अध्याय - ३७सन्तहरूको उद्धार
-
- मैले भन्न पर्ने कुरा
- To the Readers of The Great Controversy in Nepali
-
- अध्याय - १शैतानको पतन
- अध्याय - २मानिसको पतन
- अध्याय - ३उद्धारको प्रबन्ध
- अध्याय - ४ख्रीष्टको पहिलो आगमन
- अध्याय - ५ख्रीष्टको सेवाकार्यको आरम्भ
- अध्याय - ६येशूको रूप परिवर्तन
- अध्याय - ७येशू पक्राइनुभएको
- अध्याय - ८ख्रीष्टमाथि लगाइएको मुद्दा
- अध्याय - ९येशू क्रूसमा टाँगिनुभएको
- अध्याय - १०ख्रीष्टको पुनरूत्थान
- अध्याय - ११ख्रीष्टको स्वर्गारोहण
- अध्याय - १२ख्रीष्टका चेलाहरू
- अध्याय - १३स्तिफनसको मृत्यु
- अध्याय - १४शावलको जीवन-परिवर्तन
- अध्याय - १५यहूदीहरूले पाउललाई मार्ने मतो गरे
- अध्याय - १६पावलको यरुशलेम भ्रमण
- अध्याय - १७ठूलो धर्म-त्याग
- अध्याय - १८अधर्मको रहस्य
- अध्याय - १९मृत्यु मृत्यु नै हो; कष्ट भोग्नुपर्ने अनन्त जीवन होइन
- अध्याय - २०धर्म-सुधार अभियान
- अध्याय - २१मण्डलीमा संसार सम्मिलित
- अध्याय - २२विलियम मिलर
- अध्याय - २३पहिलो दूतबाट सन्देश
- अध्याय - २४दोस्रो दूतबाट सन्देश
- अध्याय - २५आगमन (एड्भेन्ट) अभियानको दृष्टान्त
- अध्याय - २६अर्को दृष्टान्त
- अध्याय - २७पवित्र निवास
- अध्याय - २८तेस्रो दूतको सन्देश
- अध्याय - २९बलियो मञ्च
- अध्याय - ३०आत्मावाद
- अध्याय - ३१लोभ (लालच)
- अध्याय - ३२हलचल
- अध्याय - ३३बेबिलोनका पापहरू
- अध्याय - ३४बुलन्द आवाज
- अध्याय - ३५तेस्रो दूतको सन्देश बन्द भएको
- अध्याय - ३६याकूबको संकष्टकाल
- अध्याय - ३७सन्तहरूको उद्धार
- अध्याय - ३८सन्तहरूका लागि इनाम
- अध्याय - ३९पृथ्वी उजाड़ पारिएको
- अध्याय - ४०दोस्रो पुनरूत्थान
- अध्याय - ४१दोस्रो मृत्यु
Search Results
- Results
- Related
- Featured
- Weighted Relevancy
- Content Sequence
- Relevancy
- Earliest First
- Latest First
- Exact Match First, Root Words Second
- Exact word match
- Root word match
- EGW Collections
- All collections
- Lifetime Works (1845-1917)
- Compilations (1918-present)
- Adventist Pioneer Library
- My Bible
- Dictionary
- Reference
- Short
- Long
- Paragraph
No results.
EGW Extras
Directory
अध्याय - ३७
सन्तहरूको उद्धार
परमेश्वरले आफ्ना लोकलाई उद्धार गर्नका निम्ति मध्यरातको समय नै चुन्नुभयो । दुष्टहरूले वरिपरिबाट उनीहरूलाई गिल्ला गरिरहेकै थिए । सहसा आफ्नो प्रतापमय ज्योति छर्दै सूर्य देखा पऱ्यो र चन्द्रमा स्थिर रह्यो । तब ती दुष्टहरू अवाक् भएर त्यस दृश्यलाई हेरेका हेरेकै भए। भटाभट चिन्ह र चमत्कारहरू हुनथाले, मानों हरेक कुरानै प्रकृतिको नियमबमोजिम चल्न छोड़ेको थियो । त्यस बखत मात्र परमेश्वरका जनहरूले आफ्नो अन्तिम छुटकाराको लक्षण देखेर आनन्दविभोर भए ।1BP 211.1
खोला-नालाहरू बग्न छोड़े । घना बादलका काला काला मुस्लाहरू उठे र आपसमा भिड्नथाले । तर परमेश्वरको महिमा एउटै स्वच्छ ठाउँमा अड़िएको थियो, जहाँबाट धेरै पानीको आवाज भएझैं परमेश्वरको वाणी भयो, जसको कारणले आकाश र पृथ्वी हल्लिए । ठूलो भूकम्प भयो । यहाँसम्म कि चिहानहरू उघ्रिए, र जस-जसले शबाथ-दिनको पालन गर्दै तेस्रो दूतको सन्देश अन्तर्गत विश्वासमा रहेर मरेका थिए, उनीहरू त्यो शान्तिको करारका भागिदार बन्नालाई ती माटाका बिछ्यौनाबाट निस्की आए, जुनचाहिँ करार परमेश्वरले उहाँको व्यवस्था पालन गर्नेहरूसँग बाँध्न आँटनुभएको थियो ।1BP 211.2
आकाश उघ्रियो र फेरि ठूलो होहल्ला मच्चाएर बन्द भयो । पहाड़हरू हावाले हल्लाएको निगालो झैं हल्लिए र तिनीहरूबाट चट्टानहरू टुक्रा-टुक्रा भएर यत्र-तत्र छरिए । भाँड़ाको पानी उम्लेझैं समुन्द्र उम्लेर त्यसले जमिनमाथि ढुङ्गाहरू उकेलिरहेको थियो । अनि उहाँ परमेश्वरले ख्रीष्टको आगमनको दिन र समयको विषयमा बोल्नुहुँदै र आफ्ना लोकलाई अनन्त करारको वचन दिँदै एकै वचन (वाक्य) मात्र बोलीकन चूप लाग्नुहुँदा पनि उहाँले बोल्नुभएका शब्दहरू धरतीमाथि मेघ गर्जेझैं प्रतिध्वनित भइरहेका थिए । परमेश्वरका लोक इस्राएलीहरू यहोवा परमेश्वरका मुखारविन्दबाटै उहाँका वाणी सुन्दै आफ्ना आँखाहरू एकोहोरो माथितिरै उठाएर उभिरहेका थिए, त्यस बेला पनि उहाँका शब्दहरू ठूलो आवाजमा आकाश गर्जिरहेझैं ध्वनित भइरहेका थिए । वातावरणले गम्भीर रूप धारण गरेको थियो । त्यहाँ पनि ती परमेश्वरका जनहरूले उहाँको प्रत्येक वचनमा ‘हो, हजुरकै महिमा होस् ! हल्लेलूयाह !’ भन्दै थिए । उनीहरूका चेहरा पनि त्यसरी नै परमेश्वरको महिमाले उज्ज्वल भएका थिए, जसरी सीनै पर्वतदेखि फर्खंदा मोशाको चेहरा महिमान्वित भएर चम्किरहेको थियो । त्यो महिमाले गर्दा दुष्टहरूले उनीहरूका चेहरामा हेर्नै सकेनन् । अनि विश्रामदिनलाई पवित्रतासाथ मानी परमेश्वरलाई आदर गर्नेहरूमाथि अनन्त आशिष् बर्सिनासाथ त्यो जानवर र मूर्तिमाथि बुलन्द आवाजमा विजय-नारा लगाएको सुनियो ।1BP 211.3
त्यसपश्चात् भूमिले विश्राम लिने दिनको आरम्भ हुन्छ । त्यसबेला भक्त कमाराहरू पनि विजयी भएर उठेका देखिए । तिनीहरूलाई बाँधिएका साङ्लाहरू खुस्केर झरे । ती देखेर तिनीहरूका मालिकहरू घबराए र किंकर्त्तव्यभिमूढ़ भए; किनकि दुष्टहरूले परमेश्वरको वाणी पटक्कै नबुझ्दा रहेछन् । तब हेर्दा हेर्दै आकाशमा सेतो बादल देखियो, जसमाथि मानिसका पुत्र सवार हुनुहुन्थ्यो । त्यो बादललाई शुरूमा देख्दा टाढामा सानो टुक्रा झैं देखा परेको थियो । त्यतिबेला दूतले भने, “यो ता मानिसका पुत्रको चिन्ह हो ।” अनि जब त्यो बादल नजिक-नजिक आइपुग्यो, तब हामीले त्यसमाथि सवार भई विजय हासिल गर्न आउनुहुने राजा येशूको अपार महिमालाई देख्यौं । शिरमा झलमल्ल चम्कने मुकुटहरू लाएका पवित्र दूतगणले राजाका अङ्गरक्षकहरूले झैं सम्मानपूर्वक उहाँलाई साथ दिइरहेका थिए । त्यो दृश्य यति अपार महिमाले युक्त थियो, जसको बयान गर्ने कुनै भाषा छैन । हेर्दाहेर्दै त्यो अपार महिमाले भरिएको बादल नजिकै आइपुग्यो, तब हामीले स्पष्टतया ख्रीष्टको त्यो प्यारो एवम् सुन्दर मुहारलाई देख्न पायौं । त्यसचोटी उहाँको शिरमा त्यो काँड़ाको मुकुट थिएन, तर पवित्रताले सुसज्जित महिमाको मुकुट थियो । औ उहाँको पोशाक र तिघ्रामा ‘राजाहरूका महाराजा र प्रभुहरूका महाप्रभु’ भन्ने एउटा नाउँ लेखिएको थियो । उहाँका आँखाहरू आगाका ज्वालाजस्ता र उहाँका पाउहरू निखुर पितलका जस्ता देखिए अनि उहाँको स्वर धेरै बाजाहरूका मधुर ध्वनि झैं सुनिँदैथ्यो । उहाँको चेहरा मध्यदिनको घाम जस्तै उज्ज्वल थियो । उहाँको सामने पृथ्वी हल्लियो, अनि आकाश पुस्तकको मुठा बेह्रिएझैं बेह्रियो र सबै पहाड़हरू र टापूहरू आफ्ना ठाउँबाट हटेर गए । अनि पृथ्वीका राजाहरू, राजकुमारहरू, मुख्य मुख्य कप्तानहरू, धनीहरू, बलियाहरू, हरेक दास र स्वतन्त्र मानिस पहाड़का गुफाहरू र चट्टानहरूहुँदो लुके, र पहाड़हरू र चट्टानहरूलाई भने, “हामीमाथि खस र सिंहासनमा विराजमान हुनुहुनेका सामनेबाट र थुमाको क्रोधबाट हामीलाई लुकाऊ। किनकि उहाँको क्रोधको दिन आएको छ र को खड़ा हुन सक्छ ?”1BP 212.1
केही समयअघि परमेश्वरका विश्वासयोग्य छोराछोरीहरूलाई पृथ्वीबाट नाश गर्न खोज्नेहरूले अहिले उनीहरूमाथि परमेश्वरको महिमा झल्केको देख्नुपऱ्यो, अर्थात् तिनीहरूले उनीहरूलाई (परमेश्वरका जनलाई) महिमित रूपमा परिवर्तित भएका देख्नुपऱ्यो । अनि यी सब भयावह दृश्यहरूका साथ-साथै तिनीहरूले ती सन्तहरूकै मुखबाट आनन्दपूर्ण स्वरमा यसो भन्दै गरेका सुने, “हेर, हामीले प्रतीक्षा गरेका परमेश्वर यहाँ नै हुनुहुन्छ; उहाँले नै हामीलाई बचाउनुहुन्छ !” सुतिगएका सन्तहरूलाई बोलाइरहनुभएको परमेश्वरका पुत्रको आवाजले गर्दा पृथ्वी पनि जोरले हल्लियो । उहाँको बोलावट सुनेर उनीहरू अमर रूप धारण गरेर निस्के, र यसो भनि विजयको नारा लाउनथाले, “ए मृत्यु, तेरो खील खोइ ? ए चिहान, तेरो विजय खोइ ?” त्यसरी नै ती बौरी उठेका सन्तहरूले टाढा-टाढासम्म सुन्ने गरी विजयको नारा लगाए । उनीहरू अजम्बरी जीवन र शक्ति धारण गरेर आँखाको निमिषमा चिहानदेखि बौरी उठीकन बादलमा प्रभुलाई भेट्नालाई माथितिर गइरहेका थिए । अहो, कति महिमित भेट ! निर्दयी मृत्युले चुँड़ालेर बिछोड़िएका प्रियजनहरू अब फेरि फेरि कहिल्यै बिछोड़िनु नपर्ने भयो । कति रमाइलो भेट !1BP 213.1
त्यस बादलको रथका दुइतिर पखेटाहरू र मन्तिर चक्काहरू थिए, त्यही पनि निर्जीव होइन सजीव; किनकि त्यस रथ उँभोतिर कुद्दै जाँदा ती चक्काहरूबाट ‘पवित्र !’ भन्ने शब्द आइरहेको थियो, अनि पखेटाहरू पनि चल्दैगर्दा तिनीहरूबाट ‘पवित्र !’ भन्ने नै शब्द ध्वनित हुँदै थियो, र बादल वरिपरिका दूतगणले पनि भनिरहेका थिए, “पवित्र, पवित्र, पवित्र, सर्वशक्तिमान परमप्रभु परमेश्वर !!!” तब फेरि बादलमा उठिसकेका सन्तगणले भनिरहेका थिए, “महिमा ! हेल्लेलूयाह !!” त्यसपछि त्यो रथ उँभै पवित्र नगरतर्फ कुद्यो । पवित्र नगरमा पस्नअघि ख्रीष्टचाहिँ बीचमा र उहाँका सन्तहरूलाई वरिपरि वर्गाकार पङ्क्तिमा राखिएको थियो । उहाँ ती सन्तहरू र स्वर्गदूतहरूदेखि ठीक माथि विराजमान हुनुहुन्थ्यो, जहाँबाट सबैले उहाँको शानदार र सुन्दर मुहार छर्लङ्गै देख्न सक्थे ।1BP 214.1