Loading...
Larger font
Smaller font
Copy
Print
Contents
भीषण प्रतिद्वन्द्व - Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    अध्याय - ३३
    बेबिलोनका पापहरू

    दोस्रो दूतले मण्डलीहरूको पतनबारे उद्‍घोषणा गरेजस्तै नै मैले विभिन्न मण्डलीहरूको अवस्था हुँदै आइरहेको देखें । तिनीहरू दिन प्रतिदिन भ्रष्‍ट हुँदै गए तापनि तिनीहरूले ख्रीष्‍टका अनुयायीहरूको नामचाहिँ धारण गर्न छोड़ेका थिएनन् । संसारका अन्य मानिसहरूमा र तिनीहरूमा भिन्नता खुट्याउनु गाह्रो ता के असम्भव नै छ । ती मण्डलीहरूमा सेवा गर्नेहरूले परमेश्‍‍वरको वचनबाट टीका-टिप्पणीहरू ता गर्छन्, तर अरूलाई सुनाउँदाहुँदि चिल्‍ला-चिप्‍ला कुराहरू गर्छन् । त्यस्तो प्रचारले, स्‍वभावले पापी मानिसको हृदयमा केही सुधारात्मक प्रभाव पर्दैन । सत्यताको आत्मा र सामर्थ्यमा प्रचार गरेको वचनले मात्रै शरीरिक एवम् सांसारिक अभिलाषापूर्ण हृदयमा खुलदुली मच्‍चाइदिँदछ । त्यो किसिमको लोकप्रिय सेवाले शैतानलाई केही असर पर्दैन, न ता पापीहरूको हृदय एवम् विवेकमा आउनेवाला न्यायको डर पैदा गर्नसक्छ । दुष्‍ट मानिसहरूलाई त्यस्तै साँचो धार्मिकता र सत्यता नभएको धर्म नै मन पर्छ र त्यस्तो धर्म-सम्प्रदायलाई तिनीहरूले सहयोग पनि गर्दछन् ।1BP 193.1

    दूतले मलाई भने, “धार्मिकताको सारा हतियारहरू धारण गर्नाले मात्रै जय प्राप्‍त हुन सक्छ, र अन्धकारको शक्तिमाथि विजयी बनिरहन सकिन्छ । शैतानले ती मण्डलीहरूलाई ओगटिसकेको छ । मानिसहरूका वचन र कर्म परमेश्‍‍वरको दुइधारे तरवाररूपी वचनसँग मेल खाँदैन । त्यसैले दूतले मलाई भने, “संसारको आत्मा र त्यससित मित्रता गाँस्‍नुचाहिँ परमेश्‍‍वरसित शत्रुता हो । जब संसारको आत्माको विरूद्धमा ख्रीष्‍टले झैं वचनको शक्ति र सत्यतासाथ सफासफी प्रस्तुत गरिन्छ, तब त्यतिखेरै संसारको आत्माले खेदो र सतावट ल्याउँदछ । भनौ भने, ख्रीष्‍टियन हौं भन्नेहरू धेरैभन्दा धेरैले नै परमेश्‍‍वरलाई वास्तवमा चिनेकै छैनन् । तिनीहरूको स्‍वाभाविक हृदय परिवर्तित भएकै छैन र तिनीहरूको संसारप्रेमी मनद्वारा तिनीहरू परमेश्‍‍वरका शत्रु नै छन् भने अर्कै नाम (अर्थात् ख्रीष्‍टसम्बन्धी नाम) धारण गरेर पनि शैतानकै भरपर्दा दासहरू नभएर अरू के हुनसक्छन् र ?”1BP 193.2

    त्यसपछि मैले यस्तो देखें, कि ख्रीष्‍टले स्‍वर्गीय पवित्र निवास छोड़ेर जब अर्को पर्दाभित्र प्रवेश गर्नुभयो, तब यहूदीहरू छोड़िएझैं ती मण्डलीहरू पनि छोड़िए । त्यसपछि झन् तिनीहरू सबै प्रकारका अशुद्धता र घृणास्पद कुराहरूले भरिए । मैले ती तथाकथित मण्डलीहरू महा दुष्‍टता र अधर्मले परिपूर्ण भएर पनि ‘ख्रीष्‍टियन’ नाम धारण गरिरहेकै देखें । तिनीहरूका त्यस्तो दावा, तिनीहरूको प्रार्थना र तिनीहरूको शिक्षा परमेश्‍‍वरको दृष्‍टिमा घिनलाग्दा छन् ।1BP 194.1

    फेरि स्‍वर्गदूतले मलाई भने, “तिनीहरूका मण्डलीहरूमा परमेश्‍‍वरको गन्ध पनि हुनेछैन । तिनीहरूमा छल, कपट, धोका आदि छँदै छन्, र पनि तिनीहरूको विवेकले तिनीहरूलाई दोष देखाएकै हुँदैन । यी सब भएर पनि तिनीहरू भक्तिको भेष धारण गर्छन् ।” फेरि मैले ती मण्डलीहरूको अहङ्कारलाई पनि देखें । परमेश्‍‍वर तिनीहरूको मनमा हुँदै हुनुहुन्नथ्यो । तिनीहरूको मनमा ता बास बसेको थिए - केवल संसारकै अभिलाषापूर्ण विचार र भावनाहरू । तिनीहरूले आफ्‍ना नाशमान शरीरलाई सिंर्गार्दै आफै गजक्‍क पर्छन्, तर ख्रीष्‍ट र उहाँका दूतगण चाहिँ तिनीहरूलाई हेरेर दुःखित र क्रोधित हुन्छन् । फेरि दूतले भने, “तिनीहरूको पाप र अहङ्कार स्‍वर्गैसम्म पुगिसकेको छ । अब तिनीहरूको भाग ठहऱ्याइसकेको छ । सुतेको न्याय र इन्साफ अब चाँड़ै जागी उठ्‍नेछ, ‘बदला लिने काम मेरो हो; म बदला लिनेछु’ परमप्रभु भन्नुहुन्छ ।” असंख्यौं शैतानिक दूतहरूका पल्टन देशभरि छापछापती फैलिएर ती तथाकथित मण्डलीहरू तथा अन्य धार्मिक संस्थाहरूलाई हेर्दै रमाउँदैछन्, कारण त्यो धर्मको पोशाकले ठूलाभन्दा ठूला अपराध र अधर्मलाई पनि ढाकछोप गर्दछ ।1BP 194.2

    समस्त स्‍वर्गले परमेश्‍‍वरको हातको कारिगरी मनुष्यलाई तल्‍लो दर्जामा पुऱ्याएर मानिसैद्वारा पशुतुल्य सृष्‍टिको तुलनामा राखेको दृश्‍‍य पनि हेरेर दुःखित भएको थियो । ती मानव शत्रुहरूप्रति पनि दयादृष्‍टि राख्‍ने हाम्रो त्यति प्रेमी उद्धारकर्ताको तथाकथित अनुयायीहरू कतै आनन्दसँग यति डरलाग्दा पापमा संग्‍लग्‍न भई मानव-आत्मासँग खेलवाड़ गर्दैछन् । स्‍वर्गदूतहरूले ता ती सब विचार गरेर पुस्तकमा लेखिराखेका छन् । ती धर्मी कमारा-कमारी, आमा-बाबु, छोराछोरी र दाजुभइ र दिदीबहिनीहरूका आँसु जम्मा गरी स्‍वर्गमा पुऱ्याइएका छन् । कतिञ्‍जेलसम्म चाहिँ परमेश्‍‍वरले आफ्‍नो रिस थामेर राख्‍नुहुन्छ ? त्यस जातिमाथि एकदिन परमेश्‍‍वरको क्रोधाग्‍नि दन्कने नै छ, विशेष ती धार्मिक मण्डलीहरूमाथि, जसले मञ्‍जूरी दिईकन आफ्‍ना सह-मानवको पीड़ित र व्यथित मुटुसँग खेलवाड़ गरी एक ठाउँदेखि अर्को ठाउँ पुऱ्याउँदै किनबेच गर्नेजस्तो पापिष्‍ट काममा संग्‍लग्‍न भए । त्यस्तो अन्याय, त्यस्तो अत्याचार र त्यस्तो उत्पीड़नलाइ ख्रीष्‍टजस्ता नम्र र दीन प्रभुका अनुयायीहरू हौं भन्ने धेरैजना हृदयशून्य निर्दयीहरूले केहीजस्तो पनि नमानी हेर्न सक्दारहेछन् । अनि धेरैजनाले ता आफैले ढुक्‍कैसित अर्कालाई त्यसरी असह्य यातना र पीड़ा दिए, जसको वर्णन गरेर साध्य छैन, त्यस्ताहरूले पनि परमेश्‍‍वरको उपासना गर्ने साहस गर्छन् । यो ता परमेश्‍‍वरलाई ठट्टामा उड़ाउने काम हो, अनि शैतानले यही मौका छोपेर ख्रीष्‍टलाई साथै उहाँका दूतगणलाई खिसी गर्दै बड़ो निन्दात्मक स्‍वरमा भन्नेछ, “ख्रीष्‍टका अनुयायीहरू ता यस्ता छन् !”1BP 195.1

    ती तथाकथित ईसाइहरू शहीदहरूको हृदयविदारक कहानी पढ़ेर आँसु झार्दै भन्छन्, “मान्छेहरूले आफ्‍नै सह-मानवप्रति पनि किन त्यसरी अमानवीय क्रूर व्यवहार देखाएका हुन् नि ?” जबकि उनीहरू आफैले पनि आफ्‍ना सह-मानवलाई नै दासत्‍वको साङ्‍लाले बाँधिराखेका थिए । उनीहरूले पनि त्यही प्रकारको क्रूरता देखाएर असाध्यै सताइरहेका थिए, जसरी पोप र अन्यजातिहरूले ख्रीष्‍टका अनुयायीहरूलाई सताएका थिए । स्‍वर्गदूतले मलाई भने, “परमेश्‍‍वरको न्यायको दिनमा त्यस्ता मानिसहरूकोभन्दा ता अन्यजातिहरू र पोपहरूकै न्याय सहनसक्‍ने किसिमको हुनेछ ।” उनीहरूद्वारा अत्याचारमा परेकाहरूका रोदन र पीड़ा पनि स्‍वर्गसम्मै पुगेको छ, र स्‍वर्गका दूतहरू पनि सृष्‍टिकर्ताकै प्रतिरूप मानवप्रति मानवद्वारै भएको उत्पीड़न र अत्याचार देखेर छक्‍कै परे । फेरि दूतले भने, “त्यस्ताहरूका नामचाहिँ क्रूस(+) आकारमा रगतले अनि पीड़ा र दुःखले जलिरहेका आँसुका अविरल धाराले लेखिएका छन् । परमेश्‍‍वरको क्रोध तबसम्म शान्त हुनेछैन, जबसम्म उहाँले त्यो ज्योतिको देशलाई उहाँको क्रोधको थेग्रो पिलाउनुहुन्न र बेबिलोनलाई त्यसको दुइगुणा प्रतिफल दिनुहुन्न ।”1BP 196.1

    मैले यो देखें कि मालिकले त्यस दासको आत्माको लागि उत्तरदायी हुनुपर्ने रहेछ, जसलाई उसले अनजानमा राखेको थियो, र त्यो दासले गरेका जति पनि पापहरू मालिकमाथि नै पर्ने रहेछ । परमेश्‍‍वरले त्यस्तो दास (कमारा) लाई स्‍वर्ग लात सक्‍नुहुन्न, जसलाई परमेश्‍‍वर र उहाँको वचनको केही ज्ञान नभई मालिकको कोर्राको बाहेक अरू कसैको डर थाह नपाई दमनरूपी साङ्‍लोले बाँधेर अनजान अवस्थामै राखिएको थियो । अर्थात् उसलाई पशुतुल्यै गनिएको थियो । परमेश्‍‍वरले पनि त्यस दासको केही लेखा लिनुहुन्न, जब कि त्यसको मालिक ती सात विपत्तिमा पर्नेछ, र त्यसपछि पनि दोस्रो पुनरूत्थानमा बौरी उठेर फेरि भयानक दोस्रो मृत्युमा पर्नेछ । तब मात्र परमेश्‍‍वरको क्रोध शान्त हुनेछ ।1BP 196.2

    Larger font
    Smaller font
    Copy
    Print
    Contents