Loading...
Larger font
Smaller font
Copy
Print
Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    परिचय

    (अंग्रेजी पुस्तक अध्याय ० पृष्‍ठ V)

    पापको सुरुवात्भन्दा अगाडि आदम आफ्‍ना सृष्‍टिकर्तासँग प्रत्यक्ष्यरूपमा कुराकानी गर्ने सौभाग्यमा उल्‍लासित भएका थिए; तर मानिसले नै व्यवस्था भङ्ग गरेर परमेश्‍‍वरदेखि अलग भएको कारण त्यस महान् अवसरबाट मानवजाति आफै वञ्‍चित हुनुपऱ्यो । यस्तो अवस्थामा पनि पृथ्वीका बासिन्दासँग स्‍वर्गको सम्बन्ध कायम राख्‍न, उहाँले एउटा मुक्तिको परियोजना बनाउनुभयो । परमेश्‍‍वरले आफ्‍ना आत्माद्वारा मानिसहरूसँग बातचित गर्नुभएको छ, उहाँले चुनिएका दासहरूद्वारा संसारलाई ईश्‍‍वरीय ज्योति प्रकाश गर्नुभएको छ । “परमेश्‍‍वरका पवित्र जनहरू पवित्र आत्माद्वारा प्रेरणा पाएर बोले ।” २ पत्रुस १:२१ (KJV) ।MBAJ क.1

    प्रथमतः मानव-इतिहासमा पच्‍चीस सय वर्षसम्म कुनै लिखित प्रकाश थिएन । ज-जसलाई परमेश्‍‍वरले सिकाउनुभएको थियो तिनीहरूले अरूसँग आफ्‍ना ज्ञान बाँड्‍थे, बुवाले छोरोलाई, छोरोले नातिलाई र यसरी पुस्तौसम्म सिकाउने क्रम जारी नै रहेको थियो । मोशाको समयदेखि मात्र लिखित वचनहरूको तयारी हुन थालेको थियो । त्यहाँदेखि प्रेरणापूर्ण प्रकाशहरू प्रेरणायुक्त किताबमा विकसित भए । यो काम सोह्र सय वर्षहरूको लामो समयसम्म नै निरन्तर चलिरह्यो, मोशा, जो सृष्‍टि र व्यवस्थाको इतिहासकारदेखि लिएर सु-समाचारको महान् सत्यताको लेखक यूहन्‍नाको समयसम्म भइरहेको थियो ।MBAJ क.1

    बाइबलले परमेश्‍‍वरलाई नै लेखकको रूपमा औल्याएको छ; तापनि यो मानवका हातहरूबाट नै लेखिएको थियो; यी विभिन्‍न प्रकारका लेखनहरूले भिन्‍ना-भिन्‍नै लेखकहरूको चरित्रगुणलाई वर्णन गर्दछ । प्रकाशित सम्पूर्ण सत्यता “परमेश्‍‍वरको प्रेरणाद्वारा भएको हो;” (२ तिमोथी ३:१६) तापनि ती शब्दहरू मानवको समझअनुसार नै व्यक्त भएका छन् । सर्वज्ञानी जनले उहाँका दासहरूको मन र हृदयमा आफ्‍नो पवित्र आत्माद्वारा त्यो ज्योतिको धारा बहाउनु भएको छ । उहाँले तिनीहरूलाई सपनाहरू, दर्शनहरू, साङ्केतिक भाषाहरूद्वारा सत्यताहरू प्रकाश गर्नुभयो र ती मानविक भाषामा नै लेखिए ।MBAJ क.1

    दश आज्ञाहरू परमेश्‍‍वरको मुखद्वारा उच्‍चारण भएका थिए र उहाँको आफ्‍नै हातद्वारा लेखिएका थिए । ती मानवकाे नभई ईश्‍‍वरी सृजना थिए । तर बाइबलचाहिँ परमेश्‍‍वरले प्रकट गर्नुभएका सत्यताहरू मानवीय भाषामा व्यक्त गरिएका थिए, यसरी यो ईश्‍‍वरीय र मानवीय संयोजनमा प्रकट भएको छ । यस्तै ख्रीष्‍टको स्‍वभावमा पनि संयोजन देखा परेको थियो, जोचाहिँ परमेश्‍‍वर र मानिसको पुत्र हुनुहुन्थ्यो । जसरी ख्रीष्‍ट, “वचन देहधारी हुनुभयो, र ... हाम्रो बीचमा वास गर्नुभयो ।” त्यसरी बाइबल परमेश्‍‍वरको सोचविचारमा आधारित मानवीय भाषामा लेखिएको हो । यूहन्‍ना १:१४ ।MBAJ ख.1

    बाइबल विभिन्‍न युगमा भिन्‍ना-भिन्‍नै तह र पेशाका मानिसहरूले लेखे, मानसिक र आत्मिकि कुराहरू पनि फरक तरिकाले प्रकट गरे, बाइबल लेख्‍ने तरिकाहरू धेरै फरक छन्, लेखको स्‍वभाव प्रकट गर्दा पनि धेरै भिन्‍नता देखिएको छ । फरक लेखकहरूद्वारा फरक प्रकारका शब्दहरूमा व्यक्त गरिएका छन्, प्रायः जसो एउटै सत्यता एउटाले भन्दा अर्कोले अझै छर्लङ्गै हुने गरी प्रकट गरेको छ । जसरी एउटै विषयलाई फरक लेखकहरूले भिन्‍नै तरिका र सम्बन्धहरूमा देखाएका छन्, यसमा देखा पर्न सक्‍ने देखावटी, बेहोशी, भेद्‍भावको भावना लिएर पढ्‍नेहरूका लागि बाइबल असङ्गति वा विरोधीको रूप देखा पर्न सक्छ, तर विचारशीलता, भक्ति विद्यार्थीले स्पष्‍ट बुझेर वचनको गहिराइभित्र एकता पत्ता लगाउँदछ ।MBAJ ख.1

    ती सत्यताहरू विभिन्‍न व्यक्तिहरूले लेखेका छन् र फरक विचारबाट आएका छन् । एउटा लेखकले एउटा विषयको एक भाग दृढताकासाथ प्रदर्शन गरेका छन्; तिनले आफ्‍नो अनुभवसँग मिलेको वा अनुभवको शक्ति र आभार व्यक्त गर्ने विषयहरूलाई जनाएका छन्; अर्काले भिन्दै स्थितिको वर्णन गरेका छन्, प्रत्येकले परमेश्‍‍वरको पवित्र आत्माको अगुवाइद्वारा तिनीहरूको दिमाग गहिरो तरिकाले प्रभावित भएअनुसार प्रस्तुत गरेका छन्, प्रत्येक सत्यता भिन्‍ना-भिन्‍नै तरिकाको छ, तर यी सबैले एक-अर्कोमा पूर्णरूपले सहमति जनाउँदछ । यसरी प्रकट भएका सत्यताहरू संयोजित भई पूर्ण भएका छन्, र जसले मानिसको समस्त स्थिति र जीवनका अनुभवहरूमा सामना गर्दछ ।MBAJ ख.1

    मानिसको माध्यमबाट संसारमा सत्यता प्रकट गर्ने सुअवसरप्रति परमेश्‍‍वर खुशी हुनुभएको छ, उहाँ आफैले मानिसहरूलाई उहाँको पवित्र आत्माद्वारा यो कामको योग्य तुल्याउनुभयो र शक्ति पनि प्रदान गर्नुभयो । कुन कुराहरू बोल्‍ने र लेख्‍ने भनी उहाँले नै दिमागलाई अगुवाइ गर्नुभयो । गाडधन माटोको भाँडामा राखिएको थियो, तापनि त्योचाहिँ स्‍वर्गबाट नै आएको थियो । मानवीय अपूर्ण भाषाद्वारा उहाँकाे गवाही हस्तान्तरण गर्नुभएको छ; तापनि यो परमेश्‍‍वरको गवाही नै हो; र उहाँका आज्ञाकारी विश्‍‍वासी छोरा वा छोरीले उहाँको ईश्‍‍वरीय महिमामा पूर्ण अनुग्रह र सत्यता देख्‍छ ।MBAJ ख.1

    परमेश्‍‍वरले मानिसलाई मुक्तिका लागि आवश्‍‍यकीय ज्ञान उहाँकाे वचनमा प्रदान गर्नुभएको छ । यो पवित्र धर्मशास्‍‍त्रलाई उहाँको एक अधिकारपूर्ण र दृढ इच्छाको प्रकाशन स्‍वरूप स्‍वीकार गर्नुपर्छ । ती नै चरित्रको स्तर, सिद्धान्तको प्रकाश, अनुभवका जाँचहरू हुन् । “सम्पूर्ण पवित्र-शास्‍‍त्र परमेश्‍‍वरको प्रेरणाद्वारा भएको हो, र सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, र धार्मिकतामा तालिम दिनलाई लाभदायक हुन्छ । ताकि परमेश्‍‍वर जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्‍जित भई सिद्ध भएको होस् ।” २ तिमोथी ३:१६-१७ ।MBAJ ग.1

    परमेश्‍‍वरले आफ्‍नो इच्छा वचनद्वारा प्रकट गर्नु भएतापनि, पवित्र आत्माको निरन्तर उपस्थिति र अगुवाइको आवश्‍‍यकविना छोड्‍नुभएन । त्यसको सट्टामा हाम्रो मुक्तिदाताले आफ्‍ना दासहरूलाई वचन खोल्‍न र त्यस शिक्षालाई उज्‍ज्‍वल पार्न र जीवनमा उतार्नका लागि पवित्र आत्माको प्रतिज्ञा गर्नुभएको थियो । बाइबल परमेश्‍‍वरको आत्माद्वारा प्रेरणा भएको कारणले त्यो आत्माको शिक्षा कहिल्यै पनि वचन विरुद्ध हुन असम्भव छ ।MBAJ ग.1

    बाइबल खारिज गर्न आत्मा प्रदान गरिएको होइन, न कहिल्यै गरिनेछ; किनकि धर्मशास्‍‍त्रले स्पष्‍टरूपमा भनेको छ कि परमेश्‍‍वरको वचनद्वारा नै सबै शिक्षा र अनुभवहरू जाँच्‍नुपर्दछ । प्रेरित यूहन्‍ना भन्छन्, “जुनसुकै आत्मालाई विश्‍‍वास नगर, तर आत्माहरू परमेश्‍‍वरबाट आएका हुन् कि होइनन् भनेर तिनको जाँच गर । किनभने धेरै झूटा भविष्यवक्ताहरू संसारमा निस्किआएका छन् ।” १ यूहन्‍ना ४:१ । यशैया पनि भन्छन्, “व्यवस्था र साक्षीकहाँ जाओ ! यदि तिनीहरूले यस वचनअनुसार बोल्दैनन् भने यो तिनीहरूमा प्रकाश नभएकोले हो ।” यशैया ८:२० (KJV) ।MBAJ ग.1

    एक समूह जसले आफैमा सबै ज्योति छ भनी दाबी गर्दछ, तिनीहरूमा परमेश्‍‍वरको वचन अगुवा हुनु आवश्‍‍यक छैन भनी दाबी गर्दछन्, तिनीहरूले पवित्र आत्माको कामलाई ठूलो निन्दा गरिरहेका छन् । तिनीहरू आफूमा उत्पन्‍न भएको भावना नै परमेश्‍‍वरको स्‍वर हो भनी मान्यता दिन्छन् र त्यहीँद्वारा चल्दछन् । तर तिनीहरूलाई नियन्‍‍त्रण गर्ने आत्माचाहिँ परमेश्‍‍वरको आत्मा होइन । यी भावनाहरूले गर्दा धर्मशास्‍‍त्रलाई हेलचेक्राइँ गरेका छन्, यसले अलमलमा फसाउँछ, भ्रममा पार्छ र विनाशमा पुऱ्याउँछ । यसो गर्नाले शैतानका योजनाहरूमा अझै सहयोग पुऱ्याउँदछ । ख्रीष्‍टको मण्डलीका मानिसहरूलाई पवित्र आत्माको सेवा अति अनिवार्य छ, त्यसकारण झूटा कट्टरपन्थीहरूद्वारा पवित्र आत्माको कामलाई घृणा गर्ने र परमेश्‍‍वरका मानिसहरूलाई बेवास्ता गराउने शैतानका युक्तिहरूमध्ये एक हो जुन पवित्र आत्मा हाम्रा प्रभु आफैले नै पठाउनुभएको थियो ।MBAJ ग.1

    पवित्र आत्माले पनि परमेश्‍‍वरको वचनअनुसार सु-समाचार बाँड्‍ने समय अवधिभरि नै निरन्तर रूपमा काम गर्नुपर्ने थियो । धर्मशास्‍‍त्रको नयाँ नियम र पुरानो नियम लेख्‍ने युगहरूमा पवित्र धर्मशास्‍‍त्रको प्रकाशित वचनहरूमा मात्र नभई व्यक्तिगत रूपमा पनि तिनीहरूका दिमागहरूमा पवित्र आत्माले काम गरिरहनुभएको थियो । बाइबल बताउँदछ कि कसरी मानिसले पवित्र आत्माद्वारा चेतावनी, अर्ती, सल्‍लाह र शिक्षा पाएका छन्, यी कुराहरूले धर्मशास्‍‍त्र प्राप्‍तिको विषयमा केही कुरा गरेका छैनन् । विभिन्‍न युगका अगमवक्ताहरूको विषयमा कुरा गरेका छन् जसका उच्‍चारणहरू कहीँ पनि उल्‍लेखित छैन । यसरी धर्मशास्‍‍त्र लेखन कार्य सिद्धिएपछि पनि पवित्र आत्माले प्रकाश दिने, चेतावनी दिने र परमेश्‍‍वरका जनलाई सान्त्‍वना दिने काम अझै गर्नुपर्ने थियो ।MBAJ घ.1

    येशूले उहाँका चेलाहरूलाई प्रतिज्ञा गर्नुभएको थियो, “सल्‍लाहकार, अर्थात् पवित्र आत्मा, जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ, उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ, र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ ।” “जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुनेछ, तब उहाँले तिमीहरूलाई सबै सत्यतामा डोऱ्याउनुहुनेछ । उहाँले ... हुन आउने कुराहरू बताउनुहुनेछ ।” यूहन्‍ना १४:२६; १६:१३ । धर्मशास्‍‍त्र स्पष्‍टसाथ सिकाउँदछ कि यी प्रतिज्ञाहरू प्रेरितहरूको समयमा मात्र सीमित रहन सक्दैनथ्यो जसको कारणले प्रत्येक युगहरूमा ख्रीष्‍टका मण्डलीहरूमा फैलन्छन् । मुक्तिदाताले आफ्‍ना चेलाहरूलाई साहस दिनुभयो, “हेर, म युगको अन्त्यसम्म सँधै तिमीहरूका साथमा छु ।” मत्ती २८:२० । पावल यसरी घोषणा गर्छन्, आत्माको वरदान र प्रकाशलाई चर्चमा “सेवाको काम र ख्रीष्‍टको शरीरको उन्‍नतिका निम्ति पवित्र जनहरूलाई सिद्ध बनाउनलाई” स्थान दिइएकाे थियाे, “ख्रीष्‍टको शरीर निर्माण होस् र सेवाको काम गर्न सन्तहरू सुसज्‍जित होऊन्, जबसम्म हामी सबैले विश्‍‍वासको र परमेश्‍‍वरको पुत्रको ज्ञानको एकता प्राप्‍त गर्दैनौं, र परिपक्‍क मानिस बनी ख्रीष्‍टका पूर्णताको नापसम्म पुग्दैनौं ।” एफिसी ४:१२-१३ ।MBAJ घ.1

    प्रेरितले एफिसीका विश्‍‍वासीहरूका लागि प्रार्थना गरे, “कि हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍‍वर, महिमाका पिताले तिमीहरूलाई उहाँको ज्ञानमा बुद्धि र प्रकाशका आत्मा दिऊन्, ... कि तिमीहरूका हृदयका आँखा उज्यालो होस्, कुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनभएको छ, र सन्तहरूमा उहाँको महिमित उत्तराधिकारीको सम्पत्ति के हो, सो तिमीहरूले जान्‍न सक । अनि हामी विश्‍‍वास गर्नेहरूका निम्ति उहाँको शक्तिको असीम महानता के हो, सो तिमीहरू जान्‍न सक । त्यो शक्ति उहाँको महान् सामर्थ्यको काम नै हो ।” एफिसी १:१७-१९ । परमेश्‍‍वरको वचनका गहिराइहरूलाई मानिसहरूको दिमागमा खोल्‍ने र उज्‍ज्‍वल समझ दिने काम ईश्‍‍वरीय आत्माद्वारा भएको थियो, र यो आशिषको कुरा थियो जसको विषयमा पावलले एफिसी मण्डलीका लागि अनुरोध गरेका थिए ।MBAJ ङ.1

    पेन्तिकोसको दिनमा पवित्र आत्माको अचम्मलाग्दो प्रदर्शनपछि पत्रुसले मानिसहरूलाई ख्रीष्‍टको नाममा पाप-क्षमाका लागि पश्‍चात्ताप गर्ने र बप्‍तिस्मा लिने अनुरोध गरेर भने, “तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ । किनकि प्रतिज्ञा तिमीहरूका निम्ति, तिमीहरूका सन्तानका निम्ति र टाढा-टाढ़ामा रहेका सबैका निम्ति हो, प्रत्येक जसलाई प्रभु हाम्रा परमेश्‍‍वरले बोलाउनुहुन्छ ।” प्रेरित २:३८, ३९ ।MBAJ ङ.1

    परमेश्‍‍वरको चाँडै हुने महान् दिनका दृश्‍‍यहरूको विषयमा कुरा गर्दै परमप्रभुले योएल अगमवक्ताद्वारा पवित्र आत्माको विशेष प्रकटीकरण हुने प्रतिज्ञा गर्नुभएको थियो । योएल २:२८ । अगमवाणीको एक भाग पेन्तिकोसको दिनमा पवित्र आत्माको आगमनद्वारा पूरा भयो, तर ईश्‍‍वरीय अनुग्रहकाे प्रकाशमा यसले पूर्णरूपमा आफ्‍नो पूरा काम गर्नेछ, जुन सु-समाचारको काम अन्त्य हुनुभन्दा पहिला यो घटना घट्‍नेछ ।MBAJ ङ.1

    समयको अन्तिम घड़ीसम्मै असल र खराबको बीचमा अत्याधिक मात्रामा महान् विवाद हुनेछ । सम्पूर्ण युगहरूमा शैतानको क्रोध ख्रीष्‍टका मण्डलीको विरुद्धमा प्रकट भएको छ; अनि त्यो दुष्‍टसँग सामना गर्नका लागि परमेश्‍‍वरले आफ्‍नो आत्मा र अनुग्रह उहाँका मानिसहरूको सामर्थ्य स्‍वरूप प्रदान गर्नुभएको छ । जब ख्रीष्‍टका प्रेरितहरूले सुसमाचार लिएर संसारभरि प्रचार गर्नुपर्ने थियो र आगामी युगका लागि अभिलेख राख्‍नुपर्ने थियो, तब तिनीहरूलाई पवित्र आत्माको विशेष समझ उपलब्ध गराउनु भएको थियो । तर मण्डलीको अन्तिम बचावटको समय नजीक आउँदा शैतानले प्रचण्ड शक्तिका साथ काम गर्नेछ । “आफ्‍नो समय अल्प छ भनी थाहा पाएर” तल आाउँछ । प्रकाश १२:१२ । उसले “शैतानको कामकाजबमोजिम ... सारा शक्ति र छलपूर्ण चिन्हहरू र चमत्कारसहित” काम गर्छ । २ थेसलोनिकी २:९ । जो एक समयमा परमेश्‍‍वरका दूतहरूको प्रधान थियो भने अब ऊ छ हजार वर्षसम्म भ्रम र विनाशको काममा पूर्णरूपमा व्यस्त भएको छ । ती संघर्षका युगहरूमा शैतानको गहिरो चतुऱ्याइँ र क्रूरता विकास भएको छ, अनि परमेश्‍‍वरका जनहरूले यी सबै कुराहरू अन्तिम लड़ाइँमा भोग्‍नुपर्नेछन् । यो खतरनाक समयमा ख्रीष्‍टका जनहरूले परमेश्‍‍वरको दोस्रो आगमनकाे चेतावनी फैल्याउनुपर्नेछ, र यी मानिसहरूले उहाँको आगमनमा “दाग र खोट नभएकाहरू” भई उभिनका लागि तयार गर्नुपर्दछ । २ पत्रुस ३:१४ । यो समयमा मण्डलीलाई प्रेरितहरूको समयमा झैँ विशेष दैवीय शक्ति र अनुग्रहको अति नै आवश्‍‍यक पर्दछ ।MBAJ ङ.1

    पवित्र आत्माको प्रकाशद्वारा लामो समयदेखि चल्दैआएको असल र खराबबीचको संघर्षलाई यी पन्‍नाहरूको लेखकको दृष्‍टिमा प्रकट गरिएको थियो । मलाई ख्रीष्‍ट अर्थात् जीवनको राजकुमार र हाम्रो मुक्तिको सृजक र शैतान अर्थात् दुष्‍टको राजकुमार र पापको सृजक, परमेश्‍‍वरको पवित्र आज्ञा भङ्ग गर्ने व्यक्तिको बीचमा भएको महान् विवादको दृश्‍‍य समय-समयमा विभिन्‍न युगहरूमा हेर्ने अवसर दिइयो । ख्रीष्‍टप्रति भएको शैतानको दुश्‍‍मनी परमेश्‍‍वरका अनुयायीहरूप्रति प्रकट भएको छ । ईश्‍‍वरीय आज्ञाका सिद्धान्तहरूका विरोध त्यहीं घृणा, छल र षड्यन्‍‍त्रद्वारा झूटोलाई पनि सत्यको रूपमा देखाइएको छ, जसमा मानवीय नियमहरू परमेश्‍‍वरको व्यवस्थाको सट्टामा स्थापित गरिएको छ, सृष्‍टिकर्तालाई भन्दा बरु सृष्‍टिलाई पूजा गर्न अग्रसर गराइएको छ, त्यहीं सिद्धान्तहरू भूतकालका सबै इतिहासहरूमा देखिन सक्छ । शैतानले मानिसहरूका दिमागमा सृष्‍टिकर्ताको विषयमा गलत धारणा अवस्थित गराएर परमेश्‍‍वरको चरित्रलाई कुप्रतिनिधि गर्ने प्रयत्‍न गर्दछ; अनि उहाँलाई प्रेमले होइन, तर डर र घृणाले सेवा गराउँदछ; तिनीहरूलाई आज्ञा पालनको आवश्‍‍यकताबाट स्‍वतन्‍‍त्र महसुस गराउन परमेश्‍‍वरको नियमलाई हटाउने प्रयत्‍न गरेको छ; जसले उसको भ्रमलाई अस्‍वीकार गर्दछ तिनीहरूलाई युगौँदेखि नै भरमग्दुर तरिकाले सताइरहेको छ । ती कुराहरू आदिपुरुषहरू, अगमवक्ताहरू, प्रेरितहरू र शहिद र सुधारकको इतिहासमा देख्‍न सकिन्छ ।MBAJ च.1

    अन्तिम महान् संघर्षमा पनि शैतानले त्यहीं षड्यन्‍‍त्र वा एउटै आत्मा प्रदर्शन गर्नेछ, र बितेका युगहरूमा जस्तै एउटै परिणामको लागि काम गर्नेछ । जुन घटना घटेको थियो त्यो फेरि घट्‍नेछ, अब अगामी संघर्ष अत्यन्त्यै भयानकरूपले तोकिएको छ, संसारले यस्तो डरलाग्दो घटना कहिल्यै पनि देखेको छैन । शैतानले अझै चतुऱ्याइँसाथ मानिसहरूलाई बहकाउनेछ, र आक्रमण गर्न कडा निर्णय गर्नेछ । यदि हुन सके चुनिएकाहरूलाई भ्रमाउनेछ । मर्कूस १३:२२ ।MBAJ च.1

    जब परमेश्‍‍वरको आत्माले उहाँको वचनका सत्यताहरू साथै भूतकाल र भविष्यकालका दृश्‍‍यहरूलाई मेरो समझमा प्रकट गर्नुभयो, तब मलाई यसरी प्रकट भएका सत्यताहरू—बितेका युगहरूका विवादयुक्त इतिहासका मुख्य सुचनाहरू प्रकट गर्न, र विशेष गरेर भविष्यमा चाँडै आउने संघर्षको ज्योति—अरूलाई बाँड्‍ने काम दिनुभएको थियो । यस उद्देश्‍‍यलाई सम्पन्‍न गर्ने क्रममा विभिन्‍न समयमा संसारलाई दिइएको महान् जाँचिने सत्यहरू मण्डलीको इतिहासमा घटनाहरूसहित एकत्रित रूपमा संकलन गरेर प्रकट गर्ने प्रयास गरिएको थियाे, जसले शैतानलाई क्रोधित तुल्याएको छ, र संसार-प्रेमी मण्डलीप्रति दुश्‍‍मनी भएको छ, अनि जसले “मृत्युसम्मै आफ्‍ना जीवनहरूलाई प्रेम गरेनन्” तिनीहरूद्वारा सत्यताहरू खडा रहेका छन् ।MBAJ छ.1

    हाम्रो सामुन्‍ने रहेको संघर्षका छायाहरू यस अभिलेहरूखमा [एलेन जी व्हाइटका लेखहरू] देख्‍न सक्छौं; यहीं अभिलेखहरू परमेश्‍‍वरको वचनकाे प्रकाशमा र उहाँको आत्माकाे प्रकाशद्वारा दुष्‍ट जनका छलहरू स्पष्‍टरूपले देख्‍न सकिन्छ, जो उहाँको आगमनमा “दोषरहित” हुन्छन् तिनीहरू मात्र ती खतराहरूबाट बाँच्छन् ।MBAJ छ.1

    विगतको युगहरूमा भएको सुधार-कार्य उन्‍नति गराउन घटेको महान् घटनाहरू अब इतिहासको कुरा भएको छ, यो कुरा संसारभरिका प्रोटेस्टेन्टहरूलाई राम्रो थाहा छ र स्‍वीकार पनि गरेका छन् र राम्रोसँग जानिएको कुरा पनि हो; यी वास्तविकतालाई कसैले पनि अस्‍वीकार गर्न सक्दैन । मैले यो किताबको उद्देश्‍‍यअनुसार इतिहास संक्षिप्‍त रूपमा व्यक्त गरेकी छु, जुन सारांशलाई अति नै ध्यान दिन आवश्‍‍यक छ, तथ्यहरू तिनीहरूका उपयुक्ततालाई मध्यनजर राखेर जति सक्दो सानो ठाउँमा एकत्रित पारेकी छु । कहिलेकाही इतिहासकारले यसरी घटनाहरू एउटै समूह बनाएर दिएका हुन्छन्, ती विषयहरू छोटकरीमा बुझ्‍नुपर्ने हुन्छ, अथवा सजिलो तरिकाद्वारा सारांश बनाइएको हुन्छ, वा उनका शब्दहरू उद्धृत गरिएको हुन्छ, तर कुनै ठाउँहरूमा विशेष मान्यता दिइँदैन, किनभने तिनीहरूको योजना त्यो लेखकको लेखनबाट सबै शब्द सार्ने होइन, तर उनको व्याख्याले एक प्रभावकारी र तयारी विषयमा जोड़ दिन मद्दत प्रदान गर्दछ । हाम्रो आफ्‍नै समयमा सुधारको कामलाई उठाएर लाने क्रममा यो अनुभव र विचारको वर्णन तिनीहरूका छापिएका लेखहरू कहिलेकाही त्यसरी नै सदुपयोग भएका छन् ।MBAJ छ.1

    यो किताबको उद्देश्‍‍य विगतका संघर्षहरूमा नयाँ सत्यतालाई बताउनु होइन, तर भविष्यको घटनामा आउने सिद्धान्त र यथार्थ कुरालाई दर्शाउनु हो । तापनि उज्यालो र अँध्यारोको शक्ति बीच भएकाे विवादलाई हेर्दा, भूतकालका इतिहासहरूमा एक नौलो भव्यता देखिन्छ; त्यसपछि ती इतिहासहरूद्वारा भविष्यको लागि ज्योति फैलिएको छ, जो विगत युगहरूका सुधारकहरूझैँ हिँडेका छन् तिनीहरूका निम्ति गोरेटो उज्‍ज्‍वल पारिदिएको छ, “परमेश्‍‍वरको वचनका निम्ति र येशू ख्रीष्‍टको गवाहीका निम्ति” सांसारिक उन्‍नतिको जोखिम भएतापनि तिनीहरू बोलाइएका छन् ।MBAJ ज.1

    यो किताबको उद्देश्‍‍य नै सत्य र झूटोको बीचमा भएको महान् विवादका दृश्‍‍यहरूलाई देखाउने; र शैतानको चतुऱ्याइँ बुझाउने, र कुन माध्यमद्वारा सफलतापूर्वक उसलाई अस्‍वीकार गर्न सक्छौं भनी दर्शाउने; यो दुष्‍टताको महान् समस्यालाई सन्तुष्‍टिजनक समाधान प्रदान गर्ने, यस्तो ज्योति दिनेद्वारा पापको उत्पत्ति र अन्तिम विनाशमा परमेश्‍‍वरले आफ्‍ना प्राणीहरूप्रति स्‍वाभाविक र सम्पूर्ण न्यायसङ्गत व्यवहार गर्नुभएको कुरा प्रकट गर्ने; उहाँका आज्ञाको पवित्र अपरिवर्तनीय स्‍वभाव वर्णन गर्ने हितुले लेखिएको छ । यस्तो प्रभावद्वारा परमेश्‍‍वरका जन अन्धकारको शक्तिबाट बाँच्‍न सकून्, र “ज्योतिमा सन्तहरूको अंशमा भाग लिन” सकून्, जसले हामीलाई प्रेम गर्नुभयो र आफूलाई अर्पण गर्नुभयो, उहाँको प्रशंसा होस्, यहीँ नै लेखिकाको प्रार्थना रहेको छ ।MBAJ ज.1

    एलेन जी व्हाइट

    Larger font
    Smaller font
    Copy
    Print
    Contents