Loading...
Larger font
Smaller font
Copy
Print
Contents
भीषण प्रतिद्वन्द्व - Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    अध्याय - ३
    उद्धारको प्रबन्ध

    मानिसको पतन भएको र परमेश्‍‍वरले सृष्‍टि गर्नुभएको संसारमा दुःख, बिमारी र मृत्यु अवश्‍‍यम्भावी हुने भएको अनि अपराधीहरूका निम्ति कुनै बाँच्‍ने उपाय नभएको देख्ता सम्पूर्ण स्‍वर्ग नै शोकविह्वल भयो । समस्त आदमवंशी मृत्युको शिकार हुनै पर्ने भयो ।1BP 17.1

    त्यसै बीचमा मैले सर्वाङ्ग सुन्दर येशूलाई देखें, जसको चेहरामा सन्ताप र सहानुभूति मिश्रित भाव थियो । हेर्दा-हेर्दै उहाँ पिताका वरिपरिका जाज्‍वल्यमान् ज्योति नजिक पुग्‍नुभयो । मसँग भएका दूतले भने, “उहाँको आफ्‍ना पितासित घनिष्‍ट रूपमा बातचीत भइरहेछ ।” पितासित येशूको बातचीत भइरहेको बेला, अब त्यसको प्रतिक्रिया के कस्तो हुने हो भनी स्‍वर्गदूतहरू कुतूहलपूर्वक प्रतीक्षामा रहेका देखिन्थे । तीनचोटी उहाँलाई पिताका वरिपरिको तेजस्‍वी ज्योतिले छोपेपछि तेस्रो पल्टमा उहाँ बाहिर आउनुभयो । त्यसबेला नै उहाँका व्यक्तित्‍वको परिचय पाउनसकियो । उहाँको चेहरा शान्त देखियो, जसमा कुनै प्रकारको व्याकुलता वा अशान्तिको नामनिशान थिएन, तर उहाँको चेहरामा यस्तो प्रकारको दया र प्रेमको ज्योति झल्किरहेथ्यो, जसको वर्णन गर्ने मसित शब्दै छैन । त्यसपछि उहाँले स्‍वर्गदूतहरूलाई पतित मनुष्यका निम्ति उद्धारको प्रबन्ध मिलाइएको कुराको जानकारी दिनुभयो । उहाँले आफ्‍ना पितासँग अर्जी (विन्ती) गरीकन मानिसलाई छुटकारा दिलाउनार्थ आफ्‍नै प्राण दान गर्ने र उहाँद्वारै मानिसले क्षमा प्राप्‍त गर्नसकोस् भनेर आफैँ मृत्यु-दण्ड भोगीदिने कुरा पनि बताउनुभयो । उहाँले यो उद्देश्‍‍यले त्यसो गर्न चाहनुभयो, कि उहाँको रगत र परमेश्‍‍वरको व्यवस्था-पालनद्वारा मानिसले फेरि परमेश्‍‍वरको निगाह प्राप्‍त गरेर त्यस सुन्दर बगैँचामा फेरि आईकन जीवनको रूखको फल खान पाओस् ।1BP 17.2

    शुरू-शुरूमा त स्‍वर्गदूतहरू खुशी भएनन्, कारण प्रभुले कुनै कुरा नलुकाई उद्धारको प्रबन्धबारे खुलेआम सुनाइदिनुभयो । तर प्रभु येशूले उनीहरूलाई भन्नुभयो, “म पिताको क्रोध र पापी मानिसबीच मध्यस्थ भइदिनेछु, र मानिसकै अधर्म आफूमाथि बोकेर तिरस्कार सहिदिनेछु, तर पनि थोरैले मात्र मलाई परमेश्‍‍वरका पुत्र भनी ग्रहण गर्नेछन् । म मेरा सब स्‍वर्गका महिमालाई त्यागी, आफूलाई होँच्याईकन पृथ्वीमा मानिसकै रूप र देह धारण गर्नेछु, र मानिसलाई आईपर्ने सबै किसिमका परीक्षाहरू आफैँले अनुभव गरेर हेर्नेछु, ताकि म पनि परीक्षामा पर्नेहरूलाई कसरी सहायता पुऱ्याउनुपर्ने, जान्न सकूँ । अनि अन्तमा शिक्षा-दीक्षा दिने गुरूको भूमिका सिध्द्यएपश्‍चात् म मानिसहरूका हातमा सुम्पिइने छु, अनि शैतान र त्यसका दूतहरूले दुष्‍ट मानिसहरूलाई जे-जस्ता क्रूर व्यवहार गर्न र सास्ती दिनलाई सुऱ्याउँछन्, ती सब सहन गर्नेछु, अनि आकाश र धरतीबीच क्रूसमा झुन्डिएर एउटा दण्डनीय पापी जस्तो भएर सबभन्दा निर्मम मृत्युदण्ड भोग्‍नेछु, यहाँसम्म कि मेरो त्यस्तो किसिमको पीड़ामय अवस्था स्‍वर्गदूतहरूले पनि हेर्न नसकेर आफ्‍ना अनुहार छोप्‍नेछन् । केवल शारीरिक पीड़ा मात्रै नभएर मैले यस्तो मानसिक पीड़ा पनि भोग्‍नुपर्नेछ, जसको तुलना कुनै पनि शारीरिक वेदनासित हुन सम्भाव्य छैन । सारा संसारका पापहरूको भार ममाथि लादिनेछ । म मर्नेछु, तर तेस्रो दिनमा म फेरि बौरी उठ्‍नेछु; अनि यो हठी र दोषी मनुष्यका निम्ति पितासित अर्जी-विन्ती गर्नलाई म स्‍वर्गारोहण गर्नेछु ।”1BP 18.1

    तब स्‍वर्गदूतहरूले उहाँका सामु निहुरेर दण्डवत् गरे । उनीहरूले आफ्‍ना जीवन बलिदानस्‍वरूप अर्पण गर्ने प्रस्ताव राखे । तर येशूले भन्नुभयो, “म आफ्‍नै मृत्युद्वारा धेरैलाई बचाउनेछु । स्‍वर्गदूतको प्राण-बलिदानले मानिसको पापको ऋण तिर्नसक्‍तैन । मनुष्यको छुटकाराको दामस्‍वरूप केवल मेरै प्राण-बलिदान पिताले ग्रहण गर्नुहुनेछ । तर तिमीहरूले चाहिँ यी कामहरू गरिदिनुपर्छ:1BP 19.1

    (क) म एक पतिती स्‍वभावको मानिसमा परिणत हुँदा तिमीहरूमा जतिको पनि ममा बल हुनेछैन, तसर्थ तिमीहरूले मलाई साथ र बल दिनुपर्छ ।1BP 19.2

    (ख) तिमीहरू मैले सहेका अपमान र असह्य शासनाका गवाही हुनुपर्छ ।1BP 19.3

    (ग) मैले सहेका कष्‍टहरू र मानिसहरूले मलाई तिरस्कार गरेका देखेर मप्रतिको तिमीहरूको प्रेमले गर्दा आवेशमा आएर ती मलाई मार्नेहरूका हातदेखि मलाई छुटकारा दिई बचाउन खोज्‍नेछौ, तर तिमीहरूले त्यहाँ जे-जस्तै देखे पनि रोकटोक गर्ने काम गर्नु हुँदैन ।1BP 19.4

    (घ) र मेरो बौरिउठाइ हुँदा पनि तिमीहरूले मलाई साथ दिनुपर्छ, र उक्त उद्धारको प्रबन्ध सफलीभूत भएको अनि पिताले त्यो ग्रहण गर्नुभएको कुराको साक्षी बन्नुपर्छ ।”1BP 19.5

    अनि पवित्रतासाथ दुःख प्रकट गर्दै येशूले स्‍वर्गदूतहरूलाई यसो भन्दै सान्त्‍वना तथा धैर्य दिनुभयो, “अब उप्रान्त जतिलाई म उद्धार गर्छु, उनीहरू मेरा साथमा रहनेछन् र मसितै बास गर्नेछन् । मेरै मृत्युद्वारा छुटकाराको मोल तिरेर धेरैलाई उद्धार गर्नेछु, र म त्यसलाई नाश गर्नेछु, जससित मृत्युको शक्ति छ । अनि पिताले मलाई राज्य दिनुहुनेछ, जुन राज्यको महत्ता सम्पूर्ण स्‍वर्ग अन्तर्गत सदा-सर्वदा मेरै हुनेछ । अनि शैतान र अरु सबै पापीहरू नाश हुनेछन् - फेरि फेरि स्‍वर्गमा अर्थात् परिशोधित नयाँ पृथ्वीमा गड़बड़ी ल्याउन नपाओस् भनेर ।” त्यसपश्‍चात् येशूले स्‍वर्गदूतका पल्टनलाई पिताले स्‍वीकृति दिनुभएको त्यस प्रस्तावित योजनाप्रति समर्थन जनाउने आदेश दिनुभयो, र पतित भइसकेको मानिस जातिले फेरि उहाँको मृत्युद्वारा उच्‍च पारिएर परमेश्‍‍वरको निगाह पुनर्प्राप्‍त गरी स्‍वर्ग हासिल गर्न पाउने कुरामा हर्ष मनाउन लाउनुभयो । तब स्‍वर्ग यस्तो हर्ष र आनन्दले भरियो, जसको बयान गरेर साध्यै छैन । स्‍वर्गका दूतगणले स्तुति गाउनथाले, र वीणाहरू बजाउँदै यति मधुर र उच्‍च स्‍वरमा स्तुति गाए, त्यतिको उच्‍च स्‍वरमा अघि कहिल्यै गाएका थिएनन् । कारण यो थियो, कि परमेश्‍‍वरको महान करूणा र बलिदानात्मक प्रेमले गर्दा उहाँले आफ्‍ना अतिप्रिय पुत्रलाई पनि विद्रोही मानव जातिका निम्ति दिइहाल्‍नुभयो । येशूको त्यस्तो आत्मत्याग र बलिदानका लागि उहाँमाथि प्रशंसा र श्रद्धारूपी फूल बर्स्यो, कारण उहाँले आफ्‍ना पिताको काख छोड़ी दुःख र कष्‍टको जीवन रोजेर अरूका निम्ति प्राण दिन एक अधम मृत्युलाई नै स्‍वीकार गर्नुभयो ।1BP 19.6

    दूतले भने, “के पिताले बिनासंघर्ष आफ्‍ना अति प्रिय पुत्र दिनुभयो भनी तिमीहरू सम्झन्छौ ? तत्कालै दिनुभएन; किनकि स्‍वर्गका परमेश्‍‍वरसित पनि यो दोषी मनुष्यलाई नाशै हुन दिनु कि उनीहरूका लागि आफ्‍ना प्रिय पुत्रलाई बलि हुन दिनु भन्ने दुई विचारहरूबीच द्वन्द्व मच्‍चिएको थियो ।” स्‍वर्गदूतहरू पनि मानिसको उद्धार गराउन यति उत्सुक थिए, कि उनीहरूमध्ये कसले चाहिँ आफ्‍ना स्‍वर्गीय वैभव त्यागेर नाश भइरहेको मानिसका निम्ति आफ्‍नो प्राण दिनसक्छ भनी उनीहरूमाझ विचार-विमर्श भइरहेथ्यो । तर मसँग हुने दूतले भने, “त्यसले ता केही पनि हुँदैन । मानिसबाट यति ठूलो अपराध भएको छ, कि स्‍वर्गदूतको प्राण-बलिदानले त्यसको ऋण तिर्न सक्‍तैन । उहाँका पुत्रको मृत्यु र अर्ज-विन्तीले बाहेक अरु कहीले पनि मनुष्यलाई दुःख र पीरको आशाहीन अवस्थादेखि बचाउन सक्‍तैन ।”1BP 20.1

    स्‍वर्गदूतहरूलाई माथि-तल उक्‍लँदै र ओर्लदै परमेश्‍‍वरका पुत्रलाई उहाँले कष्‍ट भोगिरहनुभएको बेलामा सामर्थ्य दिएर उहाँलाई सहायता गर्ने काममा नियुक्त गरियो । त्यसबाहेक अनुग्रहका अधीनमा भएकाहरूलाई शैतानिक कुतत्त्‍वहरू र शैतानले छरेको अन्धकारबाट रक्षार्थ पहरा दिने काम पनि स्‍वर्गदूतहरूलाई सुम्पिएको थियो । फेरि मैले के देखें भने - त्यो पतित भई नाश भइरहेको मनुष्यको उद्धार गर्न परमेश्‍‍वरलाई आफ्‍नो व्यवस्था अदलबदल गर्नु पनि असम्भव थियो । त्यसैकारण उहाँले आफ्‍ना प्रिय पुत्रलाई मानिस जातिको पापका निम्ति प्राण बलिदान गर्न दिनुभयो ।1BP 21.1

    फेरि पनि शैतान साथै उसका दूतहरूले मानिसको पतन गराइएको कारणले परमेश्‍‍वरका पुत्रलाई पनि उहाँका उच्‍च स्‍वर्गीय स्थानदेखि तल झार्न सकेकोमा रमाहट गरे । उसले आफ्‍ना दूतहरूलाई भन्यो, “जब येशूले पतित मनुष्यको स्‍वाभाविक देह धारण गर्ला, तब म उसलाई पनि दमन गरेर त्यो उद्धारको योजना पूरा गर्न दिनेछैन ।”1BP 21.2

    त्यसपछि मैले शैतानलाई हँसी-खुशी मुद्रामा र उच्‍च तुल्याइएका दूतको रूपमा देखें । मैले जस्तो देखें, आजसम्म पनि त्यस्तै छ । भनूँ, अझै पनि ऊ राजा नै भएर बसेको छ । अद्यापि उसको रूप-रङ र जीउ डाल अलौकिक सौन्दर्यपूर्ण छ, कारण ऊ पतित भए पनि एक समयको स्‍वर्गदूत नै हो । तर उसको चेहराको भावले चाहिँ ऊ चिन्ता, दुःख, द्वेष, घृणा, उपद्रव र सबै प्रकारका खराबीले भरिएको बुझाउँछ । एक समयमा उसको उही अलौकिक सौन्दर्यपूर्ण एवम् उज्‍ज्‍वल मुख मण्डल झल्केको त्यो दर्शन मेरो आँखैमा झलझली छ । पछि उसले आफ्‍नो मान-प्रतिष्‍ठा गुमाएर यति नीच अवस्थामा पुगेको, सब सद्‌गुण हटेर चरित्रभ्रष्‍ट भई उसमा दुर्गुणकै मात्र वृद्धि भएको मैले देखें । उसका आँखाहरूको हेराइ नै धूर्तता र छलपूर्ण थियो, र उसको बुद्धि अति तीक्ष्ण ।1BP 21.3

    मैले हेर्दा उसले आफ्‍नो देब्रे हत्केलामा च्यूँड़ो अड्‍याएर ऊ सोचमा डुबेजस्तो देखिन्थ्यो । उसको चेहरामा देखिँदै गरेको त्यो रूखो मुस्कानले म ता लगलग काँप्‍न थालें, कारण त्यस हँसाइमा पनि दुष्‍टता र शैतानिक छल देखा पर्दैथ्यो । त्यो खालको मुस्कान चाहिँ उसको चेहरामा त्यति बेला मात्रै देखिन्छ, जब उसले कुनै शिकार फेला पार्न आँटेको हुन्छ, र जब उसले त्यो शिकार जालमा फँसाइसक्छ, तब त्यो मुस्कान डरलाग्दो गर्जनमा परिणत हुन्छ ।1BP 22.1

    Larger font
    Smaller font
    Copy
    Print
    Contents