Loading...
Larger font
Smaller font
Copy
Print
Contents
भीषण प्रतिद्वन्द्व - Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First

    अध्याय - ३९
    पृथ्वी उजाड़ पारिएको

    त्यसपछि मैले पृथ्वीपट्टि दृष्‍टि हेरें, जहाँ दुष्‍टहरू मरेर सोतर भएका देखें । ती पृथ्वीवासीहरूमाथि परमेश्‍‍वरको क्रोध अन्तिम सात विपत्तिहरूका रूपमा खनिएको थियो । पीड़ाले गर्दै तिनीहरूले आफ्‍नै जिब्रो चपाउँदै परमेश्‍‍वरलाई सरापे । ठाड़ै उभिँदा-उभिँदै तिनीहरूका आँखाहरू टोड़कैभित्र र तिनीहरूका जिब्राहरू मुखभित्रै कुहे । परमेश्‍‍वरको आवाजद्वारा सन्तहरू उठाइसकिएपछि ती दुष्‍टहरू रिसले आपस्तमै भिड्‍नथाले । सारा पृथ्वीभरि रगतको भल बगिरहेको र पृथ्वीका चारै कुनामा लाशहरू थुप्रिरहेका देखिए ।1BP 218.1

    पृथ्वी उजाड़ र उराठलाग्दो थियो । भुइँचालो आएर शहरहरू र गाउँहरू एकै थुप्रो परेका थिए । पहाड़हरूले आफ्‍ना ठाउँ छोड़ेर ठूला ठूला ध्वान्द्रा परेका थिए । समुन्द्रदेखि पनि धूजा-धूजा परेका ढुङ्गाहरू बाहिर उछिटिरहेका र जमिनदेखि चट्टानहरू फुटेर चारैतिर छरपुस्ट भइरहेका थिए । बड़े बड़े रूखहरू जरैसमेत उखेलिएर लड़ेका थिए । यी सबले गर्दा पृथ्वी मरूभूमिभन्दा उजाड़ र उराठलाग्दो देखियो । हजार वर्षको अवधिभरि शैतान र उसका दूतहरू यस्तैमा बस्‍नुपर्छ । कारण हजार वर्षसम्म यहीँ कैद गरिएर यही चिराचिरा परेको पृथ्वीतलमैं कुच्रेर परमेश्‍‍वरको व्यवस्थाको विरोध गरेको नतिजा भोग्‍नुपर्नेछ । पृथ्वीबाहेक तिनीहरूले अरू ग्रहमा गएर परमेश्‍‍वरका लोकलाई परीक्षा गर्नु वा दुःख दिनु पाउने छैनन् । उसको पतन भएकोदेखि उसले बारम्बार विद्रोह मच्‍चाउँदै आइरहेको थियो तर त्यस बेला चाहिँ ऊ शक्तिहीन भएर उसका अतीतका कार्यकलापहरू सम्झिँदै आफ्‍नै त्यो डरलाग्दो भविष्य अर्थात् आफूले गरेका ती दुष्कर्महरू र उसकै कारणले भएका जति पनि पापहरूका लागि हुनेवाला दण्ड सम्झेर डरले काँप्‍नुबाहेक अरू उपाय हुनेछैन ।1BP 218.2

    त्यसपछि मैले स्‍वर्गदूतहरू र ती उद्धार-प्राप्‍त सन्तहरूले विजयका नाराहरू लगाएका सुनें, जसको आवाज दश हजार बाजाहरूको ध्वनि जस्तै सुनिन्दैथ्यो, कारण त्यहाँदेखि उसो फेरि-फेरि शैतानले उनीहरूलाई दुःख दिनु वा परीक्षामा पार्नु सक्‍नेछैन अनि संसारका अरू बासिन्दाहरूले पनि तिनीहरू र तिनीहरूको परीक्षादेखि छुटकारा पाए ।1BP 219.1

    त्यसपछि मैले सिंहासनहरू देखें, जहाँ ख्रीष्‍ट साथै ती उद्धार-प्राप्‍त सन्तगण पनि बसेका थिए । ती सन्तहरू ता परमेश्‍‍वरका निम्ति राजाहरू र पूजाहारीहरू भएर राज्य गर्दारहेछन् । अनि त्यहाँ दुष्‍ट काम गरेर मर्नेहरूको इन्साफ भयो । अनि तिनीहरूका कामहरू (कर्म) परमेश्‍‍वरको व्यवस्था पुस्तकअनुसार दँजाइए र तिनीहरूका काम (कर्म) अनुसार तिनीहरूको न्याय हुँदै थियो । अर्थात् जिउँदा छँदा शरीरमा तिनीहरूले जे-जस्ता काम गरे, त्यहीअनुसार न्याय हुँदैथ्यो। ख्रीष्‍टले ती सन्तगणसित मिलेरै दुष्‍टहरूलाई तिनीहरूका काम अनुसारको भाग ठहराइरहनुभएको थियो । अनि त्योचाहिँ मृत्युको पुस्तकमा लेखिएर तिनीहरू विरूद्ध कारबाई शुरू भयो । शैतान र उसका दूतहरूको इन्साफ पनि ख्रीष्‍ट र ती सन्तगणद्वारै भइरहेथ्यो । शैतानको लागि दण्ड ता उबाट ठगिएकाहरूको भन्दा डरलाग्दो थियो । कता हो कता बेसी । आखिरमा उसले ठगेकाहरू नाश भइगए, तर शैतानचाहिँ दीर्धकालसम्म बाँचेर धेरै लामो समयसम्म दण्ड भोगीरहनु पऱ्यो ।1BP 219.2

    अनि दुष्‍टहरूलाई इन्साफ गर्ने काम सिद्धिएपछि अर्थात् एक हजार वर्ष पूरा हुनासाथ येशू त्यस शहरलाई छोड़ीकन हिँड्‍नुभयो, र उहाँका पछि-पछि स्‍वर्गीय सैन्यदलको ताँती थियो । ती सन्तहरू पनि उहाँसितै गए । त्यसपश्‍चात् येशू एउटा विशाल पहाड़माथि ओर्लनुभयो, अनि त्यसलाई उहाँको पाउले छुनेबित्तिकै त्यो टुक्रा-टुक्रा भई छुट्टिएर एउटा विशाल समतल भूमिमा परिणत भयो । त्यसपछि हामीले उँभो हेर्दा त्यो महान् र सौन्दर्य-पूर्ण शहरलाई देख्यौं, जसमा तीन-तीनवटा गरेर जम्मा बाह्रवटा जग र बाह्रैवटा ढोकाहरू थिए । प्रत्येक ढोकामा एक-एकजना स्‍वर्गदूतको पहरा थियो । त्यो नगर देखेर हामी ता यसो भन्दै कराइपठाएछौं, “आहा, त्यो नगर ! महान् नगर !! उः त्यो नगर ता परमेश्‍‍वरको उपस्थिति अर्थात् स्‍वर्गदेखि तलतिर ओर्लिरहेछ !” अनि त्यो शहर आफ्‍नो परम सौन्दर्य र अपार महिमाका साथमा ओर्लीकन ख्रीष्‍टले तयार पारिराख्‍नुभएको त्यो विशाल समतल भूमिमाथि बसालियो ।1BP 220.1