Loading...
Larger font
Smaller font
Copy
Print
Contents
भीषण प्रतिद्वन्द्व - Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First

    अध्याय - ३४
    बुलन्द आवाज

    तत्पश्‍चात् मैले स्‍वर्गका दूतहरूलाई घरि यता-उता दौड़धूप गरिरहेका, घरि कतिपय महत्त्‍वपूर्ण घटनाहरू पूरा गराउनाका निम्ति पृथ्वीमा ओर्लिरहेका अनि घरिघरि माथि स्‍वर्गतिर उड़िरहेका देखें । त्यसपछि तेस्रो दूतको सन्देशलाई अझ शक्तिशाली र प्रभावशाली तुल्याउँदै तिनीसित मिलीकन सो सन्देश उद्‍घोषित गर्न सहयोग दिन एकजना सामर्थ्यशाली दूत खटाइए । ठूलो शक्ति र महिमा लिएर ती दूत पृथ्वीमा ओर्लंदा त्यो महिमाले पृथ्वी नै झलमल्‍ल भयो । चारैतिरको अन्धकारलाई आफ्‍नो ज्योति र महिमाले बढ़ार्दै बड़ो शक्तिशाली आवाजमा तिनी कराए, “महान् बेबिलोनको पतन भो, पतन भो ! अब त्यो भूतहरू र सबै प्रकारका अशुद्ध आत्माहरू अनि सबै प्रकारका अशुद्ध र घिनलाग्दा पंक्षीहरूको पिँजरा बन्नेछ ?” जुन बेबिलोनको पतनको सन्देश दोस्रो दूतद्वारा उद्‍घोषित भएको थियो, फेरि १८४४ देखि यसो उक्त मण्डलीहरूमा पसिआएका भ्रष्‍टाचारहरूको पनि थप सन्देश उद्‍घोषित भएको मैले सुनें । परमेश्‍‍वरका लोकलाई आउँदो त्यो परीक्षाको लागि सबै ठाउँ तयार पारिएकै छ । त्यसपछि एउटा ठूलो ज्योति उनीहरूमाथि बसेको मैले देखें, र उनीहरू त्यस सन्देशका निम्ति एक भएर निडरतासाथ अनि बड़ो सामर्थ्यसहित उक्त तेस्रो दूतको सन्देशको उद्‍घोषणा गरे ।1BP 198.1

    स्‍वर्गबाट आएका ती शक्तिशालि दूतलाई सहयोग दिन अरू स्‍वर्गदूतहरू पनि पठाइए र मैले ती आवाजहरू यसो भन्दै सर्वत्र गुञ्‍जायमान भएको सुने, “हे मेरा जनहरू हो, त्यसदेखि निस्किआओ, ताकि तिमीहरू त्यसका पापहरूमा सहभागी बनेर त्यसको विपत्तिहरूमा नपर ! किनकि त्यसका पापहरू स्‍वर्गैसम्म पुगेका छन्।” यो सन्देश पनि तेस्रो दूतको सन्देशलाई पुष्‍टि गर्न आएको जस्तो लाग्यो, जसरी १८४४ मा त्यो मध्यरातको बुलन्द आवाज दोस्रो दूतको सन्देशलाई पुष्‍टि गर्न आएको थियो । फेरि मैले प्रभुको आगमनका निम्ति धैर्यपूर्वक बाटो हेरिरहेका ती सन्तगणमाथि परमेश्‍‍वरको महिमा बसेको देखें । उनीहरूले निडर भईकन बेबिलोनको पतनबारे उद्‍घोषणा गर्दै अन्तिम चेतावनीको साथमा परमेश्‍‍वरका लोकलाई त्यहाँदेखि निस्किआउने आह्वान दिइरहेका थिए, ताकि उनीहरूचाहिँ त्यो डरलाग्दो विनाशदेखि बाँचून् ।1BP 198.2

    प्रभुको आगमनको प्रतीक्षामा रहेकाहरूमाथि छरिएको ज्योतिले चारैतिर अन्धकारलाई पन्छाइरहेको थियो । ती मण्डलीहरूमा कतिपय यस्ताहरू पनि थिए, जसले तीनैवटा सन्देशहरू सुनेकै थिएनन्, र इन्कार पनि गरेका थिएनन्, उनीहरूले पनि त्यो आह्वानलाई सुनेर अनि मानेर ती पतित मण्डलीहरूलाई छोड़ेर निस्के । धेरैले यी सन्देशहरू सुनेका वर्षौ वितिसकेका थिए, र उनीहरूले ज्योति पाएर जीवन र मृत्यु चुन्ने शुभ-मौका पाएका थिए । कतिले जीवनलाई चुनेर परमेश्‍‍वरका आज्ञाहरू पालन गर्दै उनीहरू पनि प्रभुको आगमनको बाटो हेर्नलागे । तेस्रो सन्देश चाहिँ यसको पालन गर्नु थियो । सबैको जाँच यसमै भएको थियो र बहुमूल्य रत्‍न भई निस्केकाहरूलाई ती धर्मावलम्बी पन्थहरूदेखि निस्की आउने बोलावट भयो । परमेश्‍‍वरको शक्ति स्‍वयम् प्रकट भएपछि मानिसमा यस्तो भय पैदा गरिदिन्छ, जसले गर्दा परमेश्‍‍वरको आत्माको काम अनुभव गर्नेहरूलाई दमन वा रोकटोक गर्ने कोही आफन्त वा साथी-सङ्गीको पनि क्षमता पुग्दैन । अनि अन्तिम बोलावट चाहिँ भक्त र नम्र कमाराहरूलाई पनि हुँदछ, जसका मुखबाट पनि अत्यन्तै आनन्दका स्तुतिगानहरू फुटी निस्कन्छन्, जब उनीहरू पनि त्यो सुखद छुटाकारा पाईकन उहाँको महिमित आगमनमा उठिरहेका हुन्छन् । उनीहरूका मालिकहरूले रोक्‍न सक्‍ने छैनन् । तिनीहरू ता डर र आश्‍चर्यले ट्‍वाल्‍ल परेर हेरेका हेरेकै हुनेछन् । विश्‍‍वासीहरूमा आश्‍चर्यकर्महरू हुन्छन्, बिरामीहरू निको हुन्छन् र अरू धेरै प्रकारका चिन्ह र चमत्कारहरू पनि हुन्छन् । जब परमेश्‍‍वर स्‍वयम्‌ले काम गर्नुहुन्छ, तब प्रत्येक सन्तले निडर भईकन आफ्‍नो विवेकको निर्देशनानुसार चल्दछ र परमेश्‍‍वरका सब आज्ञा पालन गर्नेहरूसँग मिलीकन त्यो तेस्रो सन्देशलाई प्रचार र प्रसार गर्दछ । मलाई यो कुरा पनि बताइयो, कि उक्त तेस्रो सन्देश त्यो मध्यरातको बुलन्द आवाजभन्दा पनि बढ़ी शक्ति र सामर्थ्यका साथमा बन्द हुनेछ ।1BP 199.1

    परमेश्‍‍वरका ती दासहरूले परमेश्‍‍वरबाटै त्यो शक्ति पाएर, अनुहारमा स्‍वर्गीय ज्योति झल्काउँदै त्यो स्‍वर्गीय सन्देशलाई प्रचार गरेर आफ्‍नो सेवाकार्यलाई पूरा गरे । ती धर्मावलम्बी झुण्डहरूमा छरिएर बसेका आत्माहरूले त्यो स्‍वर्गीय आह्वानलाई स्‍वीकार गरेर जतिजना अमूल्य रत्‍न भएका थिए, उनीहरूलाई ती दण्डका निम्ति ठहऱ्याइएका मण्डलीहरूदेखि हतार-हतार निकालिएका थिए, जसरी सदोम नाश हुनअघि त्यहाँबाट लूत लिकालिएका थिए । परमेश्‍‍वरले आफ्‍ना लोकलाई उहाँ स्‍वयम्‌ले आफ्‍नो महिमित सिंहासनबाट बल दिईकन स्थिर गराई त्यो परीक्षाको घड़ीमा धैर्यशील र सहनशील बन्नमा सहायता गर्नुहुन्छ । त्यसपछि मैले चारैतिरबाट एकैसाथ यसो भनिरहेको सुने, “सन्तगणको धैर्य यसैमा छ, परमेश्‍‍वरका आज्ञाहरू पालन गर्ने र ख्रीष्‍टको विश्‍‍वासलाई कायम राख्‍नेहरू यिनै हुन् ।”1BP 200.1