै अर्को निमन्‍‍त्रणा पनि प्राप्‍त गर्नुपर्ने थियो । लेफेबर र फेरलको बोलावट अस्‍वीकार भएको थियो, तर फेरि त्यो विशाल राजधानीमा सबै वर्गका मानिसहरूले सन्देश सुन्‍नुपर्ने थिए । यो राजनैतिक विचरणको प्रभावले गर्दा राजा अझैसम्म पूर्णरूपमा रोमको पक्ष वा सुधार-कार्य विरुद्ध तयार भइसकेका थिएनन् । फ्रान्समा प्रोटेस्टेन्ट धर्म नै विजयी हुन्छ भनी मार्गरेटले अझै पनि आशा गरेकी थिइन् । उनले निर्णय गरिन् कि सुधार विश्‍‍वास पेरिसमा प्रचार हुनुपर्छ । राजाको अनुपस्थितिमा उनले प्रोटेस्टेन्ट प्रचारकलाई शहरका चर्चहरूमा प्रचार गर्ने आदेश दिइन् । यो कार्य पोपतन्‍‍त्रका अधिकारीहरूद्वारा निषेध गरिएको कारणले राजकुमारीले दरबार नै खोली दिइन् । एउटा कोठा चर्च जस्तै तयार पारिएको थियो, र यो कुरा घोषित भयो कि प्रत्येक दिन निर्धारित समयमा प्रवचन प्रचार हुनेछ, र सबै वर्गका र पदका मानिसहरूलाई उपस्थितिको निमन्‍‍त्रणा गरियो । सेवामा भीडहरू ओइरिए । चर्च स्‍वरूप प्रयोग गरिएको कोठा मात्र होइन, तर छेउमा भएका कोठाहरू र हलहरूमा घुइँचो भयो । प्रत्येक दिन हजारौँ—कुलीन मानिसहरू, राज्यपालहरू, वकिलहरू, व्यापारीहरू र शिल्पकारहरू—भेला हुन्थे । राजाले भेलाहरूलाई निषेध गर्नुको सट्टामा पेरिसको अरू दुई ओटा चर्चहरू खोली दिने आदेश दिए । योभन्दा अघि कहिल्यै पनि परमेश्‍‍वरको वचनले शहरलाई यस्तो तरिकाले चलाएको थिएन । मानिसहरूलाई स्‍वर्गबाट जीवनको आत्मा रूपी सास दिएजस्तो लाग्थ्यो । मतवालापन, छाड़ापन, झगड़ा र आलस्यपनको ठाउँमा संयम, शुद्धता, सुव्यवस्थितता र उद्यमशीलता जस्ता कुराहरू आएका थिए ।MBAJ 236.2

    मण्डलीका शासकहरू निष्कृय थिएनन् । राजाले अझै पनि प्रचारलाई बाधा पुऱ्याउन इन्कार गरे, र तिनीहरू जनतातर्फ फर्के । अशिक्षित र अन्धविश्‍‍वासी भीडका भयहरू, भेदभावहरू र कट्टरपन्थी उत्तेजित पार्ने कुनै पनि माध्यमहरू बाँकी राखेनन् । त्यसका झूटो शिक्षकहरूप्रति समर्पित भएर पेरिसले पनि प्राचीन यरूशलेमले झैँ त्यसको सजायको समय थाहा पाएन, न त्यसलाई शान्ति ल्याउने कुराहरू नै थाहा थियो । दुई वर्षसम्म राजधानीमा परमेश्‍‍वरको वचन प्रचार भयो; जहाँ धेरै जनाले सुसमाचार स्‍वीकार गरे भने बहुसङ्ख्यक मानिसहरूले यसलाई अस्‍वीकार गरे । फ्रान्सिसले तिनका उद्देश्‍‍यहरू मात्र प्राप्‍त गर्न सहनशीलता देखाए, र पोपतन्‍‍त्रहरूले पुनःप्रभुत्‍व प्राप्‍त गरे । फेरि चर्चहरू बन्द भए र सजाय दिने तख्ताहरू खडा गरिए ।MBAJ 237.1

    काल्भिन अझै पनि पेरिसमै थिए र अध्ययन, मनन र प्रार्थनाद्वारा तिनले आफ्‍नाो भविष्यका परिश्रमहरूका लागि तयारी गर्दैथिए, र ज्योति निरन्तर फैल्याउँदैथिए । जेभए पनि अन्तमा तिनीमाथि शंका बढ्‍न थाल्यो । अधिकारीहरूले तिनलाई आगोमा जलाउने निर्णय गरे । जबसम्म अधिकारीहरू तिनलाई गिरफ्तार गर्न आउँदैछन् भन्‍ने समाचार लिएर साथीहरू हतारिदै तिनको कोठातर्फ आएनन् तबसम्म तिनी आफैचाहिँ एकान्तमा सुरक्षित थिए भनी तिनले सोचेका थिए, तिनलाई कुनै पनि खतराको चिन्ता थिएन । त्यही समयमा एक चर्को ढकढक्‍याई बाहिरको प्रवेशद्वारमा सुनियो । अब खेर फाल्‍ने कुनै समय थिएन । कति जना तिनका साथनीहरूले पुलिसहरूलाई ढोकामा अलमलाए भने अरूले चाहिँ सुधारकलाई झ्यालबाट तल झार्न सहायता गरे र तिनी हतार-हतार शहरको छेउतिर भागे । तिनले एक किसानीको घरमा आश्रय पाए जसले सुधार-कार्यलाई मन पराउथे, र तिनले आफूलाई आश्रय दिने व्यक्तिको पोशाक फेरे, र काँधमा कोदाली बोकेर तिनको यात्रा सुरु गरे । तिनी दक्षिणतर्फ यात्रा गर्दै गए, तिनले फेरि मार्गरेटको अधिकार क्षेत्रमा सुरक्षा पाए । (See D’Aubigné, History of the Reformation in Europe in the Time of Calvin, b. 2, ch. 30.)MBAJ 238.1

    तिनी त्यहाँ केही महिनासम्म शक्तिशाली साथीहरूको सुरक्षामा बसे, र अघिझैँ अध्ययनमा व्यस्त भए । तर तिनको हृदयचाहिँ फ्रान्समा सुसमाचार प्रचार गर्न निर्धारण भइसकेको थियो, र तिनी लामो समयसम्म निष्कृय रहन सक्दैनथे । जति चाँडो आँधी बेहरी केही मात्रामा थामियो, तिनले पोइटियरमा कामको लागि नयाँ ठाउँ खोजे, जहाँ एक विश्‍‍वविद्यालय थियो र नयाँ विचारहरूलाई मन पराइएको थियो । सबै वर्गका मानिसहरूले सुसमाचार हर्षसाथ सुने । त्यहाँ सार्वजनिक प्रचार गरिएन, तर उच्‍च न्यायाधीशको घर, तिनको आफ्‍नै वासस्थान र कहिलेकाही सार्वजनिक बगैँचाहरूमा काल्भिनले अनन्त जीवनका वचनहरू सुन्‍न चाहनेहरूलाई खोली दिए । केही समयपछि स्रोताहरूको सङ्ख्या वृद्धि भए पश्‍चात् तिनीहरूले शहरबाहिर भेला हुन सुरक्षित महसुस ठाने । पहाड़को बीचमा भएको साघुँरो गहिरो गोरेटोमा एउटा ओड़ार थियो, जहाँ रूखहरू र भीरहरूले गर्दा झनै एकान्त स्थान बनाएको थियो त्यही ठाउँलाई सेवाको स्थान चुनियो । सानो समूहहरू शहरदेखि भिन्‍ना-भिन्‍नै बाटो भएर तिनीहरू त्यहाँ पुग्थे । त्यो एकान्त स्थलमा बाइबल ठूलो स्‍वरमा पढिन्थ्यो र वर्णन गरिन्थ्यो । यहीँ नै फ्रान्सका प्रोटेस्टेन्टहरू पहिलो पटक प्रभुभोजमा सरिक भएका थिए । यो सानो चर्चबाट केही विश्‍‍वासयोग्य प्रचारकहरू बाहिर पठाइए ।MBAJ 238.2

    फेरि एक पटक काल्भिन पेरिसमा फर्केर आए । फ्रान्सले राष्‍ट्रको रूपमा सुधार-कार्य स्‍वीकार गर्छ भन्‍ने आशा तिनले अहिलेसम्म त्याग्‍न सक्दैनथे । तर लगभग प्रत्येक परिश्रम गर्ने उपाय बन्द भएको तिनले भेटाए । सुसमाचार प्रचार गर्नु भनेको नै सीधा दाउराको थाकमा जानु थियो, र अन्तमा तिनले जर्मनीतर्फ प्रस्थान गर्ने निर्णय गरे । जब प्रोटेस्टेन्टमाथि आँधी बेहरी बजारिँदा बल्‍लतल्‍ल तिनी फ्रान्सबाट उम्केका थिए, यदि तिनी पनि त्यहीँ बसेका भए तिनलाई पनि अरूलाई झैँ साधारण विनाशमा पार्ने थियो ।MBAJ 239.1

    फ्रान्सका सुधारकहरू तिनीहरूको देश जर्मनी र स्‍वीट्‍जरल्याण्ड जस्तै उन्‍नति भएको हेर्न उत्सुक थिए, र तिनीहरूले रोमको अन्धविश्‍‍वास विरुद्ध एक साहसपूर्ण आक्रमण गर्ने निर्णय गरे जसले सम्पूर्ण राज्यलाई ब्यूँझाउनुपर्ने थियो । त्यसअनुसार मासलाई आक्रमण गर्ने विज्ञापन पत्रहरू एकै रातमा पूरै फ्रान्सभरि टाँसिए । यो जोशिलो र बुद्धिहीन कार्यले विकास त होइन तर त्यसका प्रचारकहरूलाई मात्र नभई सम्पूर्ण फ्रान्समा रहेका सुधार विश्‍‍वासी साथीहरूमाथि त्यसले विनाश ल्यायो । यसले गर्दा रोमीहरूले लामो समयसम्म चाहना गरेको कुरा पूरा भयो—अपधर्मीहरूमा हलचल मचाउने मानिसहरू स्‍वरूप सिंहासनको दृढता र राज्यको शान्तिलाई जोखिममा पार्ने निउमा पूर्ण विनाशको माग राखे ।MBAJ 239.2

    नता बुद्धिहीन साथीले कि त धूर्त शत्रुले भन्‍ने कुरा कहिल्यै पनि थाहा भएन तर कुनै गुप्‍त हातले एउटा विज्ञापन पत्र राजाको व्यक्तिगत कोठाको ढोकामा टाँसिदिएको थियो । राजा भयभीत भए । युगौँदेखि आदर प्राप्‍त गरेका अन्धविश्‍‍वासहरूलाई यो पत्रमा दयाहीन हातले आक्रमण गरेको थियो । अनि यी कहिल्यै पनि नभएका सीधा र डरलाग्दा उच्‍चारणहरू जबरजस्ती साहससाथ राजकीय उपस्थितिमा प्रवेश गर्दा राजा क्रोधित भए । तिनी आश्‍चर्यचकित अवस्थामा केही समयसम्म कम्प र निशब्द भएर उभिए । त्यसपछि तिनले क्रोधमा डरलाग्दा शब्दहरू उच्‍चारण गरे: “लुथरको धर्म मानेको भनी शंकास्पन मानिस कसैलाई नछुट्याइकन सबैलाई गिरफ्तार गरिओस् । म तिनीहरू सबैलाई नामेट पार्नेछु ।” —D’Aubigné, History of the Reformation in Europe in the Time of Calvin, b. 4, ch. 10. त्यहाँ निश्‍चित भयो । राजा आफैले पूर्णरूपले रोमको पक्षमा हुने निर्णय गरे ।MBAJ 239.3

    पेरिसमा हुने प्रत्येक लुथ्रेनलाई गिरफ्तार गर्ने काम एकै पटकमा सुरु गरियो । सुधार विश्‍‍वासका एक अनुयायी गरिब शिल्पकार थिए, जो विश्‍‍वासीहरूलाई तिनीहरूको गुप्‍त ठाउँका सभाहरूमा बोलाउन जाने गर्दथे, तिनलाई गिरफ्तार गरियो र जलाउने तख्तामा तुरुन्तै मृत्युदण्ड दिने डर देखाएर शहरका प्रोटेस्टेन्टहरूको प्रत्येक घरमा पोपतन्‍‍त्रका प्रतिनिधिहरूलाई लिएर जाने आज्ञा दिए । तिनी त्यो घृणाष्पद प्रस्तावको कारण डरले पछि हटे, तर अन्तमा आगोको डरले विजय हासिल गऱ्यो, र तिनका दाजु-भाइहरूका विरुद्ध विश्‍‍वासघाती हुन तिनले समर्थन जनाए । प्रभुभोजको रोटी अगाडि लिएका थिए, पूजाहारीहरूको लहर, धुप वाहकहरू, भिक्षुहरू, र सिपाहीहरूद्वारा घेरिएको थियो, राजकीय गुप्‍तचर मोरिन विश्‍‍वासघातीसँग बिस्तारै र शान्तसाथ शहरका सड़कहरू भएर गए । जुलुसचाहिँ प्रतिरोधीहरूले मासमाथि गरेको अपमानको कारण देखावटीरूपले “पवित्र प्रभु-भोज” को आदरमा त्यसको प्रायश्‍चित्को कार्य गरिएको थियो । तर यो प्रदर्शनमा एक घातक योजना लुकेको थियो । कुनै लुथ्रेनको घर अगाडि आइपुग्दा विश्‍‍वासघातीले एउटा सङ्केत गर्दथ्यो, तर कुनै शब्द निकाल्दैनथे । जुलुस रोकिन्थ्यो, र त्यो घरभित्र प्रवेश गर्थ्यो, परिवारलाई साङ्गलाले बाँधी घिसारेर निकाल्थ्यो, र डरलाग्दो समूह अर्को शिकारहरू खोज्दै अगाडि बढ्‍थ्यो । तिनीहरूले “कुनै पनि घर बाँकी राखेनन्, ठूला वा साना, पेरिसको विश्‍‍वविद्यालयका कलेजहरू पनि बाँकी रहेनन्, ... मोरिनले सबै शहर थर्काए । ... त्यही नै आतंकको शासन थियो ।” —D’Aubigné, History of the Reformation in Europe in the Time of Calvin, b. 4, ch. 10.MBAJ 239.4

    ती व्यक्तिहरूलाई क्रूर यातनासाथ मृत्युदण्ड दिइयो, विशेष गरी आगो सानो बनाउनुपर्छ ताकि तिनीहरू लामो समयसम्म सन्तापमा परून् भन्‍ने आदेश दिइएको थियो । तर तिनीहरू विजेताहरू स्‍वरूप मरे । तिनीहरूका निरन्तरता अचल थियो, तिनीहरूको शान्ति उज्‍ज्‍वल थियो । तिनीहरूका अत्याचारीहरूले तिनीहरूको अटल दृढतालाई हल्‍लाउन नसकेर ती अत्याचारीहरू आफैले हारेको जस्तै महसुस गरे । “जलाउने तख्ताहरू पेरिसको सबै टोलभरि छरिएका थिए, र जलाउने कार्य दिन प्रतिदिन भइरह्यो, सजाय विभिन्‍न ठाउँहरूमा दिएर झूटो शिक्षाको आतंक फैल्याउने योजना गरिएको थियो । जेभएपनि अन्तमा सुसमाचारलाई नै फाइदा भयो । यी नयाँ विचारहरूले कस्तो प्रकारको मानिस उत्पादन गर्न सक्थे भनेर सबै पेरिसले देख्‍न सक्‍यो । शहिदको जलाउने थुप्रो जस्तो पुल्पिट अरू कतै पनि थिएन । धेरै उदाहरणहरूमा जब तिनीहरू सजायको ठाउँमा ... जाँदैथिए तब ती मानिसहरूको अनुहारमा स्‍वच्छ आनन्दले उज्‍ज्‍वल पारेको थियो, जब तिनीहरू तीतो ज्‍वालाको माझमा उभिए तब तिनीहरूको साहस र तिनीहरूका पीड़ाहरूप्रति कोमल क्षमाशीलताको कारण रिसबाट दया, र घृणाबाट मायामा परिवर्तन भए, र सुसमाचारको खातिर प्रतिकार गर्न नसकिने शक्तिसाथ बिन्ती गरे ।” —Wylie, b.13, ch. 20.MBAJ 240.1

    पूजाहारीहरूले प्रोटेस्टेन्टहरूको विरुद्धमा साधारण क्रोध त्यसको उचाइमा कायम राख्‍नका लागि सबभन्दा डरलाग्दा दोषहरू फैल्याए । क्‍याथोलिकहरूलाई निर्दयीतापूर्वक हत्या गर्ने, सरकारलाई नष्‍ट गर्ने र राजालाई हत्या गर्ने षड्यन्‍‍त्र गरिरहेका थिए भनी तिनीहरूलाई दोष लगाए । यी आरोपहरूको पक्षमा कुनै प्रमाणको छायाँ पनि निकाल्‍न सकिँदैन थियो । तापनि यी दुष्‍टताका अगमवाणीहरू पूरा हुनुपर्ने थियो; जे भएपनि अति भिन्‍न परिस्थितिहरूमा एक विपरित चरित्रका कारणहरूले सो हुनुपर्ने थियो । क्‍योथोलिकहरूद्वारा निर्दोष प्रोटेस्टेन्टहरूमाथि गरिएका क्रूरताहरू एक बदलाको तौलमा जम्मा पारिएको थियो, र राजा र त्यसका सरकार, र त्यसका जनताहरूमाथि विनाश आउनै लागेको थियो भनी गरेको त्यही अगमवाणी आउने शताब्दीहरूमा पूरा भयो; तर त्यो नाष्‍तिकहरू र पोपतन्‍‍त्रका मानिसहरूबाट नै पूरा भयो । यो प्रोटेस्टेन्ट कार्यको स्थापना थिएन, तर त्यो दबाब कार्य थियो कि तीन सय वर्षहरूपछि फ्रान्समा यी भयंकर माहामारीहरू आउनुपर्ने थिए ।MBAJ 241.1

    समाजको सम्पूर्ण वर्गहरूमा अब संदेह, अविश्‍‍वास र भय फैलियो । साधारण सचेतनामा पनि लुथ्रेनको शिक्षाले मानिसहरूको दिमागमा कति गहिरो छाप पारेको रहेछ भनी देखे, जोहरू शिक्षा, प्रभाव र चरित्रको उत्कृष्‍टतामा सबभन्दा उच्‍च स्थानमा उभिए । जिम्मेवारी र आदरको पद अचानक खाली भयो । शिल्पकारहरू, प्रकाशकहरू, पण्डितहरू, विश्‍‍वविद्यालयका अध्यापकहरू, लेखकहरू, दरबारका कार्यकर्ताहरू पनि हराए । पेरिसबाट सयौँ भागे, तिनीहरूको जन्मथलाबाट आफै बहिष्कृत भए, कतिपय समयमा तिनीहरूले सुधार विश्‍‍वासलाई मन पराएका थिए भनी पहिलो पटक चिन्ह दिन्थे । पोपका मानिसहरूले तिनीहरूका वरिपरि शंका नगरिएका अपधर्मीहरूको विचारप्रति अचम्म तरिकाले हेर्थे जुन तिनीहरूका बीचमा थिए । तिनीहरूको अधिकारमा भएका नम्र मानिसहरूको भीडमाथि रिस प्रकट गरे । जेलहरूमा भीड भयो, र सुसमाचार स्‍वीकार गर्नेहरूलाई जलाइएको धुँवाले हावालाई अँध्यारो पारेको जस्तै देखिन्थ्यो ।MBAJ 241.2

    फ्रान्सिस प्रथमले महान् आन्दोलनको शैक्षिक जागृतिमा अगुवा भएको कारण गौरव गरे जो सोह्रऔँ शताब्दीको सुरुवातमा प्रख्यात् भए । प्रत्येक देशका शिक्षित मानिसहरूलाई तिनको दरबारमा भेला गर्न तिनी मन पराउथे । तिनको शिक्षाको माया र भिक्षुहरूको अज्ञानता र अन्धविश्‍‍वासलाई घृणाले गर्दा कम्तीमा सुधार-कार्यप्रति केही स्‍वतन्‍‍त्रता प्रदान गरिएको थियो । तर झूटलाई मेटाउने जोशले यो शिक्षा संरक्षकले पूरै फ्रान्सभरि प्रकाशनमा निषेध गर्न घोषणा गर्ने एक हुकुम जारी गरे ! फ्रान्सिस प्रथमले अभिलेखमा भएको धेरै उदाहरणमध्ये एउटा देखाउँदै भन्छन् कि विवेकी सभ्यता धार्मिक असहनशीलता र सतावटको विरुद्धमा सुरक्षा होइन ।MBAJ 242.1

    फ्रान्सले गम्भीर र सार्वजनिक कार्यक्रमसाथ आफैले प्रोटेस्टेन्ट धर्मलाई पूर्णरूपमा नष्‍ट गर्न अर्पण गर्नुपर्ने थियो । पूजाहारीहरूले माग राखे कि मासलाई दोष दिएर उच्‍च स्‍वर्गलाई अनादर गरेको कारणले रगतद्वारा नै प्रायश्‍चित होस्, र राजाले आफ्‍ना मानिसहरूको खातिर सार्वजनिकरूपमा यो भयंकर काममा स्‍वीकृति दिइबक्सिओस् ।MBAJ 242.2

    जनवरी २१, १५३५मा डरलाग्दो घटनाको दिन भनी पक्‍का भयो । सम्पूर्ण राज्यको अन्धविश्‍‍वासीको भय र कट्टर घृणा जागा भयो । वरिपरिका गाउँहरूबाट आएका भीडहरूले पेरिसका सड़कहरू घुइँचो भयो । त्यो दिनचाहिँ विशाल र एक प्रतापी जुलुसद्वारा सुरु गर्नुपर्ने थियो । “बाटोकाे छेउमा भएका घरहरूमा विलापको कपड़ा झुण्ड्याइएका थिए, र वेदीहरू ठाउँ-ठाउँमा बनाइएका थिए ।” “पवित्र प्रभु-भोज”-को आदरमा प्रत्येक ढोकामा राँको बालिएको थियो । बिहान हुनुभन्दा अघि नै जुलुस राजाको दरबारबाट सुरु भयो । “पहिले केही पादरीका अधिकार क्षेत्रका झण्डा र क्रूसहरू आए; त्यसपछि नागरिकहरू दुई-दुई जना गरी राँको बोकेर देखा परे ।” चार संस्थागत सन्यासीहरूले तिनीहरूको आफ्‍नै विशेष पोशाकसाथ पछ्याएका थिए । त्यसपछि अधिक मात्रामा संकलन गरिएका प्रसिद्ध अवशेषहरू आए । त्यसपछि धार्मिक अधिकारीहरू तिनीहरूको बैजनी, रातो पोशाकहरूमा, गहनाहरू जस्ता सुन्दर र टल्कने कपड़ा पहिरेर सवार भएका थिए ।MBAJ 242.3

    “प्रभुभोजको रोटी पेरिसको विशपले एउटा भव्य राजछत्रमुनी बोकेका थिए, ... र चार नातेदार राजकुमारहरूले उचालेका थिए । ... त्यो प्रभुभोजको रोटीपछि राजा हिड़ेका थिए, ... त्यो दिनमा फ्रान्सिस प्रथमले मुकुट र राजकीय पोशाक लगाएका थिएनन् ।” “टाउको खुल्‍ला राखेर तिनको नजर भुँइतिर लगाएका थिए, र तिनको हातमा बालेको एउटा बत्ती थियो,” फ्रान्सका राजाले “एक पश्‍चात्तापी स्‍वभाव” देखाए । —Wylie, b. 13, ch. 21. प्रत्येक वेदीमा आफैलाई नम्र पारेर दण्डवत गर्थे, नता तिनले आफ्‍नो प्राणलाई अशुद्ध पार्ने कुकर्मका लागि त्यसो गरेका थिए, न तिनले आफ्‍नो हातमा परेको निर्दोष रगतको कलङ्कका लागि त्यसो गरेका थिए, तर तिनका जनताहरूले गरेका घातक पापहरूका खातिर त्यसो गरेका थिए जसमा तिनीहरूले मासलाई दोषी ठहराउने आँट गरेका थिए । त्यसपछि रानी र अधिकारीहरू पनि दुई-दुई जना गरी आए, सबैको हातमा बलेको बत्ती थियो ।MBAJ 243.1

    त्यो दिनको सेवाको एक अंश स्‍वरूप राजा आफैले विशपको दरबारको ठूलो सभागृहमा राज्यका उच्‍च पदाधिकारीहरूको बीचमा भाषण गरे । एक दुखित अनुहारका साथ तिनीहरूका सामु तिनी उपस्थित भए र एउटा मन छुने भाषणकलाका शब्दहरूसाथ विलाप गर्दै तिनले भने, त्यो “अपराध, ईश्‍‍वर-निन्दा, दुःख र बदनामको दिन,” जुन राज्यमाथि आइपरेको थियो । अनि तिनले सम्पूर्ण बफादार जनताहरूप्रति फ्रान्सलाई नष्‍ट पार्नै लागेको संक्रामक झूट उन्मूलन पार्ने कार्यमा योगदान पुऱ्याउन अनुरोध गरे । तिनले भने, “सरहरू हो, मेरो राजाको पदको शपथ खाएर म भन्दछु, यदि आफ्‍नै हात-खुट्टा यो अति घृणित सड्‍ने दाग वा संक्रमण भएको थाहा भएको भए म काट्‍न दिनेथिएँ । ... त्यो भन्दा ज्यादा त के भनूँ यदि मैले मेरा आफ्‍नै छोराछोरी यसबाट दुषित भएको देखें भने म त्यसलाई बाँकी राख्‍ने थिइनँ । ... म त्यसलाई आफै सुम्पिदिनेथिएँ र म त्यसलाई परमेश्‍‍वरमा बलिदान गरिदिनेथिएँ ।” तिनको उच्‍चारण आँसुले गर्दा अड्‍किन्थ्यो, र सबै समारोहका मानिसहरू एकैसाथ यसो भनेर रोए: “हामी क्‍याथोलिक धर्मको लागि जिउँछौं र मर्छौं !” —D’Aubigné, History of the Reformation in Europe in the Time of Calvin, b. 4, ch. 12.MBAJ 243.2

    सत्यताको ज्योतिलाई अस्‍वीकार गरेर राज्यको अन्धकार भयंकर भएको थियो । “मुक्ति ल्याउने” अनुग्रह देखा परेको थियो; तर फ्रान्सले यसको शक्ति र पवित्रतालाई देखेपछि, हजारौँ ईश्‍‍वरीय सुन्दरताले खिँचेपछि, शहरहरू र सानो गाउँलाई यसको प्रकाशले उज्‍ज्‍वल बनाएपछि ज्योतिलाई भन्दा तिनीहरूले अन्धकारलाई नै चुनेर फर्के । तिनीहरूलाई प्रदान गरिएको स्‍वर्गीय बरदान आफैले अस्‍वीकार गरे । तिनीहरूको स्‍वेच्छिक आत्म-छलको शिकार नबनेसम्म तिनीहरूले खराबलाई असल र असललाई खराब भनी रहे । अब तिनीहरूले उहाँका मानिसहरूलाई सतावट दिएर परमेश्‍‍वरको काम गरिरहेको छन् भनी वास्तवमा विश्‍‍वास गरेता पनि तिनीहरूको ईमान्दारिताले तिनीहरूलाई निर्दोष ठहराउँदैन । जुन ज्योतिले तिनीहरूलाई भ्रमदेखि बचाउन सक्थ्यो, तिनीहरूको प्राणलाई रक्त-दोषको कलङ्कबाट बचाउन सक्थ्यो, तिनीहरूले त्यसलाई स्‍वेच्छासाथ अस्‍वीकार गरे ।MBAJ 243.3

    झूट उन्मुलन गर्न तिनीहरूले महान् गिर्जाघरमा गम्भीर शपथ लिएका थिए जहाँ झण्डै तीन शताब्दीपछि जिउँदो परमेश्‍‍वरलाई बिर्सेको राज्यले बुद्धिको देवीलाई सिंहासनमा राखेको थियो । फेरि जुलुस शुरू भयो, र फ्रान्सका प्रतिनिधिहरू तिनीहरूले शपथ खाएको काम सुरु गर्न निस्के । “नजीकै जलाउने तख्ताहरू खडा गरेका थिए, जहाँ कुनै-कुनै प्रोटेस्टेन्ट इसाईहरूलाई जिउँदै जलाउनुपर्ने प्रबन्ध यस्तो तरिकाले मिलाएको थियो कि राजा आइपुगेको समयमै दाउराका थुप्रोहरूमा आगो लगाउनुपर्ने थियो, र जुलुसचाहिँ सजाय हेर्न रोकिनुपर्ने थियो ।” —Wylie, b. 13, ch. 21. यी ख्रीष्‍टका साक्षीहरूले सहेका यातनाहरूको पूर्ण अभिलेख वर्णन गर्ने कुरा अति मर्मभेदी छ; तर त्यहाँ ती शहिदहरूमा कुनै दोधारे मन थिएन । तिनीहरूका शिक्षा त्याग्‍ने दबाबमा एक जनाले जवाफ दिए: “जुन कुरा अगमवक्ताहरू र प्रेिरतहरूले पहिले प्रचार गरेका थिए जुन सारा सन्तहरूका समूहले विश्‍‍वास गरेथे त्यसलाई नै म विश्‍‍वास गर्छु । मेरो विश्‍‍वासले परमेश्‍‍वरमा भरोसा राख्‍छ जसले नरकको सबै शक्तिलाई प्रतिकार गर्न सक्‍नुहुन्छ ।” —D’Aubigné, History of the Reformation in Europe in the Time of Calvin, b. 4, ch. 12.MBAJ 244.1

    यातनाका स्थलहरूमा बारम्बार जुलुस रोकिन्थ्यो । तिनीहरू राजकीय दरबारमा फर्केर आएपछि भीडहरू यताउति गए, र राजा र क्‍याथोलिकका अधिकारीहरू त्यो दिनको कार्यमा सन्तुष्‍टि भए, र अहिले सुरु भएको झूटपूर्ण नष्‍ट गर्ने कामलाई निरन्तरता दिन तिनीहरू एक-आपसमा बधाई व्यक्त गर्दै गए ।MBAJ 245.1

    फ्रान्सले अस्‍वीकार गरेको शान्तिको सुसमाचार निश्‍चय नै जरैसमेत उखेलिनेथियो, र यसका परिणामहरू भयंकर हुनेथिए । जनवरी २१, १७९३मा फ्रान्स सुधारकहरूका सतावटमा अर्पित भएको दिनदेखि ठ्याक्‍कै दुई सय अन्ठाउन वर्षमा अर्को एउटा जुलुस पेरिसका सड़कहरूमा एकदमै फरक उद्देश्‍‍यका साथ पार भयो । “फेरि राजाचाहिँ त्यसको मुख्य केन्द्रबिन्दु थियो; फेरि त्यहाँ खैलाबैला र हल्‍ला भयो; फेरि त्यहाँ अरू शिकारहरूको तिर्सनाको चित्कार सुनियो, फेरि त्यहाँ कालो तख्ताहरू थिए; र फेरि दिनका दृश्‍‍यहरू डरलाग्दो प्राणदण्डद्वारा अन्त्य भयो; लुई सोह्रऔँ, तिनको जेलर र हत्याराहरूको हात-हातमा संघर्ष गर्दै टाउको काट्‍ने ठाउँतिर घिसारेर लगिए, र त्यहाँ तिनलाई बञ्‍चरोले नकाटेसम्म सक्दो बलले पक्रेर राखियो, र तिनको टाउको काटिएपछि प्राणदण्ड दिने तख्ताबाट गुडेर गयो ।” —Wylie, b. 13, ch. 21. राजा मात्र शिकार थिएन: त्यही ठाउँको नजीकै आतंकको शासनको रक्ताम्य दिनहरूका समय अवधिमा टाउको काट्‍ने यन्‍‍त्रद्वारा दुई हजार आठ सय मानवजातिहरू नष्‍ट भए ।MBAJ 245.2

    सुधार-कार्यले संसारलाई एक खुल्‍ला बाइबल प्रस्तुत गरेको थियो, परमेश्‍‍वरको व्यवस्थाका विधि-विधानहरू खोलेर मानिसहरूका विवेकहरूमा त्यसका दाबीहरूलाई जोड़ दिएको थियो । असीम प्रेमले मानिसहरूलाई स्‍वर्गका विधि-विधानहरू र सिद्धान्तहरू खुल्‍ला गरिदिनुभयो । परमेश्‍‍वरले भन्‍नुभएको थियो: “तिमीहरूले ती मान र पालन गर, किनकि यसैबाट अरू जातिहरूका अगि तिमीहरूका बुद्धिमानी र समझको प्रचार हुनेछ । यी सबै विधिहरू सुनेर उनीहरूले भन्‍नेछन्, ‘अवश्‍‍य यस महान् जातिका मानिसहरू खूबै बुद्धिमान् र समझदार रहेछन् ।’” व्यवस्था ४:६ । जब फ्रान्सले स्‍वर्गको उपहार अस्‍वीकार गऱ्यो, त्यसले विनाश र अराजकताको बिऊ छऱ्यो; र टार्न नसकिने कारण र असरले कार्यद्वारा आएको परिणामले क्रान्ति र आतंकको शासन ल्यायो ।MBAJ 245.3

    विज्ञापनहरूद्वारा सतावट चर्किनुभन्दा धेरै पहिले साहसी र उत्साहपूर्ण फेरल तिनको जन्मथलादेखि भाग्‍न विवश भए । तिनी स्‍वीजरल्याण्डतिर गए, तिनका परिश्रमहरूले गर्दा जुइङ्गलीको कामलाई समर्थन जनायो, तिनले अवस्थालाई सुधार-कार्यको पक्षमा पार्न मद्दत गरे । तिनको अन्तिम वर्षहरू यहाँ बिताउनुपर्ने थिए, तापनि तिनले फ्रान्सको सुधारमा निर्णायक प्रभाव पार्न निरन्तरता दिए । तिनको प्रथम बहिष्कृत वर्षहरूमा तिनको प्रयास विशेष गरेर आफ्‍नै जन्मभूमिमा सुसमाचार फैल्याउने कार्यमा केन्द्रित भए । तिनले आफ्‍नो देशका सिमाननिर भएका मानिसहरूमाझमा प्रचार गर्दै पर्याप्‍त समय बिताए जहाँ अथक सचेतपनसाथ तिनले संघर्ष हेरे र तिनको साहस र सल्‍लाहका शब्दहरूले तिनीहरूलाई सहायता गरे । अन्य बहिष्कृत मानिसहरूको मद्दतले गर्दा जर्मनीका सुधारकहरूका लेखहरू फ्रान्सेली भाषामा अनुवाद गरे र ती लेखहरू फ्रान्सेली बाइबलसँगै धेरै परिमाणमा छापे । किताब बेच्‍नेहरूद्वारा यी लेखहरू फ्रान्समा अधिक मात्रामा बेचिए । ती लेखहरू किताब बेच्‍नेहरूलाई कम मूल्यमा उपलब्ध गराइन्थे, र यसरी कामका आमदानीहरूले तिनीहरूलाई निरन्तरता दिन सक्षम बनाए ।MBAJ 246.1

    फेरल एक नम्र स्कुलको शिक्षकको भेषमा आफ्‍नो काम स्‍वीट्‍जरल्याण्डमा सुरु गरे । पादरीका अधिकारयुक्त एकान्त क्षेत्रमा बसेर तिनले आफैलाई नानीहरूलाई शिक्षा दिने काममा समर्पित गरे । साधारण शिक्षाका शाखाहरूका साथ-साथै नानीहरूद्वारा आमा-बुवाहरूकहाँ पुग्‍ने आशा राखेर तिनले बाइबलका सत्यताहरू पनि होशियारीसाथ प्रकट गरे । त्यहाँ कति जनाले विश्‍‍वास गरे, तर त्यो काम बन्द गर्न पूजाहारीहरू अगाडि आए, र अन्धविश्‍‍वासी गाउँलेहरू त्यसलाई विरोध गर्न उठे । पूजाहारीले दबाब दिए, “त्यो ख्रीष्‍टको सुसमाचार हुनै सक्दैन, यो प्रचार हेर्दा यसले शान्ति ल्याउँदैन तर लड़ाइँ मात्र ल्याउँछ ।” —Wylie, b. 14, ch. 3. प्रथम चेलाहरूझैँ एक ठाउँमा सतावट हुँदा तिनी पनि अर्को ठाउँमा भाग्थे । गाउँदेखि गाउँ, शहरदेखि शहर तिनी पैदल हिँडेर यात्रा गर्दथे, भोक, जाडो र थकितपन र जही पनि तिनको जीवन जोखिममा सहे । बजारहरूमा, चर्चहरूमा र कहिलेकाही विशाल गिर्जाघरहरूको पुल्पिटमा पनि तिनले प्रचार गरे । कहिलेकाही चर्चमा खाली हुन्थ्यो; कहिलेकाही तिनको प्रचार चित्कार र उपहासद्वारा खलबल्याउथ्यो; फेरि तिनलाई पुल्पिटबाट हिंंसापूर्वक तानेर निकाल्थ्यो । तिनलाई एक पल्टभन्दा बढ़ी भीडले आक्रमण गरे र झण्डै मर्ने गरी हिर्काए । तापनि तिनी अगाडि बढ्‍दै गए । प्रायजसो अस्‍वीकार गरिए पनि अथक दृढतासाथ तिनी आक्रमण गर्न फर्के; र एकपछि अर्को साना र ठूला शहरहरू जहाँ पोपतन्‍‍त्रका किल्‍लाहरू थिए, अब तिनीहरूका ढोकाहरू सुसमाचारको लागि खोलिएका देखे । सानो पादरीको अधीनमा भएको प्रान्त जहाँ तिनले पहिला त्यही नै काम गरेका थिए, चाँडै नै तिनले सुधार विश्‍‍वास स्‍वीकार गरे । मोराट र न्युच्याटल शहरहरूले पनि रोमीहरूको संस्कार इन्कार गरेर तिनीहरूका चर्चहरूबाट मूर्तिपूजक मूर्तिहरू हटाए ।MBAJ 246.2

    फेरलले लामो समयदेखि जेनेभामा प्रोटेस्टेन्ट झण्डा खडा गर्ने इच्छा गरेका थिए । यदि यो शहर जित्‍न सकेको भए फ्रान्स, स्‍वीट्‍जरल्याण्ड र इटालीमा भएको सुधार-कार्यका लागि एक केन्द्रबिन्दु हुनेथियो । तिनको सामु यो उद्देश्‍‍य लिएर वरिपरिका साना शहरहरू र गाउँहरू नजितेसम्म तिनले आफ्‍नो काम निरन्तर गरिरहे । त्यसपछि एउटा मात्र साथी लिएर तिनी जेनेभामा प्रवेश गरे । तर दुई ओटा वचन मात्र तिनले प्रचार गर्ने अनुमति पाए । पूजाहारीहरूले व्यर्थमा तिनलाई सरकारी अधिकारीहरूबाट दोषी ठहऱ्याउने प्रयास गरेर एउटा धार्मिक परिषद्‍मा बोलाए, त्यहाँ तिनीहरूले आफ्‍ना हतियारहरू पोशाकमुनी लुकाएर तिनको ज्यान लिने निर्णय गरेर आए । यदि तिनी परिषद्‍बाट उम्कन सफल भएमा तिनलाई मार्न भनी लाठो र तरवार लिएर सभागृहको प्राङ्गगणमा क्रोधित भीड बसेकाे थियो । जेभएपनि न्यायाधीशहरू र हतियारधारी सिपाहीको उपस्थितिले तिनलाई बचायो । भोलिपल्ट बिहान सबेरै तिनी आफ्‍नो साथीसँग तालको पारिपट्टि सुरक्षित ठाउँमा लगिए । जेनेभामा प्रचार गर्ने तिनको पहिलो प्रयास यसरी अन्त भयो ।MBAJ 247.1

    अर्को परीक्षाका लागि अझै नम्र औजार चुनियो—जो अति नम्र देखिने एक युवा जसलाई आफ्‍नै सुधारक साथीहरूले पनि तिनलाई दुर्व्यवहार गरे । तर जहाँ फेरललाई अस्‍वीकार गरिएको थियो त्यहाँ एक यस्तो व्यक्तिले के गर्न सक्थ्यो र ? कसरी थोरै साहस र अनुभव भएका मानिसले आँधीको सामु खडा हुन सक्थे जसको अगि सबभन्दा बलवान् र सबभन्दा साहसी पनि भाग्‍न बाध्य भएका थिए ? “‘न त बलले न शक्तिले, तर मेरो आत्माले,’ सर्वशक्तिमान् परमेश्‍‍वर भन्‍नुहुन्छ ।” जकरिया ४:६ । “शक्तिशालीलाई शर्ममा पार्नलाई परमेश्‍‍वरले संसारका निर्बल कुराहरूलाई छान्‍नुभयो ।” “किनभने परमेश्‍‍वरको मुर्खता मानिसको बुद्धिभन्दा श्रेष्‍ठ छ, र परमेश्‍‍वरको दुर्बलता मानिसहरूको बलभन्दा शक्तिशाली छ ।” १ कोरिन्थी १:२७, २५ ।MBAJ 248.1

    फ्रोमेन्टले तिनको काम एक स्कुलको शिक्षकको रूपमा सुरु गरे । जुन सत्यताहरू तिनले स्कुलमा नानीहरूलाई सिकाउथे तिनीहरूले त्यसलाई घरमा गएर पनि दोहोऱ्याउथे । चाँडै अभिभावकहरू बाइबल वर्णन गरेको सुन्‍न आए, यहाँसम्म कि स्कुलको कोठा ध्यान मग्‍न स्रोताले पूरा भरिएको थियो । नयाँ नियम र पत्रिकाहरू प्रशस्त बाँडिन्थ्यो, र तिनीहरू जसले खुल्‍लारूपमा नयाँ शिक्षाहरू सुन्‍ने हिम्मत गर्दैनथे प्रायः तिनीहरूकहाँ पनि पुग्दथे । केही समयपछि यो कामदार पनि भाग्‍न बाध्य भए; तर तिनले सिकाएका सत्यताहरू मानिसहरूको मष्‍तिष्कमा गाडिएको थियो । सुधार-कार्यको बीउ रोपिएको थियो, र यो निरन्तररूपमा बलियो हुँदै र फैलिदै गयो । प्रचारकहरू फर्के, र तिनीहरूको परिश्रमद्वारा प्रोटेस्टेन्टहरूको सेवा अन्तमा जेनेभामा स्थापना भयो ।MBAJ 248.2

    जब काल्भिन विभिन्‍न यात्राहरू र नियमित परिवर्तनपछि त्यसको ढोकामा प्रवेश गरे तब त्यो शहर सुधार-कार्यको पक्षमा घोषणा गरिसकेको थियो । तिनको जन्मथलामा अन्तिम पटक गएर तिनी बेसलमा जाँदैथिए, जहाँ सीधा बाटोमा चार्ल्स पाँचौँका सिपाहीहरू भरिएको देखेर तिनलाई घुमाउरो बाटो भएर जेनेभा जानु बाध्य पारियो ।MBAJ 248.3

    यो भेटघाटमा फेरलले परमेश्‍‍वरको हात चिने । जेनेभाले सुधार विश्‍‍वासलाई स्‍वीकार गरेतापनि त्यहाँ ठूलो काम पूरा हुन बाँकी थियो । यसमा सामाजिक रूपमा होइन तर व्यक्तिगतरूपमा मानिसहरू परमेश्‍‍वरमा परिवर्तन भएका छन्; नयाँ जीवन दिने काम पवित्र आत्माको शक्तिद्वारा विवेक र हृदयहरूमा हुनैपर्छ, तर परिषद्‍को आदेशले होइन । जबकि जेनेभाका मानिसहरूले रोमको अधिकारलाई हटाएपनि तिनीहरू त्यसको अधिकारमा वृद्धि भएका दुष्‍टताहरूलाई इन्कार गर्न त्यति तयार थिएनन् । त्यहाँ सुसमाचारका शुद्ध सिद्धान्तहरू स्थापना गर्न र यी मानिसहरूलाई योग्यतासाथ पद सम्हाल्‍न तयार गर्न जुन परमेश्‍‍वरको कृपाले तिनीहरूलाई बोलाएको थियो सो सजिलो कार्य थिएन ।MBAJ 248.4

    यो काम काल्भिनसँग मिलेर गर्न सकिन्छ भनेर फेरल निर्धक्‍क भए । परमेश्‍‍वरको नाममा तिनले युवक प्रचारकलाई त्यहाँ बस्‍न र काम गर्न गम्भीरतासाथ अनुरोध गरे । काल्भिन तर्से । तिनी लजालु र शान्ति-प्रेमी भएको कारणले जेनेभाका साहसी, स्‍वतन्‍‍त्र मानिसहरूको हिंसात्मक आत्मादेखि निरुत्साहित भएका थिए । तिनको स्‍वास्थ्य कमजोर साथै अध्ययन गर्ने बानीले गर्दा उसलाई एकान्त ठाउँ खोज्‍ने प्रेरणा दियो । सुधार-कार्यमा तिनको कलमले नै उत्तम योगदान पुऱ्याउन सक्छ भनी तिनले विश्‍‍वास गरे, तिनी अध्ययन गर्न शान्त ठाउँ खोज्‍न चाहन्थे, र त्यहाँ छापाखानाद्वारा चर्चहरूलाई शिक्षा दिने र उत्थान गर्ने भनी तिनले विश्‍‍वास गरे । तर फेरलको गम्भीर उपदेश तिनीकहाँ स्‍वर्गको बोलावट जस्तै आयो, र तिनले अस्‍वीकार गर्ने आँट गरेनन् । तिनलाई यस्तो लाग्यो, तिनले भने, “परमेश्‍‍वरको हात स्‍वर्गबाट पसारियो, जसले तिनलाई पक्र्यो र जहाँबाट तिनी यति धैर्यहीन भएर जानै आँटेका थिए त्यही नै तिनलाई नचल्‍ने गरी राखियो ।” —D’Aubigné, History of the Reformation in Europe in the Time of Calvin, b. 9, ch. 17.MBAJ 249.1

    यो समयमा प्रोटेस्टेन्टको कार्यलाई महान् जोखिमहरूले घेरेको थियो । जेनेभाको विरुद्ध पोपको ईश्‍‍वरीय श्राप बजारियो, र शक्तिशाली देशहरूले त्यसलाई विनाश गर्ने धम्की दिएका थिए । जसले बारम्बार राजाहरू र सम्राटहरूलाई अधीनमा बस्‍न बाध्य तुल्याउँदथ्यो यस्तो शक्तिशाली पूरोहित शासनलाई यति सानो शहरले कसरी प्रतिकार गर्न सक्थ्यो र ? संसारको महान् विजेताहरूका सेनाहरूको विरुद्धमा त्यो कसरी खडा हुन सक्थ्यो र ?MBAJ 249.2

    इसाईजगतभरि भीषण शत्रुहरूद्वारा प्रोटस्टेन्ट धर्मलाई डर देखाइएको थियो । सुधार-कार्यको प्रथम विजयहरू पार भए र त्यसलाई विनाश गर्ने आशाले रोमले अरू नयाँ सेनाहरू बोलायो । यो समयमा जेजुइटको संस्थाको सृजना भयो, जो सबभन्दा क्रूर, चरित्रहीन र पोपतन्‍‍त्रको सबै योद्धाहरूभन्दा पनि शक्तिशाली थियो । तिनीहरूको संस्थाको शासन र सम्बन्ध र त्यसको शक्तिलाई विकास गर्ने कर्तव्य बाहेक पृथ्वीको सम्बन्ध र मानविक विचारबाट विच्छेद भएका थिए, र स्‍वभाविक स्‍नेहका दाबीहरूमा मरेका थिए, र बुद्धि र विवेकमा पूर्ण शुन्य थिए । (एपेण्डिक्समा हेर्नुहोस्) । ख्रीष्‍टको सुसमाचारले त्यसका अनुयायीहरूलाई खतरासँग सामना गर्न र कष्‍ट भोग्‍न सक्षम बनाएको थियो, र तिनीहरू चिसो, भोक, परिश्रम, दरिद्रता, तीव्र वेदना दिने यन्‍‍त्र, कालकोठरी, र जलाउने तख्ताको सामुमा पनि सत्यको झण्डा उठाउन भयभीत भएनन् । यी शक्तिहरूसँग लड़ाइँ गर्नलाई जेजुइट संस्थाले त्यसका चेलाहरूलाई कट्टरताप्रति प्रेरणा दियो जसले गर्दा तिनीहरूलाई यस्तै खतराहरू सहन र छलको सबै हतियारले सत्यताको शक्तिलाई विरोध गर्न तिनीहरूलाई सक्षम तुल्यायो । तिनीहरूको लागि कुनै पनि अपराध ठूलो थिएन, तिनीहरूको लागि कुनै पनि भ्रम प्रयोग गर्न खराब थिएन, तिनीहरूको लागि कुनै पनि भेष बदल्‍न कठिन थिएन । अनन्त गरिबी र नम्रताको शपथ खान्थे, तिनीहरूको संकल्पित उद्देश्‍‍यचाहिँ यही नै थियो कि तिनीहरूले शक्ति र धन आर्जन गर्ने, प्रोटेस्टेन्ट धर्मलाई नष्‍ट पार्ने र पोपतन्‍‍त्रको सर्वोच्‍चता पुनःस्थापना गर्ने नै थियो ।MBAJ 249.3

    जब तिनीहरूका संस्था सदस्यको रूपमा हिँड्‍थे तब तिनीहरूले पवित्रताको वस्‍‍त्र पहिरन्थे, जेलमा र अस्पतालमा भएकाहरूलाई भेट गर्दै, रोगी र गरिबीहरूलाई सेवा गर्दै, संसारलाई त्यागेको बहाना गर्दै, र असल कार्य गर्दै हिँड़नुभएको येशूको पवित्र नाम लिँदै हिँड़्दथे । तर बाहिरी निर्दोष भेषमा प्राय सबभन्दा अपराधजनक र घातक उद्देश्‍‍यहरू लुकेकै हुन्थे । संस्थाको मौलिक सिद्धान्तचाहिँ जुनसुकै कार्य गरेर लक्ष्य प्राप्‍त गरेपनि त्यसैले कार्यलाई पनि निर्दोष ठहराउँछ । जब तिनीहरूले चर्चको उद्देश्‍‍यका लागि काम गर्थे तब यो मौलिक सिद्धान्तद्वारा झूटो बोल्‍ने, चोरी गर्ने, झूटो गवाही दिने र गुप्‍तहत्या जस्ता कुराहरू क्षमा हुने मात्र होइन तर प्रशंसनीय पनि हुन्थे । विभिन्‍न भेष लिएर जेजुइटहरूले राज्यका कार्यालयहरूमा तिनीहरूको स्थान ओगटिसकेका थिए, राजाहरूका सल्‍लाहकार र राज्यहरूका शासन प्रणाली निर्माण-कार्यमा पनि सहभागी हुन सफल भएका थिए । तिनीहरूका मालिकहरूलाई जासूसी गर्न तिनीहरूले दासहरूको रूपमा काम गरे । तिनीहरूले अधिकारीहरू र कुलीन मानिसहरूका छोरा-छोरीहरूका लागि कलेजहरू र साधारण जनताहरूका लागि स्कुलहरू स्थापना गरे; र प्रोटेस्टेन्ट अभिभावकका नानीहरू पोपतन्‍‍त्रका संस्कारहरू पालन गर्न भित्र ल्याए । रोमन चर्चको सेवाको सबै बाहिरी देखावटी र प्रदर्शनले मष्‍तिष्कलाई खलबल्याई दियो र परिकल्पनालाई अलमल्‍ल र आकर्षित बनाई दियो, यसरी जुन स्‍वतन्‍‍त्रताका खातिर पिताहरूले परिश्रम गरे र रगत बगाए, छोराहरूद्वारा विश्‍‍वासघात् भयो । जेजुइटहरू आफै युरोपभरि छरिए, जहाँ तिनीहरू गए तिनीहरूले पोपतन्‍‍त्रको जागृति ल्याए ।MBAJ 250.1

    तिनीहरूलाई अझै ठूलो शक्ति प्रदान गर्न चर्चको अदालतको [अपधर्मीहरूलाई नामेट पार्न खडा गरिएको अदालत] पुनर्स्थापना गर्ने एक लिखित पत्र जारी भयो । (एपेण्डिक्समा हेर्नुहोस्) । साधारणतया त्यसलाई क्‍योथोलिक देशहरूमा पनि घृणाको दृष्‍टिले हेरे तापनि पोपतन्‍‍त्रका शासकहरूले नै यो डरलाग्दो न्यायालय फेरि स्थापना गरे, र दिनको ज्योति सहन नसकिने गरी भीषण अपराधहरू गुप्‍त कालकोठरीहरूमा डोहोरिए । धेरै देशहरूमा राज्यका हजारौँ-हजार उत्तम, सबभन्दा शुद्ध र भद्र, सबभन्दा विवेकी र अति शिक्षित, भक्ति र समर्पित पास्टरहरू, उद्योगी र देशप्रेमी नागरिकहरू, ज्ञानी विद्वान्हरू, प्रतिभायुक्त चित्रकारहरू र सिपालु शिल्पकारहरू मारिए वा अन्य ठाउँहरूमा भाग्‍न बाध्य भए ।MBAJ 251.1

    सुधार-कार्यको ज्योतिलाई निभाउन र मानिसहरूबाट बाइबल नष्‍ट गर्न र अन्धकार युगको अन्धविश्‍‍वास र अज्ञानतालाई पुनर्स्थापना गर्न रोमले यस्ता माध्यमहरू प्रयोग गरेको थियो । तर परमेश्‍‍वरको आशिष्को कारण र जुनहरू उहाँले लुथरलाई अनुसरण गर्न कुलीन मानिसहरू उठाउनुभयो, र ती मानिसहरूको परिश्रमले गर्दा प्रोटेस्टेन्ट धर्म नष्‍ट भएन । यो शक्ति अधिकारीहरूको अनुग्रह वा हातहतियारहरूद्वारा आएको थिएन । सबभन्दा साना देशहरू, सबभन्दा नम्र र कमजोर राज्यहरू त्यसका किल्‍लाहरू बने । त्यसलाई नष्‍ट गर्न षड्यन्‍‍त्र गरिरहेका शक्तिशाली शत्रुहरू सामु त जेनेभा सानो थियो; होल्याण्ड त्यसको उत्तर समुद्रको बगरमा स्पेनको तानाशाह विरुद्धमा संघर्ष गरिरहेको थियो जुनचाहिँ राज्यहरूमा सबभन्दा महान् र ऐश्‍‍वर्यपूर्ण थियो; त्यो खाली र अनुत्पादित स्‍वीडेन सुधार-कार्यमा विजयी भयो ।MBAJ 251.2

    पहिले बाइबलको नैतिकतालाई अपनाउने एउटा चर्च स्थापना गर्न, र त्यसपछि युरोपभरि सुधार-कार्य फैल्याउन झण्डै तीस वर्षसम्म काल्भिनले जेनेभामा काम गरे । सार्वजनिक अगुवाको रूपमा काम गर्दा तिनका कामहरू गल्तीहीन थिएनन्, नता तिनका सिद्धान्तहरू नै झूटरहित थिए । तर तिनको समयमा विशेष महत्‍वपूर्ण सत्यताहरू प्रचार गर्न, प्रोटेस्टेन्ट धर्मका सिद्धान्तहरूलाई पोपतन्‍‍त्रको वेगपूर्ण प्रवाहको विरुद्ध कायम राख्‍न, र सुधारिएका चर्चहरूमा रोमन क्‍याथोलिकका शिक्षाले बढिरहेको घमण्ड र भ्रष्‍टताको स्थानमा जीवनको साधारणता र शुद्धता कायम राख्‍न तिनी एक औजार थिए ।MBAJ 251.3

    जेनेभाबाट प्रकाशकहरू र शिक्षकहरू सुधार-कार्यको सिद्धान्त सिकाउन बाहिर गए । यही ठाउँमा सम्पूर्ण देशहरूका सतावटले पीड़ित भएका मानिसहरूले सल्‍लाह, सुझाव र साहस खोजीरहेका थिए । समस्त पश्‍चिमी युरोपको खेदिएका सुधारकहरूका लागि काल्भिनको शहर एक शरणस्थान भयो । युगौँसम्म चलिरहेको डरलाग्दो आँधी बेहरीबाट भागेर शरणार्थीहरू जेनेभाको ढोकामा आए । भोकाएका, चोट परेका र घर र आफन्तबाट निकालिएकाहरू न्यानो स्‍वागत गरिए र नम्रसाथ हेरचाह गरिए; यहाँ एक घर पाएर तिनीहरूलाई शरण प्रदान गर्ने शहरलाई तिनीहरूका सीप, शिक्षा र भक्तिले आशिषित तुल्याए । धेरै जना जसले यहाँ शरण पाए तिनीहरू आफ्‍नै देशहरूमा रोमको तानाशाहलाई प्रतिकार गर्न गए । जोन नोक्स, स्कोटल्याण्डको साहसी सुधारक, धेरै अग्रेज प्युरिटनहरू, होल्याण्ड र स्पेनका प्रोटेस्टेन्टहरू र फ्रान्सका हिउगनाथहरू जेनेभाबाट अन्धकारमा चम्काउन सत्यताको राँको बोकेर तिनीहरूका जन्मभूमिहरूतर्फ गए ।MBAJ 252.1