Loading...
Larger font
Smaller font
Copy
Print
Contents
भीषण प्रतिद्वन्द्व - Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    अध्याय - ४१
    दोस्रो मृत्यु

    शैतानले फेरि त्यस अपार भीड़भित्र पसेर तिनीहरूलाई सुऱ्याउनथाल्यो । त्यतिखेरै स्‍वर्गबाट तिनीहरूमाथि आगो बर्स्यो र त्यहाँ भएका ठूल्ठूला, शूरवीर र धनीमानीहरूदेखिन् लिएर गरीब-दुःखी समेत सबलाई भस्म पारिदियो । तिनीहरू कतिजना चाहिँ छिट्टै भस्म भएका देखें, औ कतिचाहिँ निकै बेरसम्म तड्‍पिरहे, अर्थात् शरीरमा तिनीहरूले जे-जस्ता काम गरेका थिए, त्यहीअनुसार दण्ड पाइरहेका थिए । अनि कतिजना निकै दिनसम्म जलिरहे र अन्तिम अंश जलेर नसकुञ्‍जेल पीड़ा र जलनको अनुभव गरिरहे । दूतले भने, “त्यो जीवनको कीरा मर्नेछैन, र तिनीहरूको आगो पनि निम्‍नेछैन, जबसम्म सानोभन्दा सानो अंश पनि जल्‍न बाँकी रहेको हुन्छ ।”1BP 225.1

    शैतान र उसका दूतहरूचाहिँ दीर्घकालसम्म जल्दै र तड्‍पिँदै रहे । शैतानले आफूले गरेका पापहरूको भार र दण्ड ता भोग्‍नैपऱ्यो, त्यसमाथि ती सब उद्धारप्राप्‍त सन्तगणका पापहरूका भार पनि - जो उहीमाथि थोपारिएका थिए - वहन गर्नुपरेको थियो । उसले गर्दा जति आत्माहरू नाश भए, ती सबको दण्ड पनि उसले भोग्‍नैपरेको थियो । त्यसपश्‍चात् शैतान र सबै दुष्‍ट सेना पनि भस्म भए, र परमेश्‍‍वरको क्रोध शान्त भयो । अनि समस्त दूतगण र समस्त सन्तगणले उच्‍च स्‍वरमा भने, “आमेन !”1BP 225.2

    दूतले फेरि भने, “शैतान जरा हो, र त्यसका सन्तान चाहिँ हाँगाहरू हुन् । अब दुवै जरा र हाँगाहरू भस्म भए । तिनीहरू फेरि-फेरि बौरी नउठ्‍ने गरी नै अनन्त-अनन्तसम्मलाई मरेर गए । अब परमेश्‍‍वरले स्‍वच्छ संसार बनाउनु हुनेछ ।” त्यसपश्‍चात् मैले यस्तो देखें - ती दुष्‍टहरूलाई भस्म गर्ने आगोले रहेका मैला र कसिङ्गर जलाउँदै पृथ्वीलाई शुद्ध पारिरहेको थियो । फेरि अर्कोचोटि मैले हेर्दा पृथ्वी यति शुध्द भइसकेको थियो, कि जसमा श्रापको नामोनिशान समेत त्यहाँबाट मेटिसकेको थियो । त्यो धाँजो-धाँजो परेको उराठलाग्दो पृथ्वी रमाइलो समतल भूमि भइसकेको रहेछ । परमेश्‍‍वरको सम्पूर्ण विश्‍‍व नै स्‍वच्छ र पवित्र भइसकेको रहेछ । त्यो घमासान प्रतिद्वन्द्व र लड़ाइँ नै समाप्‍त भएछ । त्यहाँदेखि ता जता फर्क्‍यो, जता हेऱ्यो सबै थोक सुन्दर र पवित्र देखिन थाले । अनि सबै उद्धारप्राप्‍त सन्तगण - बूढ़ा-तन्हेरी र ठूला-साना - सबले आफ्‍ना-आफ्‍ना टलकदार मुकुटहरू आफ्‍ना महान् उद्धारकर्ताको चरणमा राखेर उहाँलाई साष्‍टाङ्ग दण्डवत् चढ़ाए, जो सदा-सर्वदा जीवित हुनुहुन्छ । अनि त्यो सुन्दर नयाँ पृथ्वी साथै त्यसका सारा महिमा सन्तहरूकै निम्ति अनन्त उत्तराधिकारस्‍वरूप दिइएको रहेछ । समस्त स्‍वर्गमनिको राज्य अनि त्यसको अधिकार र महत्ता उनै परमप्रधान परमेश्‍‍वरका सन्तहरूकै निम्ति अनन्त, अनन्त, अनन्त सम्मका लागि दिइएको रहेछ ।1BP 225.3

    इतिश्री

    Larger font
    Smaller font
    Copy
    Print
    Contents