Loading...
Larger font
Smaller font
Copy
Print
Contents
भीषण प्रतिद्वन्द्व - Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First

    अध्याय - १३
    स्तिफनसको मृत्यु

    यरुशलेममा चेलाहरूको संख्या अत्यन्तै बढ्‍यो, अनि परमेश्‍‍वरको वचन पनि बढ्‍दै गइरहेको थियो । धेरैजना पूजाहारीहरूले पनि यस विश्‍‍वासलाई मानिलिनथाले । स्तिफन्सले विश्‍‍वास र शक्तिले पूर्ण भएर मानिसहरूका बीचमा ठूला-ठूला अचम्मका काम र चिन्हहरू गरे । त्यसरी ती पूजाहारीहरूले आफ्‍ना रीतिविधिहरू अनि बलिदान र भेटीहरू सब छोड़ेर येशू नै सबभन्दा महान् बलिदान हुनुहुन्छ भनी उहाँलाई ग्रहण गरेकाले धेरैजना रिसले चूर भए । स्तिफनसले परमेश्‍‍वरबाटै शक्ति पाएर बाँकी पूजाहारीहरू र बूढ़ा प्रधानहरूलाई तिनीहरूका दोष देखाइदिए र येशूलाई महिमा दिए । अनि तिनी जुन बुद्धि र शक्तिद्वारा बोले, तिनीहरूले त्यसको सामना गर्न नसकेर गुप्‍तमा मानिसहरूलाई उक्साएर यसो भन्न लगाए, “मोशा र परमेश्‍‍वरको विरुद्धमा यसले निन्दात्मक कुरा बोलेको हामीले सुन्यौं ।” त्यसपछि तिनीहरूले मानिसहरूलाई सुऱ्याए र स्तिफनसलाई पक्रे र झूटा साक्षीहरूद्वारा तिनलाई मन्दिर र व्यवस्थाको विरुद्धमा बोलेको आरोप लगाए । तिनीहरूले यसो भनेर झूटा साक्षी दिए, “यसले यसो भनेको हामीले सुन्यौं, ‘नासरतका येशूले यस ठाउँलाई नाश गर्नेछ, र मोशाले हामीलाई दिएका रीतिथिति पनि बदली गरिदिनेछ’ ।”1BP 88.1

    स्तिफनसको विरुद्धमा मुद्दा चलाउनेहरू सबले तिनको चेहरामा परमेश्‍‍वरको महिमाको ज्योति देखे । र तिनको चेहरा स्‍वर्गदूतको झैं ज्योतिर्मय देखिँदै थियो । अनि विश्‍‍वास र पवित्र आत्माले परिपूर्ण भईकन तिनले भविष्यवक्ताहरूदेखि लिएर ख्रीष्‍ट येशूको पहिलो आगमन, उहाँ क्रूसमा मर्नुभएको, बौरी उठ्‍नुभएको र स्‍वर्गारोहण हुनुभएको विषयमा वृत्तान्त वर्णन गर्दै तिनीहरूलाई ‘परमेश्‍‍वर हातले बनाइएका मन्दिरहरूमा बस्‍नुहुन्न’ भनेर पनि बताए । किनकि तिनीहरूले परमेश्‍‍वरलाई भन्दा मन्दिरलाई बढ्‍ता आराध्य मान्थे, र कसैले मन्दिरको विरुद्धमा कुरा गरे तिनीहरू यति विघ्‍न क्रोधित हुन्थे, जतिको परमेश्‍‍वरको विरुद्धमा बोल्दा बरु हुँदैनथिए । अनि आत्मिक जलनको उत्प्रेरित र उत्तेजित भएर स्तिफनसले कराई-कराई भने, “हे दुष्‍ट र हृदयका बेखतनेहरू हो, तपाईंहरू सधैँ पवित्र आत्माको विरोध गर्नुहुन्छ ।” तिनीहरूको हृदय भने भ्रष्‍टता र दुष्‍टताले भरिएको थियो । स्तिफन्सले तिनीहरूलाई अझै भन्दै गए, “तपाईंहरूका पुर्खाले जस्तो गरे, तपाईंहरूले पनि त्यस्तै गर्नुहुन्छ । अगमवक्ताहरूमध्ये कुनचाहिँलाई तपाईंहरूका पुर्खाहरूले सताएनन् ? उनीहरूले धार्मिक जनको आगमन अघिबाटै घोषणा गर्नेहरू सबैको हत्या गरे । त्यसरी नै तपाईंहरूले पनि उनीहरूको हत्या गर्नुभयो, जसले ती धार्मिक जनको आगमनको समाचार अघाड़िदेखि नै सुनाएका थिए । अब तपाईंहरूचाहिँ उहाँकै विश्‍‍वासघातक र ज्यानमारा हुनुभएको छ ।”1BP 88.2

    स्तिफनसको कुरा सुनेर ती मुख्य पूजाहारीहरू र अरु शासकहरू रिसले चूर भए, र तिनीमाथि झम्टन खोजे । तर स्‍वर्गीय ज्योति तिनीमाथि चम्क्‍यो, र तिनले पवित्र आत्माले परिपूर्ण भईकन स्‍वर्गतिर एकटक लाएर हेरे, र तिनलाई परमेश्‍‍वरको महिमाको दर्शन भयो, र तिनका चारैतिर स्‍वर्गदूतहरू भेला भए । अनि तिनले उच्‍च स्‍वरमा यसो भने, “हेर, स्‍वर्ग उघ्रेको र मानिसको पुत्रलाई परमेश्‍‍वरको दाहिनेपट्टि उभिरहनुभएको म देख्तछु ।” तर तिनीहरूले जोरले चिच्‍च्याईकन आफ्‍ना आफ्‍ना कान बन्द गरे, र एकमत भएर तिनीमाथि झम्टे, अनि तिनीहरूले तिनलाई शहरदेखि बाहिर निकालेर तिनीमाथि ढुङ्गा बर्साए । तर पनि स्तिफनसले घुँड़ा टेकीकन यसो भन्दै उच्‍च स्‍वरले प्रार्थना गर, “हे प्रभु, यो पापको दोष यिनीहरूलाई नलागोस् ।”1BP 89.1

    मैले स्तिफनसलाई परमेश्‍‍वरका एकजना यस्ता सामर्थी जन देखें, जसलाई परमेश्‍‍वरले नै मण्डलीमा एउटा महत्त्‍वपूर्ण भूमिका निर्वाह गराउनालाई खड़ा गर्नुभएको थियो । तिनलाई ढुङ्गाले हानेर मार्दा ता अरु चेलाहरू रानू हराएको मौरीजस्तो हुन्छन् भन्ने बुझेर शैतान रमाएको थियो । तर शैतानको त्यो रमाहट धेर दिन भएन, कारण त्यसपछि जुन व्यक्तिकहाँ प्रभु येशू प्रकट हुन आँट्‍नुभएको थियो, तिनी त्यही हूलमा स्तिफनसको हत्याको दृश्‍‍यलाई हेरिरहेका थिए । तिनले आफ्‍नो हातले स्तिफनसलाई ढुङ्गाले नहिर्काएको भए तापनि त्यस हत्याकाण्डमा सहमति ता दिएकै थिए । शावलले पनि खूब जोशिलो भईकन परमेश्‍‍वरको मण्डलीका विश्‍‍वासीहरूलाई खोजी-खोजी घर-घरमा गएर पक्रँदै लगेर उनीहरूका हत्याराहरूका हातमा सुम्पिदिन्थे । त्यसरी मण्डलीलाई सताउन शैतानले शावललाई प्रयोग गरिरहेको थियो । तर परमेश्‍‍वरले यसरी शैतानको कब्‍जामा परेकाहरूलाई पनि मुक्त गराउन सक्‍नुहुँदो रहेछ ।1BP 90.1

    शावल एकजना विद्वान् मानिस हुनाले शैतानले तिनको बौद्धिक योग्यता र प्रतिभालाई परमेश्‍‍वरका पुत्र र उहाँका विश्‍‍वासीहरूका विरुद्धमा लड्‍न आफ्‍नो हतियार बनाइरहेको थियो भने प्रभु येशूले पनि आफ्‍नो नाउँको प्रचार गराउन र विश्‍‍वासीहरूलाई परमेश्‍‍वरको सेवाकार्यका निम्ति स्थिर गराउन शावललाई नै आफ्‍ना चुनिएका पात्र तुल्याउनुभयो । शावललाई यहूदीहरूले तिनको विद्या र कुशलताले गर्दा खूब इज्‍जत गर्थे र तिनले ख्रीष्‍टका विश्‍‍वासीहरूलाई पनि थरथरी बनाएका थिए ।1BP 90.2