अध्याय - ३०आत्मावाद
-
- मैले भन्न पर्ने कुरा
- To the Readers of The Great Controversy in Nepali
-
- अध्याय - १शैतानको पतन
- अध्याय - २मानिसको पतन
- अध्याय - ३उद्धारको प्रबन्ध
- अध्याय - ४ख्रीष्टको पहिलो आगमन
- अध्याय - ५ख्रीष्टको सेवाकार्यको आरम्भ
- अध्याय - ६येशूको रूप परिवर्तन
- अध्याय - ७येशू पक्राइनुभएको
- अध्याय - ८ख्रीष्टमाथि लगाइएको मुद्दा
- अध्याय - ९येशू क्रूसमा टाँगिनुभएको
- अध्याय - १०ख्रीष्टको पुनरूत्थान
- अध्याय - ११ख्रीष्टको स्वर्गारोहण
- अध्याय - १२ख्रीष्टका चेलाहरू
- अध्याय - १३स्तिफनसको मृत्यु
- अध्याय - १४शावलको जीवन-परिवर्तन
- अध्याय - १५यहूदीहरूले पाउललाई मार्ने मतो गरे
- अध्याय - १६पावलको यरुशलेम भ्रमण
- अध्याय - १७ठूलो धर्म-त्याग
- अध्याय - १८अधर्मको रहस्य
- अध्याय - १९मृत्यु मृत्यु नै हो; कष्ट भोग्नुपर्ने अनन्त जीवन होइन
- अध्याय - २०धर्म-सुधार अभियान
- अध्याय - २१मण्डलीमा संसार सम्मिलित
- अध्याय - २२विलियम मिलर
- अध्याय - २३पहिलो दूतबाट सन्देश
- अध्याय - २४दोस्रो दूतबाट सन्देश
- अध्याय - २५आगमन (एड्भेन्ट) अभियानको दृष्टान्त
- अध्याय - २६अर्को दृष्टान्त
- अध्याय - २७पवित्र निवास
- अध्याय - २८तेस्रो दूतको सन्देश
- अध्याय - २९बलियो मञ्च
- अध्याय - ३०आत्मावाद
- अध्याय - ३१लोभ (लालच)
- अध्याय - ३२हलचल
- अध्याय - ३३बेबिलोनका पापहरू
- अध्याय - ३४बुलन्द आवाज
- अध्याय - ३५तेस्रो दूतको सन्देश बन्द भएको
- अध्याय - ३६याकूबको संकष्टकाल
- अध्याय - ३७सन्तहरूको उद्धार
- अध्याय - ३८सन्तहरूका लागि इनाम
- अध्याय - ३९पृथ्वी उजाड़ पारिएको
- अध्याय - ४०दोस्रो पुनरूत्थान
- अध्याय - ४१दोस्रो मृत्यु
Search Results
- Results
- Related
- Featured
- Weighted Relevancy
- Content Sequence
- Relevancy
- Earliest First
- Latest First
- Exact Match First, Root Words Second
- Exact word match
- Root word match
- EGW Collections
- All collections
- Lifetime Works (1845-1917)
- Compilations (1918-present)
- Adventist Pioneer Library
- My Bible
- Dictionary
- Reference
- Short
- Long
- Paragraph
No results.
EGW Extras
Directory
अध्याय - ३०
आत्मावाद
त्यसपछि मैले शैतानलाई आत्मावादीहरूपट्टि फर्केर उनीहरूलाई भ्रमित पारेको देखें । शैतानले ख्रीष्टमा सुतिगएका आफन्त र प्रियजनहरूका दुरूस्त रूप पनि लिन सक्छ, अर्थात् उसको त्यस्तो शक्ति पनि छ । उनीहरू जिउँदै हुँदा कसरी बोल्थे, दुरूस्तै त्यही स्वरमा, मानौं उनीहरू आफैं आएर बोलेका भान गराइदिन्छ । त्यो सब यस्तो खालको विश्वासमा संसारलाई खिँचेर भ्रमजालमा फँसाउने उसको एउटा चाल हो । त्यसैले परमेश्वरका जनहरूले परमेश्वरको वचनबाट यो सत्य हो कि होइन राम्ररी जाँच गरेर बुझ्नु अत्यावश्यक छ, नत्रभने भूतात्माहरू नै तपाईंहरूका प्यारा आफन्तहरू वा साथी-सङ्गीहरूका रूपमा आएर उनीहरूकै कृत्रिम स्वरमा बाइबल विरूद्ध उल्टा-पाल्टा शिक्षा बकाइदेलान् । मान्छेको मनलाई जित्नका निम्ति तिनीहरूले जे पनि गर्नसक्छन् । शब्दद्वारा भएन, अचम्म-अचम्मका काम गरी देखाउन पनि सक्छन् । त्यसकारण परमेश्वरका जनहरूले मरेर गएकाहरू ता अनजान छन्; यी सब चाहिँ भूतात्माहरूकै चर्तिकला हुन् भन्ने बुझेर परमेश्वरको सत्य वचन (बाइबल)-रूपी तरवार लिई तिनीहरूसित सामना गर्न उद्यत हुनुपरेको छ ।1BP 178.1
मैले यो पनि देखें, कि हामीले हाम्रो आशाको जग कस्तो बसालिएको छ, जाँचेर हेर्नुपर्ने रहेछ, किनकि परमेश्वरको वचनबाट हामीले त्यसको स्पष्टीकरण दिन सक्नुपर्छ, कारण जब जब यस्तो खालको भ्रम फैलिँदै जान्छ, जब हामीले त्यसको सामना गर्नुपर्नेछ । यदि हामी तयार भएनौं भने हामी पनि त्यस जालमा फस्नेरहेछौं । अनि यदि हामीले हाम्रै अगाड़ि राखिएको त्यो संघर्षका निम्ति कम्मर कस्यौं भने परमेश्वरले नै उहाँका शक्तिशाली भुजबलद्वारा हाम्रो रक्षा गर्नुहुनेछ, अनि शैतानले विश्वासीजनलाई झूटा चमत्कारहरूद्वारा भ्रमित पारेर लैजानआँट्नुभन्दा पहिल्यै परमेश्वरले आफ्ना दूतगण पठाईकन आफ्ना जनका चारैतिर पहरा दिनुहुनेरहेछ ।1BP 178.2
बिजुलीतुल्य दूतगतिले त्यो भ्रमजाल फैलिरहेको मैले देखें । दूतले मलाई भने, “उः ! हेर ता ।” मैले त्यहाँ रेलगाड़ी छुटेको देखें । त्यसमा समस्त संसार चढ़ेको रहेछ । त्यसपछि दूतले मलाई त्यस गाड़ीको परिचालक (कन्डक्टर) देखाए, जो हेर्दा सुन्दर र भलादमी देखिँदै थिए र सब यात्रीहरूले तिनलाई सम्मान गरिरहेका थिए । तब मैले ताजुप मान्दै मलाई डोऱ्याउने दूतलाई सोधेँ, “यिनीचाहिँ को हुन् नि ?” तिनले भने, “ऊ शैतान हो, जसले ज्योतिर्मय स्वर्गदूतको रूप धारण गरेर परिचालकको काम गर्दैछ । उसले संसारलाई हात पारिसकेको छ । ती यात्रीहरू सब उसको भ्रम-जालमा फँसेर नरकमा दण्डित हुन जाने झूटा कुरामा भर परिरहेका छन् । उमनिको अझै एकजना प्रतिनिधि छ, जो इञ्जिनियर हो । त्योबाहेक पनि उसका अरू धेरैजना प्रतिनिधिहरू छन्, जसलाई उसको आवश्यकताअनुसार भिन्नाभिन्नै काम खटाएको छ, तर यिनीहरू सब बिजुलीझैं दूतगतिले विनाशतर्फ गइरहेछन् ।” फेरि मैले मेरा दूतलाई सोधें, “त्यसो भए यी मानिसहरू पनि कोही नबाँच्ने भयो ता ?” तब तिनले मलाई त्यसको विपरीत दिशापट्टि हेर्न लगाए । त्यतापट्टि हेर्दा मैले एउटा सानो झुण्डलाई साँघुरो बाटो भएर हिँड़िरहेको देखें। उनीहरू सबमा एकता र सत्यताको कसिलो बन्धन थियो । त्यो सानो झुण्डका ल्कान्त र व्याकुल चेहराले उनीहरू धेरै जाँचहरू र संघर्षहरूबाट भई हिँड्नपरेको तथ्यलाई बोध गरिरहेको थियो । फेरि एकैछिनमा कुहिरोलाई हटाउँदै सूर्य देखा परेर उनीहरूको चेहरामा ज्योति छरेको देखें, मानों उनीहरू विजयको सगरमाथामा पुग्नै आँटेका थिए ।1BP 179.1
शैतानको जाल बुझ्नको लागि प्रभुले संसारलाई मौका पनि दिनुभएको थियो । साक्षीको लागि यति नै पर्याप्त छ ।1BP 180.1
टोमस पेइन, जसको शरीर माटोमा मिलेर गए तापनि तिनको आफ्नो प्रतिफल पाउन र दोस्रो मृत्यु भोग्न हजार वर्ष बितेर दोस्रो पुनरूत्थान हुँदा निस्की आउनुपर्छ, तिनी नै अहिले स्वर्गमा उच्च स्थानमा सम्मानित छन् भनी शैतानले दावा गर्छ । जुन टोमस पेइनलाई संसारमा छँदा शैतानले चलाउनसम्म चलायो, र अहिले पनि उही टोमस पेइन स्वर्गमा उच्च स्थानमा सम्मानित भएर जसरी संसारमा हुँदा शिक्षा दिन्थे, त्यसरी नै स्वर्गमा पनि गुरू भएर शिक्षा दिइरहेको जस्तो शैतानले देखाइरहेको छ । अनि कतिजनाले, जसले तिनी जिउँदा छँदा तिनको जीवन, तिनको मृत्यु र तिनको भ्रष्ट शिक्षाबारे सुनेर क्षोभ प्रकट गरेका थिए, अहिले उनीहरू आफै, ‘हो, उनले नै शिक्षा डिएका थिए अनि दिँदैछन्’ भनी स्वीकार गर्नपट्टि लागेका छन्, जोचाहिँ निकृष्ट, भ्रष्टाचारी अनि परमेश्वर र उहाँको व्यवस्थालाई केहीजस्तो पनि नमान्ने मानिस थिए ।1BP 180.2
शैतानले - जो झूटको पिता हो - आफ्ना दूतहरू पठाएर पवित्र आत्माद्वारा अगुवाइ भईकन लेखाइएअनुसारै प्रेरितहरूले लेखेका कुराहरू पनि एउटासित अर्को मेल खाँदैन भन्ने देखाएर संसारलाई अन्धा बनाईकन ठग्दछ । अनि ती दूतहरू आफैले झूटा कुरा गरी-गरी ती प्रेरितहरूका शिक्षामा अपभ्रंश र मिलावट देखाउन खोज्दछन् । त्यस प्रकारले केवल जीवन-यापनको लागि ‘ख्रीष्ट’ नाम धारण गरेर आत्मिक तौरले चाहिँ मरेका तथाकथित ईसाइहरू साथै समस्त संसारलाई पनि शैतानले परमेश्वरको वचनको बारेमा अन्योलमा पारिदिनसक्छ; कारण यही परमेश्वरको वचनले उसका सब योजनाहरू निष्फल पारिदिन्छ भनेर उसलाई थाह छ । त्यसो र उसले मानिसहरूलाई बाइबल परमेश्वरकै वचन भन्ने कुरामा सन्देह पैदा गराएर सत्यता-विरोधी टोमस पेइनलाई नै उँभो लगाउने काम गराउँदछ - मानों तिनी मरेर स्वर्गै पुगेको भान गराउँदै । तिनी जिउँदा छँदा जुन पवित्र प्रेरितहरूलाई तिनले पटक्क मनै पराउँदैन थिए, के मरेर तिनी उनीहरूसित स्वर्गमा गई मिले होलान् त ?1BP 180.3
शैतानले उसका दूतहरूलाई तिनीहरूको आफ्नो आफ्नो काम खटाउँछ, साथै तिनीहरूलाई चलाक, चतुर र धूर्त भएर काम गर्न सिकाउँछ । कसै-कसैलाई प्रेरितहरूको भूमिका खेल्दै उनीहरूको पक्षमा बोल्ने र अरूलाई चाहिँ ती परमेश्वरलाई सरापीवरी मर्ने तर अहिले खूब धर्मी देखा पर्ने सत्यता-विरोधी र दुष्ट मानिहरूका भूमिका खेल्ने आदेश दिन्छ । जसरी पनि शैतानलाई उसको लक्ष्य र उद्देश्य पूरा भए भइगयो । ऊ त्यही चाहन्छ । पेइनसित उसको संसारमा पनि यति घनिष्ट सम्बन्ध थियो, कि तिनले बोलेका शब्दहरू अर्थात् उसका प्यारा र सधैं उसका उद्देश्यहरू पूरा गर्ने अति विश्वासयोग्य सेवकको हस्तलेख नकल गर्नु ता उसको लागि देब्रे हातको खेल हो ।1BP 181.1
जे होस्, शैतानले एकजना यस्तो प्यारो व्यक्ति भेट्यो, जसले परमेश्वर साथै पवित्र दूतगण र खास प्रेरितहरूलाई यति साह्रो घृणा गर्थे, मानों तिनले संसारलाई यसो भनी सिकाइरहेका थिए, “चाहे तिमीहरू जति नै दुष्ट होऊ, चाहे तिमीहरूले परमेश्वरमा वा बाइबलमा विश्वास गर चाहे अविश्वास गर; जस्तो मन लाग्छ त्यस्तै जीवन बिताओ । आखिरमा तिमीहरूको घरै स्वर्ग हो ।” किनभने यदि टोमस पेइन स्वर्ग पुगेर त्यति उच्च स्थान प्राप्त गरे भने अरू सबै स्वर्गै पुग्नेरहेछ भनेर सबैले सोच्ने हुन् । शैतानले उसको पतन भएकोदेखि गर्न खोजेको काम टोमस पेइनजस्ता व्यक्तिद्वारा सफल हुँदैछ । शैतानकै शक्ति तथा झूटा चमत्कारहरूद्वारा ख्रीष्टका लोकहरूको आशाको जग तिनले भत्काउँदैछन् अनि स्वर्ग पुऱ्याउने त्यो साँघुरो मार्गमा उज्यालो दिने सूर्यलाई निभाउन खोज्दैछन्, अनि संसारको सामने बाइबललाई परमेश्वरको आत्माको प्रेरणाविनाको जाबो एउटा कथा-किताब तुल्याईकन यसको सट्टामा आत्मावाद फैलाउँदैछन् ।1BP 181.2
यो उसको लागि एउटा यस्तो भरपर्दो माध्यम बनेको छ, जसद्वारा उसले संसारलाई उपट्टि आकृष्ट गराउन सक्छ । उसलाई साथै उसका अनुयायीहरूको इन्साफ गर्ने बाइबललाई धरि कुनातिर थन्काउने स्थितिमा पुऱ्याइदिन सक्छ । संसारका उद्धारकर्तालाई एउटा झुसेमुसे मान्छेको दाँजोमा ल्याइदिन सक्छ; अनि जसरी मुख्य पूजाहारीहरू र बूढ़ा प्रधानहरूबाट रूपियाँ पाएर मुख बुच्चिएपछि येशूको चिहानलाई पहरा दिने रोमी सिपाहीहरूले झूटा अफवाह फैलाए, त्यसै गरी उक्त अनुकरणात्मक आत्मावादका भ्रमित अनुयायीहरूले ख्रीष्टको जन्म, मृत्यु र पुनरूत्थानमा कुनै अलौकिकता अर्थात् आश्चर्य मान्नुपर्ने कारण छैन भनेर साबित गर्न खोज्छन्, अनि ख्रीष्टलेभन्दा ता हामी नै बढ़ी आश्चर्यकर्म गर्नसक्छौं भन्दै मिथ्या चिन्ह र चमत्कार देखाएर संसारलाई आकृष्ट गर्ने प्रयास गर्छन् । यसरी संसार ठगिएको छ, र अब अन्तिम सात विपत्तिका प्यालाहरू नखनिउञ्जेल आफूहरू नराम्रो घतले धोकामा परेको कुरा तिनीहरूले थाह पाउनेछैनन् । उता शैतान आफ्नो योजना सफल भएकोमा हाँस्नेछ ।1BP 182.1